काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि संयुक्त अरब इमिरेट्स (युएइ)को चार दिने औपचारीक भ्रमणमा जाँदै छन्। नेपाल र युएइबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४०औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति भण्डारी भ्रमणमा जान लागेकी हुन्। सोमबार दिउँसो ३ बजे युएइ प्रस्थान गर्ने कार्यक्रम छ। युवराज शेख महम्मल बिन जाहेद उल नेह्यानको निमन्त्रणमा राष्ट्रपति भण्डारी युएइ जान लागेकी हुन्। औपचारिक भ्रमण सोमबारदेखि बिहीबारसम्म तय भएको…
उर्लाबारी: विद्युत् चोरी नियन्त्रण गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले गए राति आठ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कर्यालय मोरङ, सशस्त्र प्रहरी र विद्युत् प्रधिकरणको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा जिल्लाको ग्रामथान गाउँपालिका–२ बाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–२ बस्ने रञ्जित मण्डल, आशाराम माझी, बिल्लु पोदार, वीरनारायण भगत, श्रवणकुमार माझी, अजित माझी, श्यामकुमार माझी, र…
रत्ननगर: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको प्रस्ट्याएका छन्। चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहेका अध्यक्ष दाहालले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जानकारी दिए। उनले विचार मिल्ने पार्टीबीच एकता आवश्यक भएको औँल्याउँदै काँग्रेसलाई पनि विचार मिल्नेसँग एकता गर्न…
काठमाडौँ: सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको छ। संसदीय समितिहरुको निर्देशन बमोजिम भन्दै सरकारले पूर्व निर्णय खारेज गरेको हो। सोमबारको मन्त्रिपरिषद बैठकले निर्णय खारेज गरेको हो। मन्त्रिपरिषद्को निर्णयबारे उपप्रधान एवं उर्जामन्त्री कमल थापाले ट्विट लेखेका छन् ‘अनियमित र हचुवा ढंगले गेजुवा ग्रुपसँग गरिएको बुढीगण्डकी जलविद्युत आयोजनाको समझौता संसदीय समितिहरुको निर्देशन बमोजिम आज बसेको मन्त्रिपरिषद बैठकले…
झापा: नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राप्रपासँग भएको चुनावी गठबन्धन आफूलाई ठीक नलागेको बताएका छन्। पटक– पटक पार्टीको बैठकमा यस विषयमा कुरा उठाए पनि सुनुवाइ नभएकाले आफूले झापा क्षेत्र नम्बर ३ बाट चुनाव लडेको बताए। लोकतान्त्रिक वा वाम गठबन्धन जे भएपनि २०४६ र ०६२/०६३ को जनआन्दोलन जनताले कहिल्यै नभुल्ने उनले बताए। सिटौलाले भने,‘यस क्षेत्रबाटै सुरु भएको जनआन्दोलनले राजसंस्थाको अन्त्य भएको र…
बार्सीलोना : स्वतन्त्रता पक्षधर क्याटलोनियाली नेताहरुलाई स्पेनले नियन्त्रणमा लिएको विरोधमा लाखौँ क्याटलोनियाली जनताले बार्सिलोनामा प्रदर्शन गरेका छन्। स्वतन्त्रताको पक्षमा जनमतसंग्रहको परिणाम आएपछि क्याटलोनियाको क्षेत्रीय संसदले स्वतन्त्रताको पक्षमा मतदान गरेको र यसै निर्णयलाई अधार बनाई क्षेत्रीय सरकारले क्याटोलोनियालाई स्वतन्त्र घोषणा गरेको थियो। लगत्तै स्पेनले क्षेत्रीय सरकारलाई निलम्बन गरी प्रत्यक्ष शासन सुरु गरेको थियो। क्याटलोनियाका आठजना क्षेत्रीय मन्त्री र दुईजना लोकप्रिय अभियानकर्ताहरुको रिहाइको…
काठमाडौं : आइसीसी वुमन्स टी-२० वर्ल्ड कप एसियन कप क्वालिफायरको तयारीका लागि बंगलादेश भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अभ्यास खेलमा जित हात पारेको छ। आइतबार भएको पहिलो खेलमा नेपाली महिला टोलीले बंगलादेश क्रिअ शिखा प्रोतिष्ठान (बिकेएसपी)लाई ६ विकेटले पराजित गरेको हो। नेपालले बिकेएसपीसँग चार खेलको टी-२० सिरिज खेल्नेछ। पहिले ब्याटिङ गरेको घरेलु टोली बिकेएसपीले १९.५ ओभरमा अलआउट हुँदै…
काठमाडौं: मङ्सिर १ गते शुक्रबार सार्वजनिक हुने फिल्म ’झ्यानाकुटी’को नयाँ गीत सार्वजनिक भएको छ। 'भो मलाई चाहिदैन अर्की' बोलको गीत भिडियोसहित युट्युब रिलिज भयो। गीतमा प्रदीप भारद्वाजको शब्द, बिकाश चौधरीको संगीत र धर्मेन्द्र सेवानको स्वर रहेको छ। गीतको भिडियोमा सौगात मल्ल, बेनिशा हमाल, सुमी मोक्तानको साथमा बालकलाकार एस्टल गुरुङको फिचरिङ रहेको छ। धम्पुसमा छायांकन गरिएको भिडियोलाई सिमोश र नीशाले मिलेर…
काठमाडौँ : तमु समाज बेल्जियमले प्रथम विश्व युद्धमा शहादत प्राप्त गर्ने वीर गोर्खालीप्रति सम्मानस्वरूप बेल्जियमस्थित इपरमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरेको छ। बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाको उपस्थिति रहेको कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहाललगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो। प्रथम विश्व युद्धको हतियार बिसाएको दिन ११ नोभेम्वरलाई विश्वभरि दिवसका रूपमा मनाउने क्रममा १५ वर्षदेखि तमु समाज बेल्जियमको…
काठमाडौं: जेनी मानन्धरले मिस लिटिल नेवाः २०१७ को उपाधि जितेकी छिन्। भक्तपुरकी १३ वर्षीय मानन्धरले आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा ३० जना प्रतिस्पर्धिहरुलाई पछि पार्दै उपाधी जितेकी हुन्। जेनीले नगद दश हजार तथा आकर्षक क्राउन पाइन्। नेप्लीज फेसन होमले आयोजना गरेको ११ औं संस्करणको मिस लिटिल नेवाः मा ३१ जना बालिका तथा किशोरीहरुले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा भक्तपुरकै रोजा प्रजापतिले…
काठमाडौँ : नइ प्रकाशनले ‘देशभक्त राजनेताः कीतिनिधि विष्ट’ नामक बृहत् स्मृतिग्रन्थ प्रकाशित गर्ने भएको छ। प्रकाशनले विज्ञप्ती जारी गरी पूर्व प्रधानमन्त्री विष्टको योगदानको इतिहास नेपाली वाङ्मयमा सुरक्षित राख्ने हेतुले ग्रन्थ प्रकाशन गर्न गर्न लागेको जनाएको हो। विष्ट नइ प्रकाशनका संरक्षक तथा दातासमेत हुन्। विष्टको गत शनिवार ९१ वर्षको उमेरमा निधन भएको थियो। नइ प्रकाशनले विष्टका बुबाआमा चन्द्रनिधि विष्ट÷धनकुमारी विष्टका स्मृतिमा…
पोखरा : क्षेत्रीय निर्वाचन कार्यालय, पोखराले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा स्वयंसेवकलाई खटाएको छ। मतदाता शिक्षा तालिम लिएका सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका र बाल विकास केन्द्रका शिक्षिका गरी ३१७ स्वयंसेवक मतदान केन्द्रमा खटिएका छन्। स्वयंसेवकहरुले आफू खटिएको मतदान केन्द्रमा पुगी मतदातालाई मतदान गराउने तरिकाबारे सिकाउने क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए। उनीहरुले निर्वाचन…
काठमाडौं: गायक नरेश जोगीको थारु भाषाको गीत 'प्यार के इन्ट्री' सार्वजनिक भएको छ। पछिल्लो समय थारु भाषाका गीतमाथि म्यूजिक भिडियो निर्माण हुने क्रम बढेको छ। यसैविच थारु भाषाका उक्त गीतको पनि भिडियो रिलिज गरियो। गीतमा स्वर, संगीत र शब्द नरेश जोगीकै रहेको छ। उनलाई गायनमा साथ अन्नु चौधरीले दिएकी छिन्। लोकदोहोरी गीतको भिडियोहरुमा लोकप्रिय रहेकी मोडल करिश्मा ढकाल र थारु…
कपिलवस्तु: बढी सामान बोकेर नेपाल भित्रिएका ठूला भारतीय सवारी साधनलाई कपिलवस्तुमा ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ। कृष्णनगर नाकाबाट मात्र दैनिक करिब ४०० भन्दा बढी भारतीय सवारी साधन नेपाल भित्रने गरेका छन्। जरिवाना काट्दै ‘ओभरलोड’ छाड्दै आएको कपिलवस्तु ट्राफिक प्रहरीले शुक्रबारदेखि क्षमताभन्दा बढी सामान बोक्ने ट्रकको सामान खन्याई अर्को ट्रकमा लैजाने व्यवस्था गराउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक…
काठमाडौं : जगजित श्रेष्ठ र अनिल गुरुङलाई टिममा राख्दै एसियन कप छनोटअन्तर्गत फिलिपिन्स विरुद्ध खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा भएको छ। नेपालले भोली छनोट चरणको पाँचौ खेल घरेलु मैदान फिलिपिन्ससँग खेल्दैछ। यसअघि ताजिकिस्तान विरुद्धको दुवै खेलमा टिममा नअटाएका अनिल गुरुङ फिलिपिन्स विरुद्धको खेलपछि सन्यास लिने योजनामा छन्। फिलिपिन्स विरुद्ध मैदान उत्रिएमा अनिललले नेपालको लागि ५०औँ खेल पूरा गर्नेछन्। यस्तै…
महोत्तरी : सडकमा फ्याँकिएको प्याकेटभित्रको विषादी सेवन गरेपछि बिरामी भएका एक नाबालकको मृत्यु भएको छ। गौशाला नगरपालिका–८ बेलगाछीका रामविलाश ठाकुरका पाँचवर्षीय छोरा उद्धव ठाकुरको जनकपुर अञ्चल अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय, गौशालाले जनाएको छ। त्यस्तै, ठाकुरकै कान्छा छोरा तीन वर्षीय उदय ठाकुरको सघन उपचार कक्षमा उपचार भइरहेको छ। प्रहरीले दिएको जानकारी अनुसार आइतबार साँझ सडकमा खेल्ने…
मुकुल ढकाल कार्तिक ९ गते आस्क फाउन्डेशनका तर्फबाट १२ जनाको मेडिकल टिम (३ जना विज्ञ डाक्टर , ४ जना मेडिकल/डेन्टल अफिसर, ४ जना नर्सिङ एवं प्यारामेडिक तथा एक जना नन् मेडिकल गरी कुल १२ जना) को नेतृत्व गर्दै जुम्ला पुग्नु थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरको सहयोगमा कार्तिक ११ देखि १३ सम्म वृहत आँखा शल्यक्रिया तथा…
काठमाडौं : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले मुलुकमा हिन्दू राष्ट्रको माग गर्दै पशुपतिनाथको मन्दिरमा विशेष पूजा गरेका छन्। आज पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मन्दिर परिसरमा पूजा शुभारम्भ गर्दै मुलुकमा पाँच हजार वर्ष पुरानो हिन्दू सभ्यता र संस्कृतिलाई निरन्तरता दिन हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा उनले जोड दिए। अध्यक्ष लोहनीले देशमा बढ्दै गएको वैदेशिक हस्तक्षेपलाई न्यूनीकरण गर्नु पर्नेमा जोड दिँदै…
भीष्मराज ओझा काठमाडौँ : नयाँ संविधानअनुसार निर्वाचन हुने संघीय व्यवस्थापिकाका दुवै सदनका बैठक सञ्चालन गर्नका लागि भवन आगामी पुसभित्रै तयार हुने भएको छ। व्यवस्थापिका–संसद् सचिवालयले हालको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नै प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक सञ्चालन गर्ने तयारी सुरु गरेको हो। आगामी मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको…
डडेल्धुरा : डडेल्धुरामा राजनीतिक दलले चुनावी अभियान तीव्र पारेका छन्। जिल्लामा नेपाली कांग्रेस, वाम गठबन्धन, राप्रपा, नयाँ शक्ति पार्टीलगायत दलले चुनावी अभियान तीव्र पारेका छन्। कांग्रेसले परशुराम नगरपालिकाबाट चुनावी अभियान थालनी गरी अजयमेरु गाउँपालिकाको चिपुर देवल, भागेश्वर गाउँपालिकाको रुपाल र वगरकोटमा सम्पन्न गरेको छ। वाम गठबन्धनले अजयमेरु, नवदुर्गा, भागेश्वरमा भेला सम्पन्न गरेको छ। उनीहरुले घरदैलो कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा मत हाल्न…