रसुवा : नेपालको उत्तरी सीमा रसुवागढी नाकाबाट स्थानीय बासिन्दाबाहेक अन्यलाई केरुङ जान रोक लगाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलका अनुसार आगामी कात्तिक १ गतेदेखि चीनमा हुने नेशनल कंग्रेसको चुनावलाई मध्यनजर गर्दै घुम्न केरुङ जाने नेपालीलाई मितेरी पुलबाट नछोड्न चिनियाँ अधिकारीले आग्रह गरेका कारण केही समयका लागि अस्थायी पास भएका व्यक्तिलाई केरुङ जान रोक लगाइएको हो। सामान लिने कन्टेनर र…
पोखरा : लेखनाथ उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि कृष्णहरि भण्डारी अध्यक्षमा विजयी भएका छन्। भण्डारी ८ सय २४ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। भण्डारीका निकटतम प्रतिद्वन्द्वी बसन्तमोहन भट्टराईले ३ सय ७ मत प्राप्त गरेका थिए। निर्वाचित भण्डारी वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष हुन्। निर्वाचनमा एक सदस्यबाहेक अन्य पदका सवै पदाधिकारी भण्डारी प्यानलकै विजयी भएका छन्।वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष बलराम ढकाल…
गौशाला : प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासबाट १५ किलो गाँजासहित आज बिहान तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बर्दिबास–५ स्थित सडकमा रोकिराखेको रात्रि बसबाट १४ किलो ८४० ग्राम गाँजा बरामद गरिएको हो। काठमाडौंबाट महोत्तरीको औरही गाउँपालिका, सोनामाईमा आइरहेको ना ६ख ५४३४ नम्बरको सोनामाई डिलक्सको बसलाई इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिगएको प्रहरी टोलीले शंका लागि चेकजाँच गरेको थियो। प्रहरीले गाँजासहित…
रोल्पा : रोल्पामा घरेलु हिंसा र सामाजिक हिंसाका घटना कमी हुँदै गएको छ। जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष ०७२/०७३ मा हिंसापीडितको दर्ता संख्या ११२ पुगेकामा आर्थिक वर्ष ०७३/०७४मा ८८ वटा उजुरी दर्ता भएका छन्। आर्थिक वर्ष ०७१/०७२ मा घरेलु हिंसाका ८९ वटा उजुरी दर्ता भएका थिए। दर्ता भएका उजुरीमध्ये अधिकांश मिलापत्र गरी टुंग्याइने गरेको बताइएको छ। लैंगिक तथा सामाजिक हिंसाविरुद्ध जिल्ला प्रहरी…
मेक्सिको सिटी : मेक्सिको सिटी सहरका विभिन्न सडकमा भूकम्पीय पूर्व सूचना प्रणाली ‘अर्थक्वेक अलर्ट सिस्टम’ जडान गरिने भएको छ। मेक्सिको सिटीका मेयर माइगल एन्जेल मनसेराले आइतबार आयोजित पत्रकार सम्मेलनमा ‘अर्थक्वेक अलर्ट सिस्टम’ जडान गर्न लागेको जानकारी दिएका हुन्। मेक्सिको सिटीमा गत सेप्टेम्बरमा गएका दुई ठूला भूकम्पबाट ठूलो क्षति पुगेको छ। अहिले पनि मेक्सिकोका विभिन्न सहरहरुमा यस्ता पूर्व सूचना प्रणाली जडान गरिएको…
काठमाडौँ : यस वर्षको भाइटीकाको साइत कार्त्तिक ४ गते शनिबार बिहान ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिए। उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ। यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते…
काठमाडौं: फिल्म 'अमेरिका बोइज' घोषणा भएको छ। आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गरी फिल्म फ्लोरमा निस्किएको जानकारी फिल्म युनिटले दिएको हो। इन्द्र प्रसाद खरेल क डम्बर चन्दले निर्माण गर्न लागेको फिल्मलाई विवेक पाण्डेले लेखेका हुन्। तीनजना साथीको गल्तिबाट सिर्जना हुने अप्ठ्याराहरु फिल्मको मुख्य विषय हो। अर्पण थापा, अभय बराल र आशिष प्रसाईं मुख्य तीन पात्र हुन्। अन्य कलाकार सुनिल थापा, हरिहर…
नेपोलीले इटालियन सिरी एमा जितेको श्रृंखला ८ खेलसम्म पुर्याएको छ। यता साविक विजेता युभेन्ट्सले सिजनको पहिलो हार बेहवरेको छ। लगातार आठौँ जित हात पार्ने क्रममा नेपीले रोमालाई उसैको मैदानमा १-० ले हरायो। नेपोलीको शतप्रतिशत जितमा लेरेन्जो इनसिग्नेले एक मात्र निर्णायक गोल गरे। जितपछि ८ खेलबाट २४ अंक जोडेको नेपोली अंक तालिकामा शीर्ष स्थानमा आसिन छ। यता इन्जुरी टाइममा प्राप्त पेनाल्टी…
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले नवनियुक्त मन्त्रीलाई निर्वाचन केन्द्रित भई कार्य गर्न निर्देशन दिएको छ। धूम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई प्राथमिकतामा राखेर कार्य गर्न पार्टीले निर्देशन दिएको प्रवक्ता भुवन पाठकले जानकारी दिए। बैठकले सहभागी मन्त्रीलाई पार्टी संगठनमा कुनै पनि आँच नआउने गरी निष्ठापूर्वक काम गर्न सुझाव दिएको छ।…
काठमाडौं : आगामी डिसेम्वरमा हुने तय भएको एभरेष्ट प्रिमियर लिग (इपीएल)को खेलाडी अक्सनका लागि १६० जना खेलाडीले नाम रजिस्टर गरेका छन्। आयोजकले निर्धारण गरेको ए, बी र सी क्याटेगोरीमा गरी कूल १६० खेलाडीले इपीएलको वेव साइटमा नाम रजिस्टर गरेको आयोजकले जनाएको छ। इपीएलका लागि अक्टोबर २३ अर्थात कार्त्तिक ६ गते अक्सन हुँदैछ। तर आयोजकका अनुसार १६० मध्ये ७० खेलाडी मात्र…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदबाट पारित भई आएका विभिन्न दश वटा विधेयक प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रिय दलित आयोग विधेयक, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक, स्थानीय सरकार सञ्चालन विधेयक, थारु आयोग विधेयक, प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक, उच्च अदालत तथा…
हलिउड फिल्म निर्माता हार्वे विनस्टन यति बेला चर्चामा छन्। उनीमाथि एकपछि अर्को गर्दै अभिनेत्री, कलाकार, डिजाइनरदेखि उनी कार्यरत कार्यालयका महिला कर्मचारीहरुले यौन उत्पीडनको आरोप लगाएका हुन्। आरोप लगाउनेको सूचीमा हलिउड अभिनेत्री एन्जेलिना जोली, जेनिफर लरेन्स र ग्विनेथ पाल्त्रोव पनि रहे। हार्वेमाथि आरोप लगाउनेहरुमा अब हलिउडकर्मी मात्र रहेनन्। बलिउड अभिनेत्री ऐश्वर्या रायले पनि उनको विषयमा केही बोलेकी छिन्। उनका म्यानेजरले बताए…
आमिर खान स्टारर तथा निर्मित फिल्म 'सिक्रेट सुपरस्टार'ले पारिवारिक बन्धनका कारण लुकेर आफ्नो गायन कला सार्वजनिक गर्ने बालिकाको कथा देखाउँछ। चर्चित गायिका बन्ने सपना पूरा गर्न उनले युट्युबलाई माध्यम बनाउँछिन्। तर उनी बुर्का लगाएर, अनुहार लुकाएर मात्र सार्वजनिक हुन्छिन्। कथा काल्पनिक हो भन्दै आइएको छ। बलिउड हंगामाले जनाए अनुसार फिल्मको कथा नाहिद आफ्रिनको जीवन कथामा आधारित हो। तर यो कुरालाई…
बैंकक : थाइल्याण्डमा आगामी वर्षको नोभेम्बरमा आमनिर्वाचन हुने निर्वाचनमा सहभागिताका साथै निर्वाचनको वातावरण निर्माण गर्न सरकारले सबै राजनीतिक दललाई आग्रह गरेको छ। थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले सन् २०१८ को जुन महिनामा निर्वाचनको घोषणा गर्ने योजना सरकारले बनाएको जानकारी दिएका थिए। उनले जुन महिनामा निर्वाचन घोषणा गर्ने र नोभेम्बरमा निर्वाचन सम्पन्न गर्ने बताएका हुन्। थाइल्याण्डको जुन्ता सरकारका प्रधानमन्त्री ओचाले निर्वाचनमा सबै…
दाङ : ट्याक्टर दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु भएको छ। गढवा गाउँपालिका –१ जरौनीमा रोकिराखिएको लु ३ त ३४९८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १३ वर्षीय विश्वास अधिकारीको मृत्यु भएको हो। बाबु चालक रहेको ट्याक्टर रोकिराखिएको बेला चलाउन खोज्दा दुर्घटना भएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।रासस
काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रगतिशील गणतान्त्रिक पक्षधरका उम्मेदवारलाई सहयोग गर्ने बताएका छन्। पार्टीको असोज २२ देखि २६ गतेसम्म सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा वैद्यले आफूहरु निर्वाचनमा सहभागी नभए पनि साम्राज्यवादविरुद्ध लडेका प्रगतिशील शक्तिलाई सहयोग गर्ने स्पष्ट पारे। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने एकतालाई दक्षिणपन्थीबीचको एकता भएको…
काठमाडौं : नेपाली कांग्रेस र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण हुने भएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार आज साँझ साढे पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीबीच एकीकरण हुने भएको हो। कांंग्रेसबाट छुट्टिएर मधेसी जनअधिकार फोरम नेपाल प्रवेश गरेका गच्छदारले पछि फोरम नेपालबाट अलग्गिएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरेका थिए। पार्टीको नाम पछि नेपाल…
काठमाडौं: फिल्म 'ह्याप्पी न्यू इयर'को पहिलो गीत सार्वजनिक भएको छ। पुष १४ रिलिज हुने फिल्मको ‘चङ्गा सरी उड्दै छ यो मन’ बोलको गीत भिडियो सहित आइतबार सार्वजनिक गरिएको हो। विनोद ढकालको शब्द तथा संगीत रहेको गीतमा नारायण बस्नेतको स्वर छ। मुख्य दुई कलाकार सन्ध्या केसी र कुशल थापाको फिचरिङ रहेको भिडियोलाई रोहन नेपालीले निर्देशन गरेका हुन्। नयाँ वर्षको माहोलमा घटेको…
आउँदो कार्तिक ९ गतेबाट प्रदर्शनमा आउने फिल्म ’ऐश्वर्य’ ले मोफसल यात्रा सुरु गरेको छ। प्रचारका लागि फिल्म युनिटले देशको विभिन्न सहरमा पत्रकार सम्मेलन गर्ने भएको हो। जसको सुरुवात पोखराबाट भएको छ। आइतबार बिहान पोखरामा कास्की चलचित्र पत्रकार संघको आयोजानमा सम्पन्न कार्यक्रममा फिल्मका अभिनेता रमेश उप्रेती , प्रशान्त ताम्राकार , निर्मल शर्मासंगै अभिनेत्री दीपिका प्रसाईंको उपस्थिति रहेको थियो। कार्यक्रममा निर्माता तथा…
पाकिस्तान : भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा आइतबार भएको गोली हानाहानमा एकजनाको मृत्यु भएको छ। भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको मृत्यु भएको पाकिस्तानी पक्षले जनाएको छ। घटनामा अरु पाँच जना घाइते भएका छन्। घाइते हुनेमा चार जना बालबालिका छन्। काश्मिरको सत्ताल र निक्ल क्षेत्रमा भारतीय प्रहरीको गोली लागेर एकजना पाकिस्तानी नागरिकको मृत्यु भएको हो। गत मङ्गलबार मात्र पनि…