कोलोम्बोः श्रीलङ्काको प्रहरीले गोहीको आक्रमणबाट मारिएका बेलायती पत्रकारको शव फेला पारेको छ। राजधानी कोलोम्बोबाट ३६० किलोमिटर पूर्वमा पर्ने तटीय सहर पानामामा बेलायती पत्रकार पाउल म्याक्लिनको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले एएफपीलाई दिएको जानकारी अनुसार पत्रकार पाउल म्याक्लिनको खुट्टामा पाँच÷छ ठाउँमा चोट लागेको थियो। गोहीले बिहीबार अपराह्न नै म्याक्लिनलाई आक्रमण गरी मारेको तर उनको शव शुक्रबार मात्र फेला परेको…
बाग्दाद : इराकको दक्षिणी प्रान्तमा भएकाे कार बम आक्रमण र गोली प्रहारमा पर्दा कम्तीमा ८३ जनाको मृत्यु भएको छ भने कम्तीमा ९३ जना घाइते भएका छन्। घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक रहेको प्रान्तीय स्वास्थ्य विभागका प्रमुख जसिम अल खालेदीले बताएका छन्। इराकको राजधानी बग्दादबाट ३७५ किलोमिटर दक्षिणमा पर्ने नस्रियाहको पश्चिमी क्षेत्र फदाकमा रहेको रेष्टुरेन्ट र त्यसको वरपर कारबम आक्रमण भएको जनाइएको छ। …
काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको नीति निर्माण तहमा समान सहभागितासँगै आर्थिक सशक्तीकरणमा जोड दिएकी छन्। पत्रकार मञ्जु कार्कीद्वारा निर्माण गरिएको ‘नेपाली महिलाको संघर्ष र सफलता’ नामक वृत्तचित्र सार्वजनिक कार्यक्रममा राष्ट्रपति भण्डारीले महिला अगाडि बढ्नका लागि आर्थिक पाटो सबैभन्दा बलियो हुनुपर्ने बताइन्। राष्ट्रपति भण्डारीले छोरा र छोरीबीच कत्ति पनि विभेद नगरी समान शिक्षा र व्यवहार गर्नसमेत अपिल गरिन्। विभिन्न चरणमा भएका…
लहान : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले २ नं प्रदेशमा पनि आफ्नो पार्टीलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताएका छन्। सिरहाको धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले कांग्रेस, माओवादी केन्द्रलगायतका दलले जतिसुकै बल गरे पनि एमालेलाई २ नं प्रदेशमा पनि एक नम्बर पार्टी बन्नबाट रोक्न नसक्ने बताए। महासचिव पोखरेलले पहिलो र दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनमा…
प्रकाश सिलवाल काठमाडौँ : अबको ५० वर्षको शिक्षाको खाका कोर्ने लक्ष्यका साथ उच्चस्तरीय शिक्षा आयोगले शुक्रबारदेखि काम सुरु गरेको छ। मागीखाने नभई गरिखाने शिक्षाको गन्तव्य तयार गर्न विश्वका विकसित मुलुकका अनुभवसमेतलाई समेटेर विषयगत र तहगत आधारमा विज्ञ एवं सरोकार भएकाको सुझाव समेटेर प्रतिवेदन बनाउने आयोगले तय गरेको छ। शिक्षा मन्त्रालयमा बसेको पहिलो बैठकले ती प्राथमिकता तय गरेको हो। भदौ १९ गतेको मन्त्रिपरिष…
किरण भट्टराई काठमाडौँ : वैदेशिक रोजगारीका सिलसिलामा कुवेत गएपछि पाँच वर्षदेखि सम्पर्कविहीन सिन्धुपाल्चोककी डोल्मा तामाङ नेपाल आइपुगेकी छन्। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका, कुभिण्डेकी डोल्मा २०६८ मा कुवेत गएकामा पाँच वर्षदेखि परिवारको सम्पर्कमा थिइनन्। उनी परिवारको सम्पर्कमा नआएकोबारे भदौ २१ गते विभिन्न सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका थिए। स्थानीय दलालले राम्रो काम र पैसा पाउने प्रलोभन देखाउँदै उनलाई कुवेत पुर्याएको थियो। डोल्मा आज…
बेरुत : नयाँ युवराज मोहम्मद विन सलमानको विरुद्ध आवाज उठाउनेलाई साउदी अरेबियाले धरपकड गर्न थालेको छ। गत सातामात्र १६ जनालाई यसरी समातिएको जनाइएको छ। समातिनेमा धर्मगुरु, प्राज्ञिक व्यक्तित्व, कवि, अर्थशास्त्रीमात्र होइन पूर्व राजाका छोरासमेत परेका छन्। समातिएकामध्ये कतिपयलाई उनीहरुलाई घरबाटै कुनै जानकारी नदिइ सुरक्षा निकायले लिएर गएको छ। सँगै उनीहरुका कम्प्युटर, मोबाइल फोन र निजी कागजपत्रसमेत जफत गरिएको समातिएका मानिसका…
बर्दिवास : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिको नेतृत्व आफ्नो पार्टीको इच्छा रहेको बताएका छन् । महोत्तरीको बर्दिवासमा एमाले बर्दिवास नगर कमिटीले शुक्रबार साँझ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समृद्धिको नेतृत्व एमालेबाहेक अरू कसैले गर्न नसक्ने ठोकुवा गरे। उनले विकासका नयाँ योजना बनाउन फेरि एमाले नै सरकारमा पुग्नुपर्ने बताए। एक वर्षअघि आफू प्रधानमन्त्री छँदा बजेट नै विनियोजन…
काठमाडौँ : निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका विनोदप्रसाद जैसवाल र नेकपा एमालेका कृष्ण पौडेलसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ। प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा आगामी असोज २ गते तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीतका कार्य भएको अनुगमनका क्रममा भेटिएपछि आयोगले ती दुवै पार्टीका उम्मेदवारसँग २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो। …
काठमाडौँ : निर्वाचन आयोगले तेस्रो चरणको स्थानीय तह निर्वाचन हुने प्रदेश नं २ का जिल्लामा असोज २ गते हुने निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीलाई उपस्थित नभइदिन आग्रह गरेको छ। मतदानमा आफ्नो मताधिकार प्रयोग गर्न सम्बन्धित जिल्लामा रहनुपर्ने मन्त्रीबाहेक अन्य मन्त्रीको उपस्थितिले निर्वाचनमा स्वच्छता, निष्पक्षता र स्वतन्त्रतामा आँच पुग्न सक्ने जनाउँदै आयोगले मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीलाई निर्वाचन हुने जिल्लामा…
काठमाडौँ : सर्वोच्च अदालतमा केन्द्र र प्रदेशको निर्वाचनमा ३ प्रतिशत मत नल्याउने पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता नदिने गरी ल्याइएको प्रावधान संविधानविपरीत भएको दाबी गर्दै रिट दायर गरिएको छ। राष्ट्रिय एकता मञ्चका अध्यक्ष विजेन्द्रलाल जोशीद्वारा दायर गरिएको रिट निवेदनमा कानुनमा भएको तीन प्रतिशत थ्रेसहोल्डको प्रावधान संविधानविपरीत भएको ठहर गरी सो व्यवस्थालाई खारेज गर्न माग गरिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को…
पोखरा : कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले कानुनको अभावमा कुनै निर्वाचन नरोकिने बताएका छन्। रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनको शुक्रबार लेखनाथमा उद्घाटन गर्दै मन्त्री थापाले निर्वाचनसम्बन्धी धेरै कानून बनिसकेका र बाँकी रहेका कानुन पनि निर्माणको प्रक्रियामा रहेको जानकारी दिए। यो वर्ष निर्वाचन र कानुन निर्माणको वर्ष भएको उल्लेख गर्दै मन्त्री थापाले…
काठमाडौँ : प्रधानसेनापति राजेन्द्र क्षत्रीले जङ्गी अड्डा परिसरमा इपिडियम सेन्थेटिक रबर ट्रयाक र प्यारापिटसहित पुनर्निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको खेल मैदानको शुक्रबार उद्घाटन गरेका छन्। खेल मैदानको खेल्ने भाग १०५ मिटर/६८ मिटर रहेको छ । इपिडियम सेन्थेटिक रबर प्रयोग गरिएको आठलेन भएको एथलेटिक्स ट्रयाकमा १०० मिटर दौड र ११० मिटर हडल्सका लागि थप २ लेन रहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको फुटबल, एथलेटिक्स, हाइजम्प,…
साविक विजेता रियल मड्रिडले युरोपेली याम्पियन्स लिगमा विजयी शुरुवात गर्दा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका छन्। समूह एचअन्तर्तगत गएराती भएको खेलमा स्पेनी क्लब रियलले एपोएल निकोसियालाई ३-० ले हरायो। रियलका लागि कप्तान सर्गियो रामोसले अर्को गोल थपे। यस्तै इंगलिस क्लबद्वय म्यानचेष्टर सिटी र टोटनहम हट्सपरले पनि च्याम्पियन्स लिगमा शानदार जित हासिल गर्दा लिभरपुल भने बराबरीमा रोकिएको छ। समूह एचकै अर्को…
काठमाडौं : एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले अहिले सिंगापुरसँग खेलिरहेको छ। ओमानमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ। नेपालले टस हारेको यो तेस्रो पटक हो। नेपालले यसअघिका दुवै खेलमा सहज जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। सिंगापुर पनि सेमिफाइनल पुगिसकेको छ। आजको खेलमा विजयी हुने टिम समूह विजेता बन्नेछ। यो समाचार तयार…
दोलखा : दोलखाका सरकारी र निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे्का छन्। भाइरल ज्वरोले महामारीको रुप लिएको छ। भाइरल ज्वरोले बूढाबूढी, ससाना केटाकेटीलाई निकै असर पारिरहेको स्वास्थ्य संस्थाले जनाएका छन्। सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै दिनहुँ ५०, अरु स्वास्थ्य संस्थाको तथ्याँक हेर्दा करिब १०० को हाराहारीमा दैनिक उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेका छन्। प्राथमिक स्वास्थ्य…
इन्डिपेन्डेन्स कपको दोस्रो टी-२० खेलमा विश्व-११ ले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ। जितपछि विश्व-११ ले ३ खेलको सिरिजमा १-१ को बराबरीसमेत गरेको छ। १७५ रनको लक्ष्य विश्व ११ ले एक बल बाँकी छदा ३ विकेट गुमाएंर पूरा गरेको हो। १९औँ र २०औँ ओभरमा थिसारा परेराले शानदार प्रद्रशन गरेपछि विश्व-११ ले अन्तिम १२ बलमा ३१ रन बनाएको थियो। अन्तिम ओभरमा…
नुवाकोट : नेपाल विद्युत् प्राधिकरण, त्रिशूली जलविद्युत् उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा नो लाइटमा आगलागी हुँदा केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अवरुद्ध भएको छ। बुधबार राति १० बजे त्रिशूलीस्थित फ्युज सेवामा विद्युत् वितरण गर्न जडान गरिएको ‘इनकमर’ र वितरणको सातवटा फिडर रहेको फ्युज शाखामा अकस्मात् आगलागी हुँदा विद्युत् वितरण सेवा अवरुद्ध भएको हो। विद्युत् वितरण गर्न जडित ‘इनकमर’ र फिडरमा…
काठमाडौं : मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत सिफारिस भएका छन्। निर्वाचन आयोगको आग्रह अनुसार न्याय परिषदले मुख्य निर्वाचन अधिकृत सिफारिस गरेको हो। ७७ जिल्ला कायम भएपछि पहिलो पटक परिषद्ले ७७ मुख्य निर्वाचन अधिकृत खटाएको हो। मुख्य निर्वाचन अधिकृत जिल्ला अदालतका न्यायाधीश हुने कानुनी व्यवस्था अनुसार न्याय परिषदले मुख्य निर्वाचन अधिकृत…
काठमाडौं : राष्ट्रिय सभा सदस्य छनोटमा स्थानीय तहको मतभार १८ प्रतिशत हुने भएको छ। यस्तै, प्रदेशको मतभार ४८ प्रतिशत कायम गरिएको छ। सरकारले राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक संसद्मा बुधबार दर्ता गरेको छ। जनसंख्यालाई आधार बनाएर मतभार निर्धारण गरिएको छ। सरकारले पेस गरेको विधेयक अनुसार ०६८ को जनसंख्यालाई आधार मानेर मतभार निर्धारण गरिएको छ। जनसंख्यालाई प्रदेश सभाका सदस्यले भाग गरी आउने परिणामलाई…