PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

  • क्याटालोनियाका नेतामाथिको पक्राउ पुर्जी फिर्ता

    क्याटालोनियाका नेतामाथिको पक्राउ पुर्जी फिर्ता

    म्याड्रिड :  स्पेनको सर्वोच्च अदालतले क्याटालोनियाका पृथकतावादी नेता कार्लस पुज्दमोन र उनीसँगै चार जना पूर्व क्षेत्रीय मन्त्रीविरुद्धको पक्राउ पुर्जी खारेज गरिदिएको छ।  क्याटालोनियामा स्वतन्त्रता घोषणा गर्न उहाँहरुले भूमिका खेलेको भन्दै उनीहरुलाई पक्राउ गर्ने आदेश दिएको थियो। उनीहरुमाथि देशद्रोहको आरोप लागेको छ।  उनीहरुले स्पेनमा फर्कने इच्छा देखाएको स्पेनका न्यायाधीशले तर्क गरेका छन्। क्याटालोनियामा आगामी महिना निर्वाचन हुने भएको छ। उनीहरुले पनि निर्वाचनमा…

    विस्तृतमा पढ्नुस्

  • शशी कपूरको निधनको खबरमा गलत फोटो देखाएपछि बीबीसीले माग्यो माफी

    शशी कपूरको निधनको खबरमा गलत फोटो देखाएपछि बीबीसीले माग्यो माफी

    बलिउड कलाकार शशी कपूरको निधनको खबरमा अभिनेता अमिताभ बच्चन र ऋषी कपूर देखाएपछि बीबीसीले माफी मागेको छ। राती दस बजे 'न्यूज एट टेन'मा खबर प्रसारण लगत्तै बीबीसीले शशीका भतिज ऋषी कपूर र अमिताभ बच्चनको फिचरिङ रहेको गीत बजाएको थियो। भिडियो प्रसारणमा भएको गल्ति ‍औंल्याउदै विभिन्न कलाकार र आम मानिसले सामाजिक सञ्जालमा टिप्पणी गरे। बुलेटिन प्रसारणको केही बेरमा न्यूज एट टेनका…

    विस्तृतमा पढ्नुस्

  • सार्क कार्यक्रम समितिको बैठक सोमबारदेखि काठमाडौंमा हुने

    सार्क कार्यक्रम समितिको बैठक सोमबारदेखि काठमाडौंमा हुने

    काठमाडौँ :  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को ५४ औँ बैठक मंसिर २५ देखि २७ गतेसम्म सार्क सचिवालयमा हुने भएको छ।  बैठकले सार्क सचिवालय, सार्कका पाँच क्षेत्रीय केन्द्र र चार विशिष्टीकृत निकायको बजेटमा छलफल गर्ने परराष्ट्र मन्त्रालयका सहसचिव एवं क्षेत्रीय संगठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले जानकारी दिए।  सहसचिव भट्टराईको नेतृत्वमा हुने बैठकमा भाग लिन सार्कका सबै मुलुकका परराष्ट्र÷बाह्य मामिला मन्त्रालयमा सार्क…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन विथोल्न खोज्नेमाथि सेनालाई गोली हान्ने अधिकार छ : रक्षामन्त्री  

    निर्वाचन विथोल्न खोज्नेमाथि सेनालाई गोली हान्ने अधिकार छ : रक्षामन्त्री  

    काठमाडौँ :  रक्षामन्त्री भीमसेनदास प्रधानले सरकारले मतदाताको सुरक्षा लिने भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेका छन्।  रिपोर्टर्स क्लबको साक्षात्कारमा रक्षामन्त्री प्रधानले निर्वाचनका लागि तीन घेरामा सुरक्षा प्रदान गरेकाले नडराइकन निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गरे।  उनले भने,‘पहिलो चरणमा म्यादी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो चरणमा नेपाली सेनाले सुरक्षा प्रदान गर्छन्।’ प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानमा सेनाको हवाई कारबाहीमा आइएसका नौ लडाकूको मृत्यु

    अफगानिस्तानमा सेनाको हवाई कारबाहीमा आइएसका नौ लडाकूको मृत्यु

    अफगानिस्तान :  अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार बिहान गरेको कारबाहीका क्रममा नौ जना सशस्त्र आतङ्ककारी मारिएका छन् ।  कारबाहीमा नौ जना इस्लामिक स्टेटका लडाकू मारिएका प्रान्तीय सरकारका प्रवक्ताले विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।  नान्गाहार प्रान्तको आचिन जिल्लाको ओमोन क्षेत्रमा लुकेर बसेका आतङ्ककारी लक्षित सुरक्षा कारबाहीमा आइएसका ती लडाकू मारिएका हुन्। उनीहरुलाई तालिबानका लडाकूले संरक्षण दिएको पनि खुलेको…

    विस्तृतमा पढ्नुस्

  • पारमाणविक आडम्बरको खतरा

    पारमाणविक आडम्बरको खतरा

    ह्याभियर सोलाना  म्याड्रिड :  सन् २०१२ को गृष्मयाममा अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्तकार केनेथ एन वाल्ट्जले ‘इरानले किन बम प्राप्त गर्नुपर्छ’ भन्ने शीर्षकमा एक लेख प्रकाशित गरेका थिए, जसमा परमाणु हतियार सम्पन्न मुलुक इरानले इजराइलसँग प्रतिवाद्वन्द्वीको रूपमा काम गरेर मध्यपूर्वमा शक्तिको वाञ्छित सन्तुलन पुनस्र्थापित गर्नेछ भन्ने तर्क दिएका थिए।  त्यस वर्षपछि वाल्ट्जले कूटनीतिसँगै प्रतिबन्धको संयोजन रणनीति इरानलाई उसको परमाणु क्षमताको विकास गर्नबाट रोक्न…

    विस्तृतमा पढ्नुस्

  • ढुक्क भएर मतदानमा सहभागी हुन प्रधानमन्त्रीको आह्वान

    ढुक्क भएर मतदानमा सहभागी हुन प्रधानमन्त्रीको आह्वान

    काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरेका छन्।  प्रधानमन्त्री देउवाले आज विज्ञप्ति जारी गरी लोकतन्त्रको सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गरेका हुन्।  विज्ञप्तिमा प्रधानमन्त्रीले स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा राजनीतिक संक्रमण अन्त्य भएर संविधान कार्यान्वयनले…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनको तयारी पूरा, मतदानमा सरिक हुन निर्वाचन आयोगको अपिल

    निर्वाचनको तयारी पूरा, मतदानमा सरिक हुन निर्वाचन आयोगको अपिल

    काठमाडौं :  निर्वाचन आयोगले दोस्रो चरणअन्तर्गत भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ। आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिए। प्रमुख आयुक्त यादवले सरकारले सुरक्षा मजबुत बनाएकाले मतदानमा सरिक भई आफूले चाहेको उम्मेदवार तथा राजनीतिक दललाई मतदान गर्न अपिल गरे।  उनले अपाङ्गता भएका, गर्भवती, सुत्केरी,…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतमा ६ उम्मेदवार छान्न २ लाख मतदाता

    सुर्खेतमा ६ उम्मेदवार छान्न २ लाख मतदाता

    ललित बसेल - सुर्खेत : भोलि मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी सुर्खेतमा पूरा भएको छ। २ वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा १३८ मतदान स्थलका २६३ मतदान केन्द्रहरुमा दुई हजार एक सय कर्मचारी खटिएका छन्। यस्तै सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्याद प्रहरी गरी झण्डै ३ हजार सुरक्षाकर्मी खटाइएको सुर्खेतस्थित मुख्य…

    विस्तृतमा पढ्नुस्

  • भोलिको चुनावका लागि तीन निकायको एकै स्वर : ढुक्कसँग गर्नुस् मतदान

    भोलिको चुनावका लागि तीन निकायको एकै स्वर : ढुक्कसँग गर्नुस् मतदान

    काठमाडौं : भोलि हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि सबै निकायले तयारी पूरा गरेका छन्। निर्वाचन आयोग, गृह मन्त्रालय र नेपाल प्रहरीले बेग्लाबेग्लै पत्रकार सम्मेलन गरेर भोलिको निर्वाचनको सबै तयारी पूरा भएकाले भयरहीत वातावरणमा निर्धक्क भएर मतदान गर्न आह्वान गरेका छन्। एकै वर्षमा तीनवटा तहको निर्वाचन गर्नुपर्ने दायित्वमा रहेको निर्वाचन आयोगले अन्तिम तयारीबारे जानकारी दिँदै आफ्नो जिम्मेवारी पूरा…

    विस्तृतमा पढ्नुस्

  • डब्लुसिएल : युएईसँग नेपाल ७ विकेटले पराजित

    डब्लुसिएल : युएईसँग नेपाल ७ विकेटले पराजित

    काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसीपअन्तर्गत अन्तिम चरणको पहिलो खेलमा नेपाल युएईसँग ७ विकेटले पराजित भएको छ। नेपालले दिएको २२२ रनको लक्ष्य घरेलु टोली युएईले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। युएईको जितमा गुलाम सबिरले नटआउट रहदै सर्बाधिक ८१ रन बनाए। यस्तै ओपनर रोहन मुस्ताफाले ६२ रनको योगदान गरे। युएईका रमिद शहजादले ३७ रन बनाए। नेपालका…

    विस्तृतमा पढ्नुस्

  • ठमेल ओपन टेबलटेनिस : संयोग र एलेक्स फाइनलमा, नविताले जितिन् एकै दिन चार खेल

    ठमेल ओपन टेबलटेनिस : संयोग र एलेक्स फाइनलमा, नविताले जितिन् एकै दिन चार खेल

    काठमाडौं : नेपाल एपीएफ क्लबका एलेक्स महर्जन र संयोग कपाली हुवाइ इमप्याक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको यू-१६ ब्वाइज सिंगल्समा बुधबार फाइनल प्रवेश गरेका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा एलेक्सले याला स्पिनका डिकेन महर्जनलाई ४–३ तथा संयोगले नेपाल आर्मी क्लबका बोधित डिसीलाई ४–१ को सेटमा पराजित गरे। सोही स्पर्धाको गर्ल्समा आर्मीकी दीक्षा दाहालले एपीएफकी अन्जु सुवाललाई ४–३ तथा…

    विस्तृतमा पढ्नुस्

  • स्कटल्याण्ड र हङकङ वर्ल्डकप क्वालिफायरमा, केन्या डिभिजन टू मा घटुवा

    स्कटल्याण्ड र हङकङ वर्ल्डकप क्वालिफायरमा, केन्या डिभिजन टू मा घटुवा

    काठमाडौं : स्कटल्याण्ड र हङकङले नेदरल्याण्ड्स र पपुवा न्युगिनीसँगै वान डे वर्ल्ड कप क्वालिफायरमा स्थान बनाएको छ। यस्तै केन्या भने डिभिजन टू मा घटुवा भएको छ। आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत अन्तिम चरणको एक खेल बाँकी रहदै वान डे वर्ल्ड कप क्वालिफायर खेल्ने र डिभिजन टू मा झर्ने टोलीको टुङ्गो लागेको हो। यससँगै आगामी फेब्रुअरीमा नामिवियामा हुने डिभिजन टू…

    विस्तृतमा पढ्नुस्

  • बेलायत युरोपियन युनियनबाट बर्हिगमनका लागि भएको सम्झौता वार्ता 'सहमति नजिक’

    बेलायत युरोपियन युनियनबाट बर्हिगमनका लागि भएको सम्झौता वार्ता 'सहमति नजिक’

    ब्रसेल्स: युरोपियन युनियन (इयु) र बेलायतबीच बेलायतको इयुबाट बर्हिगमनका लागि सम्बद्ध पक्षबीच भएको सम्झौतावार्ता सहमति नजिक पुगेको इयु प्रमुख डोनाल्ड टस्कले बताएका छन्। बेलायतको बर्हिगमनका लागि भएको वार्ता यस पहिलेको तुलनामा सहमतिको निकै नजिक पुगेको टस्कले बताए। सम्झौताका लागि निकै जटिल बिषयका रूपमा देखिएको आइरल्याण्डका बिषयमा पनि सहमतिको सम्भावना बढेर गएको छ, प्रमुख टस्कले बताए। उनले भने, “मैले ब्रेक्जिटका बिषयमा आएरल्याण्डका…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे एक लाखसम्म जरिवाना र उम्मेदवारी रद्द

    निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे एक लाखसम्म जरिवाना र उम्मेदवारी रद्द

    काठमाडौँ: अन्तिम चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि सोमबार मध्यरातदेखि सुरु भएको छ। मनोनयन दर्तापछि एक महिनाको प्रचारप्रसार सकिकएको छ। सोमबार प्रमुख दलका शीर्ष नेताहरु समेत सम्मिलित अन्तिम चुनावी सभा भएका छन्। सबै उम्मेदवारले अन्तिम पटक मतदातामाझ सार्वजनिक कार्यक्रम गरे। आजदेखि निर्वाचन आचारसंहिताका कारण प्रचारका कार्यक्रम रोकिएका छन्। मौन अवधिमा राजनीतिक दलहरुले मतदाताबीच सार्वजनिक कार्यक्रममात्र हैन सामाजिक सञ्जालमा पनि प्रचार…

    विस्तृतमा पढ्नुस्

  • बरमझिया पेडा पसल संवाद : भोटर लिष्टमा नाम छैन, पेडा पसलबाट दारु बिक्री

    बरमझिया पेडा पसल संवाद : भोटर लिष्टमा नाम छैन, पेडा पसलबाट दारु बिक्री

    बीपी साह/पीके झा बरमझिया (सप्तरी) : बरमझियाको पेडा देशैभरी फेमस। पूर्वपश्चिम राजमार्गको सप्तरी खण्डमा कोशी नदीभन्दा पाँच किलोमिटर पश्चिम बरमझियामा एउटै नाम गरेका कैयौं पसल छन्। बुढो बाजेको पेडा पसल, बुढो बाजेको असली पेडा पसल, बैजनाथ बाजेको पेडा पसल, बैजनाथ बाजेको असली पेडा पसल लगायत नामबाट दर्जनौं पेडा पसल खोलिएका छन्। यी पसलहरुमा एक दिनमा प्रति किलो सात सयको दरले…

    विस्तृतमा पढ्नुस्

  • साफ यू-१५ वुमन्स च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

    साफ यू-१५ वुमन्स च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

    काठमाडौं : बंगलादेशमा आगामी डिसेम्वर १७ बाट शुरु हुने साफ यू-१५ वुमन्स च्याम्पियनसिपको लागि नेपाली टोली घोषणा भएको छ। क्याम्पमा रहेका २४ खेलाडीबाट अखिल नेपाल पुटबल संघ (एन्फा) ले अन्तिम २० जनाको टोली घोषणा गरिएको हो। दक्षिण एसियाका चार राष्ट्रले सहभागिता जनाउने उक्त च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित, नेपाल, भारत र भुटानले राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गर्नेछन्। नेपालले पहिलो खेलमा बंगलादेशसँग खेल्नेछ।…

    विस्तृतमा पढ्नुस्

  • विवेक प्रो मुँआ थाई वारियर कप च्याम्पियन

    विवेक प्रो मुँआ थाई वारियर कप च्याम्पियन

    काठमाडौं : नेपालका विवेक नकर्मी अमेरिकामा भएको प्रो मुँआ थाई वारियर कप च्याम्पियन भएका छन्। अमेरिकाको फिलाडेल्फियामा भएको प्रो मुँआ थाई फाइटको फाइनलमा विवेकले अमेरिका जोसेफ विलियम्स लगनलाई नकआउट गर्दै वारियर कपको टाइटल बेल्ट उचालेको टिम कोच मुक्तिसग्राम विष्टले बताए। विलियम्सले १४ प्रोफेसनल फाइट खेलिसकेका छन्। युएस मार्सल आर्ट एसोसिएसनको आयोजनामा भएको प्रो फाइट ३ राउन्डसम्म चलेको टिम प्रशिक्षक मुक्तिसंग्राम…

    विस्तृतमा पढ्नुस्

  • ठमेल ओपन टेबलटेनिस : सुपर लिग खेल्ने खेलाडीको टुंगो लाग्यो

    ठमेल ओपन टेबलटेनिस : सुपर लिग खेल्ने खेलाडीको टुंगो लाग्यो

    काठमाडौं : इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको पुरुष÷महिला सिंगल्सको समूह चरणका खेलहरु सोमबार सम्पन्न भएका छन्। समूह चरणका खेल सकिएपछि सुपर लिग खेल्ने १२ पुरुष तथा ९ महिला खेलाडीको टुंगो पनि लागेको छ। महिलाको समूह ‘ए’ बाट नेपाल आर्मी क्लबकी दीक्षा तामाङ पहिलो, नेपाल प्रहरीकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ दोश्रो तथा नेपाल एपीएफ क्लबकी सिक्का सुवाल तेश्रो हुँदै सुपर लिगमा…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा माओवादी नेता लेखराज भट्टको घर नजिक बम विष्फोट

    कैलालीमा माओवादी नेता लेखराज भट्टको घर नजिक बम विष्फोट

    कैलाली :  कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का वाम गठबन्धनका साझा उम्मेदवार लेखराज भट्टको घर नजिकै बम विष्फोट भएको छ।  भट्टको घरबाट तीनसय मिटर टाढा रहेको नालामा आज बिहान करिब ४ बजेतिर बम विष्फोट भएको इलाका प्रहरी कार्यालय, अत्तरियाले जनाएको छ। बम विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ।रासस  

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell