राजविराजः नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मधेशको मुद्दा सम्बाेधन गर्न राज्य पुनः संरचना आयोगले प्रस्ताव गरेको मोडेल अनुसार प्रदेशको सीमांकन गर्नुपर्ने बताएका छन्। राजविराजमा संचारकर्मीसँग कुरा गर्दै भट्टराईले मधेशको राजनीतिलाई स्थापित गर्नका लागि आर्थिक विकास र समृद्धिको एजेण्डालाई पनि सँगै लैजानुपर्ने बताए। उनले नयाँ शक्ति पार्टीले तराई मधेशका सबै समस्याको समाधान गरी हिमाल, पहाड, तराई, मधेशलाई जोड्ने राष्ट्रिय…
काठमाडौंः स्थानीय तह निर्वाचनअन्तर्गत तेस्रो चरणमा प्रदेश नम्बर दुईमा असोज दुई गते हुने निर्वाचनका लागि भदौ ३० गते मध्यराति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुनेछ। मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेदवार, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, आममतदाता तथा सञ्चारमाध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन पाइने छैन। निर्वाचन आचारसंहिता, २०७२ र…
काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले मधेशका माग सम्बोधन गर्नको लागि आफ्नो पार्टी सरकारमा गएको स्पष्ट पारेका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले भने,‘पार्टी एकिकरणपछि स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन भयो। यसमा राप्रपाको कमजोर स्थान रह्यो। यसले हाम्रो एकीकरणलाई नेपाली जनताले रुचाएनन्। त्यसैले पार्टी अलग गरी बृहत एकताको आह्वानमा जुटेका…
नारायण अधिकारी चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा बिग्रिएरभन्दा पनि चालकको लापरबाहीले गर्दा धेरै समय जाम हुने गरेको छ। बीच बाटोमा गाडी रोकिँदा यात्रुले लाममा बसेर यात्रा गर्न बाध्य हुनु परेको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाले राम्रो नबनाए र प्रहरीले जाम नहटाए यो सडकखण्ड सहज बन्न नसक्ने देखिन्छ। चालकले सावधानी अपनाउन नसक्दा र नियमको पालना नगर्दा बढी मात्रामा जाम हुने गरेको हो। पहिरो र सडकका खाल्टाखुल्टीका…
रमेश लम्साल काठमाडौं : एउटा मान्छे बदलिँदा सरकारी संस्थान सफलताको दिशामा जाँदो रहेछ भन्ने पुष्टि गरेको छ नेपाल विद्युत् प्राधिकरणले। सरकारले गत वर्ष आजैका दिन प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्यो। उनी कार्यकारी निर्देशकमा नियुक्त हुनु अगाडि प्राधिकरणले हिउँदमा सात घण्टा दैनिक विद्युतभार कटौती हुने प्रक्षेपण गरेका थिए। प्राधिकरणको आर्थिक अवस्था दुरुहपूर्ण अवस्थामा थियो। सञ्चित घाटा बढ्दै गएको थियो। सञ्चालन…
काठमाडौँ : नेपाली कांग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा अत्यधिक ठाउँमा विजय हासिल गरी पहिलो दल बन्ने दाबी गरेको छ। असोज २ गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको तयारीका बारेमा जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले कम्तीमा एक सय तहमा जित्ने दाबी गरेको छ। असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा स्थानीय निर्वाचन…
बैंकक : थाइल्याण्डको दक्षिणी भू–भागमा सैनिकको गस्ती टोलीलाई लक्षित गरी संदिग्ध विद्रोहीले आक्रमण गरेका छन्। बिहीबार बिहान भएको आक्रमणमा एक सैनिकको मृत्यु भएको छ। त्यसैगरी आक्रमणमा परी अन्य २० सैनिक घाइते भएका अधिकारीले जानकारी दिएका छन्। मेलेसियाको सीमा क्षेत्रमा पर्ने यस मुस्लिम क्षेत्रमा जातीयरुपमा मलाय विद्रोहीले एक दशकभन्दा बढी समयदेखि बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको क्षेत्रमा हिंसा मच्चाउँदै आएका छन्। उनीहरुले नै सेनाको…
भारतः पश्चिमी भारतीय राज्य गुजरातमा जापानको सहयोगमा द्रुत गतिको रेल सेवा सञ्चालन हुने भएको छ। जापानी प्रधानमन्त्री सिन्जो आबेको भारत भ्रमणको क्रममा यो रेल सेवाको सुरुवातको सहमति भएको छ। ‘बुलेट ट्रेन’ सेवा भारतीय राज्य गुजरातको अहमदाबादबाट भारतको आर्थिक राजधानी मानिने मुम्बाइसम्म चल्ने बताइएको छ। पाँच सय किलोमिटर लामो दुरीमा सञ्चालन हुने यो रेल सेवा जापानको १७ अर्ब अमेरिकी डलर बराबरको…
काठमाडौं : प्रहरीले वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०६७ असार ६ गतेको फैसलाबाट चार वर्ष ६ महिना कैद र चार लाख पचास हजार रुपैयाँ जरिवाना ठहर भएका काठमाडौं महानगरपालिका वडा नम्बर एक नक्सालका प्रेममान डंगोललाई प्रहरीले पक्राउ गरेको हो। डंगोललाई नेपाल प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरोको टोलीले सुनधाराबाट पक्राउ गरेको हो। उनले सिन्धुलीको कमलामाई…
काठमाडौः प्रहरीले बस टिकट कालोबजारी गरी विक्रि गर्ने २२ जना बिचैलियालाई पक्राउ गरेको छ। राजधानीका विभिन्न स्थानमा कालोबजारी गरी टिकट विक्रि गरिरहेको बेला उनीहरुलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी सर्वोन्द्र खनालले जानकारी दिए। मंगलवार बिहानबाट दशैंका लागि लामो दुरीमा चल्ने सवारीको टिकट बुकिङ खुलेको हो। बिचौलियाले सेवाग्रहीलाई ठगी गरी टिकट बिक्रि गर्ने आशंकमा सादा पोसाकमा प्रहरी खटाइएको…
काठमाडौँ : नेकपा एमालेले सप्तरीको सप्तकोशी नगरपालिका वडा नं ४ का आफ्ना महिला सदस्यका उम्मेदवार कुमारीदेवी सदालाई गएराति कुटपिट गरिएको भन्दै आपत्ति जनाएको छ। कुटपिटमा संलग्न रोशन लेखी, नसिब लेखी र कौशल लेखीलाई राति नै प्रहरीले पक्राउ गरेको भएपनि छाड्नका निम्ति दबाब दिइरहेको जिकिर गर्दै पार्टीले उनीहरुमाथि कारवाहीको माग गरेको छ। पार्टी स्थायी कमिटीका सदस्य तथा प्रदेश नं २ का संयोजक…
प्रकाश सिलवाल काठमाडौँ : केन्द्रीय तथ्यांक विभागले सबै प्रकारका आर्थिक क्रियाकलापको विवरण राख्न पहिलो पटक राष्ट्रिय आर्थिक गणना सुरु गरेको छ। सानादेखि ठूला आर्थिक तथा व्यावसायिक एकाइ, गतिविधि र संस्थाको विवरण संकलनका लागि विभागले नेपाल तथ्यांकीय व्यावसायिक रजिष्ट्रार र तथ्यांकीय फ्रेमवर्क तयार गरी सबै जिल्लामा नमूना सर्भेक्षण तथा पूर्वपरीक्षण पूरा गरेको छ। हालसम्म प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना तथा कृषि र…
काठमाडौँ : युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले खेलाडीले विश्वमा नेपाललाई चिनाउने काम गरेका बताएका छन्। क्यानडामा हुने सातौँ कराते डु गोजु काई ग्लोबल च्याम्पियनमा भाग लिन जाने खेलाडी, प्रशिक्षक तथा अधिकृतको बिदाइ कार्यक्रममा मन्त्री केसीले देशका लागि खेल्ने खेलाडीलाई सरकारले पर्याप्त सहयोग गर्न नसकेको बताए। उनले भने,‘धेरैले खेलाडीले कम स्रोतसाधनका बाबजुद विदेशमा गएर राम्रो सफलता हासिल गरेका छन्, यो देशका लागि…
विवादका कारण चर्चामा रहेकी बलिउड हिरोइन कंगना रनावतको फिल्म सिमरन पनि नराम्ररी सेन्सरमा परेको छ। बलिउडमा सेन्सरविरुद्ध अभियान चलिरहेकै समय उनको फिल्ममा कैची चलेको हो। बलिउडमा कंगनाको चर्चा विशेषगरी हृतीक रोशन र आदित्य पञ्चोलीसँगको सम्बन्धका कारण हुँदै आए पनि अब फिल्मले पनि उनलाई बहसमा ल्याएको हो। डिक्कन क्रोनिकललाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएअनुसार उनको फिल्म सिमरनको १० ठाउँमा सेन्सरको कैची…
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारीसाधन प्रयोगमा प्रोत्साहन हुने गरी देशका प्रमुख राजमार्गमा चार्जिङ स्टेसन राख्ने भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफु नियुक्त भएको एक वर्ष पुगेको अवसरमा उक्त योजना सार्वजनिक गरेका हुन्। लोडसेडिङको समस्या अन्त्य भइसकेको हुँदा अबको ध्यान बिजुली उत्पादन र खपतमा लगाउने घिसिङले बताए। बिजुली खपत बढ्ने र आयातित डिजेल पेट्रोलको उपयोग घट्ने हुँदा…
काठमाडौँ : निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोक्ने सम्बन्धमा राजनीतिक दलसँग परामर्श गरेको छ। परामर्शमा आयोगका तर्फबाट पहिलो निर्वाचित हुने प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक जना उम्मेदवारले अधिकतम १४ लाख ४१ हजार ५०० सम्म खर्च गर्न पाउने प्रस्ताव अघि सारेको छ। मतदाता नामावली खरिद एक…
रोल्पा : मासुजन्य उत्पादनमा रोल्पा आत्मनिर्भर भएको छ। तर दूध र अण्डा उत्पादन भने अपुग देखिएको छ। जिल्ला पशु सेवा कार्यालयका अनुसार वर्षेनी ३३ लाख १७ हजार किलो मासु उत्पादन हुँदै आएको छ। औसत राष्ट्रिय आवश्यकताअनुसार प्रतिव्यक्ति १४ किलो मासु आवश्यकता पर्नेमा जिल्लामा औसत १५ किलो मासु उत्पादन भइरहेको छ। कुखुरा, राँगा, बंगुर र खसीबाट उत्पादित मासु जिल्लामा खपत भई बढी…
काठमाडौं : निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ। मतदाता परिचयपत्र लिन भरसक आफै मतदान केन्द्रमा पुग्न आयोगले मतदातालाई आग्रह गरेको छ। आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सही रुपमा मत संकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था पनि…
दक्षिण कोरियाको साउथ–इष्ट पावर कम्पनीले प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमा एक करोड दुई लाख ५७ हजार ८७१ सहयोग गरेको छ। उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई आज परारष्ट्रमन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले उक्त रकम हस्तान्तरण गरेका हुन्। उक्त रकम महराले प्रधानमन्त्री कार्यालयका सचिव शङ्करप्रसाद अधिकरीलाई हस्तान्तरण गरेका छन्। महराले कोरिया साउथ–इष्ट पावर कम्पनीले बाढिपीडितका लागि…
ललितपुर : सुरक्षित, व्यवस्थित र नियमित आप्रवासका लागि विश्वव्यापी सहकार्य (जिसिएम)को खाकाको सम्बन्धमा ‘कोलम्बो प्रोसेस’मा आबद्ध एसियाका १२ राष्ट्रको साझा धारणा तयार गर्ने विषयमा केन्द्रीत रही ती देशका प्रतिनिधि सहितको परामर्श बैठक आजदेखि ललितपुरमा सुरु भएको छ। श्रम तथा रोजगार मन्त्रालयको आयोजना तथा अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) र विकास तथा सहायताका लागि स्विस एजेन्सी (एसडिसी)को सहयोगमा सुरु भएको बैठकको श्रम…