PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

  • दुई रुपैयाँमा फिल्म 'दुई रुपैयाँ'

    दुई रुपैयाँमा फिल्म 'दुई रुपैयाँ'

    काठमाडौं : फिल्म 'दुई रुपैयाँ' युनिटले दर्शकका लागि नयाँ योजना सार्वजनिक गरेको छ। दर्शकले दुई रुपैयाँमा फिल्म हेर्न पाउने भएका हुन्। भदौ २९ गते विहीबारका लागि यो योजना लागू हुनेछ। काठमाडौंको कुमारी हलमा दुई रुपैयाँको नोट लिएर पुग्नेले फिल्म हेर्न पाउने भएका हुन्। यो अफर सुरुवाती सय दर्शकले मात्र फिल्म दुई रुपैयाँ दिएर हेर्न पाउने जनइएको छ। एउटा नोट बराबर…

    विस्तृतमा पढ्नुस्

  • झापामा एचआइभी/एड्स संक्रमित घट्दै

    झापामा एचआइभी/एड्स संक्रमित घट्दै

    भद्रपुर :  झापामा पछिल्लो समयमा एचआइभी-एड्सबाट मृत्यु हुनेको संख्या घट्दै गएको छ।  तीन वर्षमा १६ संक्रमितको मृत्यु भएको झापामा आर्थिक वर्ष २०७३/७४ असार मसान्तसम्मको एक वर्षमा तीन संक्रमितको मात्र मृत्यु भएको नाइट चेस क्लब अफ भद्रपुरले जनाएको छ।  मेची अञ्चल अस्पताललगायत विभिन्न अस्पतालमा प्राप्त सुविधायुक्त प्रविधि र उचित उपचार सेवाकै कारण संक्रमितबाट मृत्यु हुनेको संख्या घट्दै जान लागेको क्लबका परियोजना प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • टंक बुढाथोकीको दशैँ विशेष गीत सार्वजनिक

    टंक बुढाथोकीको दशैँ विशेष गीत सार्वजनिक

    काठमाडौं : गायक तथा संगीतकार टंक बुढाथोकीको दशैँ विशेष गीति भिडियो सार्वजनिक भएको छ। टंकको स्वर रहेको 'दशैँ आयो परदेशीको मनै रुवायो' बोलको गीत मङ्गलबार रिलिज गरिएको हो। दशैँका बेला परदेशमा रहेका नेपालीहरुको मनोदशालाई गीतको भिडियोले चित्रण गर्ने बताउँछन् गायक टंक। गीतमा शब्द तथा संगीत दिपक पाण्डेको रहेको छ। त्यस्तै एरेन्जर भने गायक टङ्क बुढाथोकी स्वयंमले गरेका हुन्। समन अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • लता मङ्गेश्करको कपिल शर्मालाई संदेश

    लता मङ्गेश्करको कपिल शर्मालाई संदेश

    एसियाको कोइलाको उपमा पाएकी भारतीय गायिका लता मङ्गेश्करले कमेडियन कपिल शर्माका लागि संदेश दिएकी छिन्। अस्वस्थताका कारण कपिल शर्मा शो बन्द हुने खबर पाएपछि उनले कपिलको स्वास्थ्य लाभको कामना गरेकी हुन्। बलिउड हंगामाले उल्लेख गरेअनुसार लताले भनिन्,'कपिलले हामी सबैलाई त्यती धेरै हाँसो र खुसी दिए। अहिले कार्यक्रम बन्द हुनु धेरै दु:खको कुरा हो। उनको स्वास्थ्य ठिक होस् र चाडै फर्किउन्।'…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीको सुरक्षामा कडार्इ, विशेष तालिमप्राप्त कुकुर परिचालन

    सप्तरीको सुरक्षामा कडार्इ, विशेष तालिमप्राप्त कुकुर परिचालन

    राजविराज :  आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ।  सदरमुकाम राजविराजसहित मुख्य सडक तथा नाका र नेपाल–भारतीय सिमानाअन्तर्गत विभिन्न ठाउँमा चेकजाँच गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।  सम्बन्धित मतदान केन्द्रमासमेत प्रहरी टोली पठाइसकेको उनले बताए। त्यस्तै, लागूऔषध र विष्फोटक पदार्थको खोजी गर्ने विशेष…

    विस्तृतमा पढ्नुस्

  • रोहिङ्गामाथिको ज्यादती प्रकरणः सुकी राष्ट्रसंघीय महासभामा नजाने

    रोहिङ्गामाथिको ज्यादती प्रकरणः सुकी राष्ट्रसंघीय महासभामा नजाने

    यांगुनः म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने भएकी छन्। म्यानमारमा पछिल्लो समय रोहिङ्गा समुदायका नागरिकका कारण राजनीतिक रुपमा विवाद उत्पन्न भएपछि यस्तो समाचार बाहिर आएकाे हाे। म्यानमारको रोहिङ्गा मुस्लिम समूदायका झण्डै तीन लाख मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएपछि यस समुदायमाथि भएको ज्यादतिको विषयमा विवाद सुरु भएको छ।  यस विषयमा संयुक्त राष्ट्रसंघको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी डलरसहित पक्राउ

    अमेरिकी डलरसहित पक्राउ

    काठमाडौं : कागेश्वरी मनहरा बस्ने मकवानपुरको बसामाडी–६ का ३३ वर्षीय निमा रिन्जीन र सिन्धुपाल्चोकको फुलपिङ्गकोट–३ का  १९ वर्षीय राज कार्की अमेरिकी डलरसहित प्रकाउ परेका छन्। उनीहरुलार्इ १ सय दरका १ सय ८८ थान र ५० दरका २४ थानगरी जम्मा २० हजार अमेरिकी डलरसहित मंगलबार प्रहरीले पक्राउ गरेको हाे। कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटारस्थित बागमती पुलमा बा.१९ प ६०५६ नम्बरको मोटरसाइकलमा अाउदै गर्दा…

    विस्तृतमा पढ्नुस्

  • यस्ता हुन्छन् डिम्बाशय अर्बुदका लक्षण

    यस्ता हुन्छन् डिम्बाशय अर्बुदका लक्षण

    काठमाडौं :  विभिन्न प्रकारका अर्बुदमध्ये डिम्बाशयको अर्बुद पनि महिलामा देखिने प्रमुख रोग भएको छ।  वीर अस्पतालका अर्बुदरोग विशेषज्ञ सन्ध्या चापागार्इका अनुसार विश्वको पाँचौँ र नेपालमा चौँथो नम्बरमा डिम्बाशयको अर्बुद पर्छ। डिम्बाशयको अर्बुद भएको पहिलो अवस्थामा सजिलै लक्षण नदेखिन सक्छ।  क्यान्सर केयर नेपालका कार्यकारी सदस्य तथा क्यान्सर रोग विशेषज्ञ डा. रश्मी पुनका अनुसार डिम्बाशय अर्बुद निश्चित कारणले नदेखिने र लक्षण त्यति वास्ता…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकले दिलायो फूलकुमारीलाई नयाँ जीवन

    फेसबुकले दिलायो फूलकुमारीलाई नयाँ जीवन

    सुरेन्द्र भण्डारी  झापाः सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग भइरहेका बेला केहीले भने यसलाई समाज सेवाको माध्यम बनाएका छन्।  झापाको बाह्रदशी गाउँपालिका–७ निवासी आर्थिकरुपले अतिविपन्न एक क्यान्सर पीडित युवतीलाई उपचारका लागि खर्च जुटाएर रोग मुक्त गराउने सोही ठाउँका टोम राजवंशीसहित तुलसीप्रसाद राजवंशी, गोपालचन्द्र राजवंशी, कुवित राजवंशी, श्याम राजवंशी समाजका उदाहरणीय पात्र बनेका छन्।  आन्द्रामा क्यान्सर भएर आर्थिक अभावले मृत्युसँग छटपटाइरहेकी फूलकुमारी राजवंशीको…

    विस्तृतमा पढ्नुस्

  • पर्दा पछाडि निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको विष्णु पौडेलको दाबी

    पर्दा पछाडि निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको विष्णु पौडेलको दाबी

    इटहरी :  नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशको चुनाव हुन नदिन पर्दा पछाडिबाट विभिन्न प्रकारका षड्यन्त्रका खेल भइरहेको बताएका छन्।  इटहरी उपमहानगरपालिका– १० मा निर्माण गरिएको फुटसल खेल मैदानको उद्घाटनपछि पौडेलले देशमा संवैधानिक रिक्तता ल्याएर अस्थिरता पैदा गर्न खोज्ने षड्यन्त्रविरुद्ध सबैले मिलेर पर्दाफास गर्नुपर्ने बताए। उनले अब सबै नेपाली मिलेर संविधानका पूर्ण कार्यान्वयनसँगै देशलाई समृद्ध पार्ने…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जामा वार्षीक २७  मेट्रिक टन मह उत्पादन

    स्याङ्जामा वार्षीक २७  मेट्रिक टन मह उत्पादन

    स्याङ्जा :  आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ।  जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी तिलक डिसीका अनुसार हरेक वर्ष मौरीका घार वितरण र मौरीपालन सम्बन्धी तालिम दिएका कारण कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन्।  कार्यालयले युवा लक्षित मौरीपालन कार्यक्रम सञ्चालन गर्न एक लाख ८० हजार अनुदान दिएसँगै मौरीपालन गर्ने कृषकको संख्यामा वृद्धि भएको हो। कार्यालयले गत…

    विस्तृतमा पढ्नुस्

  • दशैँमा बसको टिकटका लागि मध्यरातदेखि लाइनमा, ७ घन्टामा बल्लतल्ल टिकट

    दशैँमा बसको टिकटका लागि मध्यरातदेखि लाइनमा, ७ घन्टामा बल्लतल्ल टिकट

    काठमाडौं : दशैँमा लामो रुटमा यात्रा गर्ने यात्रुहरुलाई बसको टिकट पाउन निकै कठिन भएको छ।  सरकार र यातायात व्यवसायी बीचको विवादका कारण ढिला गरी आजदेखस बुकिङ सुरु भएका कारण बुकिङको पहिलो दिन सर्वसाधरणको लाइन लागेको छ। टिकटका  लागि गोंगवुस्थित नयाँ र रत्नपार्कस्थित पुरानो बसपार्कमा सर्वसाधरण मध्यरातदेखि लाइनमा बसेका छन्। गोंगबुस्थित नयाँ बसपार्कमा मध्यरातदेखि लाइन बसेर बिहान ७ बजेमात्र टिकट लिएका कैलालीका बिनोद बुढाले…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा बोलेरो दुर्घटना: एकको मृत्यु, ११ जना घाइते

    काभ्रेमा बोलेरो दुर्घटना: एकको मृत्यु, ११ जना घाइते

    धुलिखेल : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ खोपासी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै बोलेरो दुर्घटना हुँदा एकजनाको मुत्यु भएको छ। घटनामा परी ११ जना घाइते भएको प्रहरीले जनाएको छ। बल्थलीबाट पनौतीतर्फ आइरहेको बा ९ च ७२७७ नंको बोलेरो सोमबार साँझ दुर्घटना भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीका अनुसार मृत्यु भएका एकजनाको सनाखत हुन बाँकी छ। “एकजनाको…

    विस्तृतमा पढ्नुस्

  • धादिङको विशालटारमा बस दुर्घटना हुँदा ३१ घाइते

    धादिङको विशालटारमा बस दुर्घटना हुँदा ३१ घाइते

    मलेखु: काठमाडौंबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको यात्रुबाहक बस आज बिहान सबेरै धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। विशालटारको मोडमा लु २ ख ६६३० नंको बस अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए। ४४ जना यात्रु लिएर हिँडेको बस तीव्रगतिका कारण मोडबाट तल खसेको थियो। घाइतेमध्ये…

    विस्तृतमा पढ्नुस्

  • सरकारी सेवाको अवसरः सेनाले माग्यो १५० अधिकृत

    सरकारी सेवाको अवसरः सेनाले माग्यो १५० अधिकृत

    काठमाडौं : नेपाली सेनाले रिक्त रहेको १५० अधिकृतको पदपूर्तिको सूचना प्रकाशित गरेको छ। समावेशी तथा खुला प्रतिस्पर्धाका आधारमा रिक्त दरबन्दी पदपूर्तिको सूचना प्रकाशित गरेको हो। सेनाको भर्ना छनोट निर्देशनालयको सूचनाअनुसार खुलातर्फ ८३ जनाको पदपूर्तिको आह्वान भएको छ। यस्तै, महिला १३, आदिवासी जनजाति २२, मधेशी १९, दलित १०, तथा पिछडिएको क्षेत्रबाट ३ जनाको आरक्षण तोकिएको छ। योग्यता पुगेका उम्मेदवारले भदौ २७ गतेदेखि असोज…

    विस्तृतमा पढ्नुस्

  • यात्राको कहरः दशैँका लागि बसको टिकट लिन लामबद्ध सर्वसाधरण हेर्नुस् फोटोमा

    यात्राको कहरः दशैँका लागि बसको टिकट लिन लामबद्ध सर्वसाधरण हेर्नुस् फोटोमा

    काठमाडौं : दशैँका लागि लामो दूरका यात्रुहरुलाई आजदेखि टिकट बुकिङ खुला गरिएको छ। बुकिङ खुला गरिएको पहिलो दिन राजधानीकाे नयाँ बसपार्क तथा पुरानो बसपार्कमा सर्वसाधरणको भीड लागेको छ। अघिल्ला वर्षहरुमा भन्दा एक साता ढिला गरी बुकिङ खुला भएको हो। सरकार र यातायात व्यवसायी बीचको विवादका कारण बुकिङमा ढिलाई भएको थियो। गत शुक्रबार यातायात व्यवसायीसँग भएको समझदारीपछि आजदेखि बुकिङ खुला भएको…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : वेष्टहमको पहिलो जित

    प्रिमियर लिग : वेष्टहमको पहिलो जित

    पेड्रो ओवियाङ र आन्द्रे आयुले दोस्रो हाफमा गरेको गोल मद्तमा वेष्टहमद युनाइटेडले सिजनको पहिलो जित हात पारेको छ। गएराती भएको प्रिमियर लिगको एक मात्र खेलमा वेष्टहमले नवप्रवेशी हडल्शफिल्डलाई २-० ले पराजित गर्दै पहिलो ३ अंक जोडेको हो। घरेलु मैदानमा वेष्टहमका लागि ओवियाङले ७२औँ र आयुले ७७औँ मिनेटमा गोल गरेका थिए। यसअघि ३ खेल हारेको वेष्टहम पहिलो जितसँगै अंक तालिकामा पूछारबाट दुई…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर पुगेर प्रधानमन्त्रीले भने–मन्त्रिमण्डल अझै विस्तार हुन्छ

     विराटनगर पुगेर प्रधानमन्त्रीले भने–मन्त्रिमण्डल अझै विस्तार हुन्छ

    विराटनगरः प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल  अझै विस्तार हुने बताएका छन् । जम्बो ५४ सदस्यीय मन्त्रिमण्डल गठन गरेर विवाद र चर्चामा आएका प्रधानमन्त्री देउवाले आवश्यकताअनुसार अझै मन्त्री विस्तार गर्ने बताएका हुन्। ‘अझै कति जनालाई मन्त्री पद चाहिएको छ, कतिलाई पुगेको छैन’, विराटनगर विमानस्थलमा पत्रकारहरुसँग देउवाले भने, ‘आवश्यकता पर्यो भने विस्तार हुन्छ।’ उनले मन्त्रिमण्डल विस्तारको अधिकार आफूमा सुरक्षित रहेको भन्दै टीकाटिप्पणी गर्न…

    विस्तृतमा पढ्नुस्

  • दशैँको बसको टिकट कालोबजारी गर्ने १७ जना पक्राउ

    दशैँको बसको टिकट कालोबजारी गर्ने १७ जना पक्राउ

    काठमाडौँ: प्रहरीले बसको टिकट कालोबजारी गरी बिक्री गर्ने १७ जना बिचौलियालाई पक्राउ गरेको छ। दशैँका लागि टिकट बुकिङ खुला भएको पहिलो दिन प्रहरी अनुगमनका क्रममा अनधिकृत रुपमा टिकट बिक्री गर्ने १७ जना पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले जानकारी दिए। लामो दूरीका लाटि टिकट बुकिङ खुला भएसँगै प्रहरीले अनुगमन सुरु गरेको हो। डिआइजी खनालले कालोबजारी गरी…

    विस्तृतमा पढ्नुस्

  • स्वदेशी धागोको प्रयोग बढाउन भृकुटीमण्डपमा मेला, कपडादेखि सर्टिङ/सुटिङ सम्म

    काठमाडौं : नेपाल धागो उत्पादक संघले पहिलो पटक भृकुटीमण्डपमा सिलार्इ बुनार्इ सामाग्रीको प्रदर्शनी हुने भएको छ। संघले भदौं ३० गतेदेखि असोज ३ गतेसम्म गर्ने मेलामा नेपाली धागोबाट तयार गरिएको कपडा, होजियारी, सर्टिङ/सुटिङ, निटिङलगायतका सामाग्री राखिनेछ। संघका अध्यक्ष पवन गोल्यानले स्वदेशी धागोको प्रयोग बढाउन पहिलो पटक मेला आयोजना गरिएको बताए। उनले नेपालमा उत्पादन भएका धागोको प्रयोग २० प्रतिशत मात्रै रहेको र ८०…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell