PahiloPost

Apr 10, 2025 | २७ चैत्र २०८१

  • सफा नेपाल कति सम्भव ?

    सफा नेपाल कति सम्भव ?

    खेम शर्मा – तपाइँ बिहान स्वस्थ श्वास फेर्दै आफ्नो विस्ताराबाट उठ्नु हुनेछ र आफैँ बिस्तारा मिलाएर सफा घरबाट ‘मर्निङ वाक’का लागि निस्कनुहुनेछ । बाहिर निस्केपछि तपाइँ सफा भइसकेको बाटो र टोलका सफाइ मजदुरलाई धन्यवाद दिँदै अगाडि बढ्नुहुनेछ । ‘मर्निङ वाक’बाट फर्केपछि सफा बाथरुममा नुहाई आफ्नो काम गर्ने स्थानमा पुग्दा घर जत्तिकै सफा पाउनुहुनेछ र सफा विचारले आफ्नो सुन्दर जिम्मेवारी पूरा गर्नुहुनेछ ।…

    विस्तृतमा पढ्नुस्

  • उपसभामुखको चुनावमा को को भए गयल? यी हुन् मतदान नगर्ने ९ सांसद

    उपसभामुखको चुनावमा को को भए गयल? यी हुन् मतदान नगर्ने ९ सांसद

    काठमाडौंः शनिबार प्रतिनिधि सभाको उपसभामुख चयन भएको छ। माघ ५ गते सभामुख चयन भएलगत्तै आज उपसभामुख निर्वाचन भएको हो। उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छिन्।  रानाको पक्षमा १६६ र विपक्षमा ९७ मत परेको छ। १ मत तटस्थ रह्यो।  मतदानका क्रममा ९ सांसद अनुपस्थित रहे। सभामुख देवराज घिमिरे र कांग्रेस सांसद टेकबहादुर गुरुङको मताधिकार थिएन। गुरुङ भ्रष्टाचार मुद्दाका कारण…

    विस्तृतमा पढ्नुस्

  • इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित

    इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छिन्। आज भएको मतदानमा राना मगर निर्वाचित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन्। आजको बैठकमा २६४ जना सांसद उपस्थित थिए। गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी इन्दिरा राना मगरको १६६ पक्षमा मत परेको थियो। उनलाई सभामुख बनाउने प्रस्तावको विपक्षमा ९७ मत परेको घिमिरेले जानकारी दिए। रानालाई उपसभामुख बनाउने प्रस्तावमा मत दिन्न भन्नेमा एक मत…

    विस्तृतमा पढ्नुस्

  • 'ममाथि भरोसा राख्नेका लागि यो समय नेपाली राजनीतिक इतिहासकै पानीढलो क्षण'

    'ममाथि भरोसा राख्नेका लागि यो समय नेपाली राजनीतिक इतिहासकै पानीढलो क्षण'

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफूहरु नयाँ सपना र आशा बोकेर संघीय संसदमा आएको बताएकी छिन्। आज प्रतिनिधिसभाको उपसभामुख पदमा इन्दिरा राना मगरको प्रस्तावक बनेर रोष्टमबाट पहिलोपटक सम्बोधन गरेकी उनले परिवर्तनशील समयको काँचुली फेर्दै गरेको नेपाली समाज र राजनीतिको प्रतिवम्ब संसदमा देखिँदै गरेको उनले बताएकी छिन्। उनले आफूमाथि भरोसा राख्ने आम नेपालीको लागि अहिलेको समय नेपाली राजनीतिक इतिहासकै…

    विस्तृतमा पढ्नुस्

  • संसद्मा उठ्यो गृहमन्त्री लामिछानेको नागरिकता र राहदानीको कुरा, सभामुखबाट रुलिङको माग

    संसद्मा उठ्यो गृहमन्त्री लामिछानेको नागरिकता र राहदानीको कुरा, सभामुखबाट रुलिङको माग

    काठमाडौं : गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे प्रतिनिधिसभामा कुरा उठेको छ। उपसभामुखको निर्वाचनको शनिवार बसेको बैठकको सुरुमै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले यसबारे प्रश्न गरे। सांसद खतिवडाले संसद्मा धेरै कुराहरुको छानबिनको जरुरी रहेको भन्दै नागरिकता र पासपोर्टको बारेमा गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए। उनले गृहमन्त्रीको जवाफको लागि सभामुखबाट रुलिङको माग समेत गरे। ‘यो संसद्मा धेरै कुराहरुको…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरको भैसेँपाटीमा आगलागी हुँदा एक महिलाको मृत्यु

    ललितपुरको भैसेँपाटीमा आगलागी हुँदा एक महिलाको मृत्यु

    काठमाडौं : ललितपुरमा आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ। आज बिहान ललितपुर महानगरपालिका-२५ भैसेँपाटी फुलबारी मार्गमा आगलागी भएको थियो। जग्गा भाडामा लिई टहरा बनाएर धनकुटा घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर २५ फूलबारी मार्ग बस्ने ३९ वर्षीय नम्रता राईको मृत्यु भएको हो। राईले जग्गा भाडामा लिएर टहरा बनाएकी थिइन्। तर, अचानक आगलागी हुँदा राईको जलेर मृत्यु भएको र टहरा पूर्णरुपमा क्षति भएको…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई पढाउनुपर्ने भन्दै मेटमणिको कटाक्ष : कुतर्क गर्नेलाई मेरो तलबबाट कटाएर कोचिङ क्लास दिनुपर्‍यो

    ओलीलाई पढाउनुपर्ने भन्दै मेटमणिको कटाक्ष : कुतर्क गर्नेलाई मेरो तलबबाट कटाएर कोचिङ क्लास दिनुपर्‍यो

    काठमाडौं : प्रतिनिधि सभाको शनिवारको बैठकमा नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश व्यक्त गरेका छन्। उपसभामुख चयनका लागि बसेको बैठकमा चौधरीले नेपाली कांग्रेसका तर्फबाट उपसभामुखकी उम्मेदवार मुक्ताकुमारी यादवलाई समर्थन गर्दै ओलीप्रति कटाक्ष गरेका हुन्। उनले ओलीको नाम नलिएर प्रतिनिधि सभा विघटन ठिक थियो भन्ने तर्क गरेको भन्दै ओलीलाई संविधान पढाउनुपर्ने बताए। राष्ट्रपतिसँग 'सेटिङ' मिलाएर चुनाव…

    विस्तृतमा पढ्नुस्

  • शेरबहादुर र चिनियाँ राजदूतबिच भेट, 'दुई पार्टी बिचको सम्बन्धबारे गहिरो विचार आदानप्रदान'

    शेरबहादुर र चिनियाँ राजदूतबिच भेट, 'दुई पार्टी बिचको सम्बन्धबारे गहिरो विचार आदानप्रदान'

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि चीनका राजदूत चेन सोङबिच आज भेटवार्ता भएको छ। राजदूतका रुपमा कार्यभार सम्हाल्न केहीहप्ता अघिमात्रै काठमाडौं आएका सोङ हाल राजनीतिक भेटघाटमा व्यस्त छन्। यसैबिच सोङले आज धुम्बराही पुगेर देउवासँग भेट गरेका हुन्। भेटका क्रममा दुई देश तथा दुई पार्टी बिचका सम्बन्ध बारेमा गहिरो विचार आदानप्रदान भएको चिनियाँ दूतावासले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभामा सभामुख घिमिरेको पहिलो सम्बोधन, 'स्वस्थ र नीतिगत बहसलाई प्रोत्साहित गर्छु'

    प्रतिनिधिसभामा सभामुख घिमिरेको पहिलो सम्बोधन, 'स्वस्थ र नीतिगत बहसलाई प्रोत्साहित गर्छु'

    काठमाडौं : नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनमा स्वस्थ र नीतिगत बहसलाई उचित व्यवस्थापनका साथ प्रोत्साहित गरिने बताएका छन्। सभामुखमा निर्वाचित भएपछि पहिलो पटक संसद्लाई सम्बोधन र सांसदलाई स्वागत गर्दै उनले संसद्मा राजनीतिक दलहरुका बीचमा दार्शनिक, नीतिगत र कार्यक्रमिक प्रतिस्पर्धा हुनु यसको आधारभूत चरित्र भएको उल्लेख गरे। 'संसद् प्रतिस्पर्धाको थलो पनि हो, संसद्मा हुने नीतिगत बहस विमर्श र स्वस्थ प्रतिस्पर्धा…

    विस्तृतमा पढ्नुस्

  • संसदमा कांग्रेस सांसदको प्रश्न : गृहमन्त्रीको मौखिक निर्देशन मातहतका निकायले बेवास्ता गरेको हो?

    संसदमा कांग्रेस सांसदको प्रश्न : गृहमन्त्रीको मौखिक निर्देशन मातहतका निकायले बेवास्ता गरेको हो?

    काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृह मन्त्रालयबाट शुक्रबार जारी भएको प्रेस विज्ञप्तिबारे सदनको ध्यानाकर्षण गराएका छन्। सभामुखसँग समय मागेर बोल्दै उनले प्रेस विज्ञप्तिमार्फत अपराधी पक्राउ गर्न निर्देशन दिनु गलत भएको बताए। 'अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति जारी गर्ने परिपाटी गलत छ, त्यसलाई सच्याइनुपर्छ, हरेक घटनाका अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति नै जारी गर्नुपर्ने स्थिति…

    विस्तृतमा पढ्नुस्

  • झापा ल्याइयो निराकारको शव, आजै अन्त्येष्टि गरिने

    झापा ल्याइयो निराकारको शव, आजै अन्त्येष्टि गरिने

    काठमाडौं : कम्बोडियाको आगलागी घटनामा परि मृत्यु भएका विर्तामोड नगरपालिका-१ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याइएको छ। कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औँ तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो। शुक्रबार कम्बोडियाबाट काठमाडौँ ल्याइएको उनको शव आज दिउँसो १२:३० बजेतिर विर्तामोडस्थित निवासमा पुर्‍याइएको हो। युवा व्यवसायी…

    विस्तृतमा पढ्नुस्

  • माघ १० गतेबाट काठमाडौं महानगरका वडाबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन हुने

    माघ १० गतेबाट काठमाडौं महानगरका वडाबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन हुने

    काठमाडौं : काठमाडौं महानगरपालिकाका वडाबाट पनि राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन हुने भएको छ। माघ १० गतेबाट काठमाडौं महानगरको वडाबाटै विवरण संकलन कार्य हुने भएको हो। विवरण संकलनका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले वडाध्यक्ष र सचिवहरुलाई अभिमुखीकरण समेत दिइसकेको छ। यसअघि राष्ट्रिय सभा गृहबाट मात्रै काठमाडौं महानगरपालिकावासीको विवरण राष्ट्रिय परिचय पत्रका लागि संकलन हुने गरेको थियो। काठमाडौंका…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन प्रक्रिया सुरु (लाइभ)

    प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन प्रक्रिया सुरु (लाइभ)

    काठमाडौं : प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन प्रक्रिया सुरु भएको छ। उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवबिच प्रतिस्पर्धा हुँदैछ। मगरलाई उपसभामुखमा रास्वपाकी सोविता गौतमले प्रस्ताव गरेकी हुन्। समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)की नारायणी शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन छन्। यता, कांग्रेसले उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको छ। यादवको समर्थकमा कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • टाइगर प्यालेस रिसोर्टले अतिक्रमण गरेको सार्वजनिक जग्गा खाली गर्न अदालतको आदेश

    टाइगर प्यालेस रिसोर्टले अतिक्रमण गरेको सार्वजनिक जग्गा खाली गर्न अदालतको आदेश

    बुटवल : जिल्ला अदालत रुपन्देहीले तिलोत्तमामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्टले सार्वजनिक जग्गा अतिक्रमण गरेको ठहर गर्दै जग्गा खाली गर्न आदेश दिएको छ। सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेकाले खाली गर्न भन्दै स्थानीयले दिएको निवेदनउपर जिल्ला अदालत रुपन्देहीका न्यायाधीश कृष्णमुरारी सिवाकोटीको एकल इजलासले सार्वजनिक जग्गा खाली गराउन निर्देशन दिएको हो। हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिले सञ्चालन गरेको १५…

    विस्तृतमा पढ्नुस्

  • सभामुखको आह्वानमा संघीय संसद भवनमा भइरहेको छ सर्वदलीय बैठक

    सभामुखको आह्वानमा संघीय संसद भवनमा भइरहेको छ सर्वदलीय बैठक

    काठमाडौं : सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठक अहिले संघीय संसद भवन नयाँ बानेश्वरमा भइरहेको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भर्खरै सुरु भएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान, नेकपा (एमाले) का नेता सुवास नेम्वाङ र नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डे सहभागी छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक,…

    विस्तृतमा पढ्नुस्

  • फिल्म सेन्सरलाई सहज बनाउन चलचित्र विकास बोर्डलाई मन्त्रालयको निर्देशन

    फिल्म सेन्सरलाई सहज बनाउन चलचित्र विकास बोर्डलाई मन्त्रालयको निर्देशन

    काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी एवं विदेशी चलचित्रको अग्रिम बुकिङमा देखिएको समस्यालाई समधान गर्न बक्सअफिस शाखालाई निर्देशन दिएको छ। चलचित्र विकास बोर्डले 'सेन्सर'का लागि लगाएको नियमका कारण फिल्मको अग्रिम बुकिङमा समस्या देखिएपछि मन्त्रालयले बक्सअफिस शाखालाई फिल्म 'सेन्सर'मा ढिलाइ नगर्न निर्देशन दिएको हो। मन्त्रालयले बक्सअफिस शाखालाई फिल्मको 'सेन्सर'मा ढिला हुने भएमा शर्त पालना गर्ने प्रतिबद्धता सहित अग्रिम बुकिङका…

