PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • कपिलवस्तुमा डेंगुका चार जना बिरामी फेला

    कपिलवस्तुमा डेंगुका चार जना बिरामी  फेला

    कपिलवस्तुः कपिलवस्तुमा डेंगु रोगका चार बिरामी फेला परेका छन्। बुद्धभूमि नगरपालिकाको बरकलपुर स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षणमा आएका विरामीको स्वास्थ्य जाँच गर्दा डेंगु देखिएको हो। स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउँदा निको नभएपछि स्वास्थ्यचौकीमा आएका बिरामीलाई डेंगु परीक्षणका लागि अञ्चल अस्पताल बुटवल सिफारिश गरिएको थियो। चारमध्ये तीन बिरामी उपचारपछि घर फर्केका र एक जनाको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको बताइएको छ ।  बरकुलपुर स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • इटालियन सिरी ए : शीर्ष स्थानको नेपोली र रोमा विजयी

    इटालियन सिरी ए : शीर्ष स्थानको नेपोली र रोमा विजयी

    इटालिनय सिरी ए अन्तर्गत गएराती भएको खेलमा लिग लिडर नेपोली र रोमा विजयी भएका छन्। नेपोलीले एसी मिलान तथा रोमाले लाजियोलाई समान २-१ ले हरायो। नेपोलीलाई घरेलु मैदानमा जित दिलाउन लरेन्जो इनसिग्ने र पिओर जिलिन्स्कीले गोल गरे। मिलानका लागि खेलको अन्त्यतिर अलेसियो रोमागनोलीले एक गोल फर्काए। १३ खेलबाट ३५ अंक जोडेको नेपोलीले दोस्रो स्थानको युभेन्ट्समाथि ४ अंकको अग्रता बनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रकाशको शोकमा चितवनमा आज चुनाव प्रचारप्रसारका कार्यक्रम स्थगित

    प्रकाशको शोकमा चितवनमा आज चुनाव प्रचारप्रसारका कार्यक्रम स्थगित

    चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको निधन भएपछि वाम र लोकतान्त्रिक गठबन्धनले आज चितवनमा चुनावी प्रचारप्रसार स्थगित गरेका छन्। अध्यक्ष प्रचण्डको गृह जिल्ला र चुनावी क्षेत्र भएकाले प्रकाशको निधनसँगै यहाँका सर्वसाधारण दुखित भएका छन्। चुनावी प्रचार अभियान भइरहँदा प्रकाशको निधनसँगै वाम र लोकतान्त्रिक गठबन्धनले आज सबै चुनावी प्रचारका कार्यक्रम स्थगित गरेका हुन्।  प्रकाश २०३८ साल…

    विस्तृतमा पढ्नुस्

  • पुत्रशोकमा परेका प्रचण्ड पुगे नर्भिक अस्पताल

    पुत्रशोकमा परेका प्रचण्ड पुगे नर्भिक अस्पताल

    काठमाडौँः पुत्रशोकमा परेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भर्खरै नर्भिक अस्पताल पुगेका छन्। छोरा प्रकाशको निधन भएपछि दाहाल आजै चुनाव प्रचारको कार्यक्रम छाडेर झापाबाट काठमाडौँ फर्किएका हुन्। प्रचण्डसँगै रेणु दाहाल पनि सँगै नर्भिक अस्पताल पुगेकी छन्।  यसअघि प्रकाश पत्नीद्वय सृजना त्रिपाठी र बिना मगर अस्पताल पुगिसकेका छन्। पतिको निधनको खबरले सृजना बेहोस भएकी छन्।  दाहालका चार सन्तानमध्ये छोरी ज्ञानुको…

    विस्तृतमा पढ्नुस्

  • फ्रेन्च लिग : पिएसजीको अपराजित यात्रा कायमै, मोनाको बराबरीमा रोकियो

    फ्रेन्च लिग : पिएसजीको अपराजित यात्रा कायमै, मोनाको बराबरीमा रोकियो

    एडिनसन कभानीको दुई गोल मद्दतमा लिग लिडर पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिग वानमा नान्ट्सलाई ४-१ ले पराजित गरेको छ। सिजनको एक मात्र अपराजित टोली पिएसजीले अपराजित यात्रालाई १३ खेलसम्म पूर्‍याएको छ। पिएसजीको जितमा कभानीले २ गोल गरे भने एन्जल डि मारिया र ज्याभिएर पास्टोरले एक एक गोल गरे। अर्को खेलमा मोनाको अमिएन्ससँग १-१ को बराबरीमा रोकिएपछि पिएसजीले ६ अंकको…

    विस्तृतमा पढ्नुस्

  • उम्मदेवारमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

    उम्मदेवारमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

    डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारमाथि भएका आक्रमण रोक्न सुरक्षाको व्यवस्था कडा पारिने बताएका छन्।  नेपाल प्रेस युनियनले डडेल्धुरामा आज विहान गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले उम्मेदवारको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको उल्लेख गर्दै आफू सोमबार राजधानी फर्केपछि सबैसँग छलफल गरी सुरक्षा व्यवस्था अझै कडा पारिने बताए।  प्रधानमन्त्रीले भने,‘विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाहेक अरु कसैले पनि आतंक मच्चाएको खबर छैन, हमला…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला निर्वाचन कार्यालय धादिङमा सकेट बम भेटियो, निष्क्रिय पार्दै नेपाली सेना

    जिल्ला निर्वाचन कार्यालय धादिङमा सकेट बम भेटियो, निष्क्रिय पार्दै नेपाली सेना

    धादिङ :  जिल्ला निर्वाचन कार्यालय धादिङ परिसरमा सकेट बम फेला परेको छ। कार्यालय अगाडि प्रहरीको निगरानी भइरहने स्थानमा सकेट बम फेला परेको हो।  कार्यालयको ढोकामै राखिएको बम फेला परेपछि सुरक्षाकर्मी परिचालन गरी पुछार बजार क्षेत्रलाई सुरक्षाकर्मीको घेरामा राखिएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। निर्वाचन बहिष्कार गर्ने नेपाल कम्युनिष्ट पार्टीले बम राखेको केसीको भनाइ छ।  कार्यालयमै बम भेटिएपछि त्यहाँको कामसमेत प्रभावित…

    विस्तृतमा पढ्नुस्

  • बुण्डेसलिगा : लेवान्डास्कीको दुई गोलमा वायर्न विजयी

    बुण्डेसलिगा : लेवान्डास्कीको दुई गोलमा वायर्न विजयी

    लिग लिडर वायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा अगस्वर्गलाई ३-० ले पराजित गरेको छ। घरेलु मैदान एलिएन्ज एरेनामा भएको खेलमा वायर्नलाई जित दिलाउन रोवर्ट लेवान्डासकीले २ तथा अर्टुरो भिदालले १ गोल गरे। जितपछि वायर्नले दोस्रो स्थानको लेइपिजगमाथि ६ अंकको अग्रता बनाएको छ। लेइपजिग वायर्न लेभरकुजनसँग २-२ गोलको बराबरीमा रोकिएको छ। शीर्ष स्थानको वायर्नको १२ खेलबाट २९ अंक छ। लेइपजिग २३ अंकका साथ…

    विस्तृतमा पढ्नुस्

  • आगलागीमा परी चीनमा १९ जनाको मृत्यु, ८ घाइते

    आगलागीमा परी चीनमा १९ जनाको मृत्यु, ८ घाइते

    बेइजिङ :  चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।  छिङजिन गाँउमा रहेको घरमा शनिबार राति ९ बजेतिर आगलागी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।  आगलागीमा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरी अस्पताल पुर्याइएको थियो। आगलागी नियन्त्रण गर्न दमकल र आग्नि नियन्त्रकहरु तत्कालै घटनास्थलमा पठाइएको…

    विस्तृतमा पढ्नुस्

  • प्रकाश दाहालको मृत्युमा कसले के भने?

    प्रकाश दाहालको मृत्युमा कसले के भने?

    काठमाडौं : पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको मृत्यु भएपछि विभिन्न पार्टीका शीर्ष नेताहरुले सामाजिक सञ्जालमार्फत् शोक व्यक्त गरेका छन्।   प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रकाश दाहालको मृत्युले मर्माहत बनाएको भन्दै ट्वीट गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाहालका पुत्र प्रकाशको असामयिक निधनको खबरले मर्माहत बनाएको छ भन्दै ट्वीटमार्फत श्रद्धाञ्जली दिएका छन्। नयाँ शक्ति पार्टीका संयोजक…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा चुनौती खडा गर्ने घटनाले अनुत्तरित प्रश्न उब्जायो : प्रमुख आयुक्त यादव

    सुरक्षा चुनौती खडा गर्ने घटनाले अनुत्तरित प्रश्न उब्जायो :  प्रमुख आयुक्त यादव

    काठमाडौँ :  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले शान्तिपूर्ण र उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भई राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारमा लागेको बेला एकाएक रुपमा देखिएको सुरक्षा चुनौतीले सबैलाई गम्भीर तुल्याएको बताएका छन्।  आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल(नियोक)द्वारा निर्वाचन पर्यवेक्षणमा खटिने राष्ट्रिय पर्यवेक्षकका लागि आयोजित प्रशिक्षणको उद्घाटन गर्दै प्रमुख आयुक्त यादवले उम्मेदवारमाथिको आक्रमणले सुरक्षा चुनौती बढेको बताए। यादवले भने,‘ सुरक्षामा चुनौती खडा गर्ने…

    विस्तृतमा पढ्नुस्

  • यू-१६ राष्ट्रिय क्रिकेट टोली निर्माणका लागि ओपन सेलेक्सन क्याम्प हुने

    यू-१६ राष्ट्रिय क्रिकेट टोली निर्माणका लागि ओपन सेलेक्सन क्याम्प हुने

    काठमाडौं : नेपालको यू-१६ राष्ट्रिय क्रिकेट टोली बनाउनका ओपन सेलेक्सन क्याम्प हुने भएको छ। सन् २००१ सेप्टेम्बर १ यता जन्मेका प्रतिभावान खेलाडीका लागि यो अवसर रहेको नेपाली यू-१९ टोलीका प्रशिक्षक विनोद दासले जनाएका छन्।   क्याम्पमा सहभागि हुने खेलाडीले जन्म दर्ता, जन्म मितिसँगैको स्कुल सर्टिफकेट र प्यारेन्टस लेटर बुझाउनुपर्नेछ। नेपालका ९ वटै क्षेत्रका प्रशिक्षकहरुले उक्त क्याम्प गराउनेछन्। क्याम्पका लागि इलिजिबल…

    विस्तृतमा पढ्नुस्

  • कम्युनिष्टले जितेमा अधिनायकवाद आउँछ भन्नु वैचारिक दरिद्रताः प्रदीप ज्ञवाली

    कम्युनिष्टले जितेमा अधिनायकवाद आउँछ भन्नु वैचारिक दरिद्रताः प्रदीप ज्ञवाली

    गुल्मी :  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले स्थापनाकालदेखि नै नेपालका कम्युनिष्टले लोकतन्त्रका लागि संघर्ष गर्दै आएकाले वाम गठबन्धनले जितेमा अधिनायकवाद आउँछ भन्नु वैचारिक दरिद्रता भएको बताएका छन्।  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मी क्षेत्र नं १ को निर्वाचन प्रचारमा रहेका ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टीको जन्म नै राणाशासनको अन्त्यका लागि संघर्ष गर्ने लक्ष्यका साथ भएको बताए। उनले भने,‘त्यसपछि हामी निरंकुश पञ्चायत र…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्छः  निधि

    कांग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्छः  निधि

    धनुषा :  नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्ने बताएका छन्।  रौनियार सेवा समितिद्वारा जनकपुरमा आयोजित कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार निधिले राणा शासनकालदेखि हालसम्म नागरिक अधिकार बहालीका लागि संघर्ष गर्दै आएकाले कांग्रेस उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे।  जनकपुर शुरुदेखि नै क्रान्ति र आन्दोलनको भूमि भएको हो भन्दै निधिले कांग्रेसले नै संविधान…

    विस्तृतमा पढ्नुस्

  • भावुक हुँदै प्रचण्डले छोराकाे शरीरमा पार्टीको झण्डा ओढाए

    भावुक हुँदै प्रचण्डले छोराकाे शरीरमा पार्टीको झण्डा ओढाए

    काठमाडौं  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाशलाई श्रद्धाञ्जली दिन पार्टीका विभिन्न दलका नेता कार्यकर्ता माओवादी मुख्यालय पेरिस डाँडा पुगेका छन्। प्रचण्डले छोरा प्रकाशको शरीरमा माला र पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए। त्यस क्रममा उनी निकै भावुक बनेका थिए। त्यसपछि दिदी रेणुले भाइको शरीरमा माला चढार श्रद्धाञ्जली दिएकी थिइन्। यसैगरी प्रकाशकी कान्छी पत्नी विना मगरले माला चढाइन्।  त्यसैगरी, उपराष्ट्रपति नन्दबहादुर…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानका बालबालिकाको अवस्थाप्रति युनिसेफ चिन्तित, सहयोगका लागि विश्व समुदायलाई आग्रह

    अफगानिस्तानका बालबालिकाको अवस्थाप्रति युनिसेफ चिन्तित, सहयोगका लागि विश्व समुदायलाई आग्रह

    काबुल :  अफगानिस्तानका बालबालिकाको स्वास्थ्य तथा शिक्षा अवस्थाको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय एजेन्सी, युनिसेफले चिन्ता व्यक्त गरेको छ।  यहाँका बालबालिकाले पोषणयुक्त खानेकुरा नपाएका तथा विद्यालय जान पाउने स्थिति पनि नरहेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो।  अफगानिस्तानमा आजका मितिसम्म पनि कम्तीमा ३५ लाख बालबालिका विद्यालयबाहिर रहेका छन् भने उनीहरुले राम्रो र पोषणयुक्त खानेकुराबाट पनि बञ्चित रहेका छन्।  अफगानिस्तानका लागि युनिसेफका आवासीय…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानले जित्यो यू-१९ एसिया कपको उपाधि, पाकिस्तान १८५ रनले पराजित

    अफगानिस्तानले जित्यो यू-१९ एसिया कपको उपाधि, पाकिस्तान १८५ रनले पराजित

    काठमाडौं : अफगानिस्तानले एसीसी यू-१९ युथ एसिया कपको च्याम्पियन बनेको छ। यसअघिको तीन संस्करणमा सेमिफाइनलमा पराजित भएको अफगानिस्तानले पाकिस्तानलाई फाइनलमा  १८५ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो। २४९ रनको लक्ष्य पछ्याएको पकिस्तानलाई ६३ रनमा अलआउट गर्दै अफगानिस्तानले ऐतिहासिक उपाधि जितेको हो।   टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४८ रन बनाएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • प्रकाश दाहाललाई श्रद्धाञ्जली दिन हेलिकप्टरबाट बाबुराम भट्टराई काठमाडौं

    प्रकाश दाहाललाई श्रद्धाञ्जली दिन हेलिकप्टरबाट बाबुराम भट्टराई काठमाडौं

    काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई राजनीतिक समकक्षी पुष्पकमल दाहाललाई समवेदना तथा उनका पुत्र प्रकाशलाई श्रद्धाञ्जलीका लागि काठमाडौं आएका छन्। गोरखामा चुनावी प्रचारमा जुटेका भट्टराई हेलिकप्टरबाट काठमाडौं आएका हुन्। नेकपा माओवादी छाडेर नयाँ शक्तिमा सक्रिय रहेका भट्टराई नेपाली कांग्रेससँगको सहकार्यमा चुनावी मैदानमा छन् भने प्रचण्डको प्रतिनिधित्व गर्दै नारायणकाजी श्रेष्ठ भट्टराईसँग प्रतिस्पर्धा गर्दैछन्। 

    विस्तृतमा पढ्नुस्

  • कोशेढुङ्गा बन्यो पेरिस सम्झौता कार्यान्वयनमा बोन सम्मेलन

    कोशेढुङ्गा बन्यो पेरिस सम्झौता कार्यान्वयनमा बोन सम्मेलन

    कृष्ण अधिकारी  जर्मनी :  विश्वभर निकै चासो र महत्वका साथ हेरिएको जर्मनीको बोनमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धी (यूएनएफसीसीसी) को २३ औं सम्मेलन (कोप–२३) ले ठोस कुनै निर्णय गर्न नसके पनि दुई वर्षअघि पारित भई कार्यान्वयनमा आएको पेरिस सम्झौताको कार्यान्वयन खाकाको मस्यौदामा राखिने विषयवस्तु तयार गर्न सफल भएको छ।  अर्को वर्ष पोल्याण्डमा हुने कोप २४ मा पुग्दा पेरिस सम्झौताको कार्यान्वयनले…

    विस्तृतमा पढ्नुस्

  • प्रकाश दाहालको निधनमा राष्ट्रपति भण्डारीबाट दुःख व्यक्त

    प्रकाश दाहालको निधनमा राष्ट्रपति भण्डारीबाट दुःख व्यक्त

    काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधन भएकामा दुःख व्यक्त गरेकी छन्।  राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माको नेतृत्वमा सचिवालयका पदाधिकारीहरुको एक समूहले पेरिसडाँडामा अध्यक्ष प्रचण्डसँग भेट गरी राष्ट्रपतिका तर्फबाट दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको हो।  समूहमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा मदनकुमार भट्टराई,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell