काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले वाम गठबन्धन र एकतालाई सफल बनाउनुपर्ने बताएका छन्। युवा सङ्घ नेपालले आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला र विशेष प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले मुलुकको समृद्धिका लागि वाम गठबन्धन र एकता अपरिहार्य आवश्यकता रहेकाले यसलाई सबैले इमान्दार भएर सफल बनाउनुपर्ने बताए। अध्यक्ष ओलीले वाम गठबन्धनका विरुद्ध अर्को शक्ति एक भए पनि केही…
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग संवैधानिक निकायका पदाधिकारीले भेट गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात, महालेखा परीक्षक टंकमणि शर्मा, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, महान्यायाधिवक्ता वसन्तराम भण्डारीलगायत संवैधानिक निकायका पदाधिकारी एवम् सचिवले राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन्। भेटमा राष्ट्रपति भण्डारीले शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना दिनुभएको राष्ट्रपति…
काठमाडौँ : नेकपा माले स्थायी कमिटीको बैठकले पार्टीका तीन जना पोलिटब्युरो सदस्यसहित चार जनालाई निष्कासन गरेको छ। निष्कासित हुनेमा पोलिटब्युरो सदस्य हिक्मतबहादुर देउवा, गङ्गाप्रसाद चौधरी र वीरेन्द्र थपलिया तथा केन्द्रीय सदस्य सीता महत देउवा छन्। उनीहरुलाई पार्टीको एकताविपरीत गुटबन्दी र फुटपरस्त गतिविधिमा सक्रिय रहेको भन्दै पार्टी सदस्यसमेतबाट निष्कासन गरिएको सो पार्टीले जनाएको छ। पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षमा आज बसेको बैठकले…
काठमाडौं : इरानमा भइरहेको एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायरमा नेपालले लगातार तेस्रो हार बेहोर्दै पहिलो अन्तर्राष्ट्रिय फुटसल यात्रा टुङ्गाएको छ। साउथ एण्ड सेन्ट्रल जोन अन्तर्गत क्वालिफायरमा नेपाल मंगलबार तुर्कमिनेस्तानसंग ९-३ ले पराजित भएको हो। नेपालले तेस्रो खेलमा ३ गोल गरेर पनि पराजित भयो। पहिलो खेलमा १ गोल गरेको नेपालले दोस्रो खेलमा गोल गर्न सकेन। तुर्कमिनेस्तानलाई जित दिलाउन सोल्तानोभ मास्कत अताएभ भतानले…
काठमाडौं: वर्ल्ड क्रकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीच आज हुने भनिएको दोस्रो खेल वर्षाका कारण डिले भएको थियो। आइतबारका लागि खेल तय भए पनि सामुन्द्रिक आँधीका (टाइफुन) कारण खेल आजलाई सारिएको थियो। सोही टाइफुनका कारण आज पनि हङकङमा वर्षा भइरहेको छ। त्यसैले खेल समयमा सुरु हुन नसकेको हो। निरन्तर वर्षा भए नेपाल र हङकङबीचको आजको खेल पनि प्रभावित हुने पक्का छ र…
इटालियन सिरी ए अन्तर्गत गएराती भएको मिलान डर्बी खेलमा इन्टर विजयी भएको छ। कप्तान माउरो इकार्डीले शानार ह्याट्रिक गरेपछि गुसेपे मेज्जा मैदानमा इन्टरले एसी मलानलाई ३-२ ले हरायो। खेलको अन्तिम समयसम्म २-२ को बराबरीमा रहेनि ९०औँ मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्दै इकार्डीले इन्टरले तीन अंक दिलाए। त्यसअघि इकार्डीले २८औँ र ६३औँ मिनेटमा गोल गरेका थिए। एसी मिलानका लागि ५६औँ मिनेटमा…
काठमाडौँः संघीय संसद्का दुबै सदनको बैठक हालको संसद् भवनमै रहने भएका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा दुबै सदनको बैठक राख्नेगरी संसद् सचिवालयले तयारी गरेको छ। आइतबार संसद्का महासचिव मनोहरप्रसाद भट्टराई र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र व्यवस्थापन समितिका पदाधिकारीबीच बैठक कक्ष व्यवस्थापनबारे छलफल भएको छ। हाल कायम रहेको भाडा सम्झौता निरन्तर गर्ने र दुबै बैठक सोही भवनमा चलाउने गरी व्यवस्थापन गर्ने दुबै…
काठमाडौं : वर्षा रोकिएर घाम लाग्न शुरु भएपछि वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङको खेल ढिलो शुरु हुने संकेत देखिएको छ। Well the rain has stopped and the sun has poked out. Still wet underfoot but we’ve got until 2.47pm local time to get a game on. — Hong Kong Cricket (@CricketHK) October 16, 2017 सोमबार बिहान वर्षाका…
काठमाडौँ: रुपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल सकिएसँगै विचाराधीन १९ विधेयक पनि स्वतः निश्क्रिय भएका छन्। साढे तीन वर्षभन्दा पुराना विधेयक पनि संसद्को कार्यकाल सकिएसँगै निश्क्रिय भएका हुन्। अब सम्पूर्ण विधेयक नयाँ प्रक्रियाबाट मात्र संसद्मा अघि बढ्न सक्छन्। राजनीतिक विवादका कारण पारित हुने चरणमा रहेका तीन विधेयक समेत निश्क्रिय भए। राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, चिकित्सा शिक्षा विधेयक र सामाजिक सुधार व्यवहार विधेयक विवादकै…
बेनी: म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा आज बिहान ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँका चिन्तन तिमिल्सेनाले दिएको जानकारीअनुसार मुनामा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो। बिहान ५ बजे करिब ५ सेकेन्ड जमिन हल्लिएको स्थानीयले बताएका छन्। त्यसैगरी बेनी आसपास र धौलागिरि गाउँपालिका–७ को ताकमका…
काठमाडौँ: वर्ल्ड क्रकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीच आज हुने भनिएको दोस्रो खेल वर्षाका कारण रद्द भएको छ। खेल रद्द भई दुबै टोलीले एक–एक अंक बाँडेसँगै नेपाल डिभिजन टु’मा घटुवा भएको छ । अंक बाँडेसँगै नेपालको ९ अंक भएको छ। भने, हङकङको १४ अंक छ। प्रतियोगिताबाट नेपालसँगै युएई र नामिविया पनि डिभिजन टु’मा घटुवा भएका छन्। डिभिजन टु’को खेल सन् २०१८…
इस्लामावाद : पाकिस्तान र इरानबीच दुई देशबीचको सीमा व्यवस्थापनमा सहमति भएको छ। समझदारीपत्रमा दुई देशले आइतबार हस्ताक्षर गरेका छन्। दुई देशको संयुक्त सीमा आयोगको बैठक आइतबार पाकिस्तानको बोलुचिस्तान प्रान्तमा बसेको भएको थियो। गत मे महिनामा दुई देशको सीमा आयोग गठन भएको थियो। आतंकवादी क्रियाकलापको नियन्त्रण गरी पाकिस्तान र इरानबीचको सीमा क्षेत्रलाई अद्यावधिक गर्नका लागि भन्दै संयुक्त आयोगको गठन भएको थियो। रेडियो…
काठमाडौँ : काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या बढ्दो छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३/७४ मा २६ हजार ५२९ जनाले बिना लाइसेन्स सवारी साधन चलाएको पाएको छ। महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा २६ हजार ५२९ चालक कारबाही गरेको हो। महाशाखाका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनाल कानुनको परिपालना नगरी अनधिकृत रुपमा लुकिछिपी…
उदयपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले पछिल्लो समय नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको वाम गठबन्धनले भौगोलिक ध्रुवीकरण बढ्न सक्ने खतरा रहेको बताएका छन्। नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा खड्काले एमाले र माओवादी गठबन्धनले आसन्न निर्वाचनलाई नै असहज वातावरण सिर्जना गरेको बताए। माओवादी केन्द्र सरकारमा पनि रहने र प्रतिपक्षमा रहेको दलसँग पनि गठबन्धन गर्नाले निर्वाचनलाई असहजता…
बुटवल : प्रहरीले रुपन्देहीमा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। रोहीणी गाउँपालिका वडा नं ६ बोधवारबाट प्रहरीले लागूऔषध डाइजेपाम, फेनरागन र नुफिनसहित राजु मुसलमानलाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले डाईजेपाम, फेनरागन र नुफिनका ३ हजार सीसी फेला पारेकोे जनाएको छ।
अष्ट्रियामा भैरहेको आम चुनाव हामी बुझ्न सकिरहेका छैनौँ कि के हुन गैरहेको छ भनेर। खास कुरा त यो हो कि यस चुनावमा पीपल्स पार्टीको अगुवार्इ एक ३१ वर्षे युवाले गरिरहेका छन्। उनै युवा हुन, सेबस्टिनयन कुर्ज। यदि, पीपल्स पार्टीको जीत भए सेबस्टियन दुनियाँमा सबैभन्दा कम उमेरका राष्ट्र प्रमुख हुनेछन्। चुनावका विश्लेषकले पनि अष्ट्रियाको पीपल्स पार्टीका ३१ वर्षे सेबस्टियनले जित्ने…
चन्द्रकान्त खनाल रुपन्देही : बुटवलमा डेंगु रोग फैलाउने लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान संचालन गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा असोज २८ र २९ गते बुटबल उपमहानगरपालिकाका विभिन्न वडामा यो अभियान संञ्चालन गरिएको हो। बुटबल उपमहानगरपालिकाका डेंगुबाट बढी प्रभावित वडा नं ६, ७, ८, ९, १०, ११ मा लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियान संचालन…
काठमाडौं: 'इन्फा फिल्म अवार्ड' आयोजना हुने भएको छ। सोमबार कार्यक्रम आयजना गरी नयाँ अवार्ड कार्यक्रम 'अन्तराष्ट्रिय नेपाली फिल्म फेयर एकेडेमी अवार्ड' हुने जानकारी दिइएको हो। बक्स अफिस ग्रुप र पोस्टमोडर्न एडुकेशनको संयुक्त आयोजनामा अवार्ड हुन लागेको हो। अवार्ड घोषणा कार्यक्रममा अभिनेत्री पूजा शर्मा, संगीतकार युवराज चौंलागाई, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, चलचित्र संघका अध्यक्ष प्रदिप उदय लगायतले अवार्ड लोकार्पण…
बुटवल : स्क्रब टाइफसबाट लुम्बिनी अञ्चल अस्पताल बुटवलमा भदौ दोस्रो सातादेखि असोजसम्म चारजनाको मृत्यु भएको छ। उपचारका लागि आएका मध्ये ४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका मेडिकल रेकर्ड अधिकृत लक्ष्मीराज रेग्मीले दाङका एक जना, बुटवलका एक जना, गुल्मीका एक जना र भारतको आसामबाट बुटवल आएकी १३ वर्षीय वालिकाको मृत्यु भएको जानकारी दिए। आधिकारिक रुपमा अहिलेसम्म कति बिरामीले उपचार गराए…
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री दिलिप धारेवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस नेता डा. शेखर कोइरालाको निवासमा आयोजित कार्यक्रममा उनी राजपा परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन्। उनलाई कांग्रेस नेता कोइरालाले अवीर माला लगाएर पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा धारेवालले आफूले क्षेत्रीय राजनीतिमा लामो समय विताएको तर विकासका लागि नेपाली कांग्रेसको विकल्प नदेखेकाले कांग्रेस प्रवेश गरेको बताए। मोरङका…