काठमाडौँः नेकपा एमाले र स्वतन्त्र राजनीतिक समूहबीच आगामी निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुने सहमति भएको छ। स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यकर्ता आगामी प्रतिनिधिसभा, प्रदेशसभा तथा राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुनुहुनेछ, स्वतन्त्र समूह स्वतन्त्र पहिचानका साथ क्रियाशील हुनेछन्”, जारी विज्ञप्तिमा भनिएको छ, “ तराई–मधेशसमेतका जनतालाई शोषण, उत्पीडन, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता र समृद्धि सुनिश्चित…
काठमाडौँ : निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ मंगलबारदेखि सुरु गर्ने भएको छ। मतपत्र छपाइको व्यवस्थापन गर्न निर्वाचन आयोगबाट जनशक्ति खटिइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। मतपत्रको छपाइ कडा सुरक्षा घेरामा भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा हुनेछ। एउटै मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधिसभा र तल्लो खण्डमा प्रदेशसभा सदस्य…
काठमाडौं : राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता हृदयेश त्रिपाठी एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने भएका छन्। राजपाबाट असन्तुष्ट त्रिपाठीले सोमवार एमाले अध्यक्ष केपी शर्मा ओलीसमेतको उपस्थितिमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल र स्वतन्त्र राजनीतिक समूहका तर्फबाट संयुक्त हस्ताक्षर गरेका छन्। उनीसगै बीके गुप्ता, पशुपतिदयाल मिश्र र जगदीश शुक्ला सूर्य चिन्हमा चुनाव लड्ने भएका हुन्। दुवै पक्षबीच भएको दुई बुँदे…
नयाँ दिल्ली : भारतको रायपुरबाट मुम्बई यात्रामा रहेका गायक आदित्य नारायणले इन्डियो एयरलाइन्सका ग्राउन्ड स्टाफलाई दुर्व्यवहार गरेका छन्। अतिरिक्त व्यागेजको पैशा तिर्न भनेपछि आदित्य भड्किएका थिए। चर्चित गायक उदित नारायणका छोरा आदित्यले विमानका कर्मचारीलाई अपशब्द समेत प्रयोग गरेका थिए। उनको चुरिफुरि यति धेरै भयो कि अन्तिममा उनले माफी नमागी विमानमा उनलाई बस्न समेत दिइएन। इन्डिगोका प्रवक्ताले आदित्य नारायण फ्लाइट नम्बर…
काठमाडौः बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ४० घर नष्ट भएका छन् । मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए । डेरामा बस्ने तीनजनालगायत सबैका खाद्यान्न, लत्ताकपडा सबै जलेको स्थानीयवासी श्यामदास पाण्डेले बताउनुभयो । आगलागीमा एक चर्च पनि परेको स्थानीयवासीले…
काठमाडौः नेपाली हिन्दु धर्मालम्बीहरुको महान् चाड बडादसैं अन्तर्गत आज एघारौं दिन अर्थात् एकादशी। आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ। विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले आज टीका लगाउँदैछन्। विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। देशका केही भागमा…
कपिलवस्तुः हिन्दू र इस्लाम धर्मावलम्बीको साझा पर्वका रुपमा मोहर्रम पर्व स्थापित हुदै गएको छ । आफूले मागेको हरेक इच्छा–चाहना पूरा भएपछि मोहरम पर्वको रौनक बढ्दै गएको छ । इस्लामी पात्रोअनुसार हिजरी संवत् १४३९ को यो मोहर्रम महिना हो । हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि शुरु हुने मोहर्रम पर्व १० तारिखसम्म मनाइन्छ । मुसलमान धर्मावलम्बीले इद, बकर इद र मोहर्रमको…
काठमाडौं: नेकपा एमाले स्थायी कमिटी बैठकले प्रदेश संघ र संघीय संसदको निर्वाचनमा वामपन्थी सहकार्यको रणनीतिबारे निर्णय गरेको छ। आज बसेको दशैं टिका पछिको पहिलो स्थायी कमिटी बैठकले निर्वाचनको रणनीतिबारे छलफल गरेको हो। एमाले नेता र्इश्वर पोखरलले दुर्इ नम्बर प्रदेशमा भएको तेस्रो चरणको निर्वाचनमा प्राप्त गरेको मतलार्इ अध्ययन गर्नुका साथै अन्तरिक कमी कमजोरीलार्इ समेत पहिल्याएर अघिल्ला चुनावमा जाने बताए। 'वामपन्थीसँग…
चर्चित फिल्ममेकर राजकुमार हिरानी यतिखेर सञ्जय दत्तको जीवनीमा आधारित फिल्म सुटिङमा व्यस्त छन्। रणवीर कपुरले सञ्जय दत्तको भूमिका निभाउँदैछन्। यसैबीच हिरानीको बलिउड बादशाह शाहरुख खानसँग नयाँ फिल्मका लागि सहमति भएको सूचना बलिउडमा चुहिएको छ। मुन्नाभाइ एमबीबीएस, थ्री इडियट्स र पिके जस्ता ब्लकबस्टर फिल्म निर्देशन गरेका हिरानी १४ वर्षपछि शाहरुखसँग जोडिन लागेका हुन्। यो जोडीबीच रोचक त के रह्यो भने…
वीरगंज : सप्तरीका देवनारायण यादवलाइ भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन्। साँझ भारतीय बजारमा किनमेल गर्न गएका यादवलाई विभिन्न झुट्टा मुद्दामा फसाउन पक्राउ गरिएको स्थानीय अधिकारकर्मीहरुले बताएका छन्। नेपाल भारत सीमामा भारतले बनाइरहेको बाँधको विरोधमा उनी सक्रिय थिए। भारतीय सुरक्षाकर्मीसँग भएको तिलाठीको झडपमा उनी घाइतेसमेत भएका थिए। उनलाई यथासिघ्र रिहा गर्न मानव अधिकारकर्मीले माग गरेका छन्। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको तिलाठी…
मंगल धुनले दशैंको आगमन संकेत गर्छ। गीत संगीतले हरेक पर्व, चाड वा कार्यक्रममा छुट्टै रौनक थप्छ। त्यसैले मंगल धुनसँगै दशैं विशेष विभिन्न गीत सार्वजनिक छन्। ती गीतहरुले दशैंको महत्वको वखान गर्छ वा दशैंमा आउने याद, सिर्जना गर्ने अवस्था, माहोलको कुरा भन्छ। यहाँ प्रस्तुत छन् दश दशैं विशेष गीतहरु जसले दशैंको माहोललाई सांगीतिक बनाउँछ। दशैं आयो फिल्म मुग्लानको गीत 'दशैं आयो'लाई…
काठमाडौँ : आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ। आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ।…
पाल्पाः रामपुरमा जीप र मोटरसाइकल ठोक्किँदा बिहीबार एकको मृत्यु भएको छ । साँझ करिब ७ बजे रामपुर नगरपालिका–४ इस्लामपुर नजिकै भएको दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार रामपुर–४ बडवान बस्ने अन्दाजी २५ वर्षीय सुरज सेनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । मोटरसाइकल चालक अन्दाजी १८ वर्षीय सुनिल थापा घाइते भएकामा रामपुर अस्पतालमा उपचार भइरहेको छ । पूर्वबाट पश्चितर्फ…
काठमाडौँः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४६ हजार अमेरिकी डलरसहित एक चिनियाँलाई बिहीबार पक्राउ गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाते सामान जाँच गर्ने क्रममा ड्रक एयरबाट भुटान जान लागेकी राहदानी नं जी ३८७७६०८५ वाहक ४१ वर्षीया यानकुन दुवानलाई अमेरिकी डलर ४६ हजार ४८० र चिनियाँ मुद्रा एक हजार ६०० येनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।रासस
धनुषाः जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गए राति १२ हजार ३०७ बोकाको बलि दिइएको छ । राति ८ः१९ मिनेटमा शुरु भएको बलिको कार्यक्रम ३ बजेर २१ मिनेटसम्म चलेको थियो । गत साल मन्दिरमा १४ हजार ६१७ बोकाको बलि दिइएको राजदेवी पूजाका मूल आयोजक महावीर युवा कमिटीका पूर्वअध्यक्ष सुनिलकुमार प्रसादले बताए । निष्ठापूर्वक राजदेवीको पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने विश्वास…
पोखराः इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले जुाव खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरी ७१ हजार रुपैयाँ र चार थान तास बरामत गरेको छ । जुवा खेलेको सुराकीका आधारमा गएको टोलीले पोखरा लेखनाथ महानगरपालिका–३० पावरहाउसका जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा तिनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए ।रासस
काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत कुनै पनि नेपाली फिल्म सार्वजनिक भएनन्। दशैं बिदाको छेको पारी दुई फिल्म छक्कापञ्जा २ र मेरो पैसा खोई? बुधबार नै प्रदर्शनमा आएपछि शक्रबारका नयाँ नेपाली फिल्म रिलिज क्युमा रहेनन्। बलिउडतर्फबाट भने फिल्म 'जुडुवा २' सार्वजनिक भएको छ। वरुण धवन स्टारर फिल्ममा उनको डबल रोल रहेको छ। अन्य कलाकार ज्याकलिन फर्नाडेज, तप्सी पन्नु, अनुपम खेर…
बलिउड अभिनेत्री विद्या बालन कार दुर्घटनामा परेकी छिन्। यसअघि उनले फिल्म 'तुम्हारी सुलु'को सुटिङ सेटमा उपस्थिति नजनाएको खबर सार्वजनिक भएको थियो। तर कारण भने उल्लेख गरिएको थिएन। बलिउड हंगामाका अनुसार दुर्घटनामा परेको कारण उनी सेटमा जान नसकेकी हुन्। मुम्बईबाट बान्द्रा जाँदै गर्दा उनको कार दुर्घटनामा परेको हो। उनी सवार गाडीलाई पछाडिबाट अर्को सवारीले ठक्कर दिएको हो। विद्यालाई गहिरो चोट नलागेको…
मुम्बई : भारतको मुम्बईमा आज बिहान अकस्मात भागदौड मच्चिएपछि त्यसमा परी कम्तीमा पनि २२ जनाको मृत्यु भएको छ। भागदौडमा परी दर्जनौँ व्यक्ति घाइते भएका छन्। भिडमा च्यापिएर र भाग्ने क्रममा भूइँमा लड्दा अर्कोले किचेर उनीहरुको ज्यान गएको र अरु केही नराम्ररी घाइते भएका बताइएको छ। भारतको आर्थिक राजधानी मानिने मुम्बई शहर नजिकैको रेल स्टेशनमा भागदौड भएको थियो। मुम्बईको मूल बजार…
काठमाडौं: दशैं बिदाको छेको पारेर दुई नेपाली फिल्म बुधबार नै पर्दामा उत्रिए। फिल्म 'छक्कापञ्जा २' र 'मेरो पैसा खोई?' प्रदर्शनमा आए। दशैंको बिदाले गर्दा हलमा दर्शकको राम्रै भिड लाग्यो। भिडले फिल्महरुलाई दशैं कति दक्षिणा दियो त? फिल्म 'छक्कापञ्जा २'ले दुई दिनमा ३ करोड ६ लाख ग्रस कमाएको जनाइएको छ। फिल्मले पहिलो दिन १ करोड ६० लाख कमाई गरेको फिल्म युनिटको…