PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

  • महिला भलिबलको उपाधिका लागि रेलवे र एपीएफ भिड्ने

    नेपालगन्ज : साबिक बिजेता भारतको रेलवे र उपबिजेता एपीएफ प्रधानमन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। नेपालगंजको कर्भडहलमा मंगलवार भएको पहिलो सेमिफाईनल खेलमा रेलवेले नेपाल आर्मीलाई ३-० को सोझो सेटमा हराउँदा दोश्रो सेमिफाईनलमा एपीएफले पुलिसलाई ३-० कै सोझो सेटमा स्तब्ध बनायो। रेलवले आर्मीलाई २५–१६, २५–२३ र २५–१४ को सेटमा पराजित गर्यो। यस्तै विभागीय डर्बी भिडन्तमा…

    विस्तृतमा पढ्नुस्

  • ​मन्त्रिपरिषद्का ६ निर्णय, थप ७ सय सेना वनको सुरक्षामा खटाइने

    ​मन्त्रिपरिषद्का ६ निर्णय, थप ७ सय सेना वनको सुरक्षामा खटाइने

    काठमाडौँ : सरकारले स्थानीय तह पुन: संरचना आयोगको प्रतिवेदन माथि अध्ययन र सुझाव दिन गठित तीन ससस्यीय समितिको म्याद थप गरेको छ। मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे संयोजक रहेको समितिको म्याद तीन दिन थप गरेको हो। आयोगको प्रतिवेदन अध्ययन गरेर सरकारले पुन: आयोगमा फिर्ता पठाएर संशोधन गराउने तयारी गरिरहेको छ। संशोधन पछि मात्र प्रतिवेदन कार्यान्वयनका…

    विस्तृतमा पढ्नुस्

  • ​शेर्पा जातिको ग्याल्पो ल्होसार, बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने

    काठमाडौँ : नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्पो ल्होसार (नयाँ वर्ष) आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन्।  भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार आइतबार बाँदर वर्ष पूरा भई सोमबारदेखि चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् टीका शेर्पाले बताए।  ‘हाम्रो संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन,…

    विस्तृतमा पढ्नुस्

  • ​भारतको मेघालयमा सडक दुर्घटना, १७ जनाको मृत्यु ६२ घाइते

    ​भारतको मेघालयमा सडक दुर्घटना, १७ जनाको मृत्यु ६२ घाइते

    नयाँ दिल्ली : भारतको उत्तरपूर्वी राज्य मेघालयमा उच्चगतिमा सडकमा गुडिरहेको ट्रक आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ। दुर्घटनामा ६२ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।  मेघालयको राजधानी सिलोङबाट करिब ९५ किलोमिटर पश्चिममा अवस्थित पश्चिम खासी जिल्लाको नोङस्टोन नजिकै भएको उक्त घटना क्रिश्चियन समुदायका धर्मावलम्बीहरु एक धार्मिक कार्यक्रमका लागि चर्चमा जाने क्रममा भएको बताइएको छ।  प्रहरी अधिकृत…

    विस्तृतमा पढ्नुस्

  • ​इब्राहिमोभिचको दुई गोल मद्दतमा म्यानचेष्टर युनाइटेड इएफएल कप च्याम्पियन

    ​इब्राहिमोभिचको दुई गोल मद्दतमा म्यानचेष्टर युनाइटेड इएफएल कप च्याम्पियन

    म्यानचेष्टर युनाइटेडले इइफएल कपको उपाधि जितेको छ। ज्लाटाल इब्राहिमोभिचले २ गोल गरेपछि युनाइटेडले साउथह्याम्पटनलाई ३-२ ले पराजित गर्दै यस सिजनको पहिलो उपाधि जितेको हो।  वेम्वली स्टेडियममा युनाइटेडलाई च्याम्पियन बनाउन इब्राहिमोभिचले खेल सकिन ३ मिनेट अगाडी निर्णायक गोल गरे। त्यसअघि १९ औं मिनेटमा इब्राहिमोभिचले नै फ्रिकिक मार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए भने ३८ औं मिनेटमा जेस लिनगार्डले अग्रता दोब्बर…

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानमन्त्रीसँग दलित अधिकारकर्मीको भेट, मुद्दामा नीतिगत परिमार्जन गर्न आग्रह

    ​प्रधानमन्त्रीसँग दलित अधिकारकर्मीको भेट, मुद्दामा नीतिगत परिमार्जन गर्न आग्रह

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सपनामा दलित समुदायको साथ रहेको बताएका छन्। सोमबार बिहान विश्व दलित संगठनका प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्रीले भने ‘दलित समुदाय राज्यबाट सबै हिसाबले उत्पीडनमा पारिएको समुदाय हो । राजतन्त्र र एकात्मक सत्ताले दलितहरुलाई विभेद गर्‌यौं , हामीले त्यसका विरुद्ध संघर्ष गर्‌यौं । सबै जाति, क्षेत्र, वर्ग, लिंग र सीमान्तकृत समुदायको अधिकारका पक्षमा दलितहरु खुलेर लागे ।…

    विस्तृतमा पढ्नुस्

  • ​ला लिगा : रियलको उत्कृष्ट पुनरागमन, बार्सिलोनाको जितमा मेसीको निर्णायक गोल

    ​ला लिगा : रियलको उत्कृष्ट पुनरागमन, बार्सिलोनाको जितमा मेसीको निर्णायक गोल

    स्पानिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा दुई ठूला क्लब रियल मड्रिड र बार्सिलोना विजयी भएका छन्।  रियलले दुई गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै भियारियललाई ३-२ ले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थान कायमै गरेको छ। यता लियोनल मेसीले खेल सकिन चार मिनेट अगाडी निर्णायक गोल गरेपछि बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई २-१ ले पराजित गर्दै रियल माथि दबाब कायमै…

    विस्तृतमा पढ्नुस्

  • राजदूतमा सिफारिस लामा र ढकालको नाम फिर्ता

    राजदूतमा सिफारिस लामा र ढकालको नाम फिर्ता

    काठमाडौं : राजदूत सिफारिस प्रकरण विवादमा परेका बेला सरकारले सयुक्त अरव इमिरेट्स र ओमनका लागि सिफारिस दुई राजदूतको सिफारिस रद्द गरेको समाचार बाहिर आएको छ। व्यवसायिक स्वार्थ जोडिएका व्यक्तिलाई राजदूतमा सिफारिस गरेकोमा आलोचना भइरहेका बेला सरकारले सिफारिस निर्णय प्रमाणीकरण क्रममै राजदूत सिफारिस फिर्ता गरेको समाचार अन्नपूर्ण पोस्ट लेखेको छ।  स्रोत उद्रृत गर्दै अन्नपूर्णले लेखेको समाचार अनुसार मन्त्रिपरिषद् बैठकबाट कांग्रेसको कोटामा…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : ह्यारी केनको ह्याट्रिक, टोटनहम दोस्रो स्थानमा

    ह्यारी केनले २०१७ मा तेस्रो ह्याट्रिक गरेपछि टोटनहम हट्सपरले प्रिमियर लिगमा स्टोक सिटीमाथि शानदा जित हासिल गरेको छ। घरेलु मैदानमा भएको खेलमा टोटनहमले स्टोकलाई ४-० ले हरायो। टोटनहमको लागि केनले १४ औं, ३२ औं र ४२ औं मिनेटमा गोल गरे। यस्तै डेले अलीले पहिलो हाफको इन्जुरी टाइममा एक गोल थपे। जितपछि २६ खेलबाट ५३ अंक जोडेको टोटनहम म्यानचेष्टर सिटीलाई पछि…

    विस्तृतमा पढ्नुस्

  • ​अमेरिकामा पनि रुढीवादी परम्परा, ट्रम्पलाई हटाउन ‘जादुटुना’को सामूहिक अनुष्ठान

    ​अमेरिकामा पनि रुढीवादी परम्परा, ट्रम्पलाई हटाउन ‘जादुटुना’को सामूहिक अनुष्ठान

    एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरोधीलाई लाग्छ, ट्रम्पको ह्वाइट हाउस बहिर्गमन कम्तीमा चार वर्ष टाढा छ । तर, ‘जादुटुना’मा विश्वास गर्ने अमेरिकी महिला यो कुरामा विश्वास गर्दैनन्। शुक्रबार मध्यरातको १२ बजे ‘जादुटुना’मा विश्वास गर्नेहरुले ट्रम्पको बहिर्गनका लागि सामूहिक अनुष्ठान समेत गरे। सामूहिक अनुष्ठानको यो अभियानमा हालसम्म फेसबुकमा १० हजार बढी मानिस सामेल भइसकेका छन्। सोसल मिडियामा यसलाई म्याजिक रेसिस्टेन्सको…

    विस्तृतमा पढ्नुस्

  • भित्रिए गोमा एयरका दुर्इ जहाज, दुर्गममा उडान गर्ने

    भित्रिए गोमा एयरका दुर्इ जहाज, दुर्गममा उडान गर्ने

    काठमाडौं : गोमा एयरले थप दुर्इ नयाँ जहाज ल्याएको छ। कम्पनीले रुसी कम्पनीसँग खरीद गरेर एलइटी ४१० जहाज नेपाल ल्याएको हो। यी जहाजले दुर्गम विमानस्थलमा उडान भर्नेछन्।   दुवै जहाज नेपाली चालकदल र इन्जिनियरिङ दलले रुसबाट मंगोलिया, चीन, भियतनाम, बंगलादेश हुँदै नेपाल ल्याएका हुन्। गोमासँग यो जहाजसँगै ६ वटा जहाज हुनेछन्।   छोटो धावनमार्ग प्रयोग गर्ने यी ६ वटै जहाजले…

    विस्तृतमा पढ्नुस्

  • ८९औं अस्कर अवार्ड : मुनलाइट उत्कृष्ट फिल्म, ला ला ल्याण्डलाई उत्कृष्ट निर्देशक र अभिनेत्रीसहित ६ अवार्ड

    ८९औं अस्कर अवार्ड : मुनलाइट उत्कृष्ट फिल्म, ला ला ल्याण्डलाई उत्कृष्ट निर्देशक र अभिनेत्रीसहित ६ अवार्ड

    ८९ औं अस्कर अवार्डमा फिल्म ला ला ल्याण्डले वर्चस्व कायम राख्दा मुनलाइट उत्कृष्ट फिल्म र कासेए अफ्लेक उत्कृष्ट अभिनेता घोषित भएका छन्। वारेन बेएट्टीले उत्कृष्ट फिल्मको नाम घोषण गर्दा सुरुमा ला ला ल्याण्डको नाम उच्चारण गरेपनि उक्त घोषणा गलत भएकाले त्यसलाई सच्याउँदै मुनलाईटलाई उत्कृष्ट फिल्म घोषित गरियो।  ब्यारी जेनकिन्सले निर्देशन गरेको मुनलाइटले ला ला ल्याण्ड, अराइभल, फेन्सेस, हक्सव रिड्ज, हेल…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्पको फैसलाको विरोधमा अस्करमा सहभागी कलाकारले लगाए 'ब्लु रिबन'

    ट्रम्पको फैसलाको विरोधमा अस्करमा सहभागी कलाकारले लगाए 'ब्लु रिबन'

    अमेरिकाको लस एन्जल्समा ८९औं एकेडेमी पुरस्कारको घोषणा भइरहेका बेला त्यहाँ उपस्थित केही कलाकारले राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्धको फैसलामाथि विरोध जनाएका छन्। रूथ नेगा र बैरी जेकिन्सल गायतका थुप्रै सेलिब्रिटीहरुले निलो रिबन लगाएर ट्रम्पको यात्रा प्रतिबन्धको फैसलाविरुद्ध विरोध जनाएका हुन्।    त्यहाँ प्रयोग गरिएको निलो रङ्गको रिबन अमेरिकन सिभिल लिबर्टिज युनियन (एसीएलयु) को प्रतीक मानिन्छ। वेबसाइट 'टेलिग्राफ डट का डट…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको ज्यान गयो

    काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको ज्यान गयो

    काठमाडौं : काठमाडौंको बालाजुस्थित फुलबारी गेटमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार एक महिलाको ज्यान गएको छ।   बिहान साढे ५ बजे ना ३ ख ६२१६ नम्बरको बसले बा ७२ प ६६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो। मृत्यु हुनेमा काठमाठडौं  तारकेश्वर बस्ने ३५ वर्षिया गंगा फुयाँल रहेकी छिन्। चालक ३८ वर्षीय राजकुमार फुयाँल घाइते…

    विस्तृतमा पढ्नुस्

  • सिरी ए : नाइङगोलनको दुई गोलमा रोमाको जित

    सिरी ए : नाइङगोलनको दुई गोलमा रोमाको जित

    राज्दा नाइङगोलनको दुई गोल मद्दतमा रोमाले इन्टर मिलानलाई पराजित गर्दै शीर्ष स्थानको युभेन्ट्समाथि दबाब कायमै राखेको छ। इटालियन सिरी ए अन्तर्गत आइतबार भएको खेलमा रोमाले इनटरलाई उसैको मैदानमा ३-१ ले हरायो। रोमाको जितमा नाइङगोलनले खेलको १२औं र ५६ औं मिनेटमा गोल गरे। डिएगो पेरोट्टीले पेनाल्टीमार्फत रोमाको लागि तेस्रो गोल गरे। इन्टरका लागि माउरो इकार्डीले एक गो फर्काए। जितपछि २६ खेलबाट…

    विस्तृतमा पढ्नुस्

  • भारतीय मूलका अभिनेता देव पटेलले पाएनन् अस्कर अवार्ड

    भारतीय मूलका अभिनेता देव पटेलले पाएनन् अस्कर अवार्ड

    भारतीय मूलका अभिनेता देव पटेल अस्कर अवार्ड पाउनबाट चुकेका छन्। उनी सर्वोत्कृष्ट सह अभिनेताका लागि फिल्म 'लायन'बाट मनोनयनमा परेका थिए। अमेरिकी अभिनेत महेशला अलीले फिल्म मुनलाइनका लागि सह अभिनेताको पुरस्कार हात पारेका हुन्। देव अस्कर अवार्डमा आफ्नी आमा अनिताको साथमा पुथेका थिए। हलिउड अवार्डमा सहभागि हुने मौका पाएका पटेलले आफ्ना लागि निकै ठूलो अवसर भएको प्रतिक्रिया दिएको फस्टपोस्ट हिन्दीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • ​एसियन बेसबल कपमा नेपालको पहिलो जित

    काठमाडौं : पाकिस्तानमा भइरहेको १३औं बिएफए एसियन बेसबल कपमा नेपालले पहिलो जित हात पारेको छ। नेपालले प्रतियोगिताको दोस्रो दिन इराकलाई १३-३ ले पराजित गरेको हो। समूह ए मा रहेको नेपाल पहिलो खेलमा आयोजक पाकिस्तानसँग १६-१ ले पराजित भएको थियो। समूह बी मा पाकिस्तानले आज इराकसँग प्रतिस्पर्धा गर्दैछ। आजको खेलमा पाकिस्तानले इराकलाई पराजित गरे नेपाल पनि सेमिफाइनल पुग्नेछ।  यस्तै समूह बी…

    विस्तृतमा पढ्नुस्

  • कार्कीलाई मानार्थ उपरथीको दर्ज्यानी चिह्न प्रदान

    काठमाडौँ : प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले मानार्थ उपरथी दर्जामा पदोन्नति भएका नेपाली सेनाका सूचना अधिकारी एवम् प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीलाई आज जङ्गी अड्डामा आयोजित एक विशेष समारोहका बीच मानार्थ उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सैनिक सेवा नियमावली, २०६९ मा व्यवस्था भएअनुसार नेपाली सेनाका साधारणतर्फका सहायक रथी ताराबहादुर कार्कीको कार्यदक्षता एवम् उनले संस्थाप्रति पुर्‍याएको विशेष योगदानका आधारमा…

    विस्तृतमा पढ्नुस्

  • पाठेघर र स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने

    पाठेघर र स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने

    काठमाडौँ : महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने योजना सार्वजनिक गरेका छन्।  सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री खड्काले महत्वाकांक्षी योजना सार्वजनिक गरेका हुन्। यस योजनाका लागि मन्त्रालयले सरकारी अस्पतालसँग सम्झौता गर्ने तयारी गरेको छ।  नेपाली महिलाहरुमा लाग्ने पाठेघर क्यान्सरको उपचार खर्च सरकारले व्यहोर्ने भएपछि धेरै महिलाले राहत…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय काव्य महोत्सवमा नेपाली कवि

    अन्तर्राष्ट्रिय काव्य महोत्सवमा नेपाली कवि

    काठमाडौँ : निकारागुवामा भएको ‘तेह्रौँ ग्रालाडा अन्तर्राष्ट्रिय काव्य महोत्सव’मा नेपालका वरिष्ठ कवि तुलसी दिवसले भाग लिई कविता वाचन गर्नुका साथै सांस्कृतिक सम्पदाबारे विचार प्रस्तुत गरेका छन्। विश्वका छ महादेशका करिब १७० मुलुकका विशिष्ठ कविहरुको सहभागिता रहेको सो सम्मेलनमा निरन्तर कविता वाचन (म्याराथुन पोइट्री रिडिङ), सडक, विभिन्न शिक्षालयका कविता वाचन, विचार विमर्श, पुस्तक, लोक शिल्पकला र सांस्कृतिक प्रदर्शनीसमेत गरिएको थियो। दिवसका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell