स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई हराएको छ। सान मामेस बारियामा सम्पन्न खेलमा घरेलु टोली रियल मड्रिडसँग ०-२ गोलअन्तरले पराजित भएको हो। खेलको २४ औं मिनेटमा करिम बेञ्जेमाले मार्को एसेन्सियोको पासमा गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो गोल टोनी क्रुसले ९० औं मिनेटमा रोड्रिगोको पासमा गरे। गएराति नै सम्पन्न अर्को खेलमा शीर्ष स्थानको…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वुल्भ्सलाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले वुल्भ्सलाई ३-० गोलअन्तरले हराएको हो। सिटीको जितमा नर्वेजियन स्ट्राइकर अर्लिङ हल्याण्ड नायक रहे। वुल्भ्सविरुद्ध ह्याट्रिक पुरा गर्दै टोलीलाई सहज जित दिलाएका हुन्। खेलको ४० औं मिनेटमा मिनेटमा केभिन डी ब्रुइनको पासमा सिटीलाई अग्रता दिलाएका हल्याण्डले दोस्रो गोल ५० औं मिनेटमा पेनाल्टीमा…
काठमाडौंः काठमाडौंमा गैरकानूनी रुपमा आयोजना गरिएको दुबई प्रोपर्टी शोस्थल पुगेर नेपाल प्रहरीले पाँच जनाको पासपोर्ट जफत गरेको छ। प्रहरीले आयोजक भएको आशंकामा उनीहरुको पासपोर्ट जफत गरेको हो। उनीहरु भारतीय भएको खुलेको छ। ‘प्रहरीले जफत गरेका ५ वटा पासपोर्ट बारे अध्ययन गरिरहेको छ। आवश्यक पर्यो भने ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्छौं। विस्तृत ढंगले प्रहरीले अनुसन्धान अघि बढाइसकेको छ,’ प्रहरी स्रोतले…
जनकपुरधाम : दुई साताअगाडि भारतमा अपहरणमा परेका जनकपुरधामका दुई युवकको शव फेला परेको छ। १३ दिनदेखि सम्पर्कविहीन रहेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको शव भारतमा फेला परेको छ। मृतक दुवैजना एकै परिवारका हुन्। विष्णुलाई लिएर रोहित भारतको सितामढी जिल्लाको बेला परिहारमा आफनो नातेदारका घर गएका थिए।…
काठमाडौं : प्रहरीले नेपाल टी २० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’ भएको प्रमाण फेला पारेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले केही साताको अनुसन्धानपछि फिक्सिङ भएको प्रमाण फेला पारेको हो। सीआइबीले डीएसपी सुन्दर तिवारीको नेतृत्वमा अनुसन्धान तथा छानबिन समिति बनाएको थियो। जसमा ५ जना अधिकृत प्रहरी रहेका छन्। समितिले अनुसन्धान फाइल बुझाउने तयारी गरेको छ। ‘मुद्दा चलाउने गरि प्रमाण फेला परेको छ। चाँडै…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समयमै दुई जना तामाङ मन्त्री बन्ने वचन दिएका छन्। तामाङ समुदायको महान पर्व ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित शुभकामना सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त वचन दिएका हुन्। 'मन्त्रीका कुरा पनि उठे। मोहन गोलेले पनि कडै राख्नुभयो। जनजाति महासंघले पनि कानमै पर्ने गरी भन्नुभयो हितबहादुरजीले मिठोसँग भन्नुभयो मैले भन्नुपर्ने कुरा उहाँलाई विशेष धन्यवाद। तामाङ…
काठमाडौं : उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले वैधानिक माध्यमबाट रेमिटेन्स आउने क्रम घटेको बताएका छन्। प्रवासी नेपाली मञ्च अमेरिकाले शनिवार आयोजना गरेको नेपालमा लगानी र रेमिटेन्स विषयक छलफल कार्यक्रममा उनले सो धारणा राखेका हुन्। रेमिटेन्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारको आवश्यक भएको उनले बताए। कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै पौडेलले रेमिटेन्सलाई वैधानिक माध्यमबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण तयार पार्न…
चीनसँग सीमा जोडिएका उत्तरी दुई नाका केही समयको लागि बन्द भएको छ। चिनियाँ नयाँ वर्ष कारण उक्त नाकाहरुबाट हुने आयात र निर्यात करिब १५ दिनसम्म बन्द रहने बताइएको छ। चिनियाँ नयाँ वर्ष सुरु भएकोले केरुङ रसुवा नाका माघ २१ गतेसम्मको लागि बन्द भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए। माघ ७ गतेदेखि नाका बन्द भएको हो। ‘अब १४ दिनपछि…
काठमाडौं : पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ। काठमाडौँ ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले जानकारी दिए। उनका अनुसार ती शव अत्यधिक जलेको हुनाले फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको हो। 'ती शव अत्यधिक रुपमा जलेको हुनाले…
काठमाडौं : वाग्मती सफाइ महाअभियानले गोकर्ण ड्यामदेखि पशुपति आर्यघाटसम्मको ढल पूर्णरुपमा व्यवस्थापन गर्न सरकारसमक्ष माग गरेको छ। वाग्मती सफाइ महाअभियानले ५०६औँ हप्ता पूरा गर्दा पनि मुहान क्षेत्रकै नदी सफाइ हुन नसकेपछि उक्त माग गरिएको हो। महाअभियानले पशुपति क्षेत्रसम्म नदीको दुवै किनारमा सफाइ छिटो गर्न पनि सहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएको छ। पशुपति क्षेत्रसम्म बाग्मती नदीमा सफा पानी बगाउने उद्देश्यले अधिकार…
यो वर्ष स्थापति कलाकारका छोरा छोरीले बलिउडमा डेब्यु गर्दैछन्। त्यसैले स्टार किड्स अभिनित फिल्महरुको नाम घोषणा हुने बित्तिकै चर्चा हुने नै भयो। हिन्दी फिल्म उद्योगमा पछिल्लो समय धेरै स्टार किड्सहरुले फिल्ममा डेब्यु गरे। जसमध्ये केहीले मात्रै फिल्म उद्योगमा आफ्नो छाप छोड्न सफल भए। स्टार किड्सहरुलाई चलचित्रको दुनियाँमा पाइला राख्न जति सजिलो हुन्छत्यति नै गाह्रो आफ्नो परिवारिक सफलतालाई कायम राख्न दबाब हुन्छ। बलिउडमा जहिलै ‘नेपोटिज्म’ को…
अमेरिकाका राष्ट्रपति जो बाइडेन अहिले शंकाको घेरामा छन्। प्रहरी र रिपब्लिकन सांसदहरु उनको पछि लागेका छन्। कारण : उनको निजी घरमा भेटिएको 'गोप्य सरकारी दस्तावेज'। अमेरिकाको न्याय विभागका अनुसन्धानकर्ताहरुले बाइडेनको डेलवेरस्थित घरबाट थप गोप्य दस्तावेज फेला पारेसँगै उनीमाथि प्रश्न उठ्न थालेको छ। अधिकारीहरुले बाइडेनको निजी घरमा १३ घण्टासम्म 'सर्च अपरेशन' गरेका थिए। त्यही क्रममा थप ६ वटा गोप्य फाइल फेला…
शाहरुख खान र दीपिका पादुकोण अभिनित बलिउड फिल्म ‘पठान’ जनवरी २५ मा रिलिज हुँदैछ। रिलिज अघि विवादित बनेको ‘पठान’ माथि भारतको असामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले प्रतिक्रिया दिएका छन। एक कार्यक्रममा पत्रकारले मुख्यमन्त्री शर्मालाई बजरंग दलका कार्यकर्ताहरुले फिल्मको विरोध गरेको बारे प्रश्न सोधेका थिए। जवाफमा शर्माले भने, ‘शाहरुख खान को हुन? मलाई शाहरुख र पठानको बारेमा केही थाहा छैन।’ यसै क्रममा पत्रकारले…
काठमाडौंः साताको पहिलो दिन सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि कारोबार मूल्य प्रतितोला एक लाख ५ हजार रुपैयाँ भएको छ। गत साताको अन्तिम दिनको तुलनामा सुन तोलामा २ सय रुपैयाँले घटेको हो।बिहीबारका तुलनामा तोलामा ७ सय बढ्दा शुक्रबार कारोबार मूल्य प्रतितोला एक लाख ५ हजार २ सय रुपैयाँ थियो। गत पुसदेखि नै तोलाको एक लाखभन्दा…
काठमाडौं : प्रविधिमा आधारित कम्पनीहरुले आर्थिक मन्दीका कारण खर्च घटाउन थालेका छन्। यस क्रममा गुगलको माउ कम्पनी अल्फाबेटले १२ हजार कर्मचारी कटौती गर्ने भएको छ। संसारभरि 'टेक कम्पनी'हरुमा कर्मचारी कटौती गर्ने सिलसिला हाल नरोकिने देखिएको छ। केही समययता मेटा, अमेजन, माइक्रोसफ्ट लगायतका 'टेक जायन्ट'हरूले निरन्तर खर्च कटौती गर्न कर्मचारी घटाउँदै आएका छन्। भर्खरै मात्रै माइक्रोसफ्टले १० हजार र अमेजनले १८ हजार जनाको जागिर…
चन्द्रमामा पहिलोपटक पाइला राख्ने को थिए? तपाईंले जवाफमा भन्नुहुनेछ – नील आर्मस्ट्रङ तर, चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्ति को थिए भनेर सोधे सायद कमैले मात्र यसको उत्तर दिन सक्लान्। चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्ति हुन् एड्विन 'बज' एल्ड्रिन। सन् १९६९ मा अपोलो ११ मा चन्द्रमामा नीलसँगै बज पनि चन्द्रमाको यात्रामा थिए। फरक यति थियो- नीलले पहिलोपटक पाइला टेके र बज दोस्रो…
काठमाडौं : तामाङ समुदाय र ह्योल्मो समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु हुन्छ। आजदेखि बिरालो वर्ष प्रवेश भएको छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गोरु, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा,…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा वेस्टहम युनाइटेडले एभर्टनलाई हराएको छ। लण्डन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले एभर्टनलाई २-० गोलअन्तरले हराएको हो। घरेलु टोलीलाई जित दिलाउन दुबै गोल जारोड बोवेनले गोल गरे। खेलको ३४ औं मिनेटमा आफ्नो टोलीलाई अग्रता दिलाएका उनले दोस्रो गोल ४१ औं मिनेटमा मिचाइल एन्टोनियोको पासमा गरे। त्यसपछि दुबै टोलीले गोल थप्न नसक्दा खेल वेस्टहमले २-०…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सी र लिभरपुल बराबरीमा रोकिएका छन्। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लिभरपुल चेल्सीसँग गोलरहित बराबरीमा रोकिएको हो। पछिल्ला खेलहरुमा लय गुमाएका यी दुबै टोलीले आजको खेलमा पनि लय राम्रो देखिउन सकेनन्। खेलको सुरुमै चेल्सीका काइ हाभर्ट्जको गोललाई रेफ्रीले अफसाइड करार दिए। त्यसपछिका दुबै टोलीका प्रयास सफल हुन सकेनन्। बराबरीमा रोकिएसँगै लिग उपाधिको…
काठमाडौं : साहित्यकार क्षितिज मगर कथासंग्रह 'भेडीकम्बलको प्वाल' सार्वजनिक भएको छ। शनिवार काठमाडौंको अनामनगरस्थित निम्तो रेस्टुराँमा साहित्यकारहरुको टोलीले क्षितिजको चौथो कृति सार्वजनिक गरे। जनयुद्धका समयमा बन्दुक चलाउने क्षितिजको यो चौथो कृति भएको पूर्व ब्रिगेड सहायक कमान्डरसमेत रहेकी होलिका केसीले बताइन्। 'दर्जनौ लडाईमा हामी सँगै लड्यौं। पहिले उहाँ बन्दुक चलाउनुहुन्थ्यो। अहिले कलम चलाउनुहुन्छ,' केसीले भनिन्, 'दुखी गरिबको पक्षमा कलम चलाइरहनुहोला।' नेपाली…