काठमाडौं: सांगीतिक ब्यान्ड नेपथ्यको आगामी कन्सर्ट दक्षिण कोरियाली राजधानी सउलमा हुने भएको छ। असोज १८ गते बुधाबार (४ अक्टोबर)मा ओलम्पिक पार्कमा उनीहरुले प्रस्तुती दिने भएका हुन्। सउलमा हुने नेपथ्यको यो पाँचौ कन्सर्ट हो। कोरियाको सबैभन्दा ठूलो पर्व ‘चुसोक’को अवसरमा त्यहाँ रहेको ‘कास्की परिवार’ले नेपथ्यको कन्सर्ट आयोजना गरेको हो। कृषिमा आधारित यो पर्वमा तीन दिन सार्वजनिक विदा हुने गरेको छ। नेपालस्थित…
काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझ माथि उकास्नका लागि ध्यान दिन सरकार, विद्यालय तथा अभिभावकलाई आग्रह गरेकी छन्। कालीमाटी टंकेश्वरस्थित नीलबाराही माविको हीरक महोत्सव तथा नवनिर्मित विद्यालयको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर माथि उठेमा मात्र समग्र देशको शिक्षाको स्तर माथि उठ्ने बताइन्। उनले समुदाय मिलेर शैक्षिक उन्नयनका क्षेत्रमा काम गरेमा राम्रो प्रतिफल पाउन सकिने…
काठमाडौं : नेपालले अन्तर्राष्ट्रिय हवाई उड्डयनले उपयोग गर्दै आएको एकमात्र हवाईमार्ग ‘एयर रुट तथा इन्ट्री प्वाइन्ट’मा थप विस्तार हुने भएको छ। त्यसका लागि विराटनगर वा जनकपुर, नेपालगञ्ज र महेन्द्रनगरबाट हवाईमार्ग प्रवेश विन्दु गर्न भारतसँग द्विपक्षीय वार्ता भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। हाल सिमराको हवाईमार्गबाट मात्र अन्तर्राष्ट्रिय विमान नेपाल भित्रने गरेका छन्। पर्यटनमन्त्री जितेन्द्रनारायण देवले हालै पत्रकार सम्मेलन…
रमेश लम्साल काठमाडौँः राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको भौतिक प्रगति ९० प्रतिशत भन्दामाथि पुगेको छ। सरकारले आयोजनाका लागि सहयोग उपलब्ध गराउँदै तोकिएको समय पहिले पूरा गरे पुरस्कारको समेत व्यवस्था गरेपछि निर्माणले गति लिएको हो । कुल ४५६ मेगावाट क्षमताको आयोजनाको सबैभन्दा अप्ठ्यारो मध्येको एक ठाडो सुरुङ (भटिर्कल साफ्ट टनेल) ब्रेक थ्रु भएपछि भौतिक प्रगति ९० प्रतिशतमाथि पुगेको आयोजना…
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीको अवस्था सुधार्न सबैले मेहनत गर्नु पर्ने बताए। गोरखा–काठमाडौं संघीय जनसम्पर्क मञ्चले आयोजना गरेको दशैँ, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रममा श्रेष्ठले अबको अर्जुनदृष्टि जसरी पनि प्रदेश र प्रतिनिधि सभा चुनाव जित्ने हुनुपर्ने भने। अबकाे चुनाव माओवादीले जित्न नसके जनताको मनोबल खस्ने र परिवर्तनका एजेण्डा धरापमा पर्ने…
काठमाडौः प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा सप्तरीको राजविराज नगरपालिकाबाहेक सबै स्थानीय तहमा मतगणना भइरहेको छ। निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरण अनुसार, १३६ स्थानीय तहमध्ये १३५ वटा स्थानीय तहको मतगणना जारी छ। राजविराज नगरपालिकाको वडा नम्बर १५ का राष्ट्रिय…
पर्वत : हिमालपारिको जिल्ला मुस्ताङबाट ट्रकमा ल्याएकाे भेडा च्याङ्ग्रा बाटोमै मरेपछि व्यापारीलार्इ १० लाख नोक्सान भएकाे छ। दशैँ तिहारका लागि पोखरा लैजाँदा करिब ६० भेडा च्याङ्ग्रा बाटोमा मरेकाे हो। पोखराका व्यापारी प्रवीण अधिकारीले ल्याएका च्याङ्ग्रा ट्रकभित्र जबर्जस्ती कोचिएका कारण मरेका हुन्। अधिकारीले २२ लाख रुपैयाँमा एक सय ३० वटा भेडा च्याङ्ग्रा ल्याएका थिए। उनले पाँच दिन लगाएर उपल्लो मुस्ताङबाट भेडा…
तनहुँः तनहुँको मादीसेती नदीको संगमस्थल नजिकै आज दिउँसो पौडी खेल्न गएका एक बालक बगाएर बेपत्ता भएका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ । नदीले बगाएर बागलुङ घर भई हाल व्यास–३ स्थित महर्षि वेदव्यास संस्कृत मावि कक्षा ९ मा अध्ययनरत १४ वर्षीय चिरञ्जीवी पौडेल बेपत्ता भएका हुन्। पौडी खेल्न गएका नवलपरासी डण्डा घर भई हाल सोही विद्यालयमा कक्षा १०…
काठमाडौं : स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का आठ जिल्लामा सोमवार सम्पन्न १ सय ३६ स्थानीय तहमध्ये राजविराजबाहेक सबैतिर मतगणना जारी छ। पहिलोपोस्टलाई प्राप्त जानकारी अनुसार मतगणना भएको स्थानमा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ। नेकपा एमालेले कांग्रेसलाई पछ्याएको छ भने माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी पनि कडा प्रतिस्पर्धा गरिरहेका छन्। नेपाली कांग्रेसले १८ स्थानमा अग्रता…
बेइजिङः चिनियाँ राष्ट्रपति सि चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार बिहान टेलिफोन वार्ता भएको छ। यस वार्तामा ट्रम्पको चीन भ्रमणका विषयमा कुराकानी भएको बताएको छ। राष्ट्रपति ट्रम्पले यसै वर्षको अन्त्यतिर चीन भ्रमण गर्दैछन्। अमेरिकी राष्ट्रपतिको चीन भ्रमण, पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा सिर्जना भएको तनावका साथै समसामयिक विश्व राजनीतिका बारेमा उनीहरु बीच फोनवार्ता भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जानकारी दिएको…
कोलोम्बोः श्रीलङ्काली पूर्वसैनिक प्रमुख एवम् हालका क्षेत्रीय विकाससम्बन्धी मन्त्री शरथ फोँसेकाले संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाने भिसा पाएनन्। उनी संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा सहभागिताका लागि अमेरिका जान लागेका थिए। श्रीलङ्काली प्रतिनिधिमण्डलमा उनी पनि एकजना सदस्य थिए। तर सबैजना सदस्यले भिसा पाए पनि उनलाई भने अमेरिकाले भिसा दिएन।उनी सन् २००९ मा श्रीलङ्काली विद्रोही समूह, तामिल टाइगरविरुद्धको कारबाहीका समयमा…
काठमाडौं : डाक्टर गोविन्द केसीले नेपाल आयल निगमका प्रवन्ध निर्देशक गोपाल खड्का, साझा प्रकाशनका अध्यक्ष डोलेन्द्र प्रसाद शर्मा र काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डिन राजेन्द्र कोजुलाई तत्काल छानविन गरी कारवाही गर्नुपर्ने माग राखेका छन्। केसीले असोज २० गतेसम्म सरकारले माग पूरा नगरे फेरि सत्याग्रह सुरु गर्ने बताए। मेडिकल शिक्षामा देखिएको विकृती र देशको विविध क्षेत्रमा भएका भ्रष्टाचारका कारण…
पोखराः नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आज दिउँसो पोखरामा एउटा सरकारी गाडी तोडफोड गरेका छन्। पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ८ जनप्रिय स्कुल नजिक रत्नचोकमा रोकी राखिएको बा १ झ ९६२२ नम्बरको सरकारी गाडी नेकपाका कार्यकर्ताले तोडफोड गरेका हुन्। नेपाल कम्युनिष्ट पार्टी कास्कीले आफ्ना पार्टीका जिल्ला सेक्रेटरी नन्दप्रसाद तिवारी “जगन”, लगायत पाँच जना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरी प्रहरीले विष्फोटक पदार्थ…
इटहरीः नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधानको सफल कार्यान्वयनका लागि स्थानीय तहको सहज निर्वाचनले सकारात्मक सन्देश दिएको बताएका छन्। सुनसरीको इटहरीमा आयोजित प्रदेश नं १ का पर्यटन व्यवसायीको एकदिने भेला उद्घाटन गर्दै नेता नेपालले संविधान संशोधन र परिमार्जनका एकल नारा उराल्दै आएका राजनीतिक दल एवं शक्तिलाई नेपाली जनताले जनमतद्वारा ती आन्दोलन गलत थिए भन्ने गतिलो सन्देश दिएको बताए।…
काठमाडौं : व्यवस्थापिका संसदले मुलुकी देवानी कार्यविधि संहितामा समावेश गरिएको सम्पत्तिमा इच्छापत्र दिने व्यवस्था हटाएर पुन: संसदमा पेश गर्न विधायन समितिलाई निर्देशन दिएको छ। संसदले आज समितिलाई सम्पत्तिमा इच्छापत्रको व्यवस्था हटाएर गरेर ल्याउन निर्देशन दिएको हो। व्यवस्थापिका–संसद्मा विचाराधीन मुलुकी ऐन, २०२० लाई प्रतिस्थापन गर्न बनेको देवानी कानुनको संशोधन र एकीकरण गर्न बनेको विधेयकले बाबुआमाबाट अंश पाउने हकलाई प्रतिस्थापन गरी इच्छापत्रमा…
काठमाडौंः कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले सम्हालेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औं महासभामा भाग आज अमेरिकाको न्यूयोक प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री गच्छदारले सम्हाल्ने गरी तोक्नु भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल…
काठमाडौं: ट्राफिक चेतनाका लागि कार्यक्रम 'राइडर्स टू गाइडर्स' सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि रहेका डिआइजी सर्वेन्द्र खनालले काठमाडौंको ट्राफिक र ट्राफिक प्रहरीको समस्या बारे बोले। उनले सवारी चालकले हरेक ट्राफिक प्रहरीलाई गलत सोच्नु ठिक नभएको बताए। सनराइज युनेस्को क्लबद्वारा आयोजित ट्राफिक सचेतना कार्यक्रममा खनालले भने,'८ घण्टा धुलो, धुवाँ र अस्तव्यस्तताबिच उभिएर हात हल्लाउँदै बस्नु सजिलो काम होइन। फेरी हरेक दिन…
काठमाडौँ: हार्दिक पाण्ड्याको उत्कृष्ट प्रदर्शनीले भारतले पाहुना टोली अष्ट्रेलियामाथि २६ रनको जित दर्ता गरेको छ। जितसँगै भारतले पाँच एक दिवसीय श्रृखलामा एक शून्यको अग्रता कायम गरेको छ। वर्षाले पटक–पटक अवरुद्ध भएको खेलमा डकवर्थ लुइस नियम अनुसार अष्ट्रेलियाले २१ ओभरमा १६४ रनको लक्ष्य पाएको थियो। तर, अष्ट्रेलियाले १३७ रनमात्र जोड्न सक्यो। अष्ट्रेलियाका लागि तीन व्याट्सम्यान बाहेक अन्यले दोहोरो अंक छुन सकेनन्। …
धनुषा: पूर्व गृहमन्त्री विमलेन्द्र निधिले धनुषाको राजेश्वर निधि उच्च मावि केन्द्रबाट मतदान गरेका छन्। बिहान ८ बजे निधिले मतदान गरेका हुन्। नगराइन नगरपालिकाका लागि निधिले मतदान गरेका हुन्। मतदानपछि उनले लामो समयपछि स्थानीय चुनामा मतदान गर्न पाउँदा खुसी भएको बताए। उनले मधेसी जनता पनि खुसी रहेका बताए। उनले भने ‘लामो समयपछि मतदान गर्न पाएँ, खुसी छु। मधेसी जनता खुसी छन्।’ २०…
काठमाडौँ: स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि भएको निर्वाचनअन्तर्गत आज बिहान ७ः०० बजेदेखि मतदान सुरु भएको छ। प्रदेश नं २ मा १ महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा यो निर्वाचन भएको हो। मतदानका लागि निकै उत्साहका साथ मतदाता बिहान सबेरै मतदान केन्द्रमा पुगेको…