काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य निर्वाचनको मतगणना सम्पन्न भएको छ। अध्यक्षको मतगणना यसअघि नै सम्पन्न भइसकेको छ। अध्यक्षमा कमल थापा बिजयी भएका थिए। गए राति अबेर सार्वजनिक मत परिणाम अनुसार नायिका रेखा थापा, कलाकार कोमल वली, मीरा राणा विजयी भएका छन्। यस्तै, कुन्ती शाही र प्रतिभा राणा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। राणालाई सोमबार सरकारले जापानका लागि…
काठमाडौं : कार्यसूची विवादका कारण मंगलबार सूचना टाँसेर स्थगित गरिएको व्यवस्थापिका संसद्को बैठक आज पुनः बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउसो २ बजेका लागि बैठक बोलाइएको छ। संसद् बैठकअघि दिउसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। कार्यव्यवस्था परामर्श समितिले संसद्को आजको कार्यसूची तय गर्नेछ। दलीय सहमति भएमा संविधान संशोधन प्रस्तावको सैदान्तिक छलफल अघि बढाउने सरकारको तयारी छ। प्रतिपक्ष…
काठमाडौं : स्थानीय तह वा निकाय कुन चुनाव गर्ने भन्ने संवैधानिक विवादको फैसला सर्वोच्चले आज गर्दैछ। माघ २६ गते न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको सयुक्त इजलासले आज निर्णय सुनाउने मिति तोकेको थियो। स्थानीय निकाय निर्वाचनको मिति घोषणा माग गर्दै गत वैशाख २१ गते परेको रिटमा सर्वोच्चले निर्णय सुनाउन लागेको हो। सर्वोच्चले संवैधानिक विवादको मुद्दा भएको भन्दै एमिकस समेतको सहायतामा…
काठमाडौं : सर्वोच्च प्रशासनको प्राविधिक त्रृटिका कारण स्थगित आइजीपी सिफारिस प्रकरणको रिट निवेदनमा सर्वोच्चमा आजबाट बहस सुरु हुँदैछ । न्यायाधीशद्वय हरिकृष्ण श्रेष्ठ र तेजबहादुर केसीको इजलासमा पेशी तोकिएको हो। आइतबार अधिवक्ता कपिलदेव ढकालका तर्फबाट परेको पुरक निवेदन पेशी सूचीमा नपरेपछि सुनुवाई स्थगित भएको थियो। सरकारी वकिलका तर्फबाट पनि सवै पक्षलाई मुद्दाको म्याद तामेल हुन नसकेको भन्दै असन्तुष्टि जनाइएको…
चितगोङ : शेख कमाल इन्टरनेशनल क्लब कप-२०१७ को समूह चरणको दोस्रो खेलमा मनाङले आज अफगानिस्तानको शाहिन आस्मायीसँग प्रतिस्पर्धा गर्दैछ। समूह बी को पहिलो खेलमा बगलादेशङ्कव मोहमेदन स्पोर्टिङ क्लबलाई परिजत गरेको मनाङ लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा छ। खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेपछि चितगोङस्थित एमए अजिज रंगशालामा हुनेछ। मनाङले समूह चरणको पहिलो खेलमा मोहमोदेन स्पोर्टिङ क्लबलाई २-०…
युरोपियन च्याम्पियन्स लिग युसिएल अन्तर्गत अन्तिमा १६ को पहिलो लेगको खेलमा म्यानचेष्टर सिटी र एथ्लेटिको मड्रिड विजयी भएका छन्। दुई खेलमा गरेर कूल १४ गोल सम्भव भएको थियो। मंगलबार भएको खेलमा इंगलिस क्लब सिटीले फ्रान्सेली क्लब मोनाकोलाई ५-३ ले हरायो।यस्तै स्पानिस क्लब एथ्लेटिकोले जर्मन क्लब वायर लेभरकुजनलाई ४-२ ले पराजित गर्यो। घरेलु मैदान एतिहाड स्टेडियममा सिटीलाई जित दिलाउन सर्जियो एगुएरोले…
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा कलाकारतर्फ नायिका रेखा थापा, कोमल वली र मीरा राणा विजयी भएका छन्। त्यस्तै फिल्म पत्रकार प्रकाश सुवेदी भने केन्द्रीय सदस्यका लागि चयन भएनन्। महिलातर्फको कोटाबाट उठेकी रेखाले १ हजार ६ सय ३ मत प्राप्त गरिन्। महिलातर्फबाट अत्याधिक मत ल्याउनेमा उनी दोस्रो भएकी छिन् भने कोमल खुलातर्फ अत्याधिक मत ल्याउनेमा तेस्रो बनिन्। कोमलाले १८ सय…
काठमाडौँ : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको तेह्रौँ राष्ट्रिय महाधिवेशनले विजय सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ। गएराति सम्पन्न मतगणनाको परिणामअनुसार कुल एकहजार ६२३ मतमध्ये सम्बाहाम्फेले ८७१ र उनका निकटतम प्रतिद्वन्द्वी टीकाराम पुरीले ७५१ मत ल्याएका छन्। निर्वाचित अध्यक्ष सम्बाहाम्फे १२० मत अन्तरले विजयी भएका हुन्। त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा डि.के. ढुङ्गाना तथा खुला…
काठमाडौँ : संसद्मा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन लचक देखिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक अहिले केहीबेरमा बस्दैछ। संसद् भवन बानेश्वरमा बस्ने बैठकमा संसद्को प्रक्रिया र निर्वाचन घोषणापछिको राजनीतिक परिस्थितिबारे अध्यक्ष केपी ओलीले धारणा राख्ने कार्यक्रम छ। 'निर्वाचनको मिति घोषणा भएपछि अब हाम्रो भूमिका कस्तो हुने भन्ने विषयमा बैठक डाकेका हौँ', एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने।…
काठमाडौँ: सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई पुनःनिर्माणका लागि सद्भावना दूत बनाउने मङ्गलबार घोषणा भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एकीकृत वस्ती विकासको काममा जागरण एवम् प्रोत्साहित गर्ने लक्ष्यसहित हास्यकलाकार जोडी धुर्मुस सुन्तलीलाई दुत बनाउने भएको हो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती निर्माण एवम् विकाससम्बन्धी कार्यका लागि सद्भावनादूत बनाउने निर्णय…
लमजुङ (बेँसीसहर) : गाउँ पुग्ने सडक नभएपछि नाल्माका स्थानीयले ऋण गरेर भए पनि आफैं सडक निर्माण गरेका छन्। जिल्लाको सदरमुकाम बेँसीसहर–१६ नाल्मा बाख्रेजगतका स्थानीयले १८ लाखको लागतमा बाख्रेजगतदेखि स्यारेसम्मको करिब एक दशमलव पाँच किलोमिटर सडक निर्माण गरेको सडक निर्माण समितिका अध्यक्ष सरिता गुरुङले बताइन्। 'गाउँमा सडक नआउँदा हेपिएको महसुस भयो' अध्यक्ष गुरुङले भने– 'हामी आफैले रकम सङ्कलन गरेर गाउँसम्म मोटर…
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार ६६ वर्षका लागेका छन्। गत वर्ष ओली जन्मदिनका दिन प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा रहेका थिए। संयोगले भारत भ्रमणका क्रममा परेको ६५ औं जन्मदिन उनले उतै केक काटेर मनाए। उनको जन्मदिन र विवाहको वर्षगाँठको अवसरमा भारतमा विशेष कार्यक्रम नै आयोजना भएको थियो। बुधबार भने एमाले अध्यक्ष ओली बिहानै देखि राजनीतिक भेटघाटमा छन्। संसदीय…
रोस टेलरको शतक तथा बलरहरुको उत्कृष्ट प्रदर्शनमा न्युजिल्याण्डले सेकेण्ड वान डेमा दक्षिण अफ्रिकालाई बुधबार ६ रनले पराजित गरेको छ। २९० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकालाई २८३ रनमा रोक्दै साँघुरो अन्तरको जितसँगै न्युजिल्याण्डले ५ म्याचको सिरिजमा १-१ को बराबरी गरेको छ। क्राइसचर्चस्थित हाग्ले ओभलमा भ्रमणकारी टोलीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टोली न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ४ विकेट…
काठमाडौँ : निर्वाचन आयोगले फागुन ९ गते १८ वर्ष पुगेका बालिगहरुलाई मात्र स्थानीय निर्वाचनमा सहभागी गराउने निर्णय गरेको छ। निर्वाचन आयोगको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो। 'आसन्न स्थानीय तहको निर्वाचनको लागि अन्तिम मतदाता नामावली तयार गर्न मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश (२) बमोजिम निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचनको…
काठमाडौँ : नेकपा एमालेले संविधान संशोधन प्रस्तावमा सदनमा सैद्धान्तिक छलफल हुन दिने भएको छ। एमाले संसदीय दलको बैठकले निर्वाचनको वातावरण नबिग्रने गरी संसद्को बैठकमा प्रस्तुत हुने निर्णय गरेको हो। गत मंसिर १४ गते संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावविरुद्ध एमालेले सडक आन्दोलन गरेको थियो। त्यस्तै प्रस्तावलाई राष्ट्रघाती भन्दै संसद्को विषय बन्न नसक्ने तर्क गर्दै आएको थियो। तर एमालेको होहल्लाबीच गत…
काठमाडौं: फिल्म 'प्रेमगीत २’को कलाकारका लागि फिल्म युनिटले व्यायाम कार्यशाला सुरु गरेको छ। फिल्मको क्लाइमेक्स छायांकनका लागि आवश्यक भएकाले मुख्य कलाकारले थाइल्यान्डको किक बक्सिङ कला सिक्न लागेका हुन्। बुधबारबाट दशरथ रंगशालाको कभर्ड हलमा प्रशिक्षण सुरु भएको बताइएको छ। दुई महिनासम्म हुने कार्यशालामा अभिनेता प्रदीप खड्का र सन्तोष सेन सहभागि छन्। उनीहरुलाई द्धन्द्ध निर्देशक अष्ट महर्जनले प्रशिक्षण दिने जानकारी रहेको…
काठमाडौं : नयाँ शक्ति नेपाल पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले संविधानले तोकेको अवधिभित्र तीनवटै तहको निर्वाचन गराउनका लागि सर्वपक्षीय सरकारको गठन गर्नुपर्ने माग गरेको छ। बुधबार पार्टी कार्यालय बबरमहलस्थित बसेको उपलब्ध केन्द्रीय सदस्यको बैठकले नयाँ संविधानले तोके बमोजिमको आगामी माघ ७ भित्र निर्वाचन गर्नका लागि जरुरी वातावरण तयार गर्न छ वटा सर्तसमेत राखेको छ। नयाँ शक्तिले नयाँ संविधानको सर्वस्विकार्यताका…
काँकडभिट्टा, (झापा) : झापामा बिहीबारदेखि कला-साहित्य उत्सव हुने भएको छ। रिडर्स झापाको आयोजनामा सञ्चालन हुने उत्सव फागुन १२ देखि १४ गतेसम्म चल्नेछ। यस उत्सवमा २७ वटा सत्रमा लगभग १०० जना कवि-लेखक, पत्रकार, संस्कृर्तिकर्मी, समाजशास्त्री, इतिहासविद्, राजनीतिज्ञ, कलाकर्मीहरुले विभिन्न विषयमा विचार-विमर्श गर्ने छन्। झापाको काँकडभिट्टा खानेपानीको सभाहलमा आयोजना हुने यस उत्सवमा नाटक, गीतसंगीत, फिल्म, चित्रकला, मूर्तिकला, कविता, साहित्य, इतिहास, पत्रकारिताका आदिका विषयमा…
काठमाडौँ : नेकपा एमाले नेतृत्वको ९ दलिय प्रतिपक्षी गठबन्धनले सरकार र सत्ता समर्थित मधेसी मोर्चालाई दुई प्रश्न अगाडि सारेको छ। ९ दलको बैठकले प्रक्रियामा गएपछि आउने परिणाम र संविधानको व्यवस्थाको विषयमा प्रश्न सोधेको हो। प्रतिपक्षीको प्रश्न सँगै आग्रह पछि सभामुखले संसद बैठक भोली ३ बजेसम्मका लागि स्थगित गरेकी छिन्। बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले ९ दलको बैठकमा भएको छलफलबारे पत्रकारलाइ जानकारी गराए।…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आज जन्मदिन। उनी आजबाट ६६ वर्ष पुगे। उनले आफ्नो जन्मदिनको अवसरमा संसद्मा आफ्नो सचिवालयमार्फत सबै सांसदहरुलाई चक्लेट बाँडन लगाए। बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरु आज बसेको एमाले संसदीय दलको बैठकको निर्णय पर्खिरहेका थिए। बैठक सकिएर जब ओली बाहिर निस्किए सञ्चारकर्मीहरुले ओलीलाई प्रश्न गरे ‘आज के भयो?’ भाषण र…