PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

  • राप्रपाले भन्यो–मन्त्रिपरिषद् विस्तार निर्वाचन आचारसंहिता विपरित

    राप्रपाले भन्यो–मन्त्रिपरिषद् विस्तार निर्वाचन आचारसंहिता विपरित

    काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रिपरिषद् विस्तारले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन भएको बताएको छ।  पार्टी प्रवक्ता सुशील कुमार श्रेष्ठले विज्ञप्ती जारी गरी आगामी प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता लागू भइसकेकाले मन्त्रिपरिषद् विस्तार गर्नु आचारसंहिताको ठाडो उल्लंघन भएको बताएका हुन्।  राप्रपाले सरकारले गरेकोे निर्णय सच्याउन निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराएको छ।  

    विस्तृतमा पढ्नुस्

  • ‘एभरेष्ट सिने अनर’को पहिलो संस्करणमा ५ फिल्मकर्मी सम्मानित

    ‘एभरेष्ट सिने अनर’को पहिलो संस्करणमा ५ फिल्मकर्मी सम्मानित

    काठमाडौं: फिल्म सम्बन्धी विभिन्न विषय अध्यापन गराउने एभरेष्ट फिल्म एकेडेमीले ‘एभरेष्ट सिने अनर’ नामक सम्मान कार्यक्रम सुरु गरेको छ। आइतबार काठमाडौंमा एक समारोह आयोजना गर्दै एकेडेमीले एभरेष्ट सिने अनर’को यस वर्ष देखि औपचारिक सुरुवात गरेको हो। एकेडेमीले सिने अनरको पहिलो संस्करणमा ५ फिल्मकर्मीलाइ सम्मान गर्यो । फिल्म ‘जात्रा’ निर्देशक प्रदिप भट्टराई, नायक विपिक कार्की, ‘लुट २’ सम्पादकका सुरेन्द्र पौडेल र छायांकार…

    विस्तृतमा पढ्नुस्

  • हराएको सामान खोज्दै प्रहरीः मुसुरो दालदेखि आइफोनसम्मको उजुरी

    हराएको सामान खोज्दै प्रहरीः मुसुरो दालदेखि आइफोनसम्मको उजुरी

    काठमाडौं : शुक्रवार दिउँसो एक महिला हतारिँदै महानगरीय प्रहरी कार्यालय रानीपोखरीको गेटमा पुगिन्। उनको अनुहारमा हतास र निरास प्रष्टै देखिन्थ्यो।  'के भयो? कसलाई खोज्नु भयो?,' ड्युटीमा रहेका एक प्रहरीले सोधे।  अक्मकिँदो बाक्यमा उनले जवाफ फर्काइन्, 'कान्तिपुर यातायातको गाडीमा मेरो झोला छुट्यो। झोलामा महत्वपुर्ण कागजपत्र सहित ६ हजार रुपैयाँ छ। गाडीबाट ओर्लिएको १० मिनेट भयो। सामान खोज्दिनुहोला। म बर्वाद हुन्छु।'  तत्काल नै…

    विस्तृतमा पढ्नुस्

  • प्रसूति गराउने क्रममा उदयपुरमा एक महिलाको मृत्यु

    प्रसूति गराउने क्रममा उदयपुरमा एक महिलाको मृत्यु

    उदयपुर :  जिल्ला अस्पताल उदयपुरमा आज बिहान प्रसूति गराउने क्रममा एक महिलाको मृत्यु भएको छ।  प्रसूति गराउने क्रममा स्थानीय चौदण्डी नगरपालिका– ३ हडियास्थित भिमाहाकी ३० वर्षीया रामकुमारी दनुवारको मृत्यु भएको हो।  आइतबार बेलुकी दनुवारलाई अस्पतालमा भर्ना गरिएको र आज बिहान ८:३० मा सामान्यरूपले बच्चा जन्माउने क्रममा बिरामीले उल्टी गर्दा बल परेका कारण बिरामीको फोक्सो र मुटुमा असर परेर मृत्यु भएको अस्पतालका…

    विस्तृतमा पढ्नुस्

  •  महिलालाई साना तथा मझौला उद्यमतर्फ आकर्षित गर्न सरकार तयारः प्रधानमन्त्री

     महिलालाई साना तथा मझौला उद्यमतर्फ आकर्षित गर्न सरकार तयारः प्रधानमन्त्री

    काठमाडौँ  : अन्तर्राष्ट्रिय महिला व्यवसायी सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ। सम्मेलनकाे एक समारोहकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्।  सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाली महिलालाई साना तथा मझौला उद्यमतर्फ आकर्षण गर्न लगानीमैत्री वातावरण तयार गर्ने कामलाई सरकारले प्राथमिकता दिएको बताए।  उनले भने,‘आर्थिक रुपले एक महिला सक्षम तथा आत्मनिर्भर हुनु भनेको सिङ्गो परिवार नै समृद्ध हुनु हो। परिवार समृद्ध भएपछि…

    विस्तृतमा पढ्नुस्

  • खेलकुद मन्त्री केसीले भने– व्यावसायिक खेलाडी उत्पादन गर्नेतर्फ सरकारको ध्यान 

    खेलकुद मन्त्री केसीले भने– व्यावसायिक खेलाडी उत्पादन गर्नेतर्फ सरकारको ध्यान 

    पोखरा :  युवा तथा खेलकुद मन्त्री राजन केसीले सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।  कास्की जिल्ला टेनिस संघद्वारा आयोजित नेपाल आइटिएफ सिनियर च्याम्पियनसिपको आज पोखरामा उद्घाटन गर्दै केसीले खेलकुदको विकास गर्दै देशमा व्यावसायिक खेलाडी उत्पादन गर्नेतर्फ सरकार लागेको बताए।  पर्यटकीय नगरी पोखरामा खेल पर्यटनको विकासका धेरै सम्भावना रहेको उल्लेख गर्दै उनले खेलको विकासका लागि सरकारका साथै उद्योगी, समाजसेवी सबैको…

    विस्तृतमा पढ्नुस्

  • शिक्षक, विद्यार्थी र अभिभावकलाई सिकाउने एउटै प्लेटफर्म

    शिक्षक, विद्यार्थी र अभिभावकलाई सिकाउने एउटै प्लेटफर्म

    काठमाडौं : धेरै अभिभावकहरुको एउटै साझा समस्या छ, बालबालिकामा प्रविधिको लत। स्कुलबाट आएपछि होस् या स्कुल जानुअघि उनीहरु मोबाइल या अन्य ग्याजेटमा झुण्डिएका हुन्छन्। कम्प्युटर, ट्याब्लेट र  मोबाइलमा गेम खेल्छन्, युट्युबमा भिडियो हेर्छन्, गुगलमा सर्च गर्छन्। डिजिटल प्रविधिमा बानी परिसकेका छ उनीहरुको।  त्यसैले किताबमा बानी पार्न अभिभावकको प्रयास विफल हुन थालेको छ। तर, अहिले पढ्नका लागि किताब नै पल्टाउनु पर्दैन।…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् तीन मन्त्रीको शपथ ग्रहण

    फोटोमा हेर्नुस् तीन मन्त्रीको शपथ ग्रहण

    काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्।  शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।  फोटोः रत्न श्रेष्ठ, रासस

    विस्तृतमा पढ्नुस्

  • 'मिस लिटिल नेवाः' को अडिसनबाट ४० जना छनोट

    'मिस लिटिल नेवाः' को अडिसनबाट ४० जना छनोट

    काठमाडौं: ‘मिस लिटिल नेवाः’ सौन्दर्य प्रतियोगिताको लागि अडिसनबाट ४० जना प्रतिस्पर्धि छनोट भएका छन्। ७० जनाले दिएको आवेदनमध्यबाट छानिएकाहरु अन्तिम प्रतियोगितामा शिर्ष उपाधीको लागि प्रतिस्पर्धा गर्नेछन्। ‘मिस लिटिल नेवाः’ को ११ औं संस्करण नेप्लिज फेशन होमले आयोजना गरेको हो। आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले दिएको जानकारी अनुसार लिटिल नेवाः को अडिसन काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, बनेपा तथा स्याङ्जाका प्रतिस्पर्धिहरुले सहभागिता…

    विस्तृतमा पढ्नुस्

  • टेक्सासमा भएको गोलीकाण्डमा आठ जनाको मृत्यु

    टेक्सासमा भएको गोलीकाण्डमा आठ जनाको मृत्यु

    हाउस्टन :  अमेरिकी राज्य टेक्सासको उत्तरी भागमा रहेको एक घरमा भएको गोली प्रहारमा संदिग्घ एकजना अपराधीसहित आठ जनाको मृत्यु भएको छ।  गोली प्रहारबाट हाउस्टनबाट ४१० किलोमिटर उत्तरमा पर्ने महानगर क्षेत्रमा रहेको एक घरमा रहेका सात जनाको मृत्यु भएको हो। साथै सोही घरमा अर्का एकजना संदिग्ध पनि मारिएका छन्।  गोलीकाण्ड किन र कसले गरेको थियो भन्ने बारेमा केही खुलाइएको छैन। सात जनाको घटनास्थलमा…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाको हाइड्रोजन बम परीक्षणमा हानिकारक विकीरण छैनः चीन

    उत्तर कोरियाको हाइड्रोजन बम परीक्षणमा हानिकारक विकीरण छैनः चीन

    बेइजिङ : गत हप्ता उत्तर कोरियाले गरेको आणविक परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालका कुनै पनि विकीरणहरु नदेखिएको चीनले जनाएको छ।  उत्तर कोरियाले गत हप्तामात्र अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परीक्षण गरेको थियो। परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालको कुनै विकीरण भए नभएको बारेमा चीनले अध्ययन गरेको थियो।  चीनको वातावरण संरक्षणसम्बन्धी मन्त्रालयले गरेको अध्ययनपछि यो तथ्य बाहिर आएको हो। मन्त्रालयले गरेको अध्ययनमा वातावरणलाई…

    विस्तृतमा पढ्नुस्

  • त्रिशूलीमा ट्रक खस्यो, चालक घाइते

    चितवन :  नारायणगढबाट काठमाडौँ गइरहेको ट्रक आज बिहान त्रिशूली नदीमा खस्दा एकजना घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गैँडाकोटबाट बियर बोकेर काठमाडौँ गइरहेको ना५ख ७२९७ नम्बरको ट्रक इच्छाकामना गाउँपालिका–६ जलबिरेबाट त्रिशूलीमा खसेको हो।  ट्रक त्रिशूलीमा खस्दा चालक मकवानपुरको हाँडीखोलाका ३० वर्षीय उज्ज्वल कँडेल घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ।  चालक हाम फालेर…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानमा बन्दुकधारीद्वारा चार सिया मुसलमानको हत्या

    पाकिस्तानमा बन्दुकधारीद्वारा चार सिया मुसलमानको हत्या

    पाकिस्तानः पाकिस्तानमा अतिवादीहरुको आक्रमणमा परी चार सिया मुसलमान मारिएका छन्।  दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको क्वेटानजिकै रातभर भएको गोली प्रहारमा चार जनाको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका प्रहरी अधिकारी मोहमद खानले जानकारी दिएका छन्।  मारिएका ती सिया मुसलमानहरु अफगानिस्तान र पाकिस्तानमा अल्पसङ्ख्यक मुस्लिमका रुपमा रहेका सिया हजाराका सदस्यहरु रहेको जनाइएको छ।  हत्याको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन।…

    विस्तृतमा पढ्नुस्

  • आयोगलाई गच्छदारको सुझावः आचारसंहिता केही दिनका लागि फिर्ता लिनुस्

    आयोगलाई गच्छदारको सुझावः आचारसंहिता केही दिनका लागि फिर्ता लिनुस्

    विराटनगर :  उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसी दलहरु निर्वाचनमा सहभागी भएपछि संविधानको स्वीकारोक्तिमा वृद्धि भएको बताएका छन्।  विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गच्छदारले संघीय संसद्को निर्वाचनपछि जनता र राजनीतिक दलले चाहेमा आवश्यकताअनुरुप संविधानमा संशोधन हुनसक्ने बताए।  असोज ३ गतेको संसद बैठकमा स्थानीय तह सञ्चालनलगायतका ऐन पारित हुने जानकारी दिंदै उनले कानुनको अभावमा कतिपय काम गर्नमा समस्या सिर्जना भएको बताए।  गच्छदारले संसद् र…

    विस्तृतमा पढ्नुस्

  • सुपथ मूल्य पसलमा उपभोक्ताको भीड

    सुपथ मूल्य पसलमा उपभोक्ताको भीड

    काठमाडौँ :  दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा उपभोक्ताको भीड देखिएको छ।  नेपाल खाद्य संस्थान, साल्ट टे«डिङ लिमिटेड र नेशनल ट्रेडिङले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको भीड देखिएको छ। चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएका ती पसलमा बाहिर तोकिएभन्दा सस्तो र गुणस्तरीय सामान पाइने संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिए।  विशेषगरी ती पसलमा दिउँसोदेखि…

    विस्तृतमा पढ्नुस्

  •  सघन खोप कार्यक्रम प्रभावकारी बनाउन १६ जिल्लामा बाल स्वास्थ्य टोली

     सघन खोप कार्यक्रम प्रभावकारी बनाउन १६ जिल्लामा बाल स्वास्थ्य टोली

    काठमाडौँ :  सरकारले तराईका बाढी प्रभावित १६ जिल्लामा सघन खोप कार्यक्रम प्रभावकारी बनाउन टोली खटाएको छ।  झापा, मोरङ ,सुनसरी, सप्तरी, सिराहा, सर्लाही, रौतहट, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली जिल्लामा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र बाल स्वास्थ्य महाशाखाको नेतृत्वमा खटिएको टोलीले खोपको शतप्रतिशत पहुँच बढाउने कार्य थालेको हो।  बाल स्वास्थ्य महाशाखाका खोप कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्

  • मधेसको नेतृत्व काग्रेसले नै गर्छः प्रकाशशरण महत

    मधेसको नेतृत्व काग्रेसले नै गर्छः प्रकाशशरण महत

    वीरगञ्जः नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले मधेसको नेतृत्व अब नेपाली कांग्रेसलेनै गर्ने दावी गरेका छन्।  नेपाल प्रेस युनियनले सोमबार वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा महतले मधेस केन्द्रीत राजनीतिक दल र नेताहरुमा राजनीतिक स्थिरता नभएको र हरेक आन्दोलनमा कांग्रेसको नै नेतृत्वदायी भूमिका रहेकाले मधेसको माग सम्बोधन पनि कांग्रेसले नै गर्ने बताए ।  एमाले गालीगलौज गरेर राष्ट्रियता बलियो हुन्छ भन्ने मानसिकताको शिकार…

    विस्तृतमा पढ्नुस्

  • इन्दुशंकर र एभरेष्ट सुगर मिलबाट उत्पादित ६ मेगावाट विद्युत् सरकारले खरिद गर्ने

    इन्दुशंकर र एभरेष्ट सुगर मिलबाट उत्पादित ६ मेगावाट विद्युत् सरकारले खरिद गर्ने

    रमेश लम्साल  काठमाडौँः मुलुकको ऊर्जा क्षेत्रलाई मिश्रित प्रणालीमा लैजाने लक्ष्यका साथ सरकारले दुईवटा चिनी उद्योगबाट विद्युत् खरिद प्रक्रिया सुरु गरेको छ ।  विद्युत् विकास विभागमा सोमबार आयोजित एक समारोहमा विभागका महानिर्देशक नवीनराज सिंह, इन्दुशंकर सुगर मिल र एभरेष्ट सुगर मिलका प्रतिनिधिबीच विद्युत् खरिद गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो।  विभागले सम्झौतालाई करारनामाका रुपमा उल्लेख गरेको छ। विभागले ती दुईवटा चिनी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रसंघले भन्यो– म्यानमारमा रोहिङ्गा समूदायमाथि नियोजितरुपमा ज्यादती

    राष्ट्रसंघले भन्यो– म्यानमारमा रोहिङ्गा समूदायमाथि नियोजितरुपमा ज्यादती

    जेनेभा :  म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस बंगलादेश विस्थापित भएपछि रोहिङ्गा समुदायका बारेमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार निकायले ध्यानाकर्षण भएको जनाएको छ।  राष्ट्रसंघीय मानवअधिकार आयोगका प्रमुखले कुनै विशेष जातीमाथि ज्यादती भएको देखिएको र यो कार्य नियोजित रुपमा गरिएको पाइएको भन्दै यसतर्फ म्यानमार सरकारको ध्यानाकर्षण गराएका हुन्।  यस अवस्थाको अध्ययनका लागि राष्ट्रसंघले प्रयास गरिरहेको पनि उनले बताएका छन्। यस विषयमा…

    विस्तृतमा पढ्नुस्

  • ७ वर्षपछि एकसाथ आर्यन र रेखा, हेर्नुस् 'रुद्रप्रिया'को ट्रेलरमा

    ७ वर्षपछि एकसाथ आर्यन र रेखा, हेर्नुस् 'रुद्रप्रिया'को ट्रेलरमा

    काठमाडौं: फिल्म 'रुद्रप्रिया'को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। कार्तिक २ रिलिज टार्गेट रहेको फिल्मको ट्रेलरमा लभ, रोमान्स र एक्शन केन्द्रमा रहेको छ। प्रचारको काम तिब्र बनाएको फिल्म युनिटले ट्रेलर अघि केही फोटोहरु र गीत 'मेरो माया छ भने' बोलको गीत रिलिज गरेको थियो। अभिनेत्री एवं निर्माता समेत रहेकी रेखा थापा र अभिनेता आर्यन सिग्देलले ७ वर्षपछि रुद्रप्रियमार्फत अनस्क्रिन रोमान्स गरेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell