ललितपुरः पाटन औद्योगिक क्षेत्रमा रहेको प्लाष्टिक कारखानामा आज साँझ आगलागी भएको छ । आगलागीको कारण पत्ता लाग्न नसकेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। काठमाडौँ, ललितपुर महानगरपालिकाका दमकल, त्रिभुवन विमानस्थल, निजी पानी ट्यांकरको पानी प्रयोग गरी आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगलागीका कारण उद्योगमा रहेका तयारी सामग्री, कच्चा पदार्थ जलेर नष्ट भएका छन् । …
हेटौंडाः मकवानपुरमा मंगलबार साँझ खुकुरी प्रहारबाट तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालकाअनुसार मनहरि–७ का सुमन बराइलीले अन्धाधुन्ध खुकरी प्रहार गर्दा सोही ठाउँका ५२ वर्षीय सीताराम धिताल, उनका १६ वर्षीय छोरा सुमन र छिमेकी ६५ वर्षीय जीतबहादुर ब्लोनको मृत्यु भएको हो। प्रहरीले बराइलीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। बराइलीको मानसिक सन्तुलन ठिक नभएको र उनले…
भक्तपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनदेखि आत्तिएकाले एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार हत्याको षडयन्त्र गर्न थालेको आरोप लगाएका छन्। मंगलबार मध्यपुरथिमिको लोकन्थलीमा एमालेले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले वाम गठबन्धनका उम्मेदवारमाथि मात्रै हत्या गर्ने योजनासहित आक्रमण हुनुमा सरकारको समेत संलग्नताको रहेको आशंका गरे। सरकारले कार्यकर्तालगायत विभिन्न व्यक्तिलाई २३ करोड बाँड्नु र बम पड्कनुको सम्बन्ध त…
गौशाला : राष्ट्रिय जनता पार्टी नेपालका संयोजक एवं महोत्तरी निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महन्थ ठाकुरलाई आफ्नै बागी र वामगठबन्धनका उम्मेदवारको चुनौती देखिएको छ। सो क्षेत्रमा संयोजक महन्थ ठाकुरसँगै राजपा नेपालकै बागी उम्मेदवार चन्देश्वर झा र नेकपा एमालेका उम्मेदवार विजयकुमार चौधरीले पनि चुनावी अभियान थालेका छन्। अहिले तीनैजनाले मतदाता फकाउने कामलाई तीव्रता दिएका छन्। संयोजक ठाकुरले मधेशलाई…
मनिला : एसियाका पाँच देशको १२ दिने भ्रमणको अन्तिम पाइलाका रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार फिलिपिन्स पुगेका छन्। उनी सोमबार बिहान मनिला पुग्दा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले स्वागत गरेका थिए। राष्ट्रपति डुटेर्ते फिलिपिन्समा लागूऔषधको अवैध ओसारपसारसम्बन्धी कानुनमा विवादमा परेका छन्। उनले यस्ता काममा संलग्नलाई प्रहरीले सिधै गोली हान्नेसम्मको अधिकार प्रहरीलाई दिने कानुन ल्याएपछि अधिकारवादीहरुले यसलाई अधिनायकवादी कानुन भनी विरोध गरिरहेका छन्। …
पूर्णप्रसाद मिश्र काठमाडौँ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले केही स्थानीय तहले भूकम्पपीडितलाई अनुदान लिन जाँदा बनिसकेका घरको नक्साका विषयमा अप्ठेरो पार्ने गरेको जनाउँदै गुनासो सहजीकरण गर्न निर्देशन दिएको छ। भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन प्राधिकरणले बोलाएको स्थानीय तहका प्रतिनिधि तथा सरोकार भएका निकायसहितको बैठकपछि यस्तो निर्देशन दिइएको हो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बनिसकेका घरको नक्साका विषयमा स्थानीय तहबाटै सहजीकरण गरी फरफारकमा…
‘यहाँ से पचास पचास कोस दूर जब बच्चा रात को रोता है तो माँ कहती है सो जा बेटे नहीं तो गब्बर आ जाएगा।‘ फिल्म ‘शोले’मा रहेको यो डायलग आजसम्म चर्चामा छ। जुन गब्बरको नाम पनि डायलगसँगै चर्चामा आयो त्यो पात्र अर्थात अभिनेता अमजद खान जिउँदो हुन्थे भने आइतबार उनी ७७ वर्षको पुग्थे। फिल्मको खलनायक कुनै किम्बदन्तीको नायक बने। शोले…
काठमाडौँ : गत साउनमा आएको बाढीले ६० अर्ब ७१ करोड ६६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले जनाएको छ। राष्ट्रिय योजना आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको बाढीपछिको पुनःउत्थानसम्बन्धी आवश्यकता आँकलन प्रतिवेदनले आवास, स्वास्थ्य, शिक्षाजस्ता सामाजिक क्षेत्र, कृषि, पशुपालन र सिँचाइजस्ता उत्पादनमूलक क्षेत्रमा असर पारेको जनाएको छ। प्रभावित क्षेत्रको पुनःउत्थानका लागि करिब ७३ अर्ब २४ करोड ४८ लाख लाग्ने प्रारम्भिक…
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई ठगहरुको मेस बनाउन नहुने बताएको छ। आज रफत सञ्चार क्लबले आयोजना गरेको नेमकिपाका उम्मेदवारको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेमकिपाको नाम प्रयोग गरेर ठगहरु सक्रिय भएको आरोप लगाए। भक्तपुरमा नेमकिपाले कांग्रेसका उम्मेदवारलाई सहयोग गर्छ भनेर कांग्रेसले हल्ला चलाएर राजनीतिक ठगी गर्न खोजेको टिप्पणी गर्दै बिजुक्छेले भने-…
काठमाडौं : एकादेशमा इन्टरनेशनल सर्ट फिल्म फेस्टिभलमा नेपालसहित ४३ देशका कूल ९९ सर्ट फिल्म प्रदर्शन हुने भएको छ। यही कात्तिक ३० देखि मंसिर ३ गतेसम्म हुने चार दिने फेस्टिभलमा नेपालबाट २१ फिल्मले सहाभागिता जनाउने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको हो। फेस्टिभल कमलपोखरस्थित कुमारी सिनेमा हलमा देखाइनेछ। सन् २०१२ बाट शुरु भएको सर्ट फिल्म फेस्टिभल एकादेशमाको यो पाँचौ संस्करण हो। यस…
काठमाडौं : एसीसी यू-१९ युथ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भोली (मंगलबार) आयोजक मलेसियासँग खेल्दैछ। यसअघि एक खेलमा जित र एक खेलमा हार बेहोरेको नेपालका लागि यो खेल निकै महत्वपूर्ण छ। नेपाल पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो। तर दोस्रो खेलमा ३ पटकको च्याम्पियन भारतलाई हराउँदै इतिहास रचेको नेपालले सेमिफाइनल सम्भावना जिवितै राखेको छ। सोमबार…
काठमाडौं : आइसीसी वुमन्स टी-२० वर्ल्ड कप एसियन कप क्वालिफायरको तयारीका लागि बंगलादेश टूरमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगातार दोस्रो अभ्यास खेल पनि जितेको छ। सोमबार भएको दोस्रो अभ्यास खेलमा नेपाली महिला टोलीले बंगलादेश क्रिअ शिखा प्रोतिष्ठान (बिकेएसपी)लाई ६ विकेटले पराजित गरेको हो। आइतबार भएको पहिलो खेलमा पनि नेपाल ६ विकेटले नै विजयी भएको थियो। थाइल्याण्ड जानुअघि चार…
ललितपुर : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा कार्तिक २८ गतेदेखि पश्चिम नेपालको भ्रमणमा जाने भएका छन्। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सोमबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कार्तिक २८ गते प्रधानमन्त्री नेपालगञ्ज प्रस्थान गर्ने जानकारी दिए। सोही दिन प्रधानमन्त्रीले सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखहरुसँग शान्ति सुरक्षा…
कल्पना पौडेल काठमाडौं : नेपाली जनताले महँगो मूल्यमा औषधि किन्दै आएकामा अब कम्तीमा ४० प्रतिशतसम्म कम मूल्यमा पाउने भएका छन्। सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका औषधालयमार्फत उपलब्ध गराउने सम्बन्धमा सिफारिशसहित सुझाव पेश गर्न सरकारद्वारा गठित उच्चस्तरीय समितिले आज प्रधानमन्त्रीलाई बुझाएको अध्ययन प्रतिवेदनले हालको औषधिको मूल्यमा ७० प्रतिशतसम्म कम गर्न सकिने सुझाव दिएको छ। समितिले झण्डै चार…
दाङ : नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले ५ नं प्रदेशको राजधानी दाङ बनाउन आफू कटिबद्ध रहेको बताएका छन्। घोराहीको रतनपुरमा सोमबार आयोजित कार्यक्रममा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार महराले यस क्षेत्रको विकासमा आफूले उल्लेख्य योगदान गरेकाले सबै पार्टीका कार्यकर्ताले आफूलाई सहयोग गर्ने बताए। वाम गठबन्धन कसैका विरुद्ध नभएर समग्र मुलुकको विकास र समृद्धिका लागि भएको उल्लेख…
युरोपेली राष्ट्र स्वीट्जरल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ। युरोपेली प्लेअफमा उत्तरी आयरल्याण्डलाई दुई लेगको खेलमा १-० ले पराजित गर्दै स्वीट्जरल्याण्ड विश्वकपमा स्थान बनाउन सफल भएको हो। पहिलो लेगमा उत्तरी आयरल्याण्डलाई १-० ले पराजित गरेको स्वीट्जरल्याण्डले दोस्रो लेगमा गोलरहित बराबरी खेलेको हो। बराबरी खेले पनि पहिलो लेगको जित नै स्वीस टोलीलाई विश्वकप पूर्याउन पर्याप्त बन्यो।
क्रोएसिया पाँचौ पटक विश्वकप फुटबलका लागि छनोट भएको छ। युरोपेली प्लेअफमा ग्रीसलाई समग्रमा ४-१ ले पराजित गर्दै क्रोएसियाले विश्वकपमा स्थान बनाएको हो। पहिलो लेग ४-१ ले जितेको क्रोएसिया दोस्रो लेगमा भने गोलरहित बराबरीमा रोकिएको थियो। तर पहिलो लेगको फराकिलो जित नै क्रोएसिया विश्वकप पूर्याउन निर्णायक रह्यो। अहिलेसम्म रुस विश्वकपका लागि कूल २८ राष्ट्र छनोट भइसकेका छन्। अब युरोपियन प्लेअफबाट २…
अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि अहिलेसम्म आयोजक रसियासहित २८ राष्ट्र छनोट भइसकेका छन्। आयोजकको हैसियतमा रुस सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी २७ राष्ट्रले छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाएका हुन्। अहलेसम्म पाँच पटकको विजेता ब्राजिल, विश्व च्याम्पियन जर्मनी लगायतका राष्ट्र छनोट भइसकेका छन्। यस्तै आइसल्याण्ड र पनामा पहिलो पटक विश्वकपमा छनोट भएका छन्। अब युरोपेली प्लेअफबाट…
एजेन्सीः इराक र इरानको सीमा क्षेत्रमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पमा परी इरानको केरमानसा राज्यमा १२९ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। भुम्पमा परी सयौँ घाइते भएका छन्। मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। इराकमा पनि ४ जनाको मृत्यु भइसकेको र मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। भूकम्पको केन्द्रविन्दु इराकको हलब्जाबाट दक्षिण पश्चिम ३२ किलोमिटर टाढा…
चुनावी अभियानमा सक्रिय रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सदरमुकाम गोरखा बजारमा झरेपछि पहिलोपोस्ट उनको चुनावी अभियान अवलोकन गर्न गोरखा पुगेको थियो। विकट भेगबाट सदरमुकाम आसपासका गाउँमा चुनावी अभियानमा उनीसँगै नेपाली कांग्रेसका स्थानीय र राष्ट्रियस्तरका नेताहरु काँधमा काँध मिलाएर हिँडेका थिए। बाबुराम भट्टराई प्रतिनिधिसभामा किन आवश्यक हुन् भन्ने विषय उनले बोल्नै पर्दैन कांग्रेसका नेताहरुले नै त्यो प्रस्ट्याउने गर्छन्। भट्टराईको निर्वाचन क्षेत्रमा…