काठमाडौं : फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिलाई असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण जन्माष्टमीको मोहरात्रि र लक्ष्मीपूजाको सुखरात्रि जत्तिकै महत्वपूर्ण मानिन्छ। महाशिवरात्रिका दिन शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने प्रचलन छ। उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ। आजका दिन…
काठमाडौँ : महाशिवरात्रि पर्वलाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले नौ स्थानबाट चल्ने सवारीसाधन प्रवेशमा रोक लगाएको छ । महाशाखाले चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वरबाट गौशालातर्फ, मैतीदेवी चोकबाट पुरानो बानेश्वरतर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुम्बहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ तथा तिलगङ्गाबाट गौशालातर्फ रोक लगाएको हो। यस्तै मालबाहक सवारीसाधनलाई तीनकुनेबाट सिनामङ्गलतर्फ, जोरपाटी नारायणटारबाट…
चितगोङ : बंगलादेशमा जारी शेख कमल इन्टरनेशनल क्लब कप-२०१७ को समूह चरणको अन्तिम खेलमा नेपालको मनाङ मर्स्याङदी क्लबले आयोजक चितगोङ अवहनी लिमिटेडसँग प्रतिस्पर्धा गर्दैछ। खेल चितगोङस्थित मोहम्मद अजिज रंगशालामा शुक्रबार हुनेछ। सेमिफाइनल प्रवेश गर्नका लागि मनाङले समूह चरणको अन्तिम खेलमा जित्नैपर्ने दबाव छ। बराबरीको नतिजा मनाङका लागि अर्को चरण प्रवेश गर्न पर्याप्त हुने छैन। ठीक त्यसको विपरित आयोजक चितगोङ अवहनीले…
लेस्टर सिटीलाई गत वर्ष इतिहासकै पहिलो प्रिमियर लिग उपाधि दिलाएका प्रशिक्षक क्लाउडियो रानिएरी बर्खास्त भएका छन्। लेस्टरलाई च्याम्पियन बनाएको ९ महिनापछि क्लबले उनलाई शुक्रबार बर्खास्त गरेको हो। यस सिजन १३ खेल मात्र बाँकी रहदा लेस्टर रेलिगेशन जोन भन्दा मात्र १ अंकले माथि छ। ६५ वर्षे इटालियन प्रशिक्षक रानिएरीले लेस्टरलाई गत वर्ष ५०००/१ मा को सम्भावनामा उपाधि जिताएका हुन। युरोपियन च्याम्पियन्स…
काठमाडौं : महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रको सुरक्षा व्यवस्थामा उच्च सकर्तता अपनाइएको प्रहरीले जनाएको छ। भीडका कारण पशुपति क्षेत्रमा हुने सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले सादा पोसाकमा समेत प्रहरी परिचाल गरेको छ। प्रत्येक सिफ्टमा ९ सयका दरले प्रहरीले परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले बताए। उनले भने ‘एक पटकमा करिव ९ सय प्रहरी रहनेगरि तीन सिफ्टमा…
युरोपको दोस्रो दर्जाको क्लब फुटबल प्रतियोगिता युरोपा लिगबाट प्रिमियर लिग क्लब टोटनहम हट्सपर बाहिरिएको छ। अघिल्लो दिन प्रिमियर लिगकै म्यानचेष्टर युनाइटेड अन्तिम १६ मा प्रवेश गरेको टोटनहम भने जेन्टसँग समग्रमा ३-२ ले पराजित हुँदै बाहिरिएको छ। पहिलो लेग अवे मैदानमा १-० मा हारेको टोटनहमलाई अन्तिम १६ मा पुग्न दोस्रो लेग एक गोल अन्तरले जित्नुपर्ने थियो तर डेले अलीले रातो कार्ड…
दिनेश खड्का/पहिलोपोस्ट काठमाडौं : सरकारले बुधबारदेखि २० वर्ष पुराना सवारीसाधन चलाएमा जरीवानासहित जफत गर्ने भएको छ। यातायात व्यवस्था विभागले फागुन १७ गतेबाट २० वर्षे पुराना सवारी साधन हटाउने नीति लिए अनुसार कारबाही गर्ने भएको हो। फागुन १८ गतेदेखि २० वर्ष पुगेका गाडी चलाएमा गैरकानुनी हुने र जरीवानासहित गाडी जफत गर्ने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए। पछिल्लो समयमा अनुगमन…
अभिनेत्री दीपिका पादुकोणले आफू अोस्कार अवार्ड समारोहमा भाग नलिने बताएकी छिन्। अोस्कार अवार्ड समारोह २७ फेब्रुअरीमा अमेरिकाको लस एन्जल्समा आयोजना हुँदैछ। हलिउडमा फिल्म 'त्रिपल एक्स द रिट्रन अफ जेन्डर केज'मार्फत इन्ट्री गरेकी हुन्। यसअघि उनी अोस्कारको रेड कार्पेटमा देखिने भनिएको थियो। दीपिकाको पहिलो हलिउड फिल्म इन्डियामा १४ जनवरी र हलिउडमै भने १९ जनवरीबाट प्रदर्शनमा आएको थियो। फिल्ममा हलिउड स्टार…
योगगुरु बाबा रामदेवले बिहीबार पतञ्जलि विश्वविद्यालयमा आयोजित 'वार्षिक खेलकूद महोत्सव अभ्युदय २०१७' मा भलिबलसहित विभिन्न प्रतियोगितामा भाग लिएका छन्। खेल महोत्सवको तेश्रो दिन उनी अचानक खेल मैदानमा पुगेपछि प्रतियोगीहरु अचम्ममा परेका थिए। त्यहाँ उपस्थित भएर उनले खेलाडीहरुको उत्साह बढाउनमा मदत गरेका थिए। पतञ्जलि विश्वविद्यालयका कुलपतिसमेत रहेका योगगुरु बाबा रामदेवले यही अवसरमा भने, 'हरेक युवा विद्यार्थीको सर्वाङ्गीण विकासको लागि उत्तम पुरुषार्थ, उत्तम…
काजकिस्तानको 'द पलिगन' को इतिहास आफैँमा भयानक छ। सन् १९४९ देखि १९८९ को बीचमा यहाँ हरेक वर्ष लगभग १० वटा परमाणु बमको परीक्षण गरिएको थियो। यसको परिणाम आजसम्म पनि देख्न सकिन्छ। शीतयुद्धका क्रममा पूर्व सोभियत रूस अथवा युएसएसआरले परमाणु परीक्षणको लागि यहाँ संसारको सबैभन्दा ठूलो केन्द्र बनाएको थियो। त्यस बेला सोभियत रूसी सरकारले यहाँ ४५६ वटा परमाणु बमको परीक्षण…
काठमाडौं : नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा आमरण अनशनरत दुई पत्रकारको माग र स्वास्थ्य अवस्थाप्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ। आज एक प्रेस विज्ञप्ति जारी गर्दै युनियनले विभिन्न चारबुँदे माग राखी तीन दिनदेखि आमरण अनसनमा रहेका नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना र इलाम शाखाका सदस्य प्रेम अधिकारीको बिग्रँदो स्वास्थ्य अवस्था र मागप्रति महासंघ नेतृत्वले जिम्मेवारीबोध…
काठमाडौं : यो हप्ता फ्राइडे रिलिज अन्तरगत धेरैको पर्खाइमा रहेको फिल्म 'लुट-२' सार्वजनिक भएको छ। निश्चल बस्नेत निर्देशित 'लुट-२' सन् २०१२ मा सुपरहिट कहलिएको फिल्म 'लुट'को सिक्वेल हो। फिल्ममा पुरानै कथाले निरन्तरता पाएको छ। पाँच वर्षको अन्तरालमा भएका घटना र कथाले लिएको मोड नै मुख्य विषय हो। जसमा भूकम्पको प्रभाव पनि समेटिएको छ। फिल्मको केन्द्रमा तीन कलाकार सौगात…
काठमाडौँ : पाकिस्तान सरकारले शिशु कक्षादेखि दश जोड दुईसम्म अध्ययनरत २०० जना नेपालीलाई जनही रु १० हजार छात्रवृत्ति प्रदान गरेको छ। शिक्षामन्त्री धनीराम पौडेलले आज काठमाडौँमा आयोजित एक समारोहमा छात्रवृत्ति रकमको चेक हस्तान्तरण गर्दै नेपालको शैक्षिक उन्नयनमा पाकिस्तान सरकारले उपलब्ध गराएको सहयोगको सराहना गरे। उनले नेपाल र पाकिस्तानबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन…
काठमाडौं : एनसेलको प्यारेन्ट कम्पनी एक्जियटाको सन् २०१६ को मुनाफामा ७५ प्रतिशतले गिरावट आएको छ। एनसेल खरीद गर्दा भएको एक्सजेञ्ज घाटाले एक्जियटाको मुनाफामा ठूलो गिरावट आएको कम्पनीले विहिवार सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ। एक्जियटाले एक अर्ब ३० करोड डलर तिरेर एनसेल खरीद गर्दा विनिमय भुक्तानीमा ६८ करोड ५० लाख रिंगिट(१६ अर्व ५० करोड)भन्दा बढी घाटा लागेको हो। यो घाटा एक्जियटाले…
काठमाडौं : प्रज्ञा भवन कमलादीमा रेडियो अडियोका दीपेन्द्र खनिया र 'नेपालमै सकिन्छ' पुस्तकका लेखक रोहित भण्डारी मञ्चमा बोलाइए। मञ्चको अघिल्लो भागमा अधिकांश युवाहरु थिए। खनियाले मञ्चअघि रहेकाहरुलाई सुरुमै सोधे, ‘रोहितजीसँग तपाईंहरु सोध्नुहुन्छ कि म नै सोध्न सुरु गरुँ?’ पाठकसँग लेखक, लेखकसँग पाठक नाम दिइएको उक्त अन्तरसंवाद पत्रकार रोहित भण्डारीको दोस्रो पुस्तक 'नेपालमै सकिन्छ'का विषयमा केन्द्रित थियो। प्रज्ञा भवन कमलादीमा…
काठमाडौं : महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज देशभर मनाइँदैछ। हिन्दु धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा–आराधना गर्छन्। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण जन्माष्टमीको रातको मोहरात्रि र लक्ष्मीपूजाको रातको सुखरात्रि जत्तिकै महत्वपूर्ण भएको पुराणहरुमा वर्णित छ। व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन…
काठमाडौं : सूर्यवदना पण्डितको जीवनयात्रा ‘अठोट’ आज प्रज्ञाप्रतिष्ठानमा जारी पुस्तक प्रदर्शनीको छेको पारेर सार्वजनिक गरिएको छ। नेपाल सरकारका सचिव दिनेश थपलियाले पुस्तकको विमोचन गरे। किताबमाथि बोल्दै वक्ता चन्द्रवदना घिमिरेले भनिन्, ‘बालक हुँदै विवाह गरी घरको काम तथा मेलाको काम गर्दै सङ्घर्ष गरेर पढेकी सुर्यवदनाको सङ्घर्षमय जीवन उनको किताबमा उतारिएको छ। सङ्घर्ष गर्नुपर्छ, हरेस खानु हुँदैन भन्ने सन्देश उनको यो…
बुटवल : विभागीय टोली नेपाल आर्मी भारतिय क्लब युनाइटेड सिक्किम एफसीमाथि गोलको वर्षा गर्दै १९ औं तिलोतमा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको खेलमा सब्सिच्युट खेलाडी अमृत बस्नेतले ह्याट्रिक गरेपछि आर्मीले युनाइटेड सिक्किम एफसीलाई ८-० को फराकिलो अन्तरले पराजित गर्यो। बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा भएको खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका अमृतले ६३, ८१ र ९० औं…
काठमाडौँ : सरकारले पूर्व विशिष्ट पदाधिकारीको सुविधा व्यवस्थित गर्ने विधेयक संसदमा दर्ता गराएको छ। यसअघि २०७२ मंसिरमा सरकारले विधेयक दर्ता गरे पनि विरोध भएपछि फिर्ता लिएको थियो। सरकारले ल्याएको विधेयकमा पूर्व राष्ट्रपति, उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री/मन्त्रिपरिषद् अध्यक्ष, पूर्व सभामुख र सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशलाई सुविधा दिन प्रस्ताव गरिएको छ। पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई मासिक वृत्ति उपलब्ध गराउन प्रस्ताव गरिएको छ। पूर्व प्रधानमन्त्री…
काठमाडौं : विश्व जुनियर टेनिस च्याम्पियनसिपको क्वालिफाइङमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दैछ। फेब्रुअरी २७ देखि मार्च ४ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष÷महिला खेलाडीले टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्। पुरुषमा आदित सुवेदी, सम्यकभूषण वज्राचार्य र इभेक जोशी रहेका छन्। महिलामा अभिलाषा विष्ट, प्रेरणा कोइराला र सलोनी तामाङ छन्। प्रशिक्षकमा कृष्णराज घले रहेका…