काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीको २० डिआईजीको सरुवा गरेको छ । सरकारले स्थानीय तह निर्वाचन मिति घोषणा गरे लगत्तै गृहले डिआइजीको सरुवा निकालेको हो। बुधबार सार्वजनिक भएको सरुवा सूचीमा आइजीपीको प्रतिष्पर्धामा रहेका प्रकाश अर्याल र बमबहादुर भण्डारीको सरुवा भए पनि आइजी नियुक्त्ती प्रकृयालाई लिएर सर्वोच्च पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख नवराज सिलवाल र सरकारले आइजीमा नियुक्त गरेका लागु औषध…
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व अर्थमन्त्री वर्षमान पुन अनन्त भाइरल ज्वरो आएपछि पाँच दिनदेखि ग्राण्डी अस्पतालमा उपचार गराई रहेका छन् । अनन्तलाई नर्सिङ केयरमा राखेर उपचार गरिदैँ छ। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थमा सुधार भइरहेको छ। चिकित्सकको सल्लाह अनुसार एक हप्ता अस्पतालमा बस्नुपर्ने छ। पुनलाई पुरानो वंशानुगत निमोनिया भएको आशंका गरिएको थियो। यस अघि उनलाई वंशानुगत निमोनिया भएपछि…
काठमाडौं: फिल्म 'म यस्तो गीत गाउँछु' युनिट बिहिबारबाट सुटिङका लागि फ्लोरमा उत्रदै छ । पल शाह र पूजा शर्मा स्टारर फिल्म घोषणा भएको ५ महिनापछि छायांकन सुरु हुने भएको हो। निर्माता तथा निर्देशक सुदर्शन थापाले दिएको जानकारी अनुसार फिल्म काठमाडौं, पोखरा, धम्पुस र मुस्ताङमा खिचिने छ। भने,'४५ दिनमा सुटिङ प्याक अप गरेर पोस्ट प्रोडक्शनको काम सुरु गर्नेछौं।' सुदर्शन थापाको कथा…
वीरगञ्ज : स्थानीय तह निर्वाचनको विरोधमा आन्दोलित भएको मधेसी मोर्चाका कार्यकर्ताले बुधबार निर्वाचन कार्यालय रौतहटमा तालाबन्दी गरेको छ। मधेस बन्द गराउँदै हिडेका मोर्चा कार्यकर्ताहरुले रौतहटको गौरमा रहेको निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थियो। आन्दोलनककारीले निर्वाचन कार्यालयमा ताला लगाएपछि नेपाल प्रहरी र सशस्त्रले ताला फुटाएका थिए।
काठमाडौं : दक्षिण एसियाली र एसियाली खेलकुदका पदक विजेता तथा ओलम्पिक खेलकुदमा सहभागी खेलाडीलाई विभिन्न क्षेत्रमा सुविधा उपलब्ध गराउन खेलाडी सुविधा सुझाव कार्यदलले युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाली समक्ष सिफारिस गरेको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका कार्यदलका संयोजक उपेन्द्र पौडेलले कार्यन्वयनमा जोड दिन आग्रह गर्दै ७ बुँदे सुविधा उल्लेख गरिएको सिफारिस पत्र मन्त्री श्रीपालीलाई बुधबार सिंहदरबारमा…
बलिउड स्टार सलमान खानकी प्रेमिका भनिएकी लुलिया वन्तुरले सल मानको फिल्मका लागि फेरी गीत गाउने