काठमाडौँ: दोस्रो तथा अन्तिम चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन आज हुँदैछ। पहिलो चरणको निर्वाचन सकिएको ११ दिनपछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र सुरक्षा व्यवस्था सुदृढ रहेकाले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले मतदातासँग यसअघि नै अपील गरेको छ। दोस्रो चरणमा आज ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यका…
म्यानचेष्टर युनाइटेड र रोमा आ-आफ्नो समूहको विजेता बन्दै युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। एक गोलले पछि परेको स्थित उल्टाउँदै युनाइटेडले सिएसकेए मस्कोलाई २-१ ले पराजित गरेको हो। यसता समूहको अन्तिम खेलमा वायर्न म्युनिखसँग पराजित भएपनि पेरिस सेन्ट जर्मेन (पिएसजी) समूह बी को विजेता बनेको छ। यसअघि नै समूह डी को विजेताको रुपमा अन्तिम १६ मा स्थान…
काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसीप अन्तर्गत अन्तिम चरणको पहिलो खेलमा नेपालले आज युएईसँग खेल्दैछ। आबुधावीस्थित शेख जायद क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। उक्त खेलको आइसीसीको अफिसियल वेबसाइटमार्फत प्रत्यक्ष प्रसारण गरिने आइसीसीले जनाएको छ। नेपाल र युएईबीच वान डे म्यान हुन लागेको झण्डै पाँच वर्ष यता यो पहिलो पटक हो। २०१३ जनवरीमा न्यूजिल्याण्डमा…
रत्ननगर: चितवनको फिस्लिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौँबाट जाँदै गरेको ना ६ ख ९७३१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ७७ प ४२६९ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा मंगलबार भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका स्याङ्जाका ३२ वर्षीय महेन्द्र ढकालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु…
काठमाडौं: मतदाता नामावलीमा नाम छ तर प्राविधिक कारणले तपाईँसँग परिचयपत्र छैन भने मत दिने अरु विकल्प पनि हुन् सक्छन्। नामावली भएपछि परिचयपत्र नभएकै कारण तपाईँ मत दिनबाट बञ्चित हुनु पर्दैन। निर्वाचन आयोगले यसअघिको दोस्रो संविधानसभा र हालैको पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा चुनाव र स्थानीय तह निर्वाचनमा पनि यी विकल्प मतदातालाई दिएको थियो। अहिले पनि आयोगले सरकारी निकायबाट जारी गरिएको…
काठमाडौँः गृह मन्त्रालयले बिहीबार हुने दोस्रो तथा अन्तिम चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका दिन ४५ जिल्लामा सवारी साधन चलाउन रोक लगाएको छ। मन्त्रालयले सूचना प्रकाशन गरी निर्वाचनका लागि उपत्यका बाहिर जाने मतदातालाई बुधबार मध्याह्नसम्म गन्तव्यमा पुग्न पनि आग्रह गरेको छ। मन्त्रालयले मतदानका दिन सुरक्षा निकायका सवारीसाधन र निर्वाचन प्रयोजनका लागि पास लिएका सवारी भने चल्न पाउने जनाएको छ। यस्तै अत्यावश्यक…
काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका १० मा भेटिएको प्रेसरकुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ। विष्णुमति खोला किनारमा प्याकिङ गरी राखिएको प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो। खोला किनारमा बिहान शंकास्पद बस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सेनाले सवा एघार बजे बम निष्क्रिय पारेको थियो।
काठमाडौँ: दोस्रो तथा अन्तिम चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि जारी छ। उम्मदवारले आफ्ना योजना र कार्यक्रम मतदातामाझ सुनाइसकेका छन्। मत दिन अब २४ घन्टाको समय भए पनि कतिपय क्षेत्रमा मतादात शिक्षा कार्यक्रम पुग्न नसकेको गुनासो छ। सुरुमा एकै मतपत्रको तयारी गरी मतादाता शिक्षा सामाग्री बनाएको आयोगले अदालतको आदेशपछि अन्तिम समयमा मतपत्र परिमार्जन गर्यो। मतपत्र परिमार्जनपछि मतदाता शिक्षाका सामाग्री…
काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसीप अन्तर्गत अन्तिम चरणको पहिलो खेलमा नेपालले अहिले युएईसँग खेलिरहेको छ। आबुधावीस्थित शेख जायद क्रिकेट स्टेडियममा टस हारेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ। उपकप्तान ज्ञानेन्द्र मल्ल र दीलिप नाथले नेपालको ओपनिङ सम्हालेका छन्। फास्ट बलर ललित सिंह ऐरीले यसै खेलमार्फत नेपालका लागि डेब्यु गर्दैछन्। अलराउण्डर सागर पुन, र दिपेन्द्र सिंह ऐरी तथा फास्ट…
काठमाडौं: गायिका मेलिना राईले पहिलोपटक थारु भाषाको गीत गाएकी छिन्। ‘चाँद जैसिन तोहार सुरतिया’बोलको गीतमा उनले स्वर दिएकी हुन्। गीतमा उनलाई थारु गायक नरेश जोगीले साथ दिएका छन्। गायक नरेशकै शब्द तथा संगीत रहेको गीत भिडियोसहित युट्युबमार्फत सार्वजनिक भएको हो। गीतमा संगीत संयोजन विशाल निरौलाले गरेका छन्। भिडियोमा थारु मोडलद्धय जेएमसी चौधरी र करिष्मा चौधरीको फिचरिङ रहेको छ। ‘मलाई विभिन्न…
काठमाडौं: पप गायक नविन के भट्टराईको लाइभ कन्सर्ट आयोजना हुँदैछ। काठमाडौंको क्लब डेजाभूमा उनको एकल गायन कार्यक्रम हुन लागेको हो। आउँदो पुस १ गते ‘एनकेबी भाइब्स’ नाम दिइएको सांगीतिक कार्यक्रममा गायक भट्टराई अतृप्त ब्याण्डसँगै लाइभ कन्सर्टमा प्रस्तुत हुनेछन्। कन्सर्टमा गायक भट्टराईले झन्डै दुई दर्जन लोकप्रिय गीत–संगीत प्रस्तुत गर्ने आयोजक संस्था टच ईन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्सले जनाएको छ। ब्याण्डका ड्रमरको प्रभात…
पाँचौ तथा अन्तिम दिन बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि घरेलु टोली अष्ट्रेलियाले इंगल्याण्डलाई दोस्रो टेष्टमा १२० रनले पराजित गरेको छ। जितपछि पाँच खेलमा सिरिजमा अष्ट्रेलियाले २-० को अग्रता समेत बनाएको छ। पहिलो टेष्टमा अष्ट्रेलिया १० विकेटले विजयी भएको थियो। जितको लागि ३५४ रनको लक्ष्य पछ्याएको इंगल्याण्ड पाँचौ दिन २३३ रनमा अलआउट भयो। अन्तिम दिन अष्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिएपछि इंगलिस…
वीरगंज : बिहीबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्न जाने मतदाताको घरदेखि मतदानस्थलसम्म सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले मतदाताले प्रयोग गर्ने बाटोभरि सुरक्षा व्यवस्था कडा पारिएकाले ढुक्क भएर मतदान गर्न आह्वान गरेका छन्। मतदाता हिँड्ने बाटोभरि नेपाली सेना तथा प्रहरीको मोबाइल गस्ती टोलीले गस्ती गर्ने भएकाले मतदाता सुरक्षित मतदानस्थल पुगेर…
काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसीपअन्तर्गत युएई विरुद्वको खेलमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल अर्धशतक बनाएर आउट भएका छन्। ८४ बल खेलेर ६ चौकाको मद्दतमा ५४ रन बनाएका मल्ल युएईका कप्तान रोहन मुस्ताफाको बलमा एलबिडब्लु धरापमा परेका हुन्। ज्ञानेन्द्र आउट भएपछि नेपालको २ विकेट पतन भएको छ। यसै खेलमार्फत लिस्ट ए मा डेब्यु गरेका विकेटकिपर दीलिप नाथ १६ रन…
रियाद : साउदी अरबले यमनमा आतङ्क मच्चाइरहेका हुथी विद्रोही लडाकूहरुबाट आफूलाई मुक्तगर्न आग्रह गरेको छ। यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहको हत्या हुथी विद्रोहीले गरेपछि पहिलोपटक साउदी अरेबियाले हुथीका विरुद्धमा यस्तो अभिव्यक्ति दिएको हो। तर उनको हत्याकाबारेमा भने साउदीले कुनै धारणा सार्वजनिक गरेको छैन। साउदी अरेबियाको मन्त्रिपरिषदले विज्ञप्ति जारीगरी इरानको सहयोग प्राप्त गरेर हुथीहरुले यमनमा विखण्डनकारी राजनीति गरेकोले उनीहरुबाट यमनलाई मुक्त…
काठमाडौं: भोजपुरी फिल्म स्टार दिनेशलाल यादव (निरहुआ) को फिल्ममा नेपाली कलाकार सबिन श्रेष्ठको अभिनय रहेको छ। फिल्म ‘निरहुआ चलल लण्डन’ मा उनी भिलेनको रुपमा देखिएका छन्। नेपालमा ४० प्रतिशत छायांकन भएको फिल्मको इण्डक्ल्याप लण्डनमा भयो। अन्तिम सिनका लागि सबिन पनि लण्डनमै रहेका छन्। फिल्ममा निरहुआ र सविनसँगै भोजपुरी फिल्मकी सुपरस्टार अभिनेत्रीमा आम्रपाली दुबे, सुनिल थापा, सोनु खत्री लगायतको मुख्य भूमिका…
काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल)लाई अहिलेसम्म मान्यता नदिएको इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी)ले जनाएको छ। डिसेम्वर १८ बाट हुने इपीएललाई आइसीसीले कुनै मान्यता निदएको भन्दै नेपाल क्रिकेट संघ (क्यान)लाई पठाएको पत्र मंगलबार सार्वजनिक भएको थियो। प्रतियोगिता हुन दुई साता भन्दा नि कम समय बाँकी रहदा यस्तो पत्र आएपछि नेपाली क्रिकेटमा तरंग आएको थियो। यस विषयमा आइसीसीसँग इनक्वाएरी गर्दा पहिलोपोस्टलाई प्राप्त इमेलमा…
काठमाडौँ: सर्वोच्च अदालतले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेजीको सम्वन्धमा परेको रिटमा अन्तरिम आदेश दिन नपर्ने फैसला दिएको छ। यससँगै उनी चुनावमा प्रतिस्पर्धा गर्न अयोग्य ठहरिएका छन्। सर्वोच्चले फैसला सुनाउँदै उनको माग अनुसार अन्तरिम आदेश दिन नपर्ने सुनाएको छ। बिहीबार दोस्रो तथा अन्तिम चरणको निर्वाचन हुँदैछ जसमा उनी सर्लाहीबाट उम्मेदवार थिए। यादवले उम्मेदवारी खारेज…
काठमाडौँः डा. गोविन्द केसीको माग अनुसार मन्त्रिपरिषद्ले पारित गरेको चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि राजपत्रमा प्रकाशित भएको छ। मन्त्रिपरिषदले पठाएको अध्यादेश १८ दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइन्। राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम प्रमाणीकरण गरेको अध्यादेश सरकारले राजपत्रमा प्रकाशन गरेको छ। यस्ता छन् अध्यादेशका मुख्य बुँदा अध्यादेश अनुसार अब उपत्यकाका दश वर्षसम्म…
काठमाडौं : शरद भेषावकर र उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक मद्दतमा नेपालले आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसीपअन्तर्गत अन्तिम चरणको पहिलो खेलमा युएईलाई २२२ रनको लक्ष्य दिएको छ। आबुधावीस्थित शेख जायद क्रिकेट स्टेडियममा टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेलर ६ विकेट गुमाउँदै २२१ रन बनाएको हो। नेपालका लागि शरद भेषावकरले नटआउट रहदै सर्वाधिक ८१ रन बनाए। यस्तै…