रसुवा : चट्याङका कारण एकै किसानका ३६ चौपाया मरेका छन्। प्रहरीका अनुसार सोमबार साँझको चट्याङले नौकुण्ड गाउँपालिका वडा नं २ कलाखर्क, यार्साका किसानले पालेका चौँरीगाई आठ, बाख्रा नौ, गाई १७ र कुकुर दुई वटा मरेका हुन्। पारच्याङ प्रहरीचौकीबाट सात घण्टाको दूरीमा रहेको घटनास्थलमा प्रहरी पुगी क्षतिको थप विवरण लिने काम भइरहेको छ। घटनाबाट गोठमा रहेकी ६४ वर्षीया कान्छीमाया तामाङ सामान्य घाइते…
रामबहादुर थापा बागलुङ : पुस्तकालय कक्षमा छिरेर दायाँपट्टि लागेपछि केही पुराना दराज देखिन्छन्। रंगरोगनले चम्किला देखिए पनि ती वर्षौं पुराना हुन्। स्थापनाकालीन पुस्तक लेखिएको दराज उघार्दा भित्र जीर्ण पुस्तक र हस्तलिखित पत्रिका भेटिन्छन्। भारतबाट ल्याइएका पुस्तक राखेर संस्थापकले विसं २००३ मा विद्यामन्दिर पुस्तकालय खोलेका हुन्। नेपालका धेरै कम पुराना पुस्तकालयमध्ये यहाँको विद्यामन्दिर पुस्तकालय पनि एक हो। हस्तलिखित पुस्तक, पत्रपत्रिकाको संग्रह हुँदै…
काठमाडौं : सरकारको कारण पछिल्लो समय साल्ट ट्रेडिङ कर्पोरेशनले आर्थिक रुपमा घाटा व्यहोर्नु परेको छ। सरकारको आग्रह र अनुरोधमा भूकम्पपीडितलाई वितरण गर्न आयात गरेको जस्तापाता गोदाममा थन्किदा, चर्को मूल्यमा आयात गरी सस्तो मूल्यमा बिक्री वितरण गर्नु परेको चिनी, सुपथ मूल्यको पसलको शोध भर्ना सरकारबाट प्राप्त गर्न नसक्दा कर्पोरेशनलाई करोडौँ घाटा हुन पुगेको हो । कर्पोरेशनको ५५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा महिला,…
युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको २०१७/१८ सिजन आज राती देखि शुरु हुँदैछ। आज राती नेपाली समयअनुसार कूल ८ खेल हुनेछन्। जसमा गत वर्ष क्वाटरफाइनलमा भिडेका स्पानिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्स बीचको खेलसमेत छ। गत सिजन क्वाटरफाइनलमा युभेन्ट्सले बार्सिलोनालाई हराएको थियो। यी दुवै क्लब अहिले घरेलु लिगमा शतप्रतिशत नतिजा आफ्नो पक्षमा पार्दै लिगको शीर्ष स्थानमा छन्। समूह…
काठमाडौं : पर्व दशैँ नजिकिँदै गर्दा दशैँ र तिहार विशेष गीत र धुनहरु सार्वजनिक हुन थालेका छन्। गीत ‘आयो दशैँ आयो’ पनि भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको छ। कृष्ण काफ्लेको स्वर रहेको गीतमा अम्बिका गुरुङले शब्द र पुरुषोत्तम न्यौपानेको संगीत दिएका छन्। गीतको भिडियोलाई भने सान थापाले निर्देशन गरेका हुन्। भिडियोमा वर्षा सिवाकोटी, बिकास लामिछाने, गायक काफ्ले स्वयंम र दिपिकाको…
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले स्थानीय तह निर्वाचनका क्रममा अन्तरघात गर्ने विरुद्ध उजुरी मागेको छ। केन्द्रीय सदस्य रमेश रिजाल नेतृत्वको केन्द्रीय अनुशासन समितिको आजको बैठकले प्रदेश नम्बर दुईबाहेकका स्थानमा भएको निर्वाचनका क्रममा अन्तरघात गर्ने विरुद्ध आगामी असोज १० भित्र उजुरी दिन आह्वान गरेको हो। ‘पहिलो र दोस्रो चरणमा स्थानीय तह निर्वाचन सम्पन्न भइसकेका प्रदेश नं. १, ३, ४, ५,…
ललितपुर : अरुलाई नियमन गर्ने निकाय आफैले नियमको पालना नगरेको पाइएको छ। नेपाल विद्युत् प्राधिकरणको ६० दिनभित्र महसुल तिर्नु पर्ने नियम भए पनि विभिन्न सरकारी निकायले लाखौँ रुपैयाँ महसुल तिर्न बाँकी राख्दै आएका छन्। गत आर्थिक वर्षको असारसम्म ललितपुरका सबै सरकारी कार्यालयको बाँकी बक्यौता रकम १२ करोड २६ लाख ८९ हजार रुपैयाँ रहेको छ। बजेट नआएको भन्दै कार्यालयले वर्षमा एक पटक मात्रै…
आङ्करा : टर्कीमा गुप्तचर निकायका पूर्वकर्मचारीप्रति लक्षित गर्दै ६३ जनालाई पक्राउ गर्न सूचना जारी गरिएको छ। सरकारी समाचार समिति अनाडोलुले मङ्गलबार टर्की सरकारले ती कर्मचारीलाई पक्राउ पूर्जी जारी गरिएको जानकारी दिएको छ। सरकारले उसकाविरुद्ध गतवर्ष गरिएको कूको प्रयासका विरुद्धमा त्यसमा संलग्नताको आशङ्का देखाउँदै हजारौँ नागरिकलाई पक्राउ गरिसकेको छ। रासस/एपी
मेलम्ची : सिन्धुपाल्चोकमा प्रहरीले नागरिकता प्रमाण पत्र र सरकारी छाप कीर्ते गरी १० वर्षदेखि फरार एक अभियुक्तलाई आज पक्राउ गरेको छ। काभ्रेको जिरोकिलोदेखि पिछा गर्दै प्रहरी टोलीले सिन्धुपाल्चोकको चौताराबाट ४९ वर्षीय कुमार पाण्डेलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी प्रमुख मोहनप्रसाद पोखरेलका अनुसार मेलम्ची नगरपालिका–११ स्थायी घर भएका उनी साविक मेलम्ची गाविसका पूर्व उपाध्यक्षसमेत हुन्। जिल्ला अदालत चौताराले २०६४ वैशाख १३ गते…
पोखराः नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी नन्दप्रसाद तिवारी ‘जगन’लाई जिल्ला प्रहरी कार्यलय कास्कीले पक्राउ गरेको छ। प्रहरीले उनलाई बगरबाट मंगलबार बिहान पक्राउ गरेको हो। सोमबार पोखराको पृथ्वीचोकस्थित सस्तो बजारमा सिलिन्डर बम फेला परेपछि त्यसको अनुसन्धानका लागि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। सस्तो बजारमा फेला परेको सिलिण्डर बमलाई नेपाली सेनाले निष्कृय पारेको थियो। नेकपा कास्कीका इञ्चार्ज रुपेश र…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी निकटको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नेपाल आयल निगमको जग्गा खरिद प्रकरण तथा बुढीगण्डकी जलविद्युत परियोजना निर्माण गर्न भएको गैरन्यायिक निर्णयमा अनियमितता भएको भन्दै कारवाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ। संगठनले आयोगलाई ज्ञापन पत्र बुझाउँदै निगमको जग्गा खरिद र बुढीगण्डकी आयोजना ठेक्कामा अनियमितता भएको भन्दै कारवाही अघि बढाउन आग्रह गरेको हो। संगठनको…
काठमाडौं : सरकारले चालु आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ताको रकम ७५३ वटै स्थानीय तहबाट वितरण गर्ने भएको छ। यसअघि जिल्ला विकास समितिमार्फत स्थानीय तहमा जाने भएता पनि यस आर्थिक वर्षबाट सिधै स्थानीय तहमा सुरक्षा भत्ता पठाइने केन्द्रीय पञ्जीकरण विभागका महानिर्देशक अनिलकुमार ठाकुरले जानकारी दिए । उनले स्थानीय तह नै स्थानीय सरकार भएकाले ती निकायमा सिधै सुरक्षा भत्ताको रकम पठाइने बताए। विभागले…
काठमाडौं: फिल्म ‘लिलिबिली’बाट दुई नयाँ अभिनेत्रीले डेब्यु गर्ने भएका छन्। युके रहँदै आएका जसिता गुरुङ र रेविका गुरुङ फिल्मका मुख्य अभिनेत्रीको रुपमा रहने भएका हुन्। यसअघि फिल्ममार्फत शिल्पा मास्के लिड भूमिकामा रहने बताइएको थियो। मङ्गलबार फिल्मको औपचारिक घोषणा कार्यक्रममा यसअघि नै अनुबन्धन घोषणा भएका नायक प्रदिप खड्कासँग देखिने दुई नव नायिकाहरुको परिचय गराइएको हो। फिल्ममा प्रदिप, जसिता र रेविकासँगै अनुपबिक्रम…
काठमाडौं : निर्वाचन आयोगले आचार संहिता पालनाका लागि सरकारलाई चार बुँदे निर्देशन दिएको छ। यसअघि यही भदौ १५ गते सात बुँदे निर्देशन आयोगले आज फेरि चार बुँदे निर्देशन दिएको हो। आयोगले दिएको निर्देशनमा टिसर्ट, झोला, स्टिकर, गम्छा, सल, खादा जस्ता जिन्सी समानमा निर्वाचन चिन्ह अंकित गरी बाड्दा निर्वाचनको तटस्थता कायम नहुने भन्दै त्यस्ता वस्तुको वितरणमा रोक लगाउन ध्यानाकर्षण गराएको हो।…
काठमाडौं : निर्वाचन आयोगले विरगञ्जमामात्र करिब तीन हजार थान तुल, व्यानर फ्लेक्स प्रिन्ट, पर्चा जफत गरी नस्ट गरेको छ। असोज २ मा प्रदेश नम्बर-२मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको अनुगमनका लागि आयोगबाट खटिएका सहसचिव गजेन्द्र ठाकुरको नेतृत्वमा बारा जिल्लाका विभिन्न सार्वजनिक स्थानबाट स्थानीयबासीको गुनासोपछि अनुगमन गरेका थिए। बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले नष्ट गरिएको सूचना निर्वाचन आयोगमा पठाएका…
काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटसल टिम निर्माण गर्नका लागि राष्ट्रिय लिगमा उत्कष्ट प्रदर्शन गरेका २७ खेलाडीलाई प्रारम्भिबक संचीमा छनोट गरेको छ। तीन प्रशिक्षक राकेश श्रेष्ठ, राजेश शाही र विष्णु गुरुङले भोलीबाट शुरु हुने क्याम्पका लागि खेलाडीहरु बोलाएका छन्। एन्फाका अनुसार राष्ट्रिय टिम छनोटका लागि पहिलो चरणमा छानिएका खेलाडीहरुको एन्फा कम्प्लेक्मा बहान ७ देखि ९ बजेसम्म तथा…
काठमाडौं : अल जापान जुडो फेडेरेसनका विशेष सल्लाहकार ओगावा गोतारो नेपाल आएका छन्। ‘स्पोर्ट्स फर टुमोरो’ कार्यक्रमअन्तर्गत गोतारोको नेतृत्वमा ५ सदस्यीय जापानी जुडो टोली नेपाली खेलाडीलाई तालिम दिन सोमबार नेपाल आइपुगेको हो। अहिले पनि भेट्रान स्पर्धामा खेललाई जारी राखेका गोतारोसंगै जापान जुडो फेडेरेसनका अन्तर्राष्ट्रिय विभाग प्रमुख ओनुकी सायाको तथा जुडो खेलाडीत्रय यगी आयाका, मुकाइ सुन सुके र उत्सिरो युसुकेको टोली…
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी, परिवर्तनकामी शक्तिहरुबीच सघन एकता प्रक्रिया अगाडि बढाउनुको कुनै विकल्प नभएको बताएका छन्। संघीय समाजवादी फोरम, नेपाल कम्युनिस्ट पार्टी, नेपाल माओवादी पार्टी आबद्ध पार्टीका नेता तथा कार्यकर्तालाई मंगलबार आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउँदै प्रचण्डले परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने हो भने परिवर्तनकामी शक्तिबीच एकता अपरिहार्य रहेको बताए । अध्यक्ष प्रचण्डले भने, “माओवादी आन्दोलन…
राजविराजः प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, धाँधलीरहित हुने भएकाले निर्वाचनमा सबैलाई उत्साहपूर्वक भाग लिन आग्रह गरेका छन्। नेपाली काँग्रेस सप्तरी जिल्ला कार्यसमितिद्वारा मंगलबार राजविराजमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको बदलिँदो परिस्थितिमा जनताको भलो गर्ने पार्टी काँग्रेस नै भएकोले प्रदेश नं २ मा पनि आफ्ना पार्टीका उमेदवारलाई विजयी गराउन…
संयुक्त राष्ट्रसंघः संयुक्त राष्ट्रसंघले उत्तर कोरियाकाबिरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले सोमबार उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको हो। उत्तर कोरियाका विरुद्धमा संयुक्त राष्ट्रसंघले यसअघि नै नाकाबन्दीको प्रस्ताव गरेको भए पनि सर्वसम्मत हुन सकेको थिएन। तर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सोमबार भने सर्वसम्मत निर्णय भएको छ। उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणको विरुद्धमा हाल…