किन्सासाः दक्षिण पूर्वी कंगोमा आइतबार साँझ भएको रेल दुर्घटनामा परी कम्तीमा पनि ३४ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। रेल लिग छोडेर बाहिरिएपछि बाटोमा गुडिरहेका अरु कैयौं कारलाई हानेको थियो। मारिनेमा ती कारमा रहेका व्यक्ति पनि परेका छन्। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ। कैयौं कारमा आगो लागेको टेलिभिजन दृश्यमा देखाइएको छ। रासस/सिन्ह्वा
काठमाडौँ : चीन सरकारले अघि सारेको ‘एक क्षेत्रः एक मार्ग’ अवधारणाले यसमा संलग्न नेपालसहितका राष्ट्रलाई फाइदा पुग्ने सम्बन्धित क्षेत्रका जानकारहरूले बताएका छन्। नेपाल–चीनमैत्री मञ्चले आज आयोजना गरेको ‘मार्ग र क्षेत्र प्रयासको संरचना’ विषयक कार्यशालाका सहभागीले एक क्षेत्र र एक मार्गबाट भौतिक पूर्वाधारको क्षेत्रमा सबैलाई लाभ हुनेमा जोड दिए। नेपालका लागि चीनका राजदूत यु होङले चीन नेपाल स्वतन्त्र व्यापार सम्झौताको सम्भाव्यता अध्ययन…
काठमाडौं : अरुको एटिएम कार्ड दुरुपयोग गरि पैसा झिक्ने तथा डाटा चोरी गर्ने एक बुल्गेरियन नागरिकलाइै प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले बुल्गेरियन नागरिक विटिली वासिलीवीक नेकीटलाई ठमेलको नरसिंहचोकस्थित होटल डिस्कभरीको कोठा नम्बर ३०४ बाट पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट ग्लोवल आइएमर्इ बैंक, सानिमा बैंक तथा नविल बैंकको एटिएम मेसिनबाट रकम निकालेको स्लीप, विभिन्न बैंकका…
काठमाडौँ : सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन अध्ययन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको लगानी बोर्डको बैठकले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको हो। राष्ट्रिय योजना आयोगले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनकाअनुसार उपत्यकामा सञ्चालन गर्ने दुई मार्गमध्ये एउटा रेल विभागले र अर्को लगानी…
बी.साह लमजुङ : प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा निकै प्रतिस्पर्धात्मक चुनाव हुने भएको छ। अन्यत्रजस्तै यहाँ पनि वाम गठबन्धन र कांग्रेसका उम्मेदबारबीच प्रतिस्पर्धा हुँदैछ। वाम गठबन्धनबाट माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री देव गुरुङ चुनावी मैदानमा छन् भने कांग्रेसबाट राज्य व्यवस्था समितिका निवर्तमान सभापति दिलबहादुर घर्ती। दुवै उम्मेदवार शक्तिशाली मानिन्छन्। वाम गठबन्धन र जातीय समीकरणका कारण…
इटहरी : उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले नेपालको राजनीतिक इतिहास र विकास निर्माण अभियानमा नेपाली कांग्रेसले जिम्मेवारीपूर्वक कार्य गर्दै आएको कुरा सबै नेपाली जनताका माझमा छर्लङ्ग रहेकाले कुनै पनि शक्तिले कांग्रेसलाई हराउन नसक्ने ठोकुवा गरेका छन्। सुनसरीको इटहरीमा कांग्रेसले स्थापना गरेको मिडिया सेन्टरको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री गच्छदारले वाम गठबन्धन अर्थात् कम्युनिष्टको अस्वस्थ मिलनको गठबन्धनले लोकतन्त्र र…
काठमाडौँ : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अहिलेको संविधान लेख्ने र जारी गर्ने विषयमा अगुवाई गर्ने कम्युनिष्ट नै भएको दाबी गरेका छन्। पार्टीको काठमाडौँ महानगरपालिका–४ वडा कमिटीले आयोजना गरेको चुनावी कार्यक्रममा महासचिव पोखरेलले कांग्रेसलगायत केही पक्षले संविधान जारी गर्नका लागि खुट्टा कमाएको अवस्थामा कम्युनिष्टकै बलले संविधान जारी भएको बताए। पोखरेलले मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तन र जनतालाई अधिकारसम्पन्न बनाउने विषयमा कम्युनिष्टको…
रमेश लम्साल काठमाडौँ : नेपाली एउटा उखान छ ‘बत्तीमुनिको अध्याँरो’। काठमाडौँ उपत्यकाभित्र रहेका काँठ क्षेत्रका बासिन्दाले यस्तै अनुभव गर्दै आएका छन्। राजधानी नजिक भएर पनि आफूहरूलाई राज्यले कहिल्यै सुविधा नदिएको सो क्षेत्रका बासिन्दाको गुनासो छ। हरेक राजनीतिक आन्दोलनमा काँठ क्षेत्रका नागरिकको योगदान महत्वपूर्ण रहँदै आएको छ। विसं २०६२/६३ को आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै माओवादीले सञ्चालन गरेको जनयुद्धमा समेत काँठ…
काठमाडौं : नेपालमा ‘राष्ट्र–राज्य’ र ‘राज्य राष्ट्र’का विषयमा बहस जारी रहेका बेला मधेश केन्द्रित दलहरुले घोषणापत्रमा बहुराष्ट्रिय राज्यका कुरा उठाएको छ। मधेश केन्द्रित दलहरुले बहुराष्ट्रिय राज्यका कुरा उठाउँदा मुलुक विभाजन हुन सक्ने संकालु दृष्टिकोणले हेरिने गरेको छ। यस्तै पृष्ठभूमिमा संघीय समाजवादी फोरम नेपालको चुनावी घोषणापत्रमा आफू बहुराष्ट्रिय राज्यको पक्षमा रहेको उल्लेख गरेको छ। फोरमको घोषणापत्रमा भनिएको छ,‘हाम्रो पार्टी बहुराष्ट्रिय राज्यको पक्षमा…
अछाम : मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अछाममा उम्मेदवारले आमसभासँगै घरदैलो अभियानलाई तीव्र पारेका छन्। जिल्लामा नेपाली कांग्रेस र वाम गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धाहुने अनुमान गरिएको छ। दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ। क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावल र नेपाली कांग्रेसका भरतकुमार स्वाँरबीच प्रतिस्पर्धा हुने देखिन्छ। विसं…
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि आज अबुधावी प्रस्थान गरेकी छन्। राष्ट्रपति भण्डारी युएईको अबुधावीका युवराज तथा त्यहाँका सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा आज अपरान्ह त्यसतर्फ प्रस्थान गरेकी हुन्। राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा तथा विशिष्ट अधिकारीहरुले बिदाइ गरे। नेपाली सेनाको…
तेहरान : इराक र इरानको सीमा क्षेत्रमा आइतबार राति गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको छ। मृत्यु हुनेमा अधिकांश इरानी छन्। भूकम्पमा परी इराकका पनि केहीको ज्यान गएको बताइएको छ। भूकम्प ७।३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरुले जनाएका छन्। भूकम्पको केन्द्रबिन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ। शक्तिशाली भूकम्पले इरानको पश्चिमी क्षेत्रमा थुप्रै नागरिक घाइते भएका छन्। अधिकारीहरुले घाइतेको सङ्ख्या एक हजार…
काठमाडौं: फिल्म ‘ह्याप्पी डेज’को वर्ल्ड प्रिमियर सम्पन्न भएको छ। एल्डरसटस्थित प्रिन्सेस हलमा फिल्म पहिलोपटक प्रदर्शन भयो। प्रिमियरमा फिल्म निर्देशक मिलन चाम्ससँगै अभिनेत्री प्रियङ्का कार्की र अभिनेता प्रदिप खड्काको पनि उपस्थिति रहेको थियो। मिलन चाम्सको नयाँ प्रोजेक्ट ‘लिलिबिली’ छायांकनका लागि बेलायतमै रहेका प्रदिप खड्का पनि प्रिमियर अघि रेड कार्पेट समारोहमा सहभागी भएका हुन्। फिल्म नेपालमा भने आउँदो माघ १२ गते मात्र…
काठमाडौँ : नेकपा एमालेले नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी सचिवालय सदस्य विष्णु रिमालले विज्ञप्ति जारी गरी दाहालको निधनप्रति दुःख व्यक्त गदै देशभरि नै आज एक घण्टा चुनावी कार्यक्रम स्थगन गरिएको जानकारी दिए। दाहालप्रति सम्मान व्यक्त गर्न र माओवादी केन्द्रका अध्यक्ष दाहाल…
मोरोक्को सन् १९९८ पछि पहिलो पटक विश्वकप फुटबलमा छनोट भएको छ। अफ्रिकी छनोट अन्तर्गत समूह डी'को अन्तिम खेलमा आइभरीकोष्टलाई २-० ले हराउँदै मोरोक्को अर्को वर्ष रुसमा हुने विश्वकपका लागि छानिएको हो। मोरोक्कोका लागि नवि दिरार र मेहदी बेनाटियाले १-१ गोल गरे। यता हारपछि आइभरीकोष्ट भने विश्वकप खेल्नबाट बन्चित भएको छ। मोरोक्कोले समूह सी'मा अपराजित रहदै १२ अंक जोड्दा आइभरीकोष्टले भने…
काठमाडौं: एसीसी यू-१९ युथ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ। भारतले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्दैछ। नेपाल पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो भने भारतले मलेसियालाई हराएको थियो। नेपाली टोलीमा आज एक खेलाडी परिवर्तन भएका छन्। विकेटकिपर ब्याट्सम्यान प्रकाश केसीको स्थानमा अलराउण्डर पवन सराफलाई टोलीमा राखिएको छ। प्रकाश टोलीमा नपरेपछि नेपालको विकेटकिपङ…
भीमदत्तनगर: बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना ७ ख २७२३ नम्बरको बस सडकबाट करिब ६० मिटर तल खसेको अस्थायी ट्राफिक प्रहरी पोष्ट फल्टुडेका ट्राफिक प्रहरी हवलदार वीरसिंह धामीले जानकारी दिए। उनले घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर…
जितपुर: एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। प्यूठानबाट भैरहवा जाँदै गरेको रा१च ६५५ नंको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको लु३०प ५२५३ नंको मोटरसाइकल शुद्धोधन गाउँपालिका–६ तितिरियामा शनिबार साँझ उछिन्ने क्रममा एकापसमा ठोक्किँदा मोटरसाइकल चालक रुपन्देही जिल्ला कोटिवामायी गाउँपालिका–५ बस्ने २३ वर्षीय रोहित यादवको मृत्यु भएको हो। एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका यादवको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा…
अफगानिस्तान: अफगानिस्तानको पूर्वमा रहेको कपिसा प्रान्तमा सरकारी सुरक्षाकर्मीले गरेको कारबाहीमा एक जना प्रभावशाली कमान्डरसहित ३५ तालिवानी लडाकूको मृत्युभएको सेनाले जनाएको छ। पूर्वी क्षेत्रका सैनिक प्रवक्ता शिर अका फकिरीले शनिबार दिएको जानकारी अनुसार कपिसाको तगाव जिल्लामा तालिवानले आश्रयस्थल बनाउँदै आएको क्षेत्रमा स्थल तथा हवाई आक्रमण गरी उनीहरूको गढ भत्काइएको थियो। “कारबाहीमा उक्त क्षेत्रका प्रभावशाली तालिवान कमान्डर कारी एहसनुल्लासहित ३५ जना लडाकूको…
काठमाडौँः चुनावी सुरक्षामा थ्रेट बढेसँगै निर्वाचन आयोगले उम्मेदवार र मतदाताको सुरक्षाका विषयमा छलफल गर्न सुरक्षा निकायका प्रमुखसँग छलफल गर्ने भएको छ। आयोगले दिउँसो १ बजे चारवटै सुरक्षा निकायका प्रमुख/प्रतिनिधि तथा गृह मन्त्रालयको सुरक्षा महाशाखासँग परामर्श गर्न लागेको हो। आयोग प्रवक्ता नवराज ढकालले दिउँसो १ बजे सुरक्षा निकाय प्रमुखसँग छलफल गर्न लागेको जानकारी दिए। केही दिनअघि सिन्धुपाल्चोकमा उम्मेदवारलाई सुरक्षा थ्रेट आएको…