नवलपरासीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सबै मिलेर देश विकासमा जुट्नुपर्ने बताएका छन्। एमाले गैँडाकोट नगर कमिटिले बुधबार गैँडाकोटमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सबै मिलेर देशको आर्थिक समृद्धिका लागि उत्पादनमूलक अभियानमा जुट्नुपर्ने बताए। अध्यक्ष ओलीले प्रदेश र केन्द्रमा समेत आफ्नो पार्टी पहिलो हुने दाबी गर्दै देश बनाउने जिम्मा एमालेको भएको बताए।रासस
कपिलवस्तुः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कपिलवस्तुको यशोधरा गाउँपालिकाका दुई कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरेको छ। गाउँपालिका–४ का वडा सचिव अयोध्याप्रसाद विश्वकर्मा र कृषि प्राविधिक सहायक वृजेश चाइले नेपाली नागरिकताको सिफारिस दिँदा स्थानीयसँग सात हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो।रासस
हेटौँडाः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दलहरुले निर्वाचनका बेला गरेका आचारसंहिता उल्लंघनबाट मुलुकमा संकट निम्तिने आशंका व्यक्त गरेका छन्। वडादशैँका अवसरमा राप्रपा मकवानपुरद्वारा बुधबार हेटौँडामा आयोजित कार्यक्रममा अध्यक्ष थापाले हिन्दू धर्मको पुनःस्थापना र संवैधानिक राजसंस्थासहित प्रजातन्त्रका पक्षमा आफ्नो पार्टीको अडान यथावत रहेको बताउँदै त्यसबाट विचलित नहुन पार्टीका कार्यकर्तालाई आग्रह गरे। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य दीपकबहादुर सिंह, मधु अधिकारी…
काठमाडौँ: प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको मतदानपछि सोमबार रातिदेखि नै मतगाणना सुरु भएको छ। निर्वाचन आयोगका अनुसार १३६ मध्ये ८९ स्थानमा मतगणना भइरहेको छ। बाँकी स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) ले जनाएको छ। राजविराज नगरपालिका १५ मा राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले…
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले जुवा खेलिरहेको अवस्थामा छ जनालाई रु दुई लाख २६ हजार ६१५ नगदसहित पक्राउ गरेको छ। पोखरा लेखनाथ महानगरपालिका–१५, टुटुङगास्थित शम्शेर गुरुङको घरमा जुवा खेलिरहेको सुराकीको आधारमा गएको प्रहरी टोलीले वडा नं १६ का बालकृष्ण गुरुङ, ओमबहादुर गुरुङ, इमानसिंह गुरुङ, वडा नं १ बगरका शेरबहादुर गुरुङ, वडा नं १४, चाउथेका यामबहादुर गुरुङ र घरधनी शम्शेर गुरुङलाई…
काठमाडौँ: संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा आज न्युयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री देउवाले सेप्टेम्बर २३ मा महासभाको बैठकलाई सम्वोधन गर्ने कार्यक्रम छ। भ्रमणको अवधिमा प्रधानमन्त्री देउवाले सार्क मुलुकको राष्ट्र प्रमुख तथा प्रधानमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीको भ्रमण टोलीमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, महिला बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका परराष्ट्र…
हेटौँडा: हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४ ख ६११७ नम्बरको ट्रक त्रिभुवन राजपथको सीमभन्ज्याङबाट १० किमी तल झिलगाडी भन्ने स्थानमा दुर्घटना भएको छ। आज बिहान ३ बजे सो स्थानमा राजपथबाट ८०० मिटर तल खसी दुर्घटना हुँदा सो ट्रकका चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनको अहिले सनाखत भई नसकेको र उनको शव हेटौँडातर्फ ल्याइएको प्रहरी नायब उपरीक्षक…
राजविराज: प्रदेश नं २ को तेस्रो चरणको स्थानीय तह निर्वाचन सकिएपछि सप्तरीमा आज बिहानदेखि विभिन्न स्थानीय तहको मतगणना सुरु भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार विहान ९ः०० बजेसम्मको प्रारम्भिक मतगणनामा खडक नगरपालिकामा नेपाली काँग्रेस पहिलो, नेपाल लोकतान्त्रिक फोरम दोस्रो र नेकपा (एमाले) तेस्रो स्थानमा रहेका छन्। कांग्रेसले ११४, नेपाल लोकतान्त्रिक फोरम ६३ र एमालेले ५७ मत प्राप्त गरेको बताइएको छ। यस्तै,…
काठमाडौः पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। सोमवार राति पोखरा लेखनाथ महानगरपालिका १८ सेदी स्थित खपौदीमा प्याराग्लाइडिङ दुर्घटना भएको थियो । पोखरा लेखनाथ महानगरपालिका वडा ६ बस्ने धर्मेन्द्र गिरी र ललितपुर महानगरपालिका वडा ४ टिकाथली बस्ने २१ वर्षकी सुष्मा शर्मा घाइते भएका हुन्। घाइते दुवैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौं : प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको २५ लाख रुपैयाँ बराबरको कपडा बरामत गरेको छ। बस चालकसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपाल भित्रिएको ना २ ख १०२ नम्बरको बस नागढुङ्गामा चेकजाचको क्रममा फल्सबटम बनाएर राखिएको साडी, कुर्ता लगायत बरामत गरेको हो। महानगरी प्रहरी प्रभाग नागढुङगाबाट सई देवबहादुर चन्दको टोलीले अवैध कपडा बरामद गरेको हो।
वसन्तराज उप्रेती - काठमाडौं : दशैंका लागि नियमित उडानको टिकट सकिएपछि वायु सेवा कम्पनीहरुले अतिरिक्त उडान थप्ने भएका छन्। दशैंका लागि काठमाडौंबाट विभिन्न ठाउँमा जाने टिकट अहिले सकिएको छ। वुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, तारा एयर लगायतका आन्तरिक उडान गर्ने कम्पनीहरुले अतिरिक्त उडान थप्ने जनाएका छन्। कम्पनीहरुले यात्रुको चाप भएको ठाउँमा उडान थप्न लागेका हुन्। सडक…
काठमाडौं: जापानको फुकुवका शहरमा भएको १२औं 'सिजि निशिमुरा मात्सुरी फ्रेण्ड्शिप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता'मा नेपालले ४ पदक जितेको छ। पुरुष ४५ केजी तौल समूहका लागि बिकबहादुर थामीले कुमुतेमा स्वर्ण र कातातर्फ एक कास्य पदक जिते। त्यस्तै पुरुष ५० केजी तौल समूहमा नेपालका तर्फबाट पुरुषोत्तम पोखरेलले १ कास्य पदक र महिला ५० केजी तौल समूहमा रिमला राईले एक रजत पदक जितेका हुन्।…
काठमाडौं: गायक सञ्जीव सिंहको ११ औं एकल गीति एल्बम ‘गोरखपुर रेल’ सार्वजनिक भएको छ। स्टेरियो रेकर्डसले सोमबारदेखि उनको नयाँ एल्बम बजारमा उपलब्ध गराएको हो। एल्बममा गायक सञ्जीव सिंहकै शब्द तथा संगीत रहेका पाँचवटा गीत समावेश छन्। एल्बममा गोखरपुर रेल, अन्तिम गीत, कलाकारको बलात्कार, यो हावाले तथा सम्झना आइरह्यो शीर्षकका गीतहरु सुन्न सकिन्छ। सुदीप सिंहद्वारा संगीत संयोजन गरिएका एल्बमका गीतहरु काठमाडौंको…
बेईजिङः चीनको बेइजिङ, तिङजिन र हेवेईमा हिउँदको समयमा वायु प्रदूषणलाई नियन्त्रण गर्न विशेष अभियान चलाइने भएको छ। तियाङजिनको सहरी क्षेत्रमा धेरै प्रदूषण गराउने उद्योगहरूबाट उत्पादन बन्द गराइने भएको छ। स्टील र धातुजन्य पदार्थ बनाउने र कोइला बनाउने उद्योगहरूलाई वायु प्रदूषण नियन्त्रणका लागि बन्द गराउनु परेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन्। हिउँदको बेलामा कोइला बाल्दा ३० प्रतिशत प्रदूषण बढेको तथ्याङ्कले देखाएको…
काठमाडौं : फिल्म ‘अमेरिकन बाबु मेड इन नेपाल’को पोस्टर सार्वजनिक भएको छ। प्रचारक लागि फिल्मले एकसाथ दुई थिम पोस्टर सार्वजनिक गरेको हो। ईश्वर थापा निर्देशित फिल्मको छायांकन अमेरिकामा भएको हो। जसलाई शम्भु मोक्तानले खिचेका हुन्। फिल्मीलार्इ अमेरिका र नेपालमा एकसाथ प्रदर्शनको तयारी गरेको छ। तर फिल्मको रिलिज मिति भने तय भएको छैन। फिल्ममा इशान ढकाल, प्रवेश उप्रेती पल, नन्दिता केसी,…
काठमाडौं : सामाजिक सञ्जालमा उपराष्ट्रपति नन्दबहादुर पुन तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाली बेइज्जती गर्ने धादिङ त्रिपु्रासुन्दरीका आत्मराम थपलियालाई प्रहरीले नेपाल झिकाउने प्रक्रिया अघि बढाएको छ। जर्मनीमा रहेका थपलियाले केही समयदेखि उपराष्ट्रपति पुन तथा प्रचण्ड लगायतका व्यक्तिलाई अपशब्द प्रयोग गर्दै फेसबुकमा गाली गरेका थिए। जर्मनीमा विद्यावारिधिका क्रममा रहेका थपलियाले सामाजिक सञ्जालमा मनपरी लेख्न थालेपछि उनलाई प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको थियो।…
ओस्लोः आइसल्याण्डमा आगामी अक्टोबर २८ मा संसदीय निर्वाचन हुने भएको छ। आइसल्याण्डका राष्ट्रपति गुडनी जोहान्नेसनले संसदीय निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्तावलाई स्वीकार गरेका हुन्। पछिल्ला केही दिनमा राष्ट्रपतिले प्रधानमन्त्री बजर्नी बेनेडिक्टसनसँग निर्वाचनका बारेमा छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्रीले अल्पमतको सरकार बनाउने चाहना व्यक्त गरेका थिए भने उनले त्यसलाई सम्भावना नभएको बताएका थिए। त्यसपछि तत्काल संसद विघटन गर्ने प्रधानमन्त्रीले प्रस्ताव गरेपनि…
काठमाडौँ : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले आगामी मंसिरमा हुने प्रादेशिक र केन्द्रीय चुनावका लागि उम्मेदवार छनोट गर्न सम्बन्धित जिल्लालाई निर्देशन दिएको छ। सम्बन्धित क्षेत्र तथा भूगोलमा पार्टीका लागि निष्ठावान् भई गरेको योगदान, स्थानीय क्षेत्रमा लोकप्रियता कायम गरेका व्यक्तिलाई उम्मेदवार छनोट गरी असोज १९ गतेभित्र केन्द्रमा नाम पठाउन सबै जिल्ला समितिलाई निर्देशन दिइएको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए। केन्द्रले…
रुपन्देहीः रुपन्देहीमा एचआइभी संक्रमणबाट करिब दुई सय जनाको मृत्यु भएको छ। एक हजार सात जना एचआईभी संक्रमितमध्ये १ सय ९४ जनाको मृत्यु भइसकेको एएचएफले जनाएको। सन् २००८ देखि हालसम्म एएचएफले स्थापना गरेको सर्भिस युनिटबाट २ सय ८६ जनाको एचआईभी परीक्षण गरिएको छ। संक्रमितलार्इ मध्यनजर गर्दै लुम्बिनी अञ्चल अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा एआरटी सेवा सञ्चालन गरिएको छ। हाल ३…
पर्साः पर्साको पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ। वडा अध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित पाँचै जना विजयी भएका हाे। अन्सारीले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुलमान मियाँ दर्जीलाई १८५ मतको अन्तरले पराजित गरेका पटेर्वासुगौली गाउँपालिकाका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जनाकारी दिए। अन्सारीले ४९० र दर्जीले ३०५ मत प्राप्त गरेका छन्। पटेर्वासुगौली गाउँपालिका वडा नं २ को…