PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

  • निर्वाचन नगरे सरकारको औचित्य समाप्त हुने : मन्त्री थापा

    निर्वाचन नगरे सरकारको औचित्य समाप्त हुने : मन्त्री थापा

    काठमाडौँ : स्वास्थ्यन्त्री गगनकुमार थापाले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन नगरे सरकारको औचित्य समाप्त हुने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आज काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले निर्वाचन गर्न यो सरकार बनेको भन्दै निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताए। उनले भने- 'सरकार संविधान संशोधन र निर्वाचन गराउने काममा हरसम्भव लाग्नेछ।'   मन्त्री थापाले मधेसी असन्तुष्ट दलहरु…

    विस्तृतमा पढ्नुस्

  • फोहोरबाट बिजुली निकाल्ने योजना किन थाती राख्यो महानगरपालिकाले?

    फोहोरबाट बिजुली निकाल्ने योजना किन थाती राख्यो महानगरपालिकाले?

    दिनेश खड्का/पहिलोपोस्ट काठमाडौँ : लोडसेडिङ नभएको भन्दै काठमाडौँ महानगरपालिकाले फोहोरबाट बिजुली निकाल्ने कार्यक्रम थाती राखेको छ। महानगरको वातावरण विभाग रहेको टेकु कार्यालय र उक्त क्षेत्रको सडकमा बत्ती बाल्नेगरी फोहोरबाट बिजुली निकाल्ने तयारी थियो।   विद्युत प्राधिकरणले बिजुली कटौती नगरेपछि महानगरलाई आवश्यक नभएको वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले बताए। लोडसेडिङ अन्त्यकै कारण फोहोरबाट बिजुली निकाल्ने योजना थाती रहेको उनको भनाइ छ। …

    विस्तृतमा पढ्नुस्

  • ‘मिस नेपाल पिस २०७३’को ट्यालेन्ट राउण्ड सम्पन्न

    ‘मिस नेपाल पिस २०७३’को ट्यालेन्ट राउण्ड सम्पन्न

    काठमाडौं: सौदर्य प्रतियोगीता ‘मिस नेपाल पिस २०७३’को ट्यालेन्ट शो सम्पन्न भएको छ। काठमाडौं किष्ट मेडिकल कलेजमा सोमबार आयोजित ‘ट्यलोन्ट शो’मा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कलामा आ–आफ्नो कला प्रस्तुत गरे। नेक्स्ट मोडल्स नेपालको आयोजना रहेको स्वस्थ्यसँग सम्बन्धित यो एक मात्र सौदर्य प्रतियोगीता हो। ट्यालेन्ट शोमा डा.सुजाता हिराचन्द (अध्यक्ष नेपाल बेष्ट क्यान्सर फाउन्डेसन), दीपक घिमिरे (मोडल), दीपक श्रेष्ठ (चलचित्र निर्देशक),…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपति पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगे

    उपराष्ट्रपति पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगे

    काठमाडौं : नर्भिक अस्पतालमा उपचाररत उपराष्ट्रपति नन्दबहादुर पुनको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी लिएका छन्।   आज अस्पताल नै पुगेर उनले पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना पनि गरे। पुनको स्वास्थ्यबारे बुझ्न आज बिहानै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा पनि अस्पताल पुगेका थिए।   थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका पुनको स्वास्थ्यमा सुधार आइरहेको चिकित्सकहरुले बताएका…

    विस्तृतमा पढ्नुस्

  • नोकिया ३३१० को पुनर्जीवन : एक महिना चार्ज टिक्ने दाबी, केके छन् विशेषता?

    नोकिया ३३१० को पुनर्जीवन : एक महिना चार्ज टिक्ने दाबी, केके छन् विशेषता?

    बार्सिलोना : चर्चित सेट नोकिया ३३१० कस्तो रुपमा फर्केला? कौतुहल सबैमा थियो। कौतुहल मेट्दै नोकियाको सबैभन्दा धेरै बिक्री भएको फ्ल्यागसिप मोबाइल फोन ३३१० मोडेल सार्वजनिक भएको छ।   स्पेनको राजधानी बार्सिलोनामा विश्व मोबाइल कंग्रेसमार्फत नोकियाले ३३१० लाई पुनर्जीवन दिएको छ।   मोबाइल नयाँ भर्सनको भए पनि डिजाइन भने पुरानो ओरिजिनल नै रहेको छ जुन फोन सन् २००० मा सार्वजनिक भएपश्चात…

    विस्तृतमा पढ्नुस्

  • दृष्टिविहीन अमित सगरमाथा आरोहणको तयारीमा

    कमल खत्री म्याग्दी : बागलुङ जिल्ला सर्कुवा–२ का अमित केसी दृष्टिविहीन हुन्। जन्मजात दृष्टिविहीन रहेका केसीले सगरमाथाको रङ्ग देखेका छैनन् तर उनले सगरमाथाको शिखरमा पाइला टेक्ने साहस गरेका छन्। समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका ३२ वर्षीय केसी अहिले सर्वोच्च शिखर सगरमाथा हिमाल आरोहणको तयारीमा जुटेका हुन्। सगरमाथा आरोहण गर्न लागेका दृष्टिविहीन केसीलाई हिमाल आरोहणका लागि नेपाल सरकारले समेत स्वीकृति दिइसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • अस्कर अवार्ड समारोहमा यस्ती देखिइन् प्रियङ्का चोपडा

    अस्कर अवार्ड समारोहमा यस्ती देखिइन् प्रियङ्का चोपडा

    बलिउड अभिनेत्री प्रियङ्का चोपडा ८९ औं अस्कर अवार्डमा सहभागी भइन्। उनको हलिउड डेब्यु फिल्म 'बे वाच' सन् २०१७ का लागि मात्र प्रदर्शन हुने भएपनि उनले अस्करमा गत साल देखिनै सहभागिता जनाउँदै आएकी छिन्। अमेरिकी टिभी सिरिज 'क्वानटिको' मार्फत हलिउड अवार्ड समारोहका लागि उनले औपचारिक बाटो खोलेकी हुन्।  २०१५ को अस्कर अवार्ड समारोहमा भाग लिँदा उनको पहिरन निकै चर्चामा रह्यो। यो…

    विस्तृतमा पढ्नुस्

  • सहरी मन्त्री केसीको गुनासो- 'राजदूत सिफारिसमा परेकालाई हामीले नै चिन्न नपाइने?'

    सहरी मन्त्री केसीको गुनासो- 'राजदूत सिफारिसमा परेकालाई हामीले नै चिन्न नपाइने?'

    काठमाडौं : सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले राजदूतको सिफारिसमा परेका कसैलाई चिन्न नपाएको गुनासो गरेका छन्। उनले मन्त्रिपरिषद्मा छलफल नै नगरी एक्कासि राजदूतहरुको नाम सिफारिस गर्ने निर्णय भएको भन्दै सार्वजनिक कार्यक्रममै असन्तुष्टि व्यक्त गरे।   'राजदूतमा सिफारिस भएकालाई हामीले चिन्न पाएनौँ, छलफल गर्न दिइएन,' सिएन नेपालको कार्यक्रममा सोमबार मन्त्री केसीले भने, 'मन्त्रीले नै नचिन्ने राजदूत सिफारिस गरेर मन्त्रीपरिषद्मा पर्याप्त छलफल…

    विस्तृतमा पढ्नुस्

  • ग्याल्बो शेर्पा ल्होसारको मुस्कान १४ फोटोमा

    ग्याल्बो शेर्पा ल्होसारको मुस्कान १४ फोटोमा

    काठमाडौं : ग्याल्मो ल्होसारको रमझममा छन् आज शेर्पा समुदाय। काठमाडौं उपत्यकाको विभिन्न स्थानमा भेला भएर खुसी साटासाट गर्दै,संगितमा रम्दै उल्लासका साथ ल्होसार मनाइरहेका शेर्पा समुदायको मुस्कान १४ फोटोमा  

    विस्तृतमा पढ्नुस्

  • आफ्नै पूर्वक्लब मनाङसँग भिड्दै किरण चेम्जोङ

    आफ्नै पूर्वक्लब मनाङसँग भिड्दै किरण चेम्जोङ

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ हाल माल्दिभ्सको क्लब टिसी स्पोर्ट्ससँग आबद्ध छन्। त्यसअघि उनी नेपालको ए डिभिजन क्लब मनाङ मर्स्याङदीबाट खेलेका थिए। अहिले मनाङ र किरणले खेल्ने माल्दिभ्सको क्लब दुवै बंगलादेशमा भइरहेको दोफस्रो संस्करणको शेख कमाल इन्टरनेशनल क्लब कपमा खेलिरहेका छन्। आजै हुने पहिलो सेमिफाइनलमा यी दुई क्लब मैदानमा ओर्लदा किरणले आफ्नै पूर्व क्लब विरुद्ध प्रतिस्पर्धा…

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थीका चुनावी घोषणापत्र : क्याम्पसमा फ्री वाइफाई, खल्तीमा दाम

    विद्यार्थीका चुनावी घोषणापत्र : क्याम्पसमा फ्री वाइफाई, खल्तीमा दाम

    काठमाडौं : निर्वाचन मिति नजिकै गर्दा विद्यार्थी संगठनमा समझदारी भन्दा वैमनस्यता बढ्दै गएको छ। देशभरका क्याम्पसमा अहिले झडपदेखि बम विस्फोटनसम्मका घटना हुन थालेका छन्।   तेस्रो पटक फेरिएको स्ववियु निर्वाचन कार्यतालिका अनुसार सोमबार बिहानसम्म उम्मेदवार मनोनयन दर्ता हुन सकेन। देशभरका ६१ आंगिक क्याम्पसहरु मध्ये २५ वटा क्याम्पसमा मात्र उम्मेदवारी दर्ता गरिएको छ। बाँकी क्याम्पसमा भने तोकिएको फागुन १८ गते चुनाव…

    विस्तृतमा पढ्नुस्

  • तिलोतमा गोल्डकप : विदेशी खेलाडीको गोल मद्दतमा संकटा सेमिफाइनलमा

    बुटवल : दुई विदेशी खेलाडीले गरेको गोलको सहयोगमा सिएमजी संकटा क्लब सशस्त्र प्रहरी बलको एपीएफलाई हराउँदै १९औं तिलोतमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत सँमबार भएको तेस्रो क्वाटरफाइनलमा संकटाले विभागीय क्लब एपीएफलाई २-१ ले हरायो। बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलको अतिरिक्त समयमा मउसाले निर्णायक गोल गरे। यसअघि मार्टिनले गोल गर्दै ४८औं मिनेटमा संकटालाई अग्रता दिलाएका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप महिला भलिबल : पुलिस र एपीएफ सेमिफाइनलमा भिड्ने

    प्रधानमन्त्री कप महिला भलिबल : पुलिस र एपीएफ सेमिफाइनलमा भिड्ने

    नेपालगन्ज : दुई विभागीय क्लब नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ चौथो प्रधानमन्त्री कप इण्डो-नेपाल महिला भलिबल प्रतियोगिताको  सेमिफाइनलमा भिड्ने भएका छन्। समूह क को अन्तिम लिग खेलमा पुलिसले आयोजक मध्य पश्चिम तथा समूह ख को खेलमा एपीएफले नेपाल आर्मीलाई हराएपछि पुलिस र एपीएफ अन्तिमा चारमा भिड्ने भएको हो। नेपालगंजको कर्भडहलमा सोमवार भएको आफ्नो अन्तिम लिग खेलमा पुलिसले आयोजक…

    विस्तृतमा पढ्नुस्

  • सेनाको हेडक्वाटरमा चुनावी सुरक्षाबारे गोप्य बैठक, गृह, प्रहरी र सशस्त्रका प्रमुख सहभागी

    सेनाको हेडक्वाटरमा चुनावी सुरक्षाबारे गोप्य बैठक, गृह, प्रहरी र सशस्त्रका प्रमुख सहभागी

    काठमाडौं : सोमबार सार्वजनिक विदाको दिन भए पनि गृह मन्त्रालयका अधिकारीसहित तीन सुरक्षा संगठनका प्रमुख सैनिक हेडक्वाटर पुगे। गृह मन्त्रालय शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थी सहित नेपाल प्रहरीका निमित्त प्रमुख डा दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी विदाको दिन सैनिक हेडक्वाटर पुगेका हुन्। गृहका अधिकारीलाई सेनाले स्थानीय तहको निर्वाचन र त्यसको…

    विस्तृतमा पढ्नुस्

  • महासंघका दुई पूर्व सभापतिको पहलमा अनशनरत सञ्चारकर्मीको अनशन तोडियो,माग पुरा गर्न महास‌ंघ अध्यक्ष राजी

    महासंघका दुई पूर्व सभापतिको पहलमा अनशनरत सञ्चारकर्मीको अनशन तोडियो,माग पुरा गर्न महास‌ंघ अध्यक्ष राजी

    काठमाडौं: गैर पत्रकारको सदस्यता खारेजीको माग राख्दै आमरण अनशनमा रहेका पत्रकार लवदेव ढुंगाना र प्रेम अधिकारीले अनशन तोडेका छन्। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा अनशनरत दुबै सञ्चारकर्मीले महासंघका पूर्व सभापति किशोर नेपाल र सुरेश आचार्यको पहलमा अनशन तोडेका हुन्। दुबै सञ्चारकर्मीलाई नेपालले जुस खुवाएर अनशन तोडाएका हुन्। एक सातादेखि सञ्चारकर्मी अनशनमा बसे पनि महासंघ  नेतृत्वले चासो नदेखाएपछि उनीहरुको जिवनरक्षाका लागि…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिमानी धावक हरिबहादुर रोकायलाई गजराज स्मृति आदर्श अवार्ड प्रदान गरिने, अरु को को ले पाउँदैछन् अवार्ड?

    कीर्तिमानी धावक हरिबहादुर रोकायलाई गजराज स्मृति आदर्श अवार्ड प्रदान गरिने, अरु को को ले पाउँदैछन् अवार्ड?

    काठमाडौं : खेलकुद क्षेत्रमा योगदान पुर्‌याउने विभिन्न २२ खेलाका उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपीए)ले उत्कृष्ट वर्ष खेलाडी-२०७२ बाट मंगलबार सम्मान गर्दैछ। यस्तै संघले कीर्तिमानी धावक हरिबहादुर रोकायलाई गजराज स्मृति अदर्श अवार्डबाट सम्मान गर्ने भएको छ। एभरेस्ट म्याराथनमा सबैभन्दा छिटो दौडने कीर्तिमान बनाएका उनलाई नगद २५ हजारसहित सम्मान गरिने छ।  संघले आफ्नो अमूल्य जीवनलाई…

    विस्तृतमा पढ्नुस्

  • मनाङ सेमिफाइनलबाटै बाहिरियो, टिसी स्पोर्ट्स फाइनलमा

    मनाङ सेमिफाइनलबाटै बाहिरियो, टिसी स्पोर्ट्स फाइनलमा

    चितगोङ : नेपाली क्लब मनाङ मर्स्याङदी बंगलादेशमा भइरहेको दोस्रो शेख कमाल इन्टरनेशनल क्लब कपको सेमिफाइनलबाटै बाहिरिएको छ। चितगोङस्थित एमए अजिज स्टेडियममा सोमबार भएको पहिलो सेमिफाइनलमा मनाङ माल्दिभ्सको क्लब टिसी स्पोर्ट्ससँग १-० ले पराजित भएसँगै फाइनल प्रवेश गर्न असफल भएको हो। टिसीलाई फाइनलमा पुर्याउन ८२ औं मिनेटमा कप्तान नफिउ अलीले निर्णायक गोल गरे। टिसी क्लबका अजम मोहमदले क्रस गरेको बल गोलरक्षक…

    विस्तृतमा पढ्नुस्

  • ​फ्रेण्ड्स क्लबमा नयाँ नेतृत्व चयन

    काठमाडौं : कुपन्डोलमा रहेको फ्रेन्डस क्लबको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ। फागुन १४ गते बसेको विशेष साधारण सभाले राजिवराज पौड्यालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती चुनेको हो। पदाधिकारीहरुलाई संरक्षक परिषद्का मुख्य संरक्षक नरसिंह ब्यनञ्जनकारले सोमबार सपथ ग्रहण गराए। क्लबका पदाधिकारी  १. श्री राजिव राज पौड्याल            अध्यक्ष २. श्री महेन्द्र प्रसाद जोशी      …

    विस्तृतमा पढ्नुस्

  • ​मिडियामाथि ट्रम्पको अर्को आक्रोश, ह्वाइट हाउस संवाददाताको रात्रिभोज बहिस्कार

    ​मिडियामाथि ट्रम्पको अर्को आक्रोश, ह्वाइट हाउस संवाददाताको रात्रिभोज बहिस्कार

    एजेन्सी : सञ्चार माध्यममाथि निरन्तर रुपमा आलोचनात्मक टिप्पणी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ह्वाइट हाउस संवाददाता संघ’को रात्रिभोज बहिस्कार गर्ने घोषणा गरेका छन्। संघले हरेक बर्ष राष्ट्रपतिको सम्मानमा रात्रिभोज गर्दै आएको छ। जसमा राष्ट्रपति सहभागि हुने प्रचलन छ।  आफ्ना बिरुद्ध सञ्चारमाध्यले नियोजित प्रहार गरिरहेको आरोप लगाउँदै आएका ट्रम्पले ट्वीटमार्फत रात्रिभोजमा सहभागि नहुँने बताएका हुन्।  शुक्रबार ट्रम्पका आलोचक सञ्चारमाध्यमका प्रतिनिधिलाई…

    विस्तृतमा पढ्नुस्

  • ​पोखरामा बर्डफ्लु भेटिएपछि, म्याग्दीमा कुखुरा–चल्ला आयातमा कडाइ

    ​पोखरामा बर्डफ्लु भेटिएपछि, म्याग्दीमा कुखुरा–चल्ला आयातमा कडाइ

    बेनी : कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि म्याग्दी प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ।  दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा र चल्लालाई जिल्लामा भित्रिन नदिने गरी सतर्कता अपनाइएको जिल्ला पशुसेवा कार्यालय, म्याग्दीका प्रमुख डा मानबहादुर पुनले बताए।  ‘दुईवटा नाकामा कर्मचारी परिचालन गरिएको छ । जिल्लामै भित्रिने सम्भावना कम भए पनि सतर्कता अपनाइरहेका छौँ’ उनले भने।  बेनीबजारमा रहेको पोल्टी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell