लक्ष्मी गारु भक्तपुर : भक्तपुर क्षेत्र नम्बर एकमा नेपाल मजदुर किसान पार्टीको विरासत जोगाउने र भत्काउने दल बीच प्रतिस्पर्धा हुने भएको छ। विसं २०४८ देखि लगातार निर्वाचन जित्दै आएका नेमकिपा अध्यक्ष बिजुक्छेले यसपटक नयाँ पुस्तालाई अघि सार्ने भन्दै पार्टी सचिव प्रेम सुवाललाई उठाएपछि यस क्षेत्रको प्रतिस्पर्धामा अन्य दल उत्साहित भएका छन्। यस क्षेत्रमा बिजुक्छेको व्यक्तित्वका कारण नेमकिपाले चुनाव जित्दै आइरहेको र…
नेपालगञ्ज : प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारमाथि भएका आक्रमणका घटना सुरक्षा अंगको गम्भीर त्रुटिभित्र पर्ने भएकाले अबउप्रान्त यस्ता खाले घटना दोहोरिन नदिन सुरक्षा अंग थप चनाखो हुनुपर्ने बताएका छन्। नेपालगञ्जमा आज आयोजित प्रदेश क्षेत्र नम्बर ५ र ६ स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन विरोधी गतिविधि गर्ने कसैलाई पनि छुट नदिइने बताए। प्रधानमन्त्रीले भने,‘राजनीतिक दलबीच स्वस्थ प्रतिस्पर्धा, जनताको निर्भीकताका साथ…
बङ्गलादेश : म्यानमारबाट क्षमताभन्दा बढी यात्रु बोकेर भाग्नेक्रममा रोहिङ्गा शरणार्थीहरु बारम्बार दुर्घटनामा पर्ने गरेका छन्। पछिल्लो समयमा सोमबार मात्र भएको डुंगा दुर्घटनामा ९ जनाको मृत्यु भएको बताइएको छ। शरणार्थीहरु चडेको डुङ्गा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। खराब मौसमका कारण शाम्लापुर गाँउनजिकै डुङ्गा दुर्घटनामा परेको प्रहरी अधिकारीहरुले जनाएका छन्। गत अगष्टदेखि म्यानमारबाट लाखौँ शरणार्थीहरु डुङ्गा चढेर बङ्गलादेशमा शरणार्थी हुन आईपुगेका छन्।…
कान्दाहार : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक प्रहरी पोष्टमा मङ्गलबार तालिबानको आक्रमणबाट २२ जना प्रहरी मारिएपछि सो क्षेत्रमा उच्च सैनिक सतर्कता अपनाइएको छ। दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अवस्थित अफगान प्रहरी पोष्टमा तालिबान सशस्त्र हतियारधारीहरुले हमला गरेका थिए। आक्रमणमा परी अरु दर्जनौँ घाइते छन्। सो क्षेत्रमा मङ्गलबार बिहानदेखि ठूलो सङ्ख्याका सैनिक खटाइएको छ। प्रहरी पोष्ट हाल अफगान सेनाकै कब्जामा रहेको छ…
बागलुङ : पति सांसद हरिबहादुर खड्काको निधनपछि राजनीतिमा होमिएकी चम्पादेवी खड्कालाई समयले सहकारी तथा गरिबी निवारण राज्यमन्त्रीसम्म पुर्याएको छ। सडक दुर्घटनामा पति गुमाएकी राज्यमन्त्री खड्का २०७१ चैतमा भएको संविधानसभा उपनिर्वाचनमा बागलुङ क्षेत्र नं १ बाट विजयी बनेकी थिइन्। तीन वर्षको अन्तरालपछि पुनः सोही क्षेत्रबाट आसन्न प्रतिनिधिसभा निर्वाचनमा उनी उम्मेदवार बनेकी छन्। जिल्लाकै एक्ली महिला उम्मेदवार खड्काले अघिल्लो चुनाव जित्दा ‘पतिका सपना’…
फिल्म 'लिलिबिली'मा अभिनेत्री रेविका गुरुङको ठाउँमा प्रियङ्का कार्की अनुबन्धित भएको खबर सार्वजनिक भयो। फिल्म युनिट फ्लोरमा जाने भनिएको मितिभन्दा ढिलासम्म अभिनेत्री रेविका नेपालमै रहेकी थिइन्। कारण थियो बेलायती दुताबासले भिषा अस्विकृत गर्नु। फिल्म युनिटले भिषालाई रेविका आउट हुनुको कारण बताए पनि उनी फिल्ममा नदेखिनु र प्रियङ्काको इन्ट्री हुनु बारे विविध गसिप बने। जसबारे रेविकाले स्पष्टिकरण दिएकी छिन्। उनले फेसबुकमार्फत आफूले…
विराटनगर : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले कार्यकारी प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीबाट मुलकको लोकतन्त्रमा विकृति ल्याउने बताएका छन्। नेपाल प्रेस युनियन मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा गच्छदारले मुलुकमा विविध जनसंख्याको संरचना रहेकाले कार्यकारी पद्धतिबाट सबै जातजातिको प्रतिनिधित्व हुन नसक्ने बताए। गच्छदारले देश संघीयतामा गइसकेको तथा सिंहदरबारको अधिकार निर्वाचित स्थानीय निकायमा आइसकेको अवस्थामा अब पुनः केन्द्रीकृत पद्धति ल्याउनु लोकतन्त्रलाई विवादमा ल्याउनु मात्र भएको…
काठमाडौं: फिल्म ‘फुर्के’को फस्टलुक सार्वजनिक भएको छ। फेसबुकमार्फत प्रस्तुतकर्ता एम.बि राउतले फिल्मको लागि दुई पोस्टर रिलिज गरेका हुन्। भद्र भुजेल निर्देशित फिल्मको पोस्टरमा तीन मुख्य कलाकारको फिचरिङ रहेको छ। पोस्टरले फिल्म कमेडी जनराको भएको प्रष्ट पार्छ। पोस्टरहरुलाई कमल श्रेष्ठले तयार पारेका हुन्। फिल्ममा दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उतम केसी, सिदान्त लगायतको अभिनय रहेको छ।…
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान अनिल गुरुङको अन्तिम अन्तर्राष्ट्रिय खेलमा नेपालले फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको छ। सन् २०१९ मा हुने एएफसी एशियन कप छनोट चरणको आफ्नो पाचौं खेलमा नेपालले समूहको शीर्ष स्थानमा रहेको फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो। छनोट चरणका सुरुवाती चार खेलमा जित हासिल गर्न नसकेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। शीर्ष स्थानमा रहेको फिलिपिन्सका लागि भने…
डोल्पा : आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा दलहरु विभिन्न विकासका एजेण्डा लिएर जनताको घरदैलो गरिरहेका छन्। पहिलो चरणको प्रचारप्रचार दशैँअघि नै सम्पन्न गरेर दोस्रो चरणको प्रचारमा जुटेको वाम गठबन्धनले पनि डोल्पाको विकासका लागि विभिन्न एजेण्डासहित घरदैलो गरिरहेको छ। एमाले र माओवादी केन्द्रको गठबन्धनले डोल्पाको विकासका लागि पर्यटन क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको छ। ‘आधारभूत आवश्यकका रूपमा रहेका शिक्षा, स्वास्थ्य,…
काठमाडौं : चुनावलगत्तै पार्टी एकताको उद्घोषसहित नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले आजदेखि काठमाडौँमा संयुक्त चुनावी अभियान शुरु गरेको छ। दुवै पार्टीका शीर्ष नेताको उपस्थितिमा आगामी मंसिर २१ मा हुने निर्वाचनमा काठमाडौँ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको परिचय कार्यक्रम गरी अभियान शुरु भएको हो। दुवै दलले १० वटै क्षेत्रमा संयुक्त परिचालन कमिटी गठन र प्रचार कार्यालय खोलिसकेका छन्।…
काठमाडौं: नालापानी युद्ध विशेष फिल्म 'नालापानी'का लागि कलाकार चयन भैरहेका छन्। रामराज कुँवरको 'वीर बलभद्र कुँवर' नामक पुस्तकमा समावेश कथामाथि बन्न लागेको फिल्ममा नेपाली सेनाको भूमिका निर्वाहका लागि सेनाहरु बिच नै फिल्मको अडिसन भैरहेको हो। रिमेश अधिकारीले निर्देशन गर्ने फिल्ममा धेरै दृश्य द्वन्द्वका हुनेछन् जसको कारण पनि दक्ष योद्दा पात्रहरुको जरुरी छ। योद्दाहरुलाई तयार पार्न समय धेरै लाग्ने भएकोले पनि…
तेहरान : इरान र इराकको सीमाक्षेत्रमा आइतबार गएको ७.३ म्याग्नीच्युडको भूकम्पपछि दशौँ हजार इरानीले दोस्रो रात पनि खुल्ला आकासमुनि रात विताएका छन्। भूकम्पमा परी ४०० भन्दा बढी इरानीको मृत्यु भएको छ। भूकम्पकमा ६६ हजार भन्दाबढी घाइते भएका उल्लेख गरिएको छ । ७.३ म्याग्निच्युड मापन गरिएको भूकम्पको कुवेत पनि धक्का महसुस गरिएको छ। कुर्दनजिकैको सहर हलब्जामा केन्द्रबिन्दु रहेको भूकम्प इरानको इतिहासमा आएका शक्तिशाली…
शेरबहादुर सिंह/धनबहादुर भण्डारी डडेल्धुरा : आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चहलपहल प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा बढ्दै गएको छ। विसं २०४८ देखि लगातार निर्वाचन जित्दै आएका प्रधानमन्त्री देउवा छैटौँ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। उनीसँग वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य खगराज भट्ट चुनावी प्रतिस्पर्धामा छन्। माओवादी नेता भट्ट प्रधानमन्त्री देउवासँग डडेल्धुरामा तेस्रो पटक चुनावी मैदानमा…
लमजुङ : सोमबार अपराह्न फूलबारी मैदानमा चुनावी रौनक थियो। सुरक्षा व्यवस्थापनमा खटिएका म्यादी प्रहरीलाई भीड व्यवस्थापन गर्न हम्मेहम्मे भयो। मतदानका लागि पुरुष र महिलाको छुट्टाछुट्टै लाइन थियो। डोरी टाँगेर बनाइएको मतदान केन्द्रमा तीनवटा फरकफरक बक्साका साथै तीनवटा गोप्य मत राख्ने ठाउँ बनाइएको थियो। झट्ट हेर्दा लाग्थ्यो मंसिर १० गते आज नै हो। निर्वाचनका लागि खटिएका कर्मचारीले पालैपालो मतदातालाई मतदान गराइरहेका थिए।…
काठमाडौं: फिल्म 'शेरबहादुर'को पहिलो गीत सार्वजनिक भएको छ। ‘कान्छी मट्याङ ट्याङ’ बोलको आइटम गीत भिडियो सहित मङ्गलबार सार्वजनिक गरिएको हो। कोसिस क्षेत्रीको शब्द, संगीत र स्वर रहेको गीतमा मीना निरौलाले उनलाई स्वरमा साथ दिएकी छिन्। गीतको भिडियोमा मुख्य कलाकार मेनका प्रधान, कर्मा, रविन्द्र झाको फिचरिङ रहेको छ। भिडियोको निर्देशन वसन्त श्रेष्ठले गरेका हुन्। थ्रिलर जनराको फिल्ममा अवकास प्राप्त आर्मीको कथा…
काठमाडौं : नेपाली यू-१९ क्रिकेट टोली पहिलो पटक एसीसी यु-१९ युथ एसिया कपमा पहिलो पटक सेमिफाइनल प्रवेश गरेको छ। तीन पटकको विजेता भारतलाई बंलादेशले ८ विकेटले पारजित गरेपछि आयोजक मलेसियालाई पनि ८ विकेटले नै पराजतित गरेको नेपाल समूह ए को उपविजेता बन्दै अन्तिमा चारमा पुगेको हो। पहिलो पटक नेपाललाई सेमिफाइनल पूर्याएपछि प्रशिक्षक विनोद दासले कठा मेहनतको कारण सफल भएको बताए।…
काठमाडौं: जिल्ला न्यायाधीशको नियुक्ति खुला प्रतिस्पर्धाबाट हुने भएको छ। खुल्ला प्रतिस्पर्धाबाट न्यायाधिश नियुक्त हुन लागको यो पहिलो पटक हो। न्याय परिषदले पाठ्यक्रम अनुमोदन गरेपछि जिल्ला न्यायाधीशको पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने भएको हो। जिल्ला न्यायाधीशको लागि तीन प्रकारबाट पदपूर्ति हुनेछ । पहिलो रिक्त दरबन्दीको २० प्रतिशत, कानुन र न्याय सेवामा कार्यरत उपसचिव सरहका कर्मचारीहरुबाट हुनेछ। जसको सम्बन्धित तहमा तीन वर्ष काम…
झलक सुवेदी नेकपा एमाले र माओबादी केन्द्रले चुनावमा तालमेल गर्ने र पार्टी एकिकरण गर्ने भनेपछि भएको छ। वाम गठबन्धनको भविष्य के त? दुइ पार्टीहरुलाई वाम गठबन्धन भन्न मिल्ने कि नमिल्ने ? बहसको शृंखला जारी छ। सबैले आफ्नो तर्कहरु दिदैँ आएका छन्। दुई पार्टीहरुले संयुक्त रुपमा गरेको दस्ताबेज, नेताहरुको व्यवहार र कार्यशैली हेर्दा वाम पन्थी भन्न मिल्ने र नमिल्ने भन्ने दुबै…
काठमाडौं: केन्द्रीय तथ्यांक विभागको प्राविधिक सहयोगमा विकास उद्यमीले सोमबार नेपालको विकास क्षेत्रका विभिन्न पक्षहरूलाई समेट्ने भिडियोहरू सार्वजनिक गर्यो। सार्वजनिक भिडियोहरूले उपलब्ध भएका डाटा र तथ्यांकहरूको माध्यमबाट कसरी डाटा साक्षरता र नीति निर्माणको क्षेत्रमा काम गर्न सकिन्छ भन्ने बारेमा प्रकाश पारेको थियो। केन्द्रिय तथ्यांक विभागका महानिर्देशक श्री सुमन राज अर्यालको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरूले नेपालमा डाटा साक्षरताको महत्वको बारेमा…