PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

  • ​पाल्पामा निशुल्क स्वास्थ्य शिविर, एक हजार पाँच सयले सेवा लिए

    रामपुर : बालिघाट क्षेत्र संरक्षण समितिको आयोजनामा डेढगाउँमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ५०० बिरामीले सेवा लिएका छन्।  शनिबार सञ्चालन गरिएको शिविरमा कालीगण्डकी बेसीका पाल्पा, नवलपरासी, तनहुँ र स्याङ्जाका नागरिकले सेवा लिएका हुन्। एक दिने निःशुल्क शिविरमा विशेषज्ञसहितका डाक्टरद्वारा हाडजोर्नी, बालरोग, स्त्रीरोग, मानसिक रोग, नशा रोगलगायतका सेवा प्रवाह गरिएको थियो।  स्वास्थ्य शिविरमा ८९ जनाले भिडियो एक्स–रे, अल्ट्रासोनोलोजिस्ट सेवा…

    विस्तृतमा पढ्नुस्

  • ​बाबुरामको नयाँ शक्तिलाई निर्वाचन आयोगको जरिवाना, समयमा बुझाएनन् वित्तीय विवरण

    ​बाबुरामको नयाँ शक्तिलाई निर्वाचन आयोगको जरिवाना, समयमा बुझाएनन् वित्तीय विवरण

    काठमाडौं : निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराइले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपालसहित ३० राजनीतिक दललाई जरिवाना गरेको छ। आर्थिक बर्ष सम्पन्न भएको ६ महिनासम्म वित्तिय विवरण नबुझाएकोमा आयोगले सोधेको स्पस्टीकरण चित्त बुझ्दो नभएको भन्दै आयोगले जरिवाना गरेको हो। स्पस्टीकरण नबुझाउने र स्पस्टीकरणमा चित्त नबुझेका ३० राजनीतिक दललाई आयोगले एक सयका दरले जरिवाना गरेको हो। राजनीतिक दलसम्वन्धी ऐन २०५८…

    विस्तृतमा पढ्नुस्

  • ​विद्यालयको भवन निर्माणका लागि १५ लाख बराबरको जग्गा सहयोग

    बाबियाचौर : म्याग्दीको घार–५ मा रहेको मुक्तिमार्ग माविलाई एक परिवारले लाखाँै सहयोग गरेका छन्।  स्थानीयवासी टीकाबहादुर र उहाँका छोरा देवबहादुर खड्काले विद्यालयको भवन निर्माणका लागि रु १५ लाख ८५ हजार मूल्य बराबरको जग्गा र नगद सहयोग गरेको विद्यालयले जनाएको छ ।  खड्का परिवारबाट विद्यालयको आठकोठे भवन निर्माणका लागि तीन लाख ५० हजार नगद सहयोग प्राप्त भएको भवन निर्माण समितिका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • ​गाडी वर्कसपमा काम गर्ने मजदुर मृत भेटिए

    रत्ननगर : चितवनको भरतपुरस्थित गाडी वर्कसपमा काम गर्ने एकजना मजदुर मृत भेटिएका छन्।  भरतपुर–४ स्थित खनालचोकमा रहेको असलाम अहमदको गाडी वर्कसपमा काम गर्ने धादिङका ७० वर्षीय बाबुराम सिंमखडा आफ्नै कोठामा शनिबार मृत भेटिएका हुन्।  प्रहरी निरीक्षक निरञ्जन भट्टराईको प्रहरी टोलीले मुचुल्का उठाई शव परीक्षणपश्चात परिवारलाई जिम्मा लगाइएको छ।  यसैगरी शनिबार साँझ पूर्वी चितवनको कुमरोजमा गैँडाको आक्रमणबाट एकजना घाइते भएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ​कानपुरमा क्याम्पसमा सहमतिमा स्ववियु घोषणा, अध्यक्षमा अनेरास्ववियुकी सुनिता लामा

    बनेपा : काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्र मानिने तिमालको कानपुर क्याम्पसमा शनिबार सर्वसहमतिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) घोषणा भएको छ।  नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, र अखिल क्रान्तिकारीबीच भएको सहमतिअनुसार सो क्याम्पसमा अनेरास्ववियुकी सुनिता लामा अध्यक्ष, उपाध्यक्ष मुना पौडेल (अखिल क्रान्तिकारी) सचिव बबिता मैनाली (अखिल क्रान्तिकारी) सहसचिव सन्तोषी भण्डारी (अनेरास्ववियु) र कोषाध्यक्ष अनिता तामाङ (नेविसङ्घ) निर्वाचित भएको घोषणा गरिएको अनेरास्ववियुले जनाएको छ।  त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : पुनरागमन जितसँगै सेभिया दोस्रो स्थानमा, बार्सा र एथ्लेटिकोको खेल आज

    ला लिगा : पुनरागमन जितसँगै सेभिया दोस्रो स्थानमा, बार्सा र एथ्लेटिकोको खेल आज

    गाब्रिएल मर्साडो र भिसेन्ट आइबोरोले दोस्रो हाफमा गोल गरेपछि सेभिया रियल बेटिसलाई २-१ ले पराजित गर्दै स्पानिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ। एक गोलले पछि परेको स्थितीमा सेभियाले उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गरेको हो। खेलको ३६ औं मिनेटमा रिजा डुर्मिसीले गोल गर्दै बेटिसलाई घरेलु र्मदानमा अग्रता दिलाएका थिए। तर उक्त अग्रता लामो सयम टिकेन। दोस्रो हाफमा सेभियाले पुनरागमन…

    विस्तृतमा पढ्नुस्

  • तीन सयौं प्रिमियर लिग खेलमा फाब्रेगासको गोल, चेल्सीलाई ११ अंकको अग्रता

    तीन सयौं प्रिमियर लिग खेलमा फाब्रेगासको गोल, चेल्सीलाई ११ अंकको अग्रता

    शीर्ष स्थानको चेल्सीले यस सिजन प्रिमियर लिगको उपाधि यात्रालाई थप मजबुत बनाएको छ। शनिबार भएको खेलमा चेल्सीले स्वान्सीलाई हराउँदै ११ अंकको अग्रता बनाएको छ। सेस फाब्रेगासले आफ्नो ३ सयौं प्रिमियर लिग खेलमा गोल गरेको दिन चेल्सीले स्वान्सीलाई ३-१ ले हरायो।  फाब्रेगासले १९ औं मिनेटमा गोल गर्दै चेल्सीलाई  अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी टाइममो फर्नान्डो लरेन्टले गोल गर्दै खेल बराबरी…

    विस्तृतमा पढ्नुस्

  • ​पश्चिम सिरियामा बन्दुकधारीको आत्मघाती हमला, ३२ जनाको मृत्यु

    ​पश्चिम सिरियामा बन्दुकधारीको आत्मघाती हमला, ३२ जनाको मृत्यु

    एजेन्सी : पश्चिम सिरियाको होम्स शहरमा बन्दुकधारीको आत्मघाती हमलामा परी ३२ जनाको ज्यान गएको छ। सुरक्षा चौकीलाई निशाना गरी भएको हमलामा सरकारी ‘खुफिया एजेन्सी’का एक अधिकारीको पनि मृत्यु भएको सिरियाको सरकारी टेलिभिजनले जनाएको छ। घटनामा मृत्यु हुनेको संख्या ४० बढी हुनसक्ने अनुमान गरिएको छ। जेहादी संगठन तहरीर–अल–शामले घटनाको जिम्मेवारी लिएको छ। विद्रोहीसँगको शान्ति सम्झौता भंग भएपछि सन् २०१५ देखि होम्स…

    विस्तृतमा पढ्नुस्

  • बुण्डेसलिगा : ह्यामवर्गको पोष्टमा वायर्नको ८ गोल, लेवान्डास्कीको ह्याट्रिक

    बुण्डेसलिगा : ह्यामवर्गको पोष्टमा वायर्नको ८ गोल, लेवान्डास्कीको ह्याट्रिक

    रोवर्टो लेवान्डास्कीको ह्याट्रिक मद्दतमा वायर्न म्युनिखले शनिबार ह्यामवर्गलाई ८-० ले पराजित गरेको छ। लेवान्डास्कीले २४ औं, ४२ औं र ५४ औं मिनेटमा गोल गरे। यस्तै किंगसले कोमनले २ तथा अर्टुरो भिदाल, डेविड अलवा र आर्जेन रोवेनले १/१ गोल गरे। प्रशिक्षक कार्लोस एन्सेलोट्टीको सयौं प्रतिस्पर्धात्मक खेलमा वायर्नले शानदार जित हात पारेसँगै दोस्रो स्थानको लेइपजिगमाथि ५ अंकको अग्रता कायमै राखेको छ। समान…

    विस्तृतमा पढ्नुस्

  • ​संविधान संशोधनबारे आन्तरिक परामर्शमा मोर्चा, मधेसका सांसदसँग कांग्रेस पनि परामर्शमा

    ​संविधान संशोधनबारे आन्तरिक परामर्शमा मोर्चा, मधेसका सांसदसँग कांग्रेस पनि परामर्शमा

    काठमाडौं : संविधान संशोधनको अन्तर्वस्तु र प्रक्रियामा असन्तुष्टि जनाउँदै आएको मधेशी मोर्चा विचाराधीन विधेयकमा संशोधन दर्ताका लागि आन्तरिक परामर्शमा जुटेको छ। संसद्को निर्देशन अनुसार विचाराधीन विधेयकमा संशोधनका लागि आज अन्तिम दिन हो।  मोर्चाले कांग्रेससँगको छलफलपछि आन्तरिक बैठक बोलाएको छ। मोर्चामा आवद्ध संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक दिउँसो १ बजे तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बस्नेछ। मधेशी मोर्चाले यथास्थितीमा संशोधन प्रस्ताव…

    विस्तृतमा पढ्नुस्

  • सिरी ए : घरमा युभेन्ट्सको लगातार ३० औं जित, शीर्ष स्थानमा १० अंकको अग्रता

    सिरी ए : घरमा युभेन्ट्सको लगातार ३० औं जित, शीर्ष स्थानमा १० अंकको अग्रता

    इटालिनय जायन्टले युभेन्ट्ले घरेलु मैदानमा लगातार जित यात्रालाई ३० पुर्‌याएको छ। इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा एम्पोलीललाई २-० ले पराजित गर्दै उक्त उपलब्धी हासिल गरेको हो। गत सेप्टेम्वरमा फ्रोसिनोसाग १-१ को बराबरी खेलेयता युभेन्ट्सले घरेलु मैदानमा कुनै अंक गुमाएको छैन। युभेन्ट्सको जितमा एलेक्स सान्ड्रोले १ गोल गरे भने एम्पोलीका लुकास स्कोरुपस्कीले आत्मघाती गोल गरे। जितसँगै युभेन्ट्सले दोस्रो स्थानको…

    विस्तृतमा पढ्नुस्

  • एलिना स्भितोलिनाले जितिन् दुवई टेनिस च्याम्पियनसिपको उपाधि

    विश्र नम्वर १३ एलिना स्भितोलिनाले कारोलिन वाज्नीयाकीलाई सोझो सेटमा पराजित गर्दै दुवई टेनिस च्याम्पियनसिपको उपाधि जितेकी छिन्। २२ वर्षे युक्रेनी एलिनाले १० औं वरीयताका डेनिस खेलाडी वाज्नीयाकीलाई ६-४, ६-२ को सेटमा हराइन्। उपाधि जितेपछि एलिनाले आफु सुपर ह्याप्पी भएको बताइन्। 'वाज्नीयाकीसँग खेल्नु सँधै गाह्रो हुन्छ, उनी यस्ती खेलाडी हुन कि महिल्यै हार मान्दिनन्। यो उत्कृष्ट खेल थियो र म एकदमै…

    विस्तृतमा पढ्नुस्

  • ​बर्षमान पुनलाई थप उपचारका लागि बैंकक लगिँदै

    ​बर्षमान पुनलाई थप उपचारका लागि बैंकक लगिँदै

    काठमाडौं : माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री बर्षमान पुन अनन्तलाई थप उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ। आज दिउसो १ः५५ बजेको थाइ एयरको नियमित उडानबाट पुनलाई बैंकक लैजान लागिएको बहिनी सुशीला पुनले जानकारी दिइन। ‘ज्वरो आएर भाइरल भनेर उपचार गरेको थियो। त्यसपछि निमोनिया भन्यो। फेरि टाइफाइड भन्यो। रोग पत्ता नलागेसम्म थाइल्याड लैजान लागिएको हो।’ सुशीलाले भनिन्।  पुनका साथमा सभामुख…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय निर्वाचनमा भाग लिने विषयमा मधेस केन्द्रित र कांग्रेस सांसदहरु छलफलमा

    स्थानीय निर्वाचनमा भाग लिने विषयमा मधेस केन्द्रित र कांग्रेस सांसदहरु छलफलमा

    काठमाडौं : स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि सहमति जुटाउन नेपाली कांग्रेस र मधेस केन्द्रित सांसदहरुबीच बैठक बसिरहेको छ।   नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, नेता प्रकाशमानसिंह र मधेसबाट प्रतिनिधि गर्ने सांसदहरु सहभागी छन्।    यस्तै संविधान संशोधनको अन्तर्वस्तु र प्रक्रियामा असन्तुष्टि जनाउँदै आएको मोर्चा विचाराधीन विधेयकमा संशोधन दर्ताका लागि…

    विस्तृतमा पढ्नुस्

  • ​स्ववियु निर्वाचन तोकिएको समयमा नै गर्न क्याम्पसहरुलाई त्रिविको पत्राचार

    ​स्ववियु निर्वाचन तोकिएको समयमा नै गर्न क्याम्पसहरुलाई त्रिविको पत्राचार

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयले तोकिएकै समयमा स्ववियु निर्वाचन सम्पन्न गर्न सबै क्याम्पसलाई पत्रचार गरेको छ। विभिन्न विद्यार्थी संगठनहरुको विवादका कारण जारी कार्यतालिका अनुसार प्रायः क्याम्पसहरुको चुनावी गतिविधि अगाडि बढ्न नसकेका बेला त्रिविले यस्तो पत्र पठाएको हो। स्ववियु चुनावको कार्यतालिका अनुसार शनिबार सबै क्याम्पसमा हुनुपर्ने उम्मेदवारी दर्ता विद्यार्थी संगठनको अवरोधका कारण हुन सकेन। मनोनयन दर्ता हुन नसकेपछि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन…

    विस्तृतमा पढ्नुस्

  • ​एभरटनको जितमा रोमेलो लुकाकुको कीर्तिमानी गोल, सर्वाधिक गोलकर्तामा डनकन फर्गुसनसँग बराबरी

    ​एभरटनको जितमा रोमेलो लुकाकुको कीर्तिमानी गोल, सर्वाधिक गोलकर्तामा डनकन फर्गुसनसँग बराबरी

    प्रिमियर लिगअन्तर्गत शनिबार सण्डरल्याण्ड विरुद्ध एभरटनका लागि गोल गरेसँगै रोमेलो लुकाकुले क्लबका लागि सर्वाधिक गोल गर्ने डनकन फर्गुसनको कीर्तिमान बराबरी गरेका छन्।  लुकाकुले सण्डरल्याण्ड विरुद्ध २-० को जितमा दोस्रो हाफमा १ गोल गरेका थिए। यससँगै लुकाकु फर्गुसनसँगै एभरटनका लागि सर्वाधिक ६० गोल गर्ने खेलाडी बनेका छन्। लुकाकुले फर्गुसनले भन्दा ११० खेल अगाडैनी उक्त उपलब्धी हात पारेका हुन्। फर्गुसनले २३९ खेलमा…

    विस्तृतमा पढ्नुस्

  • कसरी भएको थियो भारतका कुख्यात डाँकु वीरप्पनको अन्त्य?

    कसरी भएको थियो भारतका कुख्यात डाँकु वीरप्पनको अन्त्य?

    भारतका कुख्यात डाँकु वीरप्पन चर्चित हुनुअघि तामिलनाडुमा जंगल पुलिस पेट्रोल हुन्थ्यो। त्यसको प्रमुख थिए, लहिम सहिम गोपालकृष्णन।   उनको हात यति बलियो थियो, साथीहरु उनलाई रेम्बो भनेर पुकार्थे। रेम्बो गोपालकृष्णनमा खास कुरा के थियो भने उनी पनि वीरप्पनकै वन्नियार जातिका थिए।   ९ अप्रिल १९९३ को बिहानी कोलाथपुर गाउँमा एउटा ठूलो ब्यानर भेटियो। यो ब्यानरमा वीरप्पनले गोपालकृष्णनलाई भद्दा गाली दिएका…

    विस्तृतमा पढ्नुस्

  • संशोधन प्रस्ताव 'फास्टट्रयाक'मा पारित गराउने कांग्रेसको निर्णय

    संशोधन प्रस्ताव 'फास्टट्रयाक'मा पारित गराउने कांग्रेसको निर्णय

    काठमाडौं : नेपाली कांग्रेसले संशोधन प्रस्ताव 'फास्टट्रयाक'मा पारित गराउने निर्णय गरेको छ।   सरकारले स्थानीय तहको चुनाव घोषणा गरिसकेको र चुनावका जान मोर्चाले संशोधन प्रस्ताव पारित गर्नुपर्ने सर्त राखेको भन्दै संविधान कार्यान्वयका लागि फास्टट्रयाकबाट विधेयक पारित गर्ने कांग्रेसले निर्णय गरेको हो। मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग सभापति शेरबहादुर देउवाले आज कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा डाकेको बैठकले संशोधन प्रस्ताव पारित गरेर…

    विस्तृतमा पढ्नुस्

  • ९ फोटोमा हेर्नुस्, यसरी भइरहेछ अस्कर अवार्डको तयारी

    ९ फोटोमा हेर्नुस्, यसरी भइरहेछ अस्कर अवार्डको तयारी

    आज सन् २०१६ का लागि अस्कर अवार्ड घोषणा हुँदैछ। यसैबीच हलिउडमा अवार्ड कार्यक्रमको तयारी सकिएको छ। ९ सय फिट लामो रेड कार्पेटमा फिल्मी स्टारहरु देखिँदैछन्।   समारोह हलिउडको डाल्बी थिएटरमा सम्पन्न हुँदैछ। जसका लागि थिएटरको वरिपरि विभिन्न मूर्ति र प्रतिमाहरु राखिएका छन्। ती प्रतिमा कार्यक्रम सुरु हुनुअघि अनावरण गरिनेछ।   कार्यक्रमको लागि सभास्थल सजावट एक हप्ताअघि देखि चल्दै आएको छ।…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेट टीमको भारत भ्रमण : पहिलो अभ्यास खेलमा नेपाललाई २८२ रनको लक्ष्य

    नेपाली क्रिकेट टीमको भारत भ्रमण : पहिलो अभ्यास खेलमा नेपाललाई २८२ रनको लक्ष्य

    काठमाडौं : वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेल अघि भारत भ्रमणमा रहेको नेपालले पहिलो अभ्यास खेलमा अहिले राजवाडा क्रिकेट टीमसँग खेलिरहेको छ। नेपालले जितका लिग २८२ रनको लक्ष्य पाएको छ। ग्रेटर नोएडास्थित गौतम बुद्ध युनिभर्सिटी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको राजवाडाले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २८१ रन बनायो। राजबाडाका लागि रजत चप्रवालले सर्वाधिक ९१ रन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell