काठमाडौँः प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको हालससम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) प्राप्त पछिल्लो विवरणअनुसार, तेस्रो चरणमा निर्वाचन भएका १३६ स्थानीय तहमा कायम रहेका एक हजार २७१ वडामध्ये हालसम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगकाअनुसार, सप्तरीका १७, सिरहाका २४, धनुषाका २२,…
काठमाडौँ : व्यवस्थापिका–संसद्, विकास समितिको बैठकले समितिको वार्षिक प्रतिवेदन तयार गर्न समितिको सचिवालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले १० दिनभित्र प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन दिएको समितिका सभापति रवीन्द्र अधिकारीले जानकारी दिए। प्रतिवेदन तयार गर्न सचिवालयलाई आवश्यक राय, सुझाव दिन समितिका सदस्यलाई आग्रहसमेत गरिएको उनले बताए। समितिले आफूले सम्पादन गरेका कामलाई प्रतिवेदनमा समेटी सदनमा सभापतिमार्फत पेश गर्ने परम्परा छ। …
नवलपरासीः नवलपरासीमा हालसम्म ४९४ जनामा एचआइभी संक्रमण देखिएको छ। एचआइभी संक्रमितको उपचार र हेरचाहका क्षेत्रमा सन् २००७ बाट जिल्लामा कार्यरत संस्था लुम्बिनी प्लसकाअनुसार सुरुमा ३४ जना संक्रमित फेला परेकोमा सन् २०१७ सम्म आइपुग्दा त्यो संख्या बढेर ४९४ पुगेको छ। लुम्बिनी प्लसका प्रतिनिधि दयाराम आचार्यले एचआइभी÷एड्सविरुद्ध जनचेतना जगाउनुपर्ने बताए। उनले भने,‘एआइभी संक्रमित भएकालाई सरकारले निःशुल्क रुपमा एआरटी औषधि वितरण गर्ने गरेको…
विष्णु नेपाल काठमाडौँ : सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त तथा राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई /मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) छिट्टै टुङ्गो लाग्ने जनाएको छ। व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा रक्षामन्त्री भीमसेनदास प्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले द्रुतमार्गको डिपिआर छिटोभन्दा छिटो टुङ्गो लाग्ने जानकारी दिए। डिपिआर अध्ययनका लागि सरकारले पूर्वाधार विज्ञ वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा डिपिआर अध्ययन टोली बनाएको…
नारायण अधिकारी चितवनः नारायणगढ मुग्लिन सडकखण्ड सहज बनेसँगै चाडपर्व मनाउन बाहिरिनुपर्ने यात्रु लाभान्वित भएका छन्। विस्तारका क्रममा रहेको सडकका ठाउँ–ठाउँमा पहिरो खसेपछि घण्टौँसम्म यात्रुले सडकमा बिताउनुपर्ने अवस्था थियो। सरकारी तवरबाट चाडपर्वलाई लक्षित गरी नारायणगढ मुग्लिन सडकलाई यातायात सहज बनाउन विशेष निर्देशनसँगै एक साता यता यात्रुले सडक सहज रुपमा पार गर्न सकेका छन्। यसअघि दुई दिनसम्म सडकमा नै रात बिताउनु परेका चालकहरु…
काठमाडौं : कोरियाबाट फर्केलगत्तै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य स्पेन उडे। चुनाव जिते लगत्तै काठमाडौं महानगरलार्इ एक सय दिनमै स्मार्ट सिटी बनाउँछु भनेर घोषणा गरेका मेयर शाक्यले एक सय दिनमा कुनै पनि उपलब्धिमूलक काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ। विभिन्न देशका सहर घुमिरहेका शाक्य कोरियाबाट फर्के लगत्तै स्पेन उडे। स्पेन उड्नुअघि उनी आफ्नो भ्रमण र आगामी योजनाहरुका साथ पहिलोपोस्टका…
काठमाडौँः अब नेपाल राजपत्रमा प्रकाशित सूचना मोबाइलमै हेर्न पाइने भएको छ। विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले ‘मोबाइल एप्लिकेशन’ निर्माण गरेसँगै सबै सूचना तथा जानकारी मोबाइलबाट हेर्न सकिने व्यवस्था गरेको हो। मोबाइल एप्लिकेशनमा पुराना तथा नयाँ राजपत्र सजिलै पढ्न सकिनुका साथै राजपत्रमा प्रकाशित सामग्रीको विषय वा प्रकाशनको मितिबाट आफूले खोजेको राजपत्र खोज्न सकिने व्यवस्था गरिएको छ। चाँडै नै यो…
काठमाडौँः सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणको कर्मचारी सरुवा प्रक्रिया टुङग्याएको छ। पहिलो चरणमा मन्त्रालयले करिब एक हजार ४२४ कर्मचारी सरुवा गरेको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत लीलाराज काफ्लेले जानकारी दिए। उनले पहिलो चरणमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नियमितअन्तर्गतका विभिन्न मन्त्रालय, निकायमा सरुवा गरिएको बताए। यसपटक मन्त्रालयले नियमित सरुवाभन्दा पनि स्थानीय विकास मन्त्रालयमा बढी कर्मचारीको सरुवा गरेको…
एकराज पाठक काठमाडौंः तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डि रुजबेल्ट र ब्रिटिश प्रधानमन्त्री विन्स्टन चर्चिलले दोस्रो विश्वयुद्ध चलिरहेकै बेला कल्पना गरेको संयुक्त राष्ट्रसंघका चार खास उद्देश्य थिए। ती चार उद्देश्य थिए– दोस्रो विश्वयुद्धबाट क्षतविक्षत भएको विश्वको भौतिक र मानसिक पुनर्निर्माण गर्ने, विश्वका सबैदेशहरुबीच दोस्रो विश्वयुद्धका समयमा कोरिएको शत्रुताको रेखा मेटाएर शान्ति र सद्भाव कायम गर्ने, समृद्ध र समुन्नत विश्व बनाउने र…
काठमाडौं: फिल्म 'फाटेको जुत्ता'को दोस्रो गीत सार्वजनिक भएको छ। यसअघि फिल्मको पहिलो गीत 'भेरी सरी' सार्वजनिक भएको थियो। 'चोली' बोलको नयाँ आइटम नम्बर भिडियो युट्युबमार्फत रिलिज गरिएको हो। डिपी खनालको शब्द रहेको गीतमा मीना निरौला र शंकर थापाको स्वर रहेको छ। गीतमा गायक शंकरले नै संगीत दिएका छन्। गीतको भिडियोमा मुख्य दुई कलाकार सौगात मल्ल र प्रियङ्का कार्कीको फिचरिङ रहेको…
रुकुमः पश्चिम रुकुमको आठविसकोट नगरपालिका–२ स्यालाखदीकी २४ वर्षीय रमला बोहरा एक महिनाअघि ज्वरो आएपछि उपचारका लागि गाउँको स्वास्थ्य चौकी पुग्दा त्यहाँ उपचार त भएन औषधिसमेत नपाएपछि रत्तो हात घर फर्कन बाध्य भइन्। सोही गाउँकी विरमी बुढाको दुई साताअघि पाँच वर्षकी छोरी बिरामी भएपछि स्वास्थ्यचौकी ल्याउँदा ती बालिकाको न उपचार भयो न त औषधि नै दिइयो। यस्तै समस्या यहाँ थुप्रैले व्यहोरी…
वासिङ्टनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका राजा तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएका कतारका राजा थानी र अमेरिकी राष्ट्रपतिबीच न्यूयोर्कमा भेटवार्ता भएको हो। कतारमा केही महिनायतादेखि उत्पन्न कूटनीतिक तनावका बारेमा भेटवार्ता केन्द्रित भएको बताइएको छ। कतारमाथि पछिल्लो समय उसका छिमेकी देशहरुले नाकाबन्दी लगाएका छन्। उनीहरुले आफ्नो आकासमा कतार एरवेजलाई उड्न पनि…
काठमाडौं: नेपाल भाषाको सर्वाधिक फिल्म 'आ छु या' बन्ने भएको छ। फिल्म नेपाली भाषामा पनि डब हुने बताइएको छ। फिल्मको नेपाली नाम 'मनलाई सोधी हेर' रहनेछ। फिल्मको मङ्गलबार औपचारिक घोषणा गरिएको हो। फिल्मलाई संचारकर्मी समीर बलामीले नेवारीमा निर्देशन गर्दैछन्। नेवारी फिल्मको इतिहासमा सबैभन्दा महँगो बजेटमा निर्माण हुन् लागेको फिल्म युनिटको दाबी छ। युनिटले दिएको जानकारी अनुसार ५० लाख रुपैयाँमा फिल्म…
चितवनः चाडपर्वसँगै काठमाडौँबाट सर्वसाधारण बाहिरिन थालेपछि खपत घट्दा अण्डाको मूल्यमा कमी आएको छ। नेपाल अण्डा उत्पादक सङ्घले दिएको जानकारीअनुसार एक क्रेट (३० वटा) ठूलो अण्डाको फार्मबाट किसानले बिक्री गर्ने मूल्य ३३० रुपैयाँ कायम गरिएको छ। मध्यम आकारको अण्डाको खरिद मूल्य प्रतिक्रेट २७० कायम गरिएको सङ्घका अध्यक्ष शिवराम केसीले जानकारी दिए। खरिद मूल्यमा पाँच रुपैयाँ बढी लिएर बिक्री गर्ने चलन छ।…
पोखरा : पोखराको मुस्ताङचोक स्थित नेपाल वायुसेवा निगमको कार्यालय कम्पाउण्डभित्र फेला परेको सकेट बम नेपाली सेनाले बुधवार बिहान डिस्पोज गरेको छ। कार्यालय कम्पाउण्डभित्र बिहान सकेट बम देखेपछि निगमका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। पोखरा विमानस्थलमा रहेको नेपाली सेना कालिभञ्ज्याङ गणवाट खटिएको सेनाको प्राविधिक टोलीले उक्त बम डिस्पोज गरेको हो। समयमै सकेट बम देखेर सेनालाई खबर गरेका कारण कुनै क्षति हुन…
तेह्रथुम : मंगलबार राति परेको अविरल वर्षापछि जमिन भासिँदा तेह्रथुमको जिरिखिम्ती बजारमा एक घर क्षतिग्रस्त बनेको छ। म्याङलुङ्ग नगरपालिका–९ स्थित जिरिखिम्तीका लोकबहादुर अधिकारीको चार तले घर भत्किँदा ४२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घर भत्किंदा घरमा भएका सामान जस्तापाता, सुनचाँदी, भण्डारण गरेको अलैँचीलगायत पुरिँदा सो बराबरको क्षति भएको हो। घर भत्किए पनि मानवीय क्षति भने हुन पाएन। घर भत्किँदा…
वीरगंजः वीरगंज महानगरपालिका वडा नम्बर(३२ को मतगणना रोकिएको छ। मतगणनाका क्रममा मतपेटिकाभित्र ७ वटा मतपत्र अधकट्टी सहित भेटिएपछि माओवादी केन्द्रले त्यसमा प्रश्न उठाएको थियो। राजनीतिक दलहरुले त्यसलाई प्राविधिक त्रुटी मानेर गणना अघि बढाउने प्रस्ताव गरेपनि माओवादी केन्द्रले त्यसलाई रद्द गर्न माग गरेको थियो। सबै दल एकातिर माओवादी केन्द्र अर्कोतिर भएपछि माओवादी केन्द्रका कार्यकर्ताले गणनास्थल घेरा हालेर नारावाजी गरेका थिए। नाराबाजी…
काठमाडौंः राष्ट्रिय जनता पार्टीले धनुषाबाट विजयी सुरुवात गरेको छ। धुनुषाको हंशपुर नगरपालिकाबाट राजपाले विजयी सुरुवात गरेको हो। हंशपुर नगरपालिकामा प्रमुख र उपप्रमुखमा दुबै पद राजपाले जित हासिल गरेको हो। प्रदेश नम्बर दुईका स्थानीय तहमा यो पहिलो जित हो। हंशपुर नगरपालिकाको प्रमुखमा राजपाका उम्मेदवार रामज्ञान मण्डल ३ हजार ३२० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप यादवले…
काठमाडौंः नेपाल चिकित्सक संघले कसैको उपचारमा लापरवाही भएमा त्यसवापत सम्बन्धित चिकित्सकले नै पीडितलाई क्षतिपूर्ति भराउने गरी सरकारले कानुन निर्माण गर्न लागेको भन्दै विरोधका कार्यक्रम घोषणा गरेको छ। संघको आज बसेको बैठकले निर्णय तत्काल फिर्ता लिन माग गरेको हो। बैठकले सरकारको निर्णयकाविरुद्ध असोज ६ गतेदेखि देशभरका सम्पूर्ण अस्पताल र स्वास्थ्य संस्थाका आकस्मिकबाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ। बैठकले स्वास्थ्यकर्मी तथा…
काठमाडौँः निर्वाचन आयोगले विजया दशमी, दीपावली तथा छठ पर्वका अवसरमा सार्वजनिकरूपमा चियापान तथा भोजभतेरका कार्यक्रम आयोजना नगर्न राजनीतिक दल र दलसँग सम्बन्धित संघसंस्थासँग आग्रह गरेको छ। हिन्दूको महान् चाड निकट आइरहेका सन्दर्भमा राजनीतिक दल तथा दलसँग सम्बन्धित विभिन्न संघसंस्थाले सार्वजनिकरूपमा सार्वजनिक स्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोजभतेरले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न…