काठमाडौं : भारतका विदेशमन्त्री सुष्मा स्वराजले प्रकाश दाहालको निधनमा दु:ख प्रकट गरेकी छिन्। 'पूर्व प्रधानमन्त्री श्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको असामयिक निधनको खबरले हामीलाई दुखी बनाएको छ,' स्वराजले ट्विट गर्दै भनेकी छिन्, 'पीडामा रहेका परिवारजनमा हाम्री समवेदना प्रकट गर्दछौं।' We are sorry to know about the sudden demise of Prakash Dahal son of Shri Pushpa Kamal Dahal 'Prachanda'…
काठमाडौं : रुसको मस्कोमा अर्को बर्ष आयोजना हुने अनाथ तथा सडक बालबालिकाको विश्वकपमा सहभागि हुने नेपाली टोली घोषणा भएको छ। सेल्टर आश्रय नेपालले सडक बालबालिकाको राष्ट्रिय फुटबल लिग गर्दै प्रारम्भिक चरणमा छनोट गरेको २६ खेलाडीबाट ९ सदस्यीय अन्तिम टोली छनोट गरेको हो। यस्तै अतिरिक्त ५ खेलाडीको नाम पनि घोषणा गरिएको छ। सन् २०१८ को मे १९ देखि २७ तारिखसम्म रुसको…
काठमाडौं : प्रधानसेनापति राजेन्द्र क्षत्रीले उम्मेदवारको सुरक्षाका लागि नेपाली सेना परिचालन नभएको बताएका छन्। रक्षा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानसेनापति क्षेत्रीले उम्मेदवारको सुरक्षामा केन्द्रित रहेर नेपाली सेना परिचालन नभएको स्पष्ट पारे। उनले भने,‘आम मतदातामा सुरक्षाको पूर्ण प्रत्याभूति गराउँदै निर्वाचनको सुरक्षित एवं विश्वसनीय वातावरण तयार गर्नुका साथै मतपत्रको छपाइ, ढुवानीजस्ता काममा नेपाली सेनाले सुरक्षा दिँदै आएको छ’– नेपाल प्रहरी र…
काठमाडौँ : रक्षामन्त्री भीमसेनदास प्रधानले भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। क्यानाडाको भ्यानकुभरमा गतसाता भएको राष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी मन्त्रिस्तरीय सम्मेलनबारे जानकारी दिन आज रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा रक्षामन्त्री प्रधानले चुनाव विरोधी गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे। केही दिनयता निर्वाचनलाई प्रभावित पार्ने तथा प्रचारप्रसारमा अवरोध खडा गर्नेलगायत आपराधिक गतिविधि हुन नदिन सरकार गम्भीर रहेको…
चन्द्र आले/ पासाङ ठकुल्ला- काठमाडौं : पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छोरा प्रकाशलाई दागबत्ती दिएका छन्। नर्भिक अस्पतालबाट केही समय श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा प्रकाशको शव राखिएको थियो। त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट पुर्याइएको थियो। आर्यघाट पुर्याइएपछि प्रकाशलाई विभिन्न राजनीतिक दलका नेताहरुले श्रद्धञ्जली दिएका थिए। त्यसलगत्तै नेकपा माओवादीका अध्यक्ष प्रचण्डले छोरालाई दागबत्ती दिएका हुन्।
काठमाडौं : यति हिमालयन शेर्पा क्लब प्रथम चन्द्रागिरी गोल्डकपको फाइनलमा प्रवेश गरेको गरेको छ। नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा आइतबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै शेर्पाले फ्रेण्ड्ससँगको फाइनलमा भेट पक्का गरेको हो। प्रतिस्पर्धात्मक खेलमा शेर्पाका त्रिदेव गुरुङले दोस्रो हाफमा गरेको गोल नै शेर्पालाई फाइनलमा पुर्याउन निर्णायक बन्यो। त्रिदेव गुरुङले खेलको ५६ औं मिनेटमा गोलरक्षक…
राजविराज : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मततादालाई आफ्नो पक्षमा पार्न राजनीतिक दलका उम्मेदवारले अहिले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। अभियानअन्तर्गत सप्तरी क्षेत्र नं ४ मा अनुभवी उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिनिधिसभादेखि प्रदेशसभा सदस्यका उम्मेदवार मतदाताको घरघरमा गएर घरदैलो अभियानमा जुटेका छन्। क्षेत्र नं ४ मा प्रतिनिधिसभाका लागि १४ राजनीतिक दलले उम्मेदवारी दिएका छन्।…
सप्तरी : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका सहिदहरुलाई सम्झेर भोट हाल्न आम जनतालाई अनुरोध गरेका छन्। महदेवा गाउँपालिका वडा न. ६, ढिकुलीमा शनिबार फोरम नेपाल र राजपाको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भोटको सही उपयोग गर्न मतदातालाई आग्रह गरेका हुन। 'भोट हाल्ने बेला छातीमा हात राखेर सहिदलाई सम्झिनुस, अनि अन्तर आत्माको आवाज सुनेर मधेश गठबन्धनलाई भोट…
कोलोम्बो : श्रीलङ्काको दक्षिणी भागमा पर्ने गल्ले जिल्लामा शुक्रबार रातिदेखि सुरु भएको हिंसात्मक झडपमा कम्तीमा १९ जना पक्राउ परेका छन्। हिंसात्मक क्रियाकलापका कारण शुक्रबार रातिदेखि लगाइएको कफ्र्यू शनिबार हटाइएकाे बताइएको छ। गल्ले जिल्लाको ६ वटा इलाकामा कफ्र्यू लगाइएको श्रीलङ्काली प्रहरीले जानकारी दिएको छ । कफ्र्यू हटाइएपनि सुरक्षाको दृष्टिकोणबाट सम्बेदनशील मानिएका ती इलाकाहरुमा कडा सुरक्षा व्यवस्था गरिएको बताइएको छ। शुक्रबार बेलुकादेखि बौद्धधर्मावलम्बी र मुसलमान…
–दिलीप शर्मा काठमाडौं : यमनमा गरिएको क्षेप्यास्त्र आक्रमणदेखि लेबनानका प्रधानमन्त्री साद हरिरिको राजिनामाले मध्य पूर्वका दुई प्रतिस्पर्धी साउदी अरब र इरानबीचको शीतयुद्ध थप चर्किएको छ। विश्लेषकहरूले दुई देशबीच प्रत्यक्ष सैनिक भिडन्त भैहाल्ने स्थिति नरहेको बताउने गर्छन्। तर किन एकाएक तनाव देखियो र यसको सङ्कट कसरी बढ्ला भन्ने विषय अहिले विश्व समुदायको चासोको बनेको छ। यसको समाधान के होला भन्ने अनुमान…
काठमाडौँ : सरकारले प्रदेश प्रमुखको नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा सरकारले प्रदेश प्रमुख नियुक्त प्रक्रिया अगाडि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिए। उनले चाँडै नै सातवटै प्रदेश प्रमुख नियुक्तका लागि मन्त्रिपरिषद्ले टुंगो लगाउने बताए। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखको नियुक्त गर्ने कानुनी व्यवस्था छ। प्रदेशसभामा निर्वाचित भएकालाई…
काठमाडौं : फिल्म 'फिर्के'को पहिलो गीत 'चट्टै' सार्वजनिक भएको छ। 'चट्टै' बोलको गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर छ। गीतको भिडियोमा सुलेमान शंकर 'इकु' र नव-नायिका क्रिष्टिना पौडेल फिचरिङ छन् भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ। सुवाष भुषालको संगीत तथा लेखु सहयात्रीका शब्द रहेको छ। 'इकु'को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा बनेको फिल्म पुस १४ गते रिलीज हुनेछ। 'फिर्के'मा…
पासाङ ठकुल्ला काठमाडौं : निर्वाचन आयोगले पहिलो चरणको चुनावका लागि आवश्यक निर्वाचन सामग्री सम्बन्धित जिल्लामा पठाएको जनाएको छ। पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा निर्वाचन सामग्री पठाइसकेको आयोगले जानकारी दिएको हो। विकट हिमाली जिल्लामा भने मतपत्रलगायतका निर्वाचन सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ। एउटा निर्वाचन क्षेत्रमा ६४ देखि ६७ प्रकारका निर्वाचन सामाग्री प्रयोग हुन्छन्। तीमध्ये १७ प्रकारका निर्वाचन सामग्री स्थानीय तहलाई खरिद गर्ने…
काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चढेको गाडीमाथि तनहुँको भानुमा कुकर बम प्रहार भएको छ। गोर्खामा प्रचारको कार्यक्रम सकेर तनहुँ फर्किँदै गर्दा पौडेललाई लक्षित गरी प्रहार गरिएको हो। 'चुनावमा हतोत्साही भएकाहरुले आक्रमण गरेका हुन्,' पौडेलले घटनालगत्तै प्रतिक्रिया दिँदै भने, 'यस्तो आतयायी घटना लोकतन्त्र कमजोर बनाउनका लागि भएको हो।' आज दिउँसो ३ बजेको समयमा पौडेललाई लक्षित गरी बम प्रहार भएको…
काठमाडौँ : मेलम्चीको पानी उपत्यकामा वितरणका लागि निर्माण गरिएको नेपालकै सबैभन्दा ठूलो पानी प्रशोधन केन्द्रको परीक्षण सफल भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। सुन्दरीजलमा निर्माण भएको आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्रका ६ वटै कक्षको परीक्षण सम्पन्न भएको हो। वागमतीको पानी लगेर प्रशोधन केन्द्र परीक्षण गरिएको थियो। परीक्षणबाट केन्द्र निर्माण सफल भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र…
बाजुरा : प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताएका छन्। बाजुरामा पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई जिताउन मतदातालाई आग्रह गरे। प्रधानमन्त्रीले भने,‘लोकतन्त्रको रक्षा नभए जनताको अधिकार सकिन्छ, त्यसैले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई जिताउनुपर्छ।’ कांग्रेस लोकन्त्रको रक्षाको गर्ने पार्टी भएकाले अबको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गर्दै देउवाले आफू…
काठमाडौं : नेपाली कांग्रेस र नयाँ शक्ति नेपालले शनिबार गोरखा पालुङटारमा आयोजना गरेको संयुक्त चुनावी सभामा एक मात्र डलर अर्बपति विनोद चौधरीदेखि नायिका करिश्मा मानन्धरसम्म उपस्थित भए। उनीहरुले संयुक्त सभालाई सम्बोधन गर्दै एकै मञ्च सेयर गरे। चौधरी नेपाल कांग्रेसको तर्फबाट प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार हुन् भने करिश्मा नयाँ शक्तिको समानुपातिक उम्मेदवार। गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवार रहेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई…
किरण भट्टराई काठमाडौँ : मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ। निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिए। पहिलो चरणमा ३२ जिल्लामा प्रचिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रका लागि…
कालिका खड्का ओखलढुंगा : ओखलढुंगामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार यज्ञ सुनुवार र नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाबीच कडा टक्कर पर्ने भएको छ। प्रतिनिधिसभामा एक र प्रदेशमा दुई सिट कायम रहेको ओखलढुंगामा कांग्रेसलाई आफ्नो विरासत जोगाउन ठूलै कसरत गर्नुपर्ने अवस्था छ भने वाम गठबन्धनसामु कांग्रेसको किल्ला तोड्ने चुनौती छ। कांग्रेस र वाम गठबन्धनले उम्मेदवारी दर्ता गरेसँगै दुवैले प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन्। ओखलढुंगामा…
प्रभाषचन्द्र झा विराटनगर : मोरङको क्षेत्र नम्बर दुईमा निर्वाचनको सरगर्मी बढेको छ। मतदातालाई आकर्षित गर्न यस क्षेत्रका उम्मेदवारले पाँच वर्षे विकासका भावी योजना सार्वजनिक गर्ने कार्यलाई तीव्रता दिएका छन्। त्यस्तै, कोणसभा र घरदैलो अभियानमार्फत मतदातालाई आकर्षित गर्न उम्मेदवारहरु तल्लीन देखिन्छन्। मोरङको मध्यभागमा अवस्थित यस क्षेत्रका ग्रामीण भेगका सडकको दूरावस्थाका साथै सिँचाइकोसमेत प्रबन्ध नरहेको र आधारभूत आवश्यकता परिपूर्ति हुनुपर्ने विषयमा मतदाता पनि सजग देखिन्छन्। …