PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • एसीसी यू १९ एसिया कप: वर्षाका कारण नेपाल र मलेसियाबीचको खेल सुरु भएन

    एसीसी यू १९ एसिया कप: वर्षाका कारण नेपाल र मलेसियाबीचको खेल सुरु भएन

    काठमाडौं: वर्षाका कारण मंगलबार हुने एसीसी यू–१९ युथ एसिया कप अन्तर्गत नेपाल र मलेसियाबीचको खेल ढिलो सुरु हुने भएको छ। नेपाली समयअनुसार सवा ७ बजे खेल सुरु हुने भए पनि टस हुन सकेको छैन।   नेपालले आज महत्वपूर्ण खेल बायुमायस ओभलमा आयोजक मलेसियासँग खेल्दैछ। यस्तै समूह ए'मा भारत र बंगलादेशबीच भने खेल भइरहेको छ। बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि भारतले पहिले ब्याटिङ गरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • चुनाव प्रचारमा जाँदा भिरबाट लडेर मृत्यु

    चुनाव प्रचारमा जाँदा भिरबाट लडेर मृत्यु

    खोटाङ: नेपाली कांग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ। आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवारलाई सघाउने पार्टीले निर्णय गरेपछि भोट माग्न गएका राप्रपाका जिल्ला सदस्य केशरमान विश्वकर्माको गएराति भिरबाट लडेर मृत्यु भएको हो। हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी घर भएका ४९ वर्षीय विश्वकर्मा आइतबार कांग्रेसको टोलीसँग गाउँमा भोट माग्न…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा कांग्रेस र राप्रपा प्रजातान्त्रिकले बनाए संयुक्त चुनावी मोर्चा

    रुपन्देहीमा कांग्रेस र राप्रपा प्रजातान्त्रिकले बनाए संयुक्त चुनावी मोर्चा

    बुटवल: आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त लोकतान्त्रिक गठबन्धन बनाएका नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले रुपन्देहीमा पनि संयुक्त चुनावी मोर्चा बनाएका छन्। निर्वाचनको तयारीका लागि यी दुवै पार्टीले निर्वाचन परिचालन कमिटी निर्माण गर्ने र संयुक्त निर्वाचन अभियान सञ्चालन गरेका छन्। नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले रुपन्देहीमा प्रतिनिधिसभामा क्षेत्र नं ३ मा राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धनका नेता ओली, दाहाल र केसीले बिहीबार बागलुङको चुनावी सभामा सम्वोधन गर्ने

    वाम गठबन्धनका नेता ओली, दाहाल र केसीले बिहीबार बागलुङको चुनावी सभामा सम्वोधन गर्ने

    बागलुङ: जिल्लाको गलकोटमा हुने चुनावी आमसभालाई सम्बोधन गर्न आगामी बिहीबार प्रमुख तीन वाम दलका अध्यक्ष यहाँ आउने भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। गलकोट नगरपालिका–३ स्थित गलकोट बहुमुखी क्याम्पस परिसरमा हुने आमसभाको तयारी तीव्र पारिएको छ। आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा…

    विस्तृतमा पढ्नुस्

  • इरान भूकम्पमा मृत्यु हुनेको संख्या ३९५ पुग्यो, ६६ हजार घाइते

    इरान भूकम्पमा मृत्यु हुनेको संख्या ३९५ पुग्यो, ६६ हजार घाइते

    तेहरान: इरान र इराकमा आइतबार आएको भूकम्पमा परी कम्तीमा ३९५ जना इरानीको मृत्यु भएको सरकारी टेलिभिजनले सोमबार जनाएको छ। टेलिभिजनले झण्डै ६६ हजार जना घाइते भएको पनि समाचारमा उल्लेख गरेको छ। इराक र इरानको सीमा क्षेत्रमा गएको भूकम्प ७३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरूले जनाएका छन्। उक्त क्षेत्रका साथै कुवेतमा पनि भूकम्पको धक्का महसुस भएको अधिकारीहरूले जनाएका छन्। भूकम्पको केन्द्रबिन्दु कुर्द…

    विस्तृतमा पढ्नुस्

  • लागूऔषध गाँजासहित चितवनमा दुई जना पक्राउ

    लागूऔषध गाँजासहित चितवनमा दुई जना पक्राउ

    चितवन: चितवनको भरतपुरस्थित एक होटेलबाट प्रहरीले १२ किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर जिल्लाको राक्सीराङ गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष १८ को बिराज मोक्तान र सोही ठाउँका १६ बर्षीया देवराज मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रभु प्रसाद ढकालले बताए। ढकालका अनुसार प्रहरीको नियमित चेकजाँचका क्रममा उनीहरुलाई आइतबार बेलुकी साँढे ५ बजे भरतपुर…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरमा एमाले उम्मेदवार राईमाथि बम प्रहार, प्रहरीद्वारा जवाफी फायरिङ

    भोजपुरमा एमाले उम्मेदवार राईमाथि बम प्रहार, प्रहरीद्वारा जवाफी फायरिङ

    काठमाडौं: नेकपा एमालेका भोजपुर प्रदेशसभाका उम्मेदवार शेरधन राईलाई लक्षित गरी बम प्रहार भएको छ। प्रहरी जवाफी फायरिङ समेत गरेको छ। घटनामा राईका अंगरक्षक घाइते भएका छन्।  ट्याम्केमैयु गाउँपालिका वडा ७ को गुम्बा भन्ने ठाउँमा अज्ञात समूहले बम प्रहार गरेको हो। चुनावी प्रचारप्रसारका लागि राईले प्रयोग गरेको गाडीमा आक्रमण भएको हो। उम्मेदवार राई भने सुरक्षित नै रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • एनालग प्रविधिमा सञ्चालित केवल टिभी आजदेखि बन्द हुने

    एनालग प्रविधिमा सञ्चालित केवल टिभी आजदेखि बन्द हुने

    काठमाडौं :  सूचना तथा सञ्चार मन्त्रालयले एनालग प्रविधिमा चलिरहेका केवल टिभी आजदेखि बन्द गर्ने भएको छ। मन्त्रालयले पहिलो चरणमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा एनालग प्रविधिमा सञ्चालित केवल टिभी बन्द गर्ने भएको हो।  टेलिभिजनलाई डिजिटल प्रविधिमा रुपमान्तरण गर्नका लागि बन्द गर्न लागेको मन्त्रालयले जनाएको छ। गाउँपालिकामा भने आगामी वैशाख १५ गतेसम्म प्रविधि अपग्रेड गर्ने समयसीमा तोकिएको छ। डिजिटलको लाइसेन्स लिएर एनालग सेवा दिने…

    विस्तृतमा पढ्नुस्

  • नियमावली विपरीत प्रहरीमा अब १५ एआइजी

    नियमावली विपरीत प्रहरीमा अब १५ एआइजी

    काठमाडौं: नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी)मा थप चार जना बढुवा सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालको सिफारिसमा गृह मन्त्रालयले चार अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने सिफारिस सूची प्रकाशित गरेको हो। बढुवा हुनेमा मधुप्रसाद पुडासैनी, पंकज श्रेष्ठ,  हेमन्तबहादुर पाल र माधव नेपाल रहेका छन्। हेमन्तबहादुर पालले सबैभन्दा बढी कुल १ सय पूर्णाङ्कमा ७५ दशमलव ३४ अंक पाएका छन्। त्यस्तै पुडासैनीको ७४…

    विस्तृतमा पढ्नुस्

  • जिपको ठक्करबाट बालाजुमा साइकलयात्रीको मृत्यु

    काठमाडौँ :  बालाजुमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। गएराति नम्बर नखुलेको जिपको ठक्करबाट घाइते भएका नुवाकोट गेर्खुका शेखर प्याकुरेलको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो।  यस्तै, साइकलको पछाडि रहेका तनहुँ दमौलीका मन्दीप परियारको पिपल्स अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि जिपसहित चालक फरार रहेको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।रासस   

    विस्तृतमा पढ्नुस्

  • उद्योग मन्त्रालयले एकल बिन्दु सेवा सुरु गर्ने

    उद्योग मन्त्रालयले एकल बिन्दु सेवा सुरु गर्ने

    काठमाडौँ : उद्योग मन्त्रालयले उद्योगी व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले एकल बिन्दु सेवा सुरु गर्ने भएको छ।  व्यवसायीलाई आवश्यक पर्ने सम्पूर्ण प्रशासनिक सेवा एकै स्थान (उद्योग विभाग) बाट उपलब्ध गराउने उद्देश्यले यस्तो नीति ल्याइसकेको र प्रभावकारी कार्यान्वयनको चरणमा रहेको उद्योग राज्यमन्त्री रेशम लामाले जानकारी दिए।  यो सेवाअन्तर्गत उद्योगको दर्ता, नवीकरण, कर, शुल्क, मालपोतलगायत आवश्यक सबै सेवा एकै स्थानबाट उपलब्ध गराई व्यवसायीलाई झञ्झटबाट…

    विस्तृतमा पढ्नुस्

  • एसीसी यू-१९ एसिया कप : खेल २४ ओभरमा घटाइयो, नेपालले टस जितेर मलेसियाविरुद्ध फिल्डिङ गर्ने

    एसीसी यू-१९ एसिया कप : खेल २४ ओभरमा घटाइयो, नेपालले टस जितेर मलेसियाविरुद्ध फिल्डिङ गर्ने

    काठमाडौं : एसीसी यू–१९ युथ एसिया कपअन्तर्गत नेपाल र मलेसियाबीचको खेल २४ ओभरमा घटाइएको छ। यस्तै नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। मलेसियाको बायुमास ओभलमा पानी परेपछि खेल निर्धारित समयभन्दा झण्डै ४ घण्टापछि शुरु हुन लागेको हो। सेमिफाइनल पुग्न मलेसिया विरुद्धको खेल नेपालको लागि निकै महत्वपूर्ण छ। यस्तै समूह ए मा भारत र बंगलादेशबीचको खेल वर्षाले प्रभँवित…

    विस्तृतमा पढ्नुस्

  • मतदातालाई प्रचण्डको आग्रहः मत किन्न खोज्नेको पैसा कब्जा गर्नुस्

    मतदातालाई प्रचण्डको आग्रहः मत किन्न खोज्नेको पैसा कब्जा गर्नुस्

     चितवन :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको युग विकास र समृद्धिको भएको बताएका छन्।  भरतपुर महानगरपालिका–१७ स्थित हरैया चोकमा आज बिहान भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले आफूले पनि विकास र समृद्धिकै परिकल्पना गरेको बताए। उनले भने,‘अबको युग समृद्धिको युग हो, विकासको युग हो, मैले १० महिनाको प्रधानमन्त्री कालमा जुन काम गरेँ, त्यो विकास र समृद्धिप्रतिकै संकल्प हो, आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • 'टप मोडल २०१७' को जिते पुरुषोत्तम र सबिनाले

    'टप मोडल २०१७' को जिते पुरुषोत्तम र सबिनाले

    काठमाडौँ: 'टप मोडल २०१७'का लागि पुरुषोत्तम मल्लिक र सबिना भण्डारी विजेता घोषित भएका छन्। फेशन संसार डट कमको आयोजनामा सम्पन्न भएको ग्रान्ड फिनालेमा महिला र पुरुषतर्फको शिर्ष उपाधी उनीहरुले जितेका हुन्। टप मोडल २०१७ मा पुरुषतर्फ फर्स्ट रनर्स अप विकल्प शर्मा र सेकेन्ड रनर्स अप गणेश चन्द बन्न सफल भए। त्यस्तै महिलातर्फ फर्स्ट रनर्स अप रन्जिता भट्टराई र सेकेन्ड रनर्सखअप…

    विस्तृतमा पढ्नुस्

  • किन बढ्दैछ सूक्ष्म जीवाणुको प्रतिरोध क्षमता ? यस्तो छ कारण

    किन बढ्दैछ सूक्ष्म जीवाणुको प्रतिरोध क्षमता ? यस्तो छ कारण

    काठमाडौँ :  सन् १९४० को दशकबाट विकास भएको प्रतिजैविक औषधिको जथाभावी प्रयोगका कारण २१ औँ शताब्दीमा आइपुग्दा प्रभावहीन हुने अवस्थामा पुगेको चिकित्सकले बताएका छन्।  मानिस तथा पशुपक्षीका अधिकांश रोगविरुद्ध उपचारविधिका रुपमा प्रयोग भइआएको ‘एण्टिबायोटिक’को अल्पउपयोग, अतिउपयोग तथा दुरुपयोगले गर्दा जीवाणु, परजीवी, भाइरस तथा फंङ्गसलगायत एण्टिमाइक्रोवियल (सूक्ष्म जीवाणु) को प्रतिरोधात्मक क्षमता बढ्दै गएको वैज्ञानिक अनुसन्धानले देखाएका छन्। चिकित्सकले सहीरुपमा एण्टिबायोटिकको प्रयोग गर्न…

    विस्तृतमा पढ्नुस्

  • युरोपेली संघका २३ देशले गरे रक्षा सम्झौतामा हस्ताक्षर, सुरक्षाका लागि सहकार्य गरिने

    युरोपेली संघका २३ देशले गरे रक्षा सम्झौतामा हस्ताक्षर, सुरक्षाका लागि सहकार्य गरिने

    ब्रसेल्स :  युरोपेली संघमा आवद्ध २३ देशका रक्षा मन्त्रीहरुले एउटा रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। देशको सुरक्षा व्यवस्थापनका लागि सहकार्य गर्ने उद्देश्यले छुट्टै तर साझा स्थायी संयन्त्र वा संरचना बनाउने सम्बन्धि सम्झौतापत्रमा उनीहरुले हस्ताक्षर गरेका हुन्।  सम्झौतापत्र हस्ताक्षरपछि युरोपेली संघको विदेश नीति प्रमुख फेडेरिका मोघेरीनीलाई हस्तान्तरण गरिएको छ। मोघेरिनीको विदेश मामिला परिषद्ले जारी गरेको वक्तव्यमा दिगो सहकार्य संरचना सम्बन्धि ऐनले संघमा आवद्ध देशहरुको…

    विस्तृतमा पढ्नुस्

  • गएको चुनावले आउँदो चुनावलाई दिएको संकेत

    गएको चुनावले आउँदो चुनावलाई दिएको संकेत

    उद्धव सिग्देल -  हामीले स्थानीय तहको निर्वाचन तीन चरणमा  सम्पन्न गरेका छौ। संविधान सभाले बनाएको  नेपालको संविधान २०७२ को कार्यान्वयनको पहिलो खुट्किलो पार भएको छ।  नेपाली कांग्रेस र ने.क.पा माओवादी  केन्द्रको संयुक्त सरकारले संविधानको स्वीकार्यताको दायरालाई फराकिलो बनाउने ऐतिहासिक र चुनौतीपूर्ण कार्य पार गर्योर। गत आश्विन १८ गते  ने.क.पा. एमाले र ने.क.पा. माओवादी केन्द्रले कम्युनिष्ट गठबन्धन गरेर आगामी मंसिर १०…

    विस्तृतमा पढ्नुस्

  • अत्याधिक रक्तस्रावका कारण म्याग्दीमा सुत्केरीको मृत्यु

    म्याग्दी :  अत्याधिक रक्तस्रावका कारण म्याग्दीमा एक सुत्केरीको मृत्यु भएको छ। धौलागिरि गाउँपालिका– ४ खिवाङकी २३ वर्षीया शर्मिला रसाइलीको रक्तस्रावका कारण मृत्यु भएको हो। आइतबार बिहान घरमै सुत्केरी भएकी रसाइलीलाई साल अड्किएपछि ताकम स्वास्थ्यचौकीमा पुर्याइएको थियो ।  ताकम स्वास्थ्यचौकीमा साल झिकिए पनि उनको शरीरमा रगतको कमी भएपछि दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको थियो। दरवाङ ल्याउँदै गर्दा आइतबार साँझ उनको बाटामै मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • एसीसी यू-१९ एसिया कप : सन्दीपको ५ विकेट, नेपाललाई ४६ रनको लक्ष्य

    एसीसी यू-१९ एसिया कप : सन्दीपको ५ विकेट, नेपाललाई ४६ रनको लक्ष्य

    काठमाडौं : एसीसी यू–१९ युथ एसिया कपअन्तर्गत समूहको अन्तिम खेलमा आयोजक मलेसियाले नेपाललाई ४६ रनको लक्ष्य दिएको छ। वर्षाले प्रभावित बनेपछि २४ ओभरमा घटाइएको खेलमा मलेसिया पूरै ओभर समेत खेल्न सकेन। नेपालको धारिलो बलिङसामु मलेसिया १५.३ ओभरमा ४५ रनमै अलआउट भयो। मलेसियाली इनिङ्स ध्वस्त पार्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। यस्तै कप्तान दीपेन्द्र सिंह ऐरी र शहाब आलमले २-२…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवारमाथि आक्रमण बढेपछि चितवनमा सुरक्षा कडा, अतिरिक्त सुरक्षाकर्मी परिचालन

    उम्मेदवारमाथि आक्रमण बढेपछि चितवनमा सुरक्षा कडा, अतिरिक्त सुरक्षाकर्मी परिचालन

    नारायण अधिकारी  चितवन :  रोल्पा, रुकुमलगायत जिल्लामा नेकपा माओवादी केन्द्रका उम्मेदवारमाथि आक्रमणको प्रयास भएपछि चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ।  चितवन–३ मा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेलगायत उम्मेदवार छन्। चितवन क्षेत्र नं २ बाट शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी तथा क्षेत्र नं १ बाट पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन्। नेकपा एमालेका जिल्ला अध्यक्ष…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell