सिरहाः नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल–भारत सीमा क्षेत्रमा देखिने समस्या समाधानका लागि पहल गर्ने बताएका छन्। सिरहाको तिलाठीकोलाडी गाउँपालिकाको चुनावी सभालाई सम्बाेधन गर्दै पौडेलले सीमा क्षेत्रमा बेलाबेलामा देखिने गरेका समस्या समाधानका लागि कांग्रेसले पहल गर्ने बताए। उनले नेपाली कांग्रेसले स्थानीय तहमा जित हात पारेपछि जनताका दैनिक काम कारबाहीमा ढिलासुस्ती हुन नदिने प्रतिवद्धता जनाए। पौडेलले सिरहाको हनुमान नगर कन्कालिनी…
काठमाडौं : गृहमन्त्री जनार्दन शर्माले ६ महिनाभित्र बाढी प्रभावित क्षेत्रमा घर बनाउने गरी योजना निर्माण गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन्। गृह मन्त्रालयमा आज आयोजित केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठकमा गृहमन्त्री शर्माले तथ्यांक संकलन गरेर एकमुष्ट रकम निकासा गर्ने व्यवस्था मिलाएर कम्तीमा छ महिनामा बाढी प्रभावितलाई पुनःस्थापना गर्ने गरी योजना बनाउन निर्देशन दिए। उनले विस्थापितहरुको तथ्यांक तयार गर्न निर्देशन दिँदै अर्को…
चितवन : भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर २३ का १७ वर्षीय तिलक नेपाली छन्। जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरी भदौ १८ गते घरबाट बेपत्ता भएकी घिमिरेको २२ गते दिउसो नजिकै कुलोमा सडेको अवस्थामा शव फेला परेको जानकारी दिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको प्राविधिक…
नयाँदिल्ली : भारत भ्रमणमा रहेका जापानी प्रधानमन्त्री सिन्जो आबे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारतको रेल सेवाको सुधारका विषयमा कुराकानी भएको छ। उनीहरु बीच भारतको रेल सेवाको विकास र विस्तारका बारेमा कुराकानी भएको हो । भारतमा पनि द्रुत गतिमा चल्ने रेल सेवा ‘बुलेट ट्रेन’ को विस्तारमा जापान सरकारले सहयोग गर्ने भएको अधिकारीहरुले जनाएका छन्। भारतमा रेल सेवा पछिल्लो समयमा खतरनाक बन्दै गएको…
विराटनगर : दशैँ र तिहारमा सर्वसाधारणलाई राहत उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ लिमिटेडले विराटनगरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। चिनीमा प्रतिकिलो पाँच र नूनमा प्रतिकिलो दुई रुपैयाँ घटाएर ग्राहकलाई उपलब्ध गराउने कार्यालयका प्रमुख नवीनचन्द्र झाले जानकारी दिए। विराटनगरस्थित कार्यालयमा सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाट चिनी प्रतिकिलो ७७ रुपैयाँ ५० पैसा र नून प्रतिकिलो १८ मा बिक्री वितरण भइरहेको छ। बजारमा…
धुलिखेल : सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मुलुकले प्राप्त गरेको संघीय गणतन्त्रात्मक समावेशी संविधानको जगमा टेकेर देशलाई समृद्धतर्फ अगाडि बढाउनुपर्ने बताएका छन्। बनेपा ब्वाइज क्लबले आयोजना गरेको बनेपा महोत्सवको उद्घाटन गर्दै मन्त्री बस्नेतले अहिलेको संविधानलाई कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय तहको दुई चरणको निर्वाचन सम्पन्न भएका बताए। पहिलो र दोस्रो चरणमा भाग नलिएका राजनीतिक दल पनि भाग लिन थालेकामा उनले खुसी…
काठमाडौंः अध्यागमन विभागका नायब सुब्बा कोषराज भट्टराई घुस लिंदै गर्दा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई घुस लिंदै गरेको बेला कालीमाटीबाट पक्राउ गरेको हो। भिसा अवधि थप गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले भट्टराईलाई ४० हजार रुपैयाँ घुस रकम लिंदै गर्दा पक्राउ गरिएको आयोगले जनाएको छ।
काठमाडौै: नेपथ्यले आफ्नो रजत उत्सव पारेर नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेकाे छ। यस पटक सरल गीत ‘मै मरि जाउँला’को भिडियो सार्वजनिक गरेकाे हाे। स्थापनाको २५ वर्ष पुगेकाे अवसरमा ब्याण्डले आफ्ना श्रोतालाई वर्षभरि म्यूजिक भिडियो उपहार दिने घोषणासमेत गरेको छ। सेप्टेम्बर महिनाका निम्ति चयन गरिएको यो गीत नेपथ्यको नवौँ एल्बम ‘ऐनाझ्याल’बाट लिइएको हो। गीतमा समावेश गरिएकाे शब्द लाङटाङ भेगकाे लोकभाकामा…
काठमाडौं : शेरबहादुर देउवा नेतृत्वमा रहेको नेपालको मन्त्री परिषद्ले हाफ सेन्चुरी हानिसक्यो। देउवा क्रिजमा अझै नटआउट छन् र भन्छन् म थप रन हान्छु (मन्त्री थपिन सक्छ)। सरकारमा मन्त्री र राज्यमन्त्रीहरु धेरै भएको कारण मन्त्री क्वाटरको समेत अभाव भइरहेको छ। यती धेरै मन्त्रीले के के गरिरहेका छन्? कती योजना बनाएका छन्? कसैलाई थाहा छैन। तर, त्यसै मन्त्रीमण्डमा रहेका युवा तथा खेलकुद मन्त्री राजनकुमार केसी भने…
बङ्गलादेश : म्यानमारका रोहिङ्गा समुदायका नागरिकमाथि ज्यादती भएको भन्दै देश छोडेर भाग्ने क्रममा कम्तीमा पनि एक सय जनाको ज्यान गएको छ। म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदीबाट पार गर्ने क्रममा उनीहरुको ज्यान गएको हो। त्यस समयदेखि आजसम्ममा कम्तीमा पनि १०० जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन्। तीमध्ये कतिपय नदीले बगाएकोले शव पनि भेटिएको छैन। ज्यान जानेमा कैयौँको सङ्ख्यामा बालबालिका…
प्योङयाङ : संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्धमा थप कडा नाकाबन्दी लगाएपछि उत्तर कोरियाले त्यसको कडा विरोध गरेको छ। सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका विरुद्ध नाकाबन्दीको कानुन पारित गरेको थियो। उत्तर कोरियालाई उसको अर्थतन्त्रमा असर पार्नेगरी भन्दै मङ्गलबार लगाइएको नाकाबन्दीको विरोधमा उसले यस्तो प्रतिक्रिया दिएको हो। अमेरिकाको प्रस्तावमा उत्तर कोरियाविरुद्धमा संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीलाई उसले दुष्ट कामको संज्ञा दिएको छ। …
काठमाडौं : प्रहरीले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले बुधबार काठमाडौंको बूढानिलकण्ठ नगरपालिका ८ गणेश चोकबाट सुर्खेत चिसापानीका ६३ वर्षीय प्रेमबहादुर शाहीलाई पक्राउ गरेको हो। शाहीको साथबाट प्रहरीले एक थान बाघको छाला बरामद गरेको छ। प्रहरीले शाहीलाई जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको छ। दुर्लभ बन्यजन्तुको कारोवारमा संलग्नलाई पाँच लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म…
काठमाडौं : खेलाडीहरुको स्वाथ्य, चोट र खानपानको विषयवस्तु समेटिएको स्पोर्ट्स मेडिसिन नामक पुस्तक सार्वजनिक भएको छ। बुधबार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीले एक कार्यक्रमका बीच स्पोर्ट्स मेडिसिन पुस्तकको विमोचन गरे। नेशनल एकेडेमी अफ स्पोर्ट्स साइन्स नाम्स पोखराले प्रकाशन गरेको उक्त पुस्तक विभिन्न चार भागमा वर्गिकरण गरिएको छ। डा. पदमबहादुर खड्का, डा. चैतन्य अधिकारी, विजय काफ्ले, रविराज बसौला,…
काठमाडौं : श्रीलंकाले सहभागिता नजनाउने भएपछि दक्षिण एसियाली फुटबल महासंघ साफले भुटानमा हुने साफ यू-१८ च्याम्पियनसिपको खेल तालिका परिवर्तन गरेको छ। यसअघि नै पाकिस्तानले आन्तरिक कारण देखाउँदै प्रतियोगिता नखेल्ने बताएको थियो। अब श्रीलंकाले पनि नाम फिर्ता लिएपछि जम्मा ५ टिम मात्र बाँकी भएर छ। अब साफ यू-१९ च्याम्पियनसिप राउण्ड रोविन लिगमा हुनेछ। प्रत्येक टिमले सहभागी अन्य सबै टिमसँग एक-एक पटक खेल्नेछ। लिगपछि सबैभन्दा…
काठमाडौंः प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दुई नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेद्वारहरुको उम्मेदवारी नै रद्द गर्ने चेतावनी दिएका छन्। रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेदवारहरुले भोजभतेर गरेर चुनावी प्रचार प्रसारमा तडकभडक गरेको प्रमाण फेला परे उम्मेदवारी नै रद्द गर्ने चेतावनी दिएका हुन्। उनले भने,‘चुनावमा उम्मेद्वारहरुले व्यापक खर्च गरिरहेका छन् भन्ने कुरा आएको…
काठमाडौँ : पाकिस्तानमा निर्मित विभिन्न सामग्री (मेड इन पाकिस्तान)को आठौँ संस्करणको प्रदर्शनी त्रिपुरेश्वरस्थित ट्रेड सेन्टरमा शुरु भएको छ। वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा र नेपालका लागि पाकिस्तानका राजदूत मज्हर जावेदले प्रदर्शनीको उद्घाटन गरे। सो अवसरमा मन्त्री विश्वकर्माले नेपाल र पाकिस्तानबीच दौंत्य सम्बन्ध तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्न प्रदर्शनीले मद्दत मिल्ने बताए। मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले सार्कको संस्थापक सदस्य हुनाका नाताले दुई देशले…
काठमाडौं : नेपाल समूह चरणमा लगातार दुई खेल्दै जित्दै मलेसियामा भइरहेको एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा एक खेल खेल्नु अघि नै सेमिफाइनल पुगिसकेको छ। पहिलो खेलमा थाइल्याण्डलाई २५५ रनले हराएको नेपालले बुधबार दोस्रो खेलमा भुटानमाथि ९ विकेटको सहज जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो। नेपालले अब समूह ए को अन्तिम खेलमा भोली सिंगापुरसँग खेल्दैछ। भुटानले दिएकव ५१ रनको सामान्य लक्ष्य…
पोखराः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल कहिल्यै हिन्दूराष्ट्र नहोस् भन्ने चाहने र नेपालमा राजसंस्थाको पुनस्र्थापना नहोस् भन्ने आत्मसमर्पणवादी मानसिकता भएकाहरुले पार्टी विभाजन गराएको आरोप लगाएका छन्। पश्चिमाञ्चलका स्थानीय तहका अध्यक्षहरुको सम्मेलनलाई पोखरामा सम्वोधन गर्दै अध्यक्ष थापाले राप्रपालाई कमजोर बनाउन लागिपरेकाहरुलाई परास्त गर्दै राप्रपालाई नेपालको राष्ट्रिय राजनीतिमा जबर्जस्त ढंगबाट स्थापित गराएरै छाड्ने प्रण गरे। पार्टी विभाजनमा पशुपतिशम्सेर राणा केवल…
काठमाडौं : भुटानमा हयी सेप्टेम्वर १८ देखि २७ सम्म हुने साफ यू-१८ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक छिरिङ लोप्साङले २३ सदस्यीय नेपाली टोली छनोट गरेका छन्। नेपाली टोलीको कप्तानमा अर्पण कार्की तथा उपकप्तानमा प्रेजन तामाङ चुनिएका छन्। प्रारम्भिक चरणमा छानिएका खेलाडीबाट विभिन्न चरणमा छनो६ गर्दै अन्तिम टोली घोषणा गरिएको हो। नेपाली यू-१८ टोली S.No Name Position 1 SANDESH GURUNG GK…
लहान : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले चुनाव नजिते अहिलेसम्मका उपलब्धिसमेत गुम्न सक्ने खतरा रहेको बताएका छन्। सिरहाको धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघीयता, समावेशीता, धर्मनिरपेक्षता माओवादीको ठूलो त्याग र बलिदानीबाट मात्र प्राप्त भएको र त्यसलाई संस्थागत माओवादीले मात्र गर्न सक्ने दाबी गरे। संघीयता विरोधी, समावेशीता विरोधी र धर्मनिरपेक्षता…