PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • टुङ्गियो जितविहिन यात्रा : १३ वर्ष ८६ खेलपछि फुटबलमा एन्डोराको पहिलो जित

    टुङ्गियो जितविहिन यात्रा : १३ वर्ष ८६ खेलपछि फुटबलमा एन्डोराको पहिलो जित

    एन्डोरोले विश्व फुटबलको सबैभन्दा लामा जितविहित यात्रा टुङ्गाएको छ। मैत्रीपूर्ण खेल अन्तर्गत सान मारिनोलाई २-० ले पराजित गर्दै एन्डोराले ८६ खेलपछि पहिलो जित हात पारेको हो। २१ वर्षे व्यवासायीक फुटबल इतिहासमा एन्डोरोको यो चौथो जित हो भने घर बाहिर पहिलो जित हो। पछिल्लो पटक एन्डोराले १३ वर्षअघि सन् २००४ मा मेसोडोनियालाई हराएको थियो। त्यसबाहके एन्डोराले अल्वानिया र बेलारुसलाई पनि एक…

    विस्तृतमा पढ्नुस्

  • 'तु चीज बडी है मस्त-मस्त' फेरि बन्ने, रहनेछ उदितनारायण झाकै स्वर

    'तु चीज बडी है मस्त-मस्त' फेरि बन्ने, रहनेछ उदितनारायण झाकै स्वर

    पूराना सफल गीतको रिमेक अहिले बलिउडमा ट्रेन्ड जस्तै बनेको छ। फिल्म रईसका लागि बनेको 'लैला मे लैला'को नयाँ भर्सनले त बलिउडमा धमाका नै मच्चायो। ट्रेन्ड फलो गर्दै 'मेशिन' फिल्म युनिटले पनि आफ्नो फिल्ममा ९० को दशकको हिट गीत रिमेक गर्ने भएको टाइम्स अफ इन्डियाले जनाएको छ। निर्देशकद्वय अब्बास- मुस्तानले आफ्नो फिल्म मेशिनका लागि 'तु चिज बडी है मस्त मस्त'लाई पुन:…

    विस्तृतमा पढ्नुस्

  • संसदको कार्यसूचीमा चढ्यो संविधान संशोधन विधेयक

    संसदको कार्यसूचीमा चढ्यो संविधान संशोधन विधेयक

    काठमाडौं : संविधानको दोस्रो संशोधन विधेयक संसद्को कार्यसूचीमा प्रवेश गरेको छ। गत मंसिर १४ मा सरकारले संसद्मा दर्ता गरेको संशोधन विधेयक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पुस २२ गते मात्र संसद्मा प्रवेश गरे पनि कार्यसूचीमा चढेको थिएन। प्रमुख प्रतिपक्षी एमालेले चुनाव घोषणा नहुँदासम्म विधेयक सदनमा पेश गर्न नदिने अडान राखेको थियो। सरकारले चुनाव घोषणापछि एमालेले कार्यसूचीमा राख्न दिने…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनअघि नै संविधान संशोधन प्रस्ताव पारित हुन्छ : मन्त्री नायक

    निर्वाचनअघि नै संविधान संशोधन प्रस्ताव पारित हुन्छ : मन्त्री नायक

    काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव स्थानीय तहको निर्वाचनभन्दा अघि नै पारित हुने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आज काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले भने, ‘वैशाख ३१ गते स्थानीय तहको निर्वाचन छ, त्यो भन्दा पहिले नै संविधान संशोधन प्रस्ताव पारित हुन्छ, त्यसमा कुनै दुईमत छैन, कसैले शंका नगरे पनि हुन्छ।’   प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • ​संविधान संशोधन विधेयक फेल गर्न पनि सोच्नुपर्ने अवस्था छ : सुवास नेम्वाङ

    ​संविधान संशोधन विधेयक फेल गर्न पनि सोच्नुपर्ने अवस्था छ : सुवास नेम्वाङ

    काठमाडौँ : नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद्‍मा रहेको संविधान संशोधन विधेयक फेल गर्न सोच्नुपर्ने अवस्था रहेको बताएका छन्।  संसद्‍मा विशेष समय लिएर बोल्दै नेम्वाङले विधेयक पारित गर्न नसकिने तर फेल गर्न पनि सोच्नुपर्ने अवस्था रहेको बताए। 'वास्तवमा यसो भन्दा अचम्म लाग्ला। यसलाई पास गर्न सकिन्न। हामी पास गर्ने पक्षमा छैनौँ। यो विधेयकलाई फेल गर्न पनि सोच्नुपर्ने अवस्था…

    विस्तृतमा पढ्नुस्

  • एमालेको मौनता र नेमकिपाको नाराबाजीबीच संसद्‍मा संविधान संशोधनमाथि छलफल सुरु

    एमालेको मौनता र नेमकिपाको नाराबाजीबीच संसद्‍मा संविधान संशोधनमाथि छलफल सुरु

    काठमाडौँ : नेकपा एमालेको मौनतामा संसद्‍मा संविधान संशोधनमाथि सैद्धान्तिक छलफल सुरु भएको छ। नौ दलीय गठबन्धनले संविधान संशोधनको प्रक्रियामा लचकता अपनाउँदै संसद् अवरोध नगर्ने निर्णय गरेपछि संसद्‍मा संशोधनमाथि छलफल सुरु भएको हो। कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयक संसद्‍मा छलफलका लागि पेश गरेका थिए। नायकले पेश गरे लगत्तै नौ दलीय गठबन्धनमै रहेको नेपाल मजदूर किसान पार्टीले भने नाराबाजी गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • संसद्‍को बैठक कक्षका दुईवटा घडीमा दुईथरी समय, सांसदको नियमापत्ती

    काठमाडौँ : संसद्‍मा संविधान संशोधनमाथिको छलफल जारी रहँदा बिहीबार नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा एकाएक उभिए। उनले माइक समाते। सभामुखले के भयो माननीय सदस्य भन्दै प्रश्न गरिन्। उनले सोधिन्- 'केमा हो नियमापत्ती?' खतिवडाले माइक ताने र भने- 'संसदमा दुई वटा घडी छन्। एउटामा एउटामा साढ चार भयो। अर्कोमा साढे पाँच भयो। कुन समय सही हो सभामुख महोदय।' घर्तीको नियमापत्तीले सांसदहरु…

    विस्तृतमा पढ्नुस्

  • 'मेरो अदालतमा तुरुन्त निसाफ मिल्छ’ : अनुपविक्रम शाही

    'मेरो अदालतमा तुरुन्त निसाफ मिल्छ’ : अनुपविक्रम शाही

    काठमाडौं: अभिनेता अनुपविक्रम शाहीको मुख्य भूमिका रहने फिल्म ‘निसाफ’ फ्लोरमा निस्किएको छ। बिहीबारबाट फिल्मको छायांकन सुरु भएको हो। मुर्हत सटसमेत लिइएको कार्यक्रममा अभिनेता अनुपविक्रमले ‘अदालतमा निसाफ मिल्ला नमिल्ला तर  भन्ने चलचित्रभित्र रहेको एक संवाद बोल्दै मुर्हत सट दिए। अपराधिक कथामा बन्न लागेको यो फिल्ममा अनुपसँगै सरोज खनाल, धु्रव कोइराला, यादव बैरागी, भरत ढुङगाना, सगुन थापा, विजयजङ रायमाझी, रविना खतिवडा, साधना…

    विस्तृतमा पढ्नुस्

  • तिलोतमा गोल्डकप : एपीएफ क्वाटरफाइनलमा

    तिलोतमा गोल्डकप : एपीएफ क्वाटरफाइनलमा

    बुटवल : विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ १९ औं तिलोतमा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा विहीबार भएको उद्घाटन खेलमा एपीएफले शेरे एफसी कालिम्पोङलाई १-० ले पराजित गर्‌यो। एपीएफलाई जित दिलाउन खेलको २१ औं मिनेटमा सरोज कोइरालाले गरेको गोल नै निर्णायक बन्यो। एपीएफले अब क्वाटरफाइनलमा रुपन्देही-११ सँग खेल्नेछ। प्रतियोगितामा शुक्रबार नेपाल आर्मी र भारतको…

    विस्तृतमा पढ्नुस्

  • ‘लभ लभ लभ’ ट्रेलरमा यस्तो

    ‘लभ लभ लभ’ ट्रेलरमा यस्तो

    काठमाडौं: फिल्म ‘लभ लभ लभ’को ट्रेलर सार्वजनिक गरेको छ। बिहिबार युट्युवमार्फत सार्वजनिक ट्रेलरले सरल किसिमको माया प्रेमको कथा बोल्छ। दिपेन्द्र के खनाल फिल्मका निर्देशक हुन्। फिल्ममा सुरज पाण्डे र स्वस्तिमा खड्का लिड अभिनयमा छन्। अमृत पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा शर्मिला पाण्डे फिल्मकी निर्मात्री छिन्। सुरज सिने आर्ट्सले फिल्मलाई प्रस्तुत गरेका हुन्। फिल्मको एक गीत यसअघि नै सार्वजनिक भइसकेको छ। प्रचार…

    विस्तृतमा पढ्नुस्

  • बुढासुब्बा गोल्डकपको उपाधिका लागि पुलिस र संकटा भिड्ने

    बुढासुब्बा गोल्डकपको उपाधिका लागि पुलिस र संकटा भिड्ने

    धरान : १९ औं संस्करणको बुढासुब्बा गोल्डकपको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र सिएमजी संकटाबीच प्रतिस्पर्धा हुने भएको छ।   विहीबार भएको दोस्रो सेमिफाइनलमा पुलिसले आयोजक धरान निलोलाई ३-१ ले पराजित गर्दै संकटासँगको फाइनल भेट पक्का गरेको हो।   यस सिजन नकआउट टुर्नामेन्टमा पुलिसको यो पहिलो फाइनल यात्रा हो।   यसअघि प्रिक्वाटर र क्वाटरफाइनलमा कठिन जित हात पारेको…

    विस्तृतमा पढ्नुस्

  • अक्षयकुमारले गरे 'जोली एलएलबी ३' बनाउने घोषणा

    अक्षयकुमारले गरे 'जोली एलएलबी ३' बनाउने घोषणा

    बलिउड नायक अक्षयकुमारले 'जोली एलएलबी ३' बनाउने घोषणा गरेका छन्। जोली एलएलबी २ ले सय करोड कमाइ गरेपछि आयोजित कार्यक्रममा उनले तेश्रो चलचित्रको घोषणा गरेका हुन्। अक्षयकुमारको 'जोली एलएलबी २' सय करोड कमाउने पाँचौ फिल्म हो। फक्स स्टार स्टुडियोजका विजय सिंहले  तेश्रो सिक्वेल बनाउने घोषणाका लागि अक्षयकुमारलाई अगाडि सारेका थिए। 'एउटा वा दुइवटा सिक्वेल हिट भएपछि तेश्रो बेच्न प्रोड्युसरलाइ गाह्रो…

    विस्तृतमा पढ्नुस्

  • ​उपहारको लोभ देखाएर ठगी गरेको आरोपमा ब्लुस्काइका सञ्चालक पक्राउ

    काठमाडौं : विदेशबाट उपहार पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले ब्लुस्काई म्यानपावरका संचालक प्रेम कटुवाललाई पक्राउ गरेको छ । माछापुच्छ्रे बैकमा रहेको कटुवालको खातामा स्रोत नखुलेको २४ लाख रुपैयाँ भेटिएपछि अनुसन्धानका लागि महाशाखाले उनलाई पक्राउ गरेको हो। बानेश्वरकी एक महिलालाई फेसबुकमा फेक आइडी बनाई ठगेको रकम उनले कटुवालको खातामा हालेको प्रहरीमा उजुरी आएपछि पक्राउ गरिएको महाशाखाका एसपी…

    विस्तृतमा पढ्नुस्

  • १५ फोटोमा हेर्नुस् संविधान संशोधन स्वीकृत भएको दिनको संसद

    १५ फोटोमा हेर्नुस् संविधान संशोधन स्वीकृत भएको दिनको संसद

    काठमाडौँ : व्यवस्थापिका संसदले संविधान संशोधन विधेयक बहुमतले स्वीकृत गरेको छ। सैद्धान्तिक छलफल पछि विधेयक स्वीकृत भएको हो। विधेयक पारित गर्न सभामुखले गरेको आग्रहमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित नौ दलीय गठबन्धन मौन बसेको थियो। गठबन्धकै नेपाल मजदुर किसान पार्टीले भने नाराबाजी गर्दै विरोध गरेको थियो। नेकपा एमाले र प्रतिपक्षी सांसदहरुले छलफलमा भाग लिएनन्। हेर्नुस् १५ फोटो

    विस्तृतमा पढ्नुस्

  • नम्वर वान गल्फर शिवरामले जिते वर्षको चौथो टुर उपाधि, करियरको ३४ औं टाइटल

    नम्वर वान गल्फर शिवरामले जिते वर्षको चौथो टुर उपाधि, करियरको ३४ औं टाइटल

    काठमाडौं : नेपाली नम्वर वान गल्फर शिवराम श्रेष्ठले सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गत लगातार तौथो उपाधि जितेका छन्। वर्षको चौथो प्रतियोगिताको सुर्य नेपाल सेन्ट्रल ओपन गल्फको विहीबार च्याम्पियन बन्दै उनले उक्त उपलब्धी हासिल गरेका हुन्। गोकर्ण गल्फ क्लबमा सोमबारदेखि भएको प्रतियोगितामा अघिल्ला तिन दिन पछि परेका शिवरामले अन्तिम दिन उत्कृष्ट प्रदर्शन गरे। करियरको ३४ औं उपाधि जित्ने क्रममा शिवरामले…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भर्सेस केन्याको म्याचको लागी टिकट खुल्यो, यहाँबाट बुक गर्नुस् टिकट

    नेपाल भर्सेस केन्याको म्याचको लागी टिकट खुल्यो, यहाँबाट बुक गर्नुस् टिकट

    काठमाडौं : वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको पाँचौं चरणको दुई खेल नेपालले घरेलु मैदानमा खेल्दैछ। उक्त खेलको लागि टिकट बुकिङ खुल्ला भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा आगामी मार्च ११ र १३ मा हुने खेलको लागि इसेवामार्फत टिकट बुक गर्न सकिन्छ।  एउटा टिकको मूल्य २ सय रहेको छ। इसेवाको वेव साइटमा गएर आफ्नो लागि टिकट बुक गर्न सक्नुहुनेछ। 

    विस्तृतमा पढ्नुस्

  • अघि बढ्यो संविधान संशोधन, एमालेको मौनता र नेमकिपाको नाराबाजीबीच विधेयक स्वीकृत

    अघि बढ्यो संविधान संशोधन, एमालेको मौनता र नेमकिपाको नाराबाजीबीच विधेयक स्वीकृत

    काठमाडौँ : नेकपा एमालेको मौनता र नेपाल मजदुर किसान पार्टीको नाराबाजीबीच संविधान संशोधन विधेयक स्वीकृत भएको छ। एमाले सहितका नौ दलको अवरोधका कारण लामो समयसम्म विधेयक अगाडि बढ्न सकेको थिएन। गत मंसिर १४ गते दर्ता भएर गत पुस २४ मा नाराबाजी र होहल्लाबीच विधेयक संसदमा टेबल भएको थियो। विहिबार एमालेले एक दिनक लागि भन्दै सकरात्मक हस्तक्षेपको रुपमा संसदमा मौनता साँध्ने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा अझै एक वर्ष धुलो उड्ने ! मेलम्चीले भत्काएको सडक बन्न बर्ष दिन लाग्ने

    काठमाडौंमा अझै एक वर्ष धुलो उड्ने ! मेलम्चीले भत्काएको सडक बन्न बर्ष दिन लाग्ने

    काठमाडौं : मेलम्ची खानेपानी आयोजनाले पाइपलाइन विछ्याउने क्रममा  भत्काएको सडक पुर्ण रुपमा बन्न अझै एक बर्ष लाग्ने भएको छ।    पाइपलाइन विस्तार सकिएपछि ठीकसँग जोडिएको छ/छैन भनेर ‘टेष्ट’ गर्न पानी अपुग रहेको हुँदा पाइप बिछ्याएर पनि सडक पिच गर्न नमिलेको हो।    पाइपलाइनको पुर्ण परीक्षणका लागि १६ करोड लिटर पानी आवश्यक पर्ने र त्यो मेलम्ची पानी नल्याइ संभव नहुने आयोजनाको…

    विस्तृतमा पढ्नुस्

  • चुनावलाई शेयर बजारको लालसलाम, खुल्दाको उत्साह अन्त्यसम्म टिकेन, ७ अंकको गिरावट

    काठमाडौँ : स्थानीय चुनाव घोषणाको उत्साह शेयर बजारले अन्त्यसम्म थेग्न सकेन। सोमबार साँझ सरकारले चुनाव घोषणा गरेपछि मंगलबार बजारमा उत्साह देखिने अपेक्षा गरिएको थियो।   त्यहि अनुरुप खुलेको १० मिनेट १७ अंकले बढेको बजार त्यसपछि सामान्य उतारचढाव हुँदै सात अंकले घटेर बन्द भएको छ। चुनाव घोषणा हुने समाचारका कारण सोमबार कारोबार समेत उत्साहजनक रुपले भएको थियो।   मंगलबार सोमबारको तुलनामा कारोबार…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री मोदीले जिते

     फेसबुकमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री मोदीले जिते

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुकमा जितेका छन्। नेतामध्ये सबैभन्दा धेरै लाइक पाउने नेताको सूचीमा मोदीले ट्रम्पलाई उछिनेका हुन्। अमेरिकी संस्था बर्सन मार्सटेलरले सार्वजनिक गरेको सूची अनुसार मोदीलाई ३ करोड ९९ लाख जनाले फेसबुकमा फलो गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पलाई १ करोड ९८ लाख जनाले फलो गरेका छन्। तेस्रो नम्बरमा भारतीय प्रधानमन्त्रीको कार्यालयको आधिकारीक फेसबुक पेज छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell