नेपालगञ्ज : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लाको नेपाल–भारत सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ। दुई मुलुकका सीमा सुरक्षा अधिकारीको बैठकमा गरिएको सहमति अनुसार मंसिर २१ गतेसम्म जिल्लासँग जोडिएका सबै सीमा क्षेत्र बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए। केसीका अनुसार जिल्लाका राधापुरदेखि सुइया बघौडासम्मको ६५ किलोमिटर क्षेत्रअन्तर्गतका सबै साना र ठूला सीमा क्षेत्रबाट सवारी…
इलाम : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ। इलाम नगरपालिका–४ स्थित रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिलालाई परिचालन गरिएको सहायक निर्वाचन अधिकृत जगदीश्वर भट्टराईले जानकारी दिए। महिला कर्मचारी परिचालन भएका मतदान केन्द्रमा एकजना…
काठमाडौं: हास्य गायक श्रीकृष्ण लुईटेल (बोके दाह्री)को नयाँ गीत सार्वजनिक भएको छ। व्यंग्यात्मक गीत 'सुनको सिक्री' भिडियो सहित युट्युबमार्फत रिलिज गरेका हुन्। वैदेशीक रोजगारले निम्त्याएको बिचलनलाई गीतले व्यंग्य गर्छ। गीतमा शब्द तथा संगीत पनि श्रीकृष्णकै रहेको छ। त्यस्तै स्वरमा उनलाई साथ दिएकी छिन् मनिषा पोखरेलले। गीतको भिडियोलाई युवराज वाईबाले निर्देशन गरेका हुन्। जसमा सन्तोष, सन्जी, सुरज, रोशनी, निरज, ऋचा फिचरिङ…
कैलाली : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने बताएका छन्। नेपाल प्रेस युनियनले कैलालीको धनगढीमा गरेको पत्रकार सम्मेलनमा बस्नेतले चुनावपछि प्रदेश प्रमुख नियुक्त गरिने जानकारी दिए। बस्नेतले निर्वाचनमा सुरक्षाको पूर्ण व्यवस्था भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आह्वान गरे। फरक प्रसंगमा सञ्चारमन्त्री बस्नेतले सञ्चारमाध्यमको गुणस्तरीयता बढाउन सरकारबाट दिइने सुविधा वृद्धि गरिने जानकारी दिँदै सरकारले सबै प्रदेशमा…
प्रकाश सिलवाल काठमाडौँ : के तपाईँ निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ ? हुनुहुन्न भने चिन्ता नगर्नुस्, तपाईँलाई मतदानस्थलमा पनि मत संकेत गर्ने तरिका सिकाउने व्यवस्था छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाता शिक्षाका लागि पर्याप्त समय नहुँदा र दुई तहको निर्वाचन एकै पटक गर्न परेकाले कतिपय मतदातामा मतदान विधिबारे भएका अन्योल मेट्न निर्वाचन आयोगले मतदानस्थल र मतदानकेन्द्रमा मतदाता परिचयपत्र…
लहान : अज्ञात समूहले गएराति सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदी किनारमा एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ। गाउँपालिकाको कमलदाहाबाट घरदैलो सकेर फर्किने क्रममा राति करिब १० बजेतिर नेपाल संघीय समाजवादी पार्टीकातर्फबाट सप्तरी क्षेत्र नम्बर ४(ख)का प्रदेशसभा उम्मेदवार मोहम्द सहमुद अलीमाथि छुरा प्रहार भएको हो। छुरा प्रहारबाट उम्मेदवार अलीको टाउको, हातमा चोट लागेको र स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ। …
प्योङयाङ : दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको संयुक्त हवाई सैन्य अभ्यासको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ। उत्तर कोरियाले सैन्य अभ्यासको कडा शब्दमा विरोधगर्दै आफ्ना विरुद्ध लक्षित रहेको सैन्य अभ्यासको आफूहरुले जवाफ दिने चेतावनी दिएको उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले जनाएको छ। उत्तर कोरियाले आफ्नाविरुद्ध उत्तेजना फैलाउने र उत्तर कोरियामाथि आक्रमणका लागि बल…
चितवन : स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने भएको छ। मतपत्र च्यातेको अभियोगमा माओवादी केन्द्र निकट मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा चलिरहेको छ। उनीहरु जनही एक–एक लाख रुपैयाँ धरौटीमा छुटेका हुन्। नेपाल पत्रकार महासंघ चितवन शाखा कार्यालयमा आज आयोजित मुख्य निर्वाचन अधिकृत र पत्रकारबीचको छलफलमा मुख्य निर्वाचन अधिकृत कुलप्रसाद…
काठमाडौँ: सर्वोच्च अदालतले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज सम्वन्धमा अन्तरिम छलफलका लागि निर्वाचन आयोगलाई बोलाएको छ । वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बुधबार अन्तरिम छलफलका लागि बोलाएको हो। बिहीबार दोस्रो तथा अन्तिम चरणको निर्वाचन हुँदैछ। सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले बुधबार दुवै पक्षलाई अन्तरिम छलफलका लागि बोलाउने आदेश भएको बताए। अन्तरिम छलफलका…
पोखरा : निर्वाचनका लागि खटिएका कर्मचारीले मतदान केन्द्रबाट आजदेखि मतदाता परिचय वितरण सुरु गरेका छन्। कास्की जिल्लाका ३१७ वटै मतदान केन्द्रमा सोमबार नै मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका र परिचयपत्र वितरण सुरु गरेका क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए। उनका अनुसार मतदाता शिक्षा स्वयंसेवकले मत बदर नहोस् भनेर मतदाता शिक्षाकाबारेमा पनि मतदातालाई जानकारी गराएका छन्।…
धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर चारको कालिका प्रावि मतदान केन्द्र (ख)मा खटिएका सहायक मतदान अधिकृत यज्ञलाल उपाध्यायको हृदयाघातका कारण निधन भएको छ। बाजुराका उपाध्याय जिल्ला प्रशासन कार्यालय कैलालीमा नायब सुब्बामा कार्यरत थिए। मतदान केन्द्र नजिकै रहेको मसुरिया बजारमा सामान किनमेल गर्ने क्रममा बेहोस भएका उपाध्यायको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पुर्याउने क्रममा बाटामै सोमबार राति निधन भएको जिल्ला प्रहरी कार्यालयका…
काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले निर्धक्कभएर मतदानमा सहभागी हुन आममतदातालाई आग्रह गरेका छन्। मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमा प्रमुख आयुक्त यादवले सुरक्षाको बलियो प्रबन्ध सरकारले गरेको हुँदा ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेका हुन्। उनले भने,‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, आममतदाताका लागि सरकारले भरपर्दो सुरक्षा प्रवन्ध गरेको छ, म सुरक्षाको बलियो…
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि विभिन्न ६ वटा मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको यात्रा प्रतिबन्धलाई सर्वोच्च अदालतले सदर गरेको छ। मुस्लिम देशहरुमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनल्ड ट्रम्पको नीतिको यसअघि व्यापक विरोध भएको थियो। उक्त निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न नमिल्ने आदेश यस अघिको अदालतले दिएको थियो। तर सर्वोच्च अदालतको सोमबारको आदेशले राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्त निर्णयलाई…
काठमाडौं: मल्टिप्लेक्स टार्गेट गरेर कुनै पनि नेपाली फिल्म सार्वजनिक नभएपछि हलबाट उत्रिएका केही फिल्महरु पुन: रिलिज हुन थालेका छन्। गत साता फिल्महरु 'फिक्का' र 'कन्फ्युज' सार्वजनिक भएपनि सिंगल स्क्रिन केन्द्रित दुबै फिल्मलाई दर्शकले साथ दिएनन्। त्यसैले फिल्म पुन: रिलिजको मौका पाएका छन् केही समय अघि सार्वजनिक फिल्महरुले। यति खेर सिंगल स्क्रिन एवं मल्टिप्लेक्समा छक्कापञ्जा २, दुई रुपैयाँ, फाटेको जुत्ता, प्रेमगित…
काठमाडौं : सातौँ संस्करणको कता एअरवेज ओपन गल्फ टुर्नामेन्ट आगामी शुक्रबार र शनिबार हुने भएको छ। कतार एअरवेजको प्रायोजनमा गोकर्ण गल्फ क्लबमा एम्योचोर गल्फ टुर्नामेन्ट हुने आयोजकले मंगलबार जानकारी गराएको हो। यसपटक करिब ९० गल्फरले भाग लिने गोकर्ण क्लब क्लबका सिनियर डिरेक्टर दीपक आचार्यले जानकारी दिए। शुक्रबार लेडिज र जुनियरतर्फ प्रतिस्पर्धा हुनेछ भने शनिबार मुख्य क्याटेगोरीको प्रतिस्पर्धा हुनेछ। ५० भन्दा…
राकेश कुमार मिश्र नेपालगञ्ज : बाँकेमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि सबै तयारी पूरा भएको छ। सोमबार निर्वाचन सामग्रीसहित मतदानस्थल पुगेका कर्मचारीले मतदान केन्द्रको सुरक्षा, सर्वदलीय बैठक गर्नेलगायतका काम गरेका बाँकेका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए। मतदान केन्द्रबाट आजदेखि मतदाता परिचयपत्र वितरण भइरहेको छ। निर्वाचनका लागि बाँकेमा १३६ मतदानस्थल र ३२७ मतदान केन्द्र तोकिएका छन्। कार्यालयका अनुसार बाँकेमा ३० हजार…
काठमाडौँ : नेपाल जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले जापानी राष्ट्रिय फूल ‘साकुरा’ रोप्न वृद्ध जापानीको समूह नेपाल आएको छ। साकुरालाई शान्तिको प्रतीक मानिन्छ। विश्वमा शान्ति, भातृत्व र समृद्धिको सन्देश प्रवाह गर्न जापानीले २३ देशका ३५ सहरमा साकुरा रोप्दै आएका छन्। नेपालमा यसवर्ष पहिलो पटक दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन राष्ट्रिय शहीद स्मारक गोकर्णमा डेढ फिट उचाइका २०० साकुरा फूल रोपिएको…
काठमाडौँ : भोलिदेखि कुवेत–काठमाडौँ–कुवेत सिधा उडान सुरु हुँदैछ । कुवेतको वातानिया एयरवेजले साताको ६ दिन कुवेत–काठमाडौँ सिधा उडान सुरु गर्न लागेको हो। विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग आज कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ। काठमाडौं–कुवेत सिधा उडानबाट नेपाल–कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने…
शशी कपूर बिहानको ८ बजेदेखि रातीको २ बजेसम्म फरक फरक फिल्मको सुटिङका लागि फरक फरक स्पोटमा पुग्थे। जसरी ट्याक्सी एउटा स्टेशनमा यात्रु छोडेर अर्को स्टेशन पुग्छ। त्यसैले शशीका दाइ राज कपूरले उनलाई 'ट्याक्सी एक्टर' भन्थे। उनले दु:ख गरेर कमाएको पैसालाई भने व्यक्तिगत सुख, सुविधाका लागि भने प्रयोग गरेनन्। शशी कपूरले श्याम बेनेगल, गोविन्द निहलानी, गिरिश कर्नाडजस्ता निर्देशकसँग मिलेर सामाजिक सरोकारका…
काठमाडौं : आयोजक इपीएल प्रालीले डिसेम्वर १८ देखि हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) को लागि आयोजनास्थन कीर्तिपुरको टीयू ग्राउण्डमा विभिन्न खालका सुविधाहरु उपलब्ध हुने जनाएको छ। मंगलबार थ्री डि भर्सनमा टी ग्राउण्डको फोटो सार्वजनिक गर्दै आयोजक इपीएल प्रालीका अध्यक्ष आमिर अख्तरले दर्शकलाई टियू मैदानमै पूगेर खेल हेर्न लायक बनाउने बताए। उनका अनुसार पहिलो पटक टीयू ग्राउण्डमा प्लेअर्स डगआउट राख्ने, रन…