काठमाडौं : नेपाली विकेट किपर आसिफ शेखले ‘आइसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२’ जितेका छन्। आयरल्याण्डविरुद्धको खेलमा रन लिने क्रममा लडेका एन्डी म्याक्ब्राइनलाई रन-आउन नगरेका शेखले उक्त अवार्ड पाएका हुन्। क्रिकेटको सर्वोच्च निकाय इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी)ले ‘आइसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२’ हरेक वर्ष दिने गर्छ। खेलको स्पिरिटलाई कायम राख्ने खेलाडी वा टिमलाई यो अवार्ड दिने गरिन्छ। ‘आइसीसी स्पिरिट…
काठमाडौं : लोक दोहोरी गायक भीम पौडेलको निधन भएको छ। उनको स्याङ्जास्थित घरमै बिहीवार राती ११:३० बजे निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले जानकारी दिए। ‘उहाँ लोकदोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेको भाइ हो। विगत १०/१२ वर्षदेखि उहाँ लोकदोहोरी गायनमा सक्रिय हुनुहुन्थ्यो,’ विजीले भने। पहिलेदेखि नै बिरामी भइरहने उनी डिप्रेसनको सिकार समेत भएको विजीले सुनाए। भने,…
चन्द्रकला भण्डारी- झापा : प्रादेशिक अस्पताल भद्रपुरको नाम फेरिएसँगै अब भवन पनि नयाँ बनेको छ। साविक ‘मेची अञ्चल अस्पताल’ अब नाम फेरिएर ‘प्रादेशिक अस्पताल’ भएको हो। विसं २०१५ मा २५ शय्याको सानो अस्पतालका रूपमा यसको स्थापना भएको थियो। विसं २०३४ मा यसको स्तरोन्नति हुँदै शय्या सङ्ख्या बढेर ५० पुगेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए। साविक मेची अञ्चलका चार…
हेटौंडा : वाग्मती प्रदेशको मुख्य न्यायाधिवत्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन्। बिहीवार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमखु यादवचन्द्र शर्ममाले सिन्धुपाल्चोकका नेपाललाई न्यायाधिवत्तामा नियुक्त गरेका हुन्। प्रदेश प्रमुख शर्माले नेपाललाई नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्ता पदमा नियक्त गरेका हुन्। उनी सिन्धुपाल्चोकको चौतारा साँगाचौकगढी नगरपालिका-१४ निवासी हुन्। मुख्य न्यायाधिवत्तामा नियुक्त भएका नेपालले बिहीवारै कार्यभार सम्होलका छन्।
काठमाडौंः आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। बिहीबार गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो। अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र…
कैलाली : कैलालीमा खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा फागुन ११ गतेदेखि धनगढीमा ‘धर्मदेव–पशुपतिदेवी स्मृति प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७९’ सञ्चालन हुने भएको हो। प्रदेश प्रहरी कार्यालयको ब्याडमिन्टन हलमा फागुन ११, १२ र १३ गते प्रतियोगिता सञ्चालन हुने बिहीबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ। क्लबका संयोजक मेम्बर सिंहका अनुसार देशभरमै सर्वाधिक पुरस्कार राशिको…
इजरायली सेनाको कारवाहीमा 'अकुपाइड वेस्ट ब्याङ्क'मा ९ जना प्यालेस्टाइनीको मृत्यु भएको छ। मृत्यु हुनेमा वृद्ध महिलासमेत रहेको प्यालेस्टाइनी अधिकारीहरुले बताएका छन्। इजरायलले भने प्यालेस्टियन इस्लामिक जिहादविरुद्ध सो कारवाही गरेको दाबी गरेको छ। लडाकूहरुलाई पक्राउ गर्ने क्रममा तीनजनाले गोली चलाएको र त्यही क्रममा उनीहरु मारिएको इजरायलले जनाएको छ। एकजनाले भने आत्मसमर्पण गरेको बताइएको छ। प्यालेस्टाइनका स्वास्थ्य मन्त्री मिया अल काइलाले जेनिनको…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिका लागि हुने निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने बताएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बिहीवार बसेको स्थायी कमिटीको बैठकपछि सचिव देवेन्द्र पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेसँग राष्ट्रपतिबारे छलफल हुने बताएका हुन्। 'एमाले, कांग्रेस र माओवादी सहितको राष्ट्रिय सहमति भनिएको हो। एमाले र कांग्रेसलाई बाइपास गरेर राष्ट्रिय सहमति हुन सक्दैन्,' पौडेलले भने। फागुन २९ गते राष्ट्रपति विद्यादेवी…
काठमाडौं : जुम्लालगायत माथिल्लो कर्णालीमा मङ्गलबारदेखि परेको हिमपातका कारण बन्द भएको हवाई सेवा आजदेखि फेरि सुरु भएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ हटाएपछि नेपालगञ्जबाट तारा र समिटले जुम्लाका लागि उडान गरेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए। दुई दिन परेको हिउँले विमानस्थलको धावनमार्गमा हिउँ जमेपछि हवाई सेवा…
काठमाडौं : धिरज मगरको मुख्य भूमिका रहेको ‘ज्याकी: आइएम ट्वान्टी वान’ को घोषणा भएको छ। बिहिबार निर्माण टिमले एक भिडियो सार्वजनिक गर्दै फिल्मको नाम र कलाकारबारे जानकारी दिएको हो। यो चलचित्रको नाम सुरुमा ‘आई एम ट्वान्टी वान’ राखिएको थियो। लक्षित उमेर समुहको मात्र प्रतिनिधित्व गर्ने र प्रमुख चरित्र केन्द्रित नहुने भएकाले शीर्षकमा ‘ज्याकी’ थपिएको निर्देशक रेनशा राई राणाले जानकारी दिइन्। धिरज फिल्ममा…
काठमाडौं : सर्वोच्च अदालतले होटल र रेष्टुराँमा सेवा शुल्क (सर्भिस चार्ज) लिन नपाउने फैसला गरेको छ। राष्ट्रिय उपभोक्त मञ्चबाट प्रेमलाल महर्जनले सेवा शुल्क खारेजीको माग गर्दै हालेको रिटमा संवैधानिक इजालसबाट यस्तो फैसला भएको हो। होटल र रेष्टराँहरुले बिलमा १३ प्रतिशत भ्याट र १० प्रतिशत सेवा शुल्क लिँदै आएका थिए। सर्वोच्चको फैसलापछि भने अब रेष्टुराँहरुले १० प्रतिशत सेवा शुल्क लिन पाउने…
काठमाडौं : नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउनेबार सम्बन्धित निकायहरुसँग राय लिइरहेको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन्। नाबालिग बलात्कार केसमा मुद्दा खेपिरहेका लामिछाने पुस २९ गते धरौटीमा छुटेका थिए। ‘यो कुरामा हामी निकै संवेदशील छौँ। सन्दीप लामिछाने नेपालका लागि चाहिने खेलाडी हुन्। नेपालको विद्यमान कानुनले कुन खालको अथोरिटी दिन्छ? त्यसका लागि सम्बन्धित…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने प्रयास भइरहेको भन्दै निर्धारित समयमै उक्त चुनाव हुनुपर्ने धारणा राखेका हुन्। संविधान र निर्वाचन कानून बाँझिएकाले समय धकेल्ने प्रयास भइरहेको भन्दै थापाले भने, 'राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ। यो बेलामा नेपाली कांग्रेसले…
काठमाडौं : जुम्लामा हिमपातका कारण विद्युत् सेवा अवरुद्ध भएको छ। मङ्गलबारदेखि लगातारको हमपातले यहाँको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन्। हिउँ लगातार परेकाले विद्युत् प्रसारण लाइन बनाउन निकै कठिन भएको छ। हिमपातले चन्दननाथ नगरपालिकाको मिचा, तिला गाउँपालिकाको दानसाँघु र कालीकोटको फाईमहादेवका ठाउँठाउँमा विद्युत्का खम्बा र तारमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको नेपाल…
विराटनगर : विराटनगरस्थित आफ्नै घरमा मृत फेला परेका व्यवसायी मोहन प्रसाद न्यौपानेको अन्तिम संस्कार गरिएको छ। बुधवार शनि मन्दिर चोकमा विद्युतका सामग्रीको व्यवसाय गर्ने न्यौपानेले घरको बाथरुममा झुन्डिएको अवस्थामा फेला परेका थिए। उनको शव फेला परेको स्थानबाट तीन पृष्ठको 'सुसाइड नोट' फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठका अनुसार ५७ वर्षीय न्यौपाने बुधवार दिउँसो विराटनगर-३…
काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बसिरहेको हो। बैठकमा सरकारको काम, गठबन्धन सरकार, राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुनेछ।
काठमाडौं : राहदानी विभागले पासपोर्ट लिन सेवाग्राहीको भीड घटाउने कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ। राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भीड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ। विभागमा सधैँ सेवाग्राहीको भीड बढ्दै जान थालेका कारण घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी भइरहेको विभागका निर्देशक तथा प्रवक्ता दुरुपदा सापकोटाले बताए। उनले भने,…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलबिच भेटवार्ता भएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा एको छलफलमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। भेटका क्रममा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै नागरिकका अपेक्षालाई सम्बोधन गर्ने विषय केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए। दुई नेताबिच राष्ट्रपति निर्वाचनसँगै राष्ट्रियसभा सदस्यको निर्वाचनबारे पनि छलफल केन्द्रित भएको बताइएको छ।
काठमाडौं : नेपाली कांग्रेसले यही माघ १५ गतेका लागि निर्धारण गरेको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ। निर्धारित केन्द्रीय समितिको बैठक विशेष कारणवस अर्काे सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यसअघि पुस २८ गतेका लागि सो बैठक तय भएको थियो। पछि माघ १५ गते अपरान्ह १ बजे बस्ने गरि कार्यतालिका हेरफेर गरिएको जनाइएको थियो।
काठमाडौं : बहुमत प्रदेशसभा सदस्यको समर्थनमा नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भए। मुख्यमन्त्रीमा नियुक्त भएपछि माघ ५ गते प्रदेशसभाबाट विश्वासको मतसमेत लिएपछि उनले केही दिनमै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। विभिन्न पार्टी मिलेर बनेको सरकार विगतमा जस्तो सजिलो नभए पनि छलफल र सहमतिका साथ अगाडि बढ्नुपर्ने जिम्मेवारीमा रहेको मुख्यमन्त्री गिरीको भनाइ…