    विस्तृतमा पढ्नुस्

  • प्रश्न सोध्दा बालेनले उल्टै सोधे 'तिम्रो गाउँको मेयरले के गरिरहेको छ?', विशाल भण्डारीको जवाफ : तपाईंकै काठमाडौंको मतदाता हुँ

    प्रश्न सोध्दा बालेनले उल्टै सोधे 'तिम्रो गाउँको मेयरले के गरिरहेको छ?', विशाल भण्डारीको जवाफ : तपाईंकै काठमाडौंको मतदाता हुँ

    काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह र फिल्म निर्देशक विशाल भण्डारीबिच सामाजिक संजालमा आरोपप्रत्यारोप चलेको छ। अहिले मेयर बालेनले सुरु गरेका कामहरु लथालिङ्ग छाडेको भन्दै आलोचना भइरहेको छ। निजी सम्पत्तिमाथि महानगरले डोजर चलाएको बारे महानगरको कार्यपालिका बैठकमा नै प्रश्न उठेको छ। यसबिच शुक्रवार राति भण्डारीले बालेनले लथालिङ्ग पारेका कामको पर्चा फेसबुकमा हालेर प्रश्न गरेका थिए। उनले पाँच वर्षमा…

    विस्तृतमा पढ्नुस्

  • कारमा सिट बेल्ट नलगाएको भन्दै बेलायती प्रधानमन्त्रीलाई जरिवाना

    कारमा सिट बेल्ट नलगाएको भन्दै बेलायती प्रधानमन्त्रीलाई जरिवाना

    बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको कारभित्र 'सिट बेल्ट' नलगाएको भन्दै जरिवाना गरिएको छ। लानकेसिर प्रहरीले ४२ वर्षीय सुनकलाई 'फिक्स्ड पेनाल्टी' भर्न भनेको हो। सुनकले उत्तरी इङ्ग्ल्याण्डमा रहँदा सामाजिक संजालमा पोस्ट गर्न 'सिट बेल्ट' नलगाइ कारको पछाडिको सिटमा बसेर भिडियो सुट गरेका थिए। सरकारको एक योजनाको 'प्रोमोसन'का लागि उनले कारमा नै सो भिडियो बनाएका थिए। सो भिडियो उनको इनस्टाग्राम अकाउन्टमा राखिएको थियो। बेलायतको प्रधनमन्त्री कार्यालयले प्रधानमन्त्री सुनकले…

    विस्तृतमा पढ्नुस्

  • उपसभामुखको निर्वाचन आज, रास्वपाकी रानामगर र कांग्रेसकी यादवबिच प्रतिस्पर्धा

    उपसभामुखको निर्वाचन आज, रास्वपाकी रानामगर र कांग्रेसकी यादवबिच प्रतिस्पर्धा

    काठमाडौं : प्रतिनिधिसभाको उपसभामुख पदमा शनिवार निर्वाचन हुँदैछ। जसको लागि शुक्रवार मनोनयन दर्ता गरिएको थियो। उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवबिच प्रतिस्पर्धा हुँदैछ। रास्वपाबाट प्रतिनिधिसभाको उपसभामुखमा मगरले उम्मेदवारी दर्ता गरेकी छन्। मगरलाई उपसभामुखमा रास्वपाकी सोविता गौतमले प्रस्ताव गरेकी हुन्। समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)की नारायणी शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • लाइपजिगसँग बराबरीमा रोकियो बायर्न

    लाइपजिगसँग बराबरीमा रोकियो बायर्न

    बुन्देसलिगा अन्तर्गत २०२३ को पहिलो खेलमा बायर्न म्युनिख लाइपजिगसँग बराबरीमा रोकिएको छ। गएराति रेडबुल एरेनामा भएको खेलमा बायर्न लाइपजिगसँग १-१ को बराबरीमा रोकिएको हो। ३७औँ मिनेटमा गोल गर्दै बायर्नले खेलमा आफ्नो दबदबा जमाउने कोशिस गरेको थियो। सर्ज ग्न्याब्रीको क्रसमा एरिक म्याक्सिम चोपो-मोटिङले गरेको गोलमार्फत बायर्नले अग्रता लिएको थियो। बुन्देशलिगामा चोपो-मोटिङको यो सातौँ गोल हो। सो अग्रतालाई बायर्नले दोस्रो हाफमा गुमाउन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell