काठमाडौँ : विजयकुमार गच्छदारको नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच एकता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीबीच एकता भएको घोषणा गरिएको हो। स्रोतका अनुसार गच्छदारको पार्टीबाट नेपाली कांग्रेसले ६ जनाको नाम समानुपातिक सूचीमा राखेको छ। प्रदेशबाट पनि समुचित प्रतिनिधित्व गराउने सहमतिमा उल्लेख छ। कांग्रेसबाट छुट्टिएर मधेसी जनअधिकार फोरम नेपाल प्रवेश गरेका गच्छदारले पछि फोरम नेपालबाट अलग्गिएर मधेसी जनअधिकार फोरम…
विराटनगर : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष यादवले गठबन्धनसँग आपसी समझदारीमा सिटको तालमेल हुने सम्भावना रहेको भएपनि गठबन्धनमा भने नबस्ने बताए। उनले लोकतान्त्रिक गठबन्धनमा बस्नका लागि राजनीतिको मूल मुद्दामा सहमति हुनुपर्ने नत्र अवसरवादीको संज्ञा दिइने उल्लेख गरे। मन्त्रिपरिषद् विस्तार गरिनु गलत…
दाङ : करेन्ट लागेर दाङमा एकजनाको मृत्यु भएको छ। करेन्ट लागेर शान्तिनगर गाउँपालिका–५ काशीपुरका ३० वर्षीय दिलबहादुर चौधरीको मृत्यु भएको हो। आफ्नै घरमा बल्व जडानका लागि होल्डर बनाउने क्रममा गएराति करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। करेन्ट लागेर छाती र हात जलेको अवस्थामा उपचारका लागि अञ्चल अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा मृत्यु भएको थियो। योसँगै दाङमा ६ महिनाको अवधिमा करेन्ट…
भक्तपुर : भक्तपुरको मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री अस्पताललाई स्थानीय तहको नमुना एवं ‘रेफरल’ अस्पतालकोरूपमा विकास गरिने भएको छ। अस्पतालले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले अस्पताललाई बाहिर जिल्लाबाट आउने सबै प्रकारका बिरामीको रेफरल सेन्टरको रूपमा विकास गरिने जानकारी दिए। अस्पताललाई मेडिकल कलेजको रूपमासमेत विकास गर्ने तथा सवै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका कर्मचारीलाई उपचार सेवा दिइने गरी केन्द्रीय रेफरल…
काठमाडौँ : पुनःनिर्माण नभए पनि दिदीबहिनी नहुनेले यस वर्ष भाइटीकाका दिन रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरमा पूजा एवं दर्शन गर्न पाउने भएका छन्। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनःनिर्माण हुन नसक्दा मन्दिरको मूलढोकामै दर्शन गर्ने व्यवस्था मिलाउन लागिएको पुरातत्व विभागले जनाएको छ। कात्तिक ४ गते शनिबार दर्शनार्थीलाई पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाउन पुनःनिर्माणको जिम्मेवारी पाएको कँडेल÷राम जेभी…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा भएका सकारात्मक परिघटनाहरुको संश्लेषण र सम्मानसहित पार्टी एकता हुने स्पष्ट पारेका छन्। अखिल (क्रान्तिकारी) को पदाधिकारी बैठकलाई आज विहान सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले इतिहासका सकारात्मक परिघटनाको संश्लेषण र सम्मानसहित पार्टी एकता हुने बताए। ‘हामीले एमाले लगायतका कम्युनिष्ट र बामपन्थी समूहसँग पार्टी एकताको तयारी गरेका छौं । एकताको तयारीपछि…
बोर्ड अफ द एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइन्सले हलिउड निर्देशक हार्वे वेन्सटनलाई निस्कासन गरेको छ। मिडियामा उनी विरुद्ध यौन उत्पिडनको खबर निरन्तर प्रकाशित भएपछि उनलाई अस्कर एकोडेमीको बहिष्कार गरेको वासिङटन पोस्टले जनाएको छ। अस्कर एकेडेमीका ५४ बोर्ड सदस्यले उनी बारे छापिएका खबरहरुको छानबिन गरेर दुई तिहाइ बहुमतले उनलाई अस्करमा सहभागिता लिन नदिने निर्णय गरेको हो। निर्णयका लागि शनिबार…
सोउल : उत्तर कोरियाले गर्दै आएको मिसाइल परीक्षणलार्इ रोक लगाउन दबाब दिँदै अमेरिका र दक्षिण कोरियाले अमेरिकाको गुआम इलाकामा संयुक्त सैन्य अभ्यास गरेका छन्। दक्षिण कोरियाका सेनाले भनेको, 'कोरियाको पेनिन्सुल समुन्द्र आसपासमा युद्ध विमान, हेलिकप्टर र चालिस पानीजहाजमा यूएसएस रोनाल्ड रेगन हुनेछ।' गतहप्ता उत्तर कोरियाले अमेरिकालार्इ कोरिया प्रायदीप पेनिन्सुलका आकासमा युद्धक विमान उतारेर युद्धलार्इ प्रोत्सान गरेको आरोप लगाएको छ।
काठमाडौं : फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले अक्टोबर महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १७६औँ स्थानमा पुगेको हो। सेप्टेम्बर महिनामा नेपालको १०१ अंक थियो तर एएफसी एसिया कप छनोटअन्तर्गत अक्टोबर १०१ मा भएको खेलमा ताजिकिस्तानसंँग ३-० ले पराजित भएपछि नेपालले ७ अंक गुमायो र एक स्थान तल झरेको हो। यसअघि नेपालभन्दा…
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले सूचनाको हकले मुलुकमा सुशासन कायम गर्ने भन्दै त्यसको सही प्रयोग गर्न आग्रह गरेकी छन्। सूचना सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७४ को अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले पारदर्शीता र सुशासनले लोकतन्त्रलाई सुदृढीकरण गर्ने र राज्य बलियो हुने बताइन्। राष्ट्रपति भण्डारीले लोकतान्त्रिक शासन प्रणालीमा संविधान र कानुनबमोजिम सरकारका प्रत्येक काम कारबाहीमा जनता सूचनाको हकदार…
धुलिखेल : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यावदले मन्त्रिपरिषद् विस्तार भएपनि निर्वाचनलाई केही असर नपर्ने बताएका छन्। काभ्रेको धुलिखेलमा प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि ‘निर्वाचन सामग्री तथा व्यवस्थापन क्षेत्रीय प्रशिक्षक तालिम कार्यक्रम’मा सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै प्रमुख आयुक्त यादवले सरकार भनेको राजनीतिक विषय भएकाले त्यसबाट निर्वाचनमा कुनै असर नपर्ने बताएका हुन्। उनले यसअघि पनि निर्वाचनका बेला सरकार परिवर्तन, मन्त्रिपरिषद्…
काठमाडौं : सहअभिनेताका रुपमा दर्शकले रुचाएका कलाकार हुन् सलोन बस्नेत। होस्टल रिटर्नस, ए मेरो हजुर २ लगायत हिट फिल्मबाट युवा दर्शकबीच चर्चामा आएका बस्नेतको परिचय अब अभिनेताको मात्र रहेए। उनी अब गायक पनि भएका छन्। उनको 'रुम नं १०८' बोलको गीत सार्वजनिक भएको हो। सलोनलाई स्वरमा साथ दिएका छन् अर्का अभिनेता आमेश भण्डारीले। दुई अभिनेताको संयुक्त स्वर रहेको गीत आइतबार…
रमेश लम्साल काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धनात्मक रुपमा विद्युतीय सवारी साधन भित्र्याउने र चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ। आगामी असारदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुने हुँदा मुलुक विद्युतीय सवारी साधन प्रयोगको प्रक्रियामा जानै पर्ने भएकाले त्यसको प्रक्रिया सुरु गर्न लागेको हो। विद्युतीय सवारी साधनलाई बढावा दिनका लागि प्राधिकरणले केन्द्रीय कार्यालय रत्नपार्कमा नै चार्जिङ स्टेशन स्थापना गर्ने…
काठमाडौँ : संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी एक तह बढुवा भएपछि सरुवा हुन नपाउने भएका छन्। सरकारले ल्याउन थालेको ‘कर्मचारी समायोजन विधेयक–२०७४’मा तीन तहमा समायोजन गरी गएका कर्मचारी त्यही तहमा बढुवा भए पुनः अर्को तहमा जान नपाउने व्यवस्था गरिएको सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ता शिवराम न्यौपानेले बताए। उनले समायोजनपछि सरुवा भएका प्रदेश र स्थानीय तहका कर्मचारी बढुवापछि सोही ठाउँमा…
काठमाडौं : नेपाली मोडल सबिता कार्की भारतीय फेशन रियालिटी शो 'इन्डियाज नेक्स्ट टप मोडल'मा सहभागी भएकी छन्। प्रतियोगिताको तेस्रो संस्करण शनिबारबाट सुरु भएको छ। काठमाडौंकी २३ वर्षीय कार्की र्याम्प शो र म्यागजिन फोटो सुटका लागि निकै अगाडि छिन्। भिम्याग, एम एण्ड एस, टिएनएम लगायतमा फोटो प्रकाशित भएपछि चर्चामा आएकी सबिताको उचाई ५ फिट ८ इन्च रहेको छ। क्रार्यक्रमको उत्कृष्ट १३…
ब्रसेल्स : क्याटालोनियाको क्षेत्रीय सरकारले स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेको हो कि होइन भनी स्पेन सरकारले सोधेको प्रश्नको जवाफ स्पष्ट रुपमा दिन नसकेको जनाइएको छ। स्पेनका विदेशमन्त्रीले क्याटालोनियाको क्षेत्रीय सरकारले त्यसको जवाफ नदिएको बताएका हुन्। स्पेनको मन्त्रिपरिषद्को विशेष बैठकपछि स्पेनका प्रधानमन्त्री म्यारियानो राजोएले क्याटेलोनियाको सरकारले त्यहाँ स्वतन्त्रताको घोषणा गरेको हो कि होइन भनी गत साता प्रश्न गरेका थिए। स्पेन सरकारले पाँच…
काठमाडौं : गैरआवासीय नेपाली संघ(एनआरएनए)को नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने प्रयास विफल भएको छ। संघको अध्यक्षमा भवन भट्ट र जमुना गुरुङले उम्मेदवारी दर्ता गराएपछि सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने प्रयास विफल भएको हो। संघको संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्व अध्यक्ष जीबा लामिछाने लगायतले जमुनालार्इ मनाउने प्रयास विफल भएपछि अन्तिम समयमा उनले उम्मेदवारी दिएकी हुन्। आइतबारको बन्द सत्रबाट एनआरएनएका अध्यक्ष शेष…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदबाट पारित भएका विभिन्न सात वटा विधेयक प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम संसदबाट पारित भई आएका मुलुकी देवानी (संहिता), मुलुकी देवानी कार्यविधि (संहिता), मुलुकी अपराध (संहिता) मुलुकी फौजदारी कार्यविधि (संहिता) फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन), केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक र…
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न राजनीतिक दलहरुलाई आग्रह गरेकी छन्। दीपावली तथा छठ पर्वका अवसरमा आज राष्ट्रपति निवास शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति भण्डारीले नयाँ संविधान जारी भएपछि हुन गइरहेको पहिलो प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनलाई सबै दल मिलेर सम्पन्न गराउन लाग्नुपर्ने बताइन्। राष्ट्रपतिसँगको भेटमा सहभागी नेपाली कांग्रेसका…
काठमाडौँ : भूकम्प प्रभावित जिल्लाका लाभग्राहीले सीमा जोडिएका अन्य प्रभावित जिल्लामा पनि सरकारी अनुदान लिएर घर बनाउन पाउने भएका छन्। भूकम्पबाट प्रभावित निजी आवास पुनः निर्माण अनुदान वितरण कार्यविधि (पहिलो संशोधन) २०७३ ले लाभग्राही सूचीमा परेका भूकम्पपीडितले आफ्नो इच्छाअनुसार आफ्नै जिल्ला वा सीमा जोडिएको जिल्लामा पनि घर बनाउन पाउने व्यवस्था गरेको हो। यसैगरी जोखिमयुक्त बस्तीका लाभग्राहीले पनि आफ्नो इच्छाअनुसार आफ्नै जिल्ला…