काठमाडौं : रुपन्देहीको जोगडा-४ सडकमा लु १९ प ६५२ र लु २४ प ६६४३ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। दुर्घटनामा ६५२ नम्बरका मोटरसाइकल चालक रुपन्देही-७ बस्ने १८ वर्षीय नियाज अहमद मुसलमानको घटनास्थलमै मृत्यु भएको हो। सोही मोटरसाइकल पछाडि सवार रहेकी ७ वर्षीया खुसनामा मुसलमान, ११ वर्षीया राहत खातुन, १३ वर्षीया…
काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा नेपालमा पहिलो पटक एएफसी फुटसल कोचिङ कोर्स लेभल ए सुरु भएको छ। एन्फाले हुई हप्ता अघि फुटसल कमिटी पुनर्गठन गरेपछि एन्फा कम्प्लेक्समा आइतबारदेखि कोर्स सुरु गरिएको हो। एएफसी इन्स्ट्रक्टर होसेइन सामको सहभागिता हुने उक्त ६ दिने कोर्समा नेपालका १९ जनाले भाग लिएका छन्। सामले कोचिङ कोर्सले नेपालको राष्ट्रिय फुटसल टीम निर्माण गर्न…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय समिति बैठक बोलाउन गरेको मागलाई 'महासमिति बोलाउन नपर्ने' भन्दै जवाफ दिएका छन्। राजदूत नियुक्तिदेखि अन्य गतिविधिमा समेत देउवाले एकलौटी निर्णय गर्ने र पार्टीमा संस्थागत स्वरुपलाई पनि कमजोर पारेको भन्दै समसामयिक विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन लिखित निर्णयसहित माग गरेको थियो। महामन्त्री डा. शशांक कोइरालाको निवास…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले यथास्थितिमै संविधान संशोधन विधेयक बढाउँदा त्यसको परिणाम राजनीतिक प्रत्युपादक हुने चेतावनी दिएको छ। राप्रपाका अध्यक्ष तथा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले असन्तुष्ट पक्षलाई सम्बोधन नगरी गरिएको संविधान संशोधन पारित हुन नसक्ने पनि ठहर गरेको छ। मधेस केन्द्रित राजनीतिक दलहरुको माग सम्बोधन गर्ने क्रममा संसदमा प्रस्तुत र हाल…
काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले नेशनल फोटो जर्नलिज्म अवार्ड आयोजना गर्ने भएको छ। एनएफपीजेको स्थापनाको २० औं वर्षगाँठ मनाइरहेको अवसरमा एनएफपीजेले राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा आगामी २०७४ बैशाख १३ गते अवार्ड गर्न लागेको हो। विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरुको क्षमता र योग्यताको कदर गर्दै प्रोत्साहन स्वरुप विभिन्न १२ विधामा नगद पुरस्कारसहित ट्रफी र सम्मानपत्र…
काठमाडौं : घोषणा भएको ४ वर्षपछि फिल्म 'लम्फू' सुटिङका लागि फ्लोरमा निस्कने भएको छ। २०१३ मा घोषित फिल्म सोमबारबाट छायांकन सुरु हुने भएको हो। आइतबार दिइएको जानकारी अनुसार लम्फू युनिटको पहिलो सट काठमाडौंमा लिइनेछ। काठमाडौं, दार्जिलिङ र पर्वतका विभिन्न स्थानमा फिल्म छायांकन हुँदैछ। फिल्म विदेशिने युवा पुस्ताको कथामा आधारित छ। फिल्मले सम्पन्न बन्ने सपना बोकेर विदेशिएको एक पात्रको कथा बोल्छ।…
काठमाडौं : प्रदेशसभा गठन नहुँदासम्म ५ नम्बर प्रदेशको सीमा हेरफेर गर्नु नहुने भन्दै सत्तारुद्ध दलका सांसद्हरुले संविधान संशोधन विधेयकमाथि संशोधन हालेका छन्। नेपाली कांग्रेसका सांसद्हरु धनराज गुरुङ, अमरसिंह पुन र चन्द्र भण्डारी तथा माओवादी केन्द्रका सांसद् टोपबहादुर रायमाझीले प्रदेशसभा नबन्दासम्म सीमा परिवर्न गरिनु नहुने भन्दै संसद् सचिवालयमा संशोधन दर्ता गरेका हुन्। संघीय तथा प्रदेश संसद्को निर्वाचन भई प्रदेश…
काठमाडौं : किङ्स कलेजले विद्यार्थीको सिर्जनालार्इ प्रतिस्पर्धा गराउने उद्देश्यले 'हाम्रो उत्सव' आयोजना गर्ने भएको छ। कलेजले मंगलबार र बुधवार कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा उत्सव गर्न लागेको हो। कलेजले तीन वटा 'ई'लाई मुख्य दृष्टिकोण बनाएर कार्यक्रम आयोजना गर्न लागेको प्रिन्सिपल नरोत्तम अर्यालले बताए। 'स्नातक र स्नातकोत्तर तहका विद्यार्थीको लागि यो सबैभन्दा ठूलो इभेन्ट रहनेछ,' उनले भने। उनले नेपालमा प्रोग्रेसिभ…
बुटवल : घरेलु टोली रुपन्देही-११ १९ औं तिलोतमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छ। आइतबार बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेनटरको खेलमा मैदानमा भएको खेलमा रुपन्देशहीले धरान एफसीलाई २-१ ले पराजित गरेको हो। खेलको तीन वटै गोल रुपन्देहीका खेलाडीले गरे। ११ औं मिनेटमा लक्ष्मन रुचालले गोलगर्दै रुपन्देहीलाई अग्रता दिलाए। ३० औं मिनेटमा रुपन्देही कै कालु थापाले आत्मघाती गोल गर्दा धरान खेल बराबरी…
काठमाडौं : प्रमुख दलका विद्यार्थी भ्रातृ संगठनका नेताहरूले तोकिएको मिति (फागुन १८) मै स्ववियु निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन्। आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले नेविसंघको कारण स्ववियु निर्वाचन अनिश्चित बनेको आरोप लगाइन्। उनले भनिन्, ‘हामी तोकिएकै मितिमा निर्वाचन सम्पन्न भएको देख्न चाहन्छौँ, तर नेविसंघले उद्दण्डता देखाइरहेको छ, हामी…
नेपालगन्ज : साविक विजेता रेलवे टिम इन्डिया, त्रिभुवन आर्मी क्लब र एपीएफ चौथो प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। लगातार दोस्रो जित हात पारेसँगै भारतिय टीम रेलवे समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। प्रतियोगिताको दोस्रो आइतबार दिन रेलवेले आयोजक मध्यपश्चिम भलिबल टिमलाई २५-८, २५-३, २५-७ को सोझो सेटमा हरायो। रेलवेले पहिलो खेलमा विभागीय टोली नेपाल…
काठमाडौं : संस्कृत तथा नेपाली भाषाका ज्ञाता शिवराज आचार्य कौण्डिन्न्यानद्वारा सम्पादित ‘भानुभक्तकृत भाषारामायण पुस्तक’ प्रकाशित भएको छ। पुस्तकमा भानुभक्तको सातै काण्ड रामायणका साथै उनका अन्य सम्पूर्ण कृति समावेश छन्। सम्पादक कौण्डिन्न्यायनकै भनाइमा झण्डै ५० वर्ष लगाएर खोजी गरिएका सामग्रीलाई पुस्तकाकार दिइएको हो। रामायणका विषयमा अहिलेसम्म भएका सबै कामको समीक्षा गर्दै पाठ समीक्षात्मक संस्करण ६ वर्ष अघि तयार भएको सो…
काठमाडौं : भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले पहिलो अभ्यास खेलमा हार बेहोरेको छ। ग्रेटर नोएडास्थित गौतम बुद्ध युनिभर्सिटी मैदानमा भएको खेलमा नेपाल राजवाडा क्रिकेट टीमसँग ४७ रनले पराजित भएको हो। वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलअघि नेपाल थप एक्सपोजरका लागि भारत भ्रमणमा निस्किएको हो। जितका लागि २८२ रनको लक्ष्य पाएको नेपालले ४७.१ ओभरमा सबै विकेट गुमाउँदै २३४…
चितगोङ : शेख कमल इन्टरनेशनल क्लब कप–२०१७ को सेमिफाइनल खेलहरु सोमबारबाट शुरु हुँदैछ। प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालको लक्ष्मी हुण्डाई मनाङ मर्स्याङदी क्लबले माल्दिभ्सको टि सी स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ। टि सी स्पोर्ट्सबाट नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङले समेत खेलेका छन्। खेल नेपाली समयअनुसार सोमबार साँझ ६:१५ बजेपछि चितगोङस्थित मोहम्मद अजिज रंगशालामा शुरु हुनेछ। मनाङ समूह ‘बी’ को उपविजेता तथा…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संशोधन प्रस्ताव ढिलोमा एक महिनाभित्रै पारित हुने दाबी गरे। 'कुन प्रक्रियाबाट मतदान गराउने भन्नेबारेमा छलफल गरिरहेका छौं, गोप्य रुपमा मतदान गर्दाखेरि दुई तिहाई पुग्ने आधार सरकारसँग छ,' उनले भने, 'तर एमालेकै समर्थनमा पारित हुन्छ, त्यसो भयो भने कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर नै प्रस्ताव पारित गराएर चुनावमा सहमतिका साथ…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग असन्तुष्ट बनेको पौडेल पक्षले तीनबुँदे निर्णय गर्दै देउवाले पार्टी र भ्रातृ संस्थालाई अराजकतामा पुर्याएको आरोप लगाएको छ। महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगन्जमा बसेको असन्तुष्ट पौडेल पक्षको भेलाले देउवाले पार्टीलाई विधान र लोकतान्त्रिक मान्यता अनुरुप सञ्चालन नगरे आन्तरिक संघर्षका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ। 'पार्टीका संरचनालाई पूर्णता दिनेदेखि पार्टी र भ्रातृ संगठन…
पाँचथर : रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका लिम्बू समुदायका नेपाली युवाद्वारा स्थापित याक्थुङ सयङ दक्षिण कोरियाले तेह्रथुमको सक्रान्तिबजारका आगलागीपीडितलाई रु एक लाख ८१ हजार सहयोग प्रदान गरेको छ। सयङको अगुवाइमा सङ्कलित राहत रकम सक्रान्तिबजारका आगलागीपीडितको सहयोगार्थ स्थापित ‘सक्रान्तिबजार पुनःनिर्माण तथा पुनःस्थापना कोष’मा जम्मा हुनेगरी शुक्रबार प्रदान गरिएको हो। सक्रान्तिबजारस्थित नागेश्वर पञ्चाङ्ग शिवालय मन्दिरमा आयोजित कार्यक्रममा सयङका संस्थापक सल्लाहकार कुविर लिङ्देनले…
काठमाडौं : सरकारी कार्यालयबाट दिने भुक्तानी सेवा आजदेखि अनलाइनमार्फत हुने भएको छ। पहिलो चरणमा आजदेखि सिंहदरबारभित्र रहेका कार्यालयबाट हुने भुक्तानी अनलाइनमार्फत दिने व्यवस्था मिलाइएको छ। पहिलो चरणमा आजदेखि २५ हजार रुपैयाँभन्दा बढी रकम भुक्तानी अनलाइनमार्फत गरिनेछ। कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुनेगरी व्यवस्था मिलाउन लागिएको हो। अहिले रकम भुक्तानीका लागि…
रचेल नुअर इन्टरनेटबाट टाढा रहँदा जीवनमा कस्तो असर पर्ला भनेर स्ट्याण्डफोर्ड विश्वविद्यालयका प्राध्यापक जेफ हैनककले आफ्ना विद्यार्थीहरुसँग अनुभव जान्न चाहे। हैनकक अनलाइन कम्युनिकेसनसँग सम्बन्धित मनोवैज्ञानिक र सामाजिक प्रक्रियाको अध्ययन गर्छन्। यसै क्रममा उनले विभिन्न अनुसन्धानहरु गरिसकेका छन्। सन् २००८ भन्दा पहिले उनले गरेको अनुभव सन् २००९ मा पूरै बदलिसकेको थियो। यस्तै सन् २००९ मा पूरै कक्षालार्इ उनले सोधे इन्टरनेट…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कामकारबाही प्रति असन्तुष्ट पदाधिकारीहरुको भेला बसिरहेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा छलफलमा व्यस्त छन्। सभापतिमा निर्वाचित देउवाले कार्यसमितिलाई पूर्णता दिन नसकेको तथा विधान अनुसार चल्न नसकेकोमा उनीहरु असन्तुष्ट बनेका हुन्। पार्टीमा कुनै संरचना नबनाइकन भाँडमा लैजान लागेकाले त्यसबारे छलफल बसेको एक नेताले बताए। रामचन्द्र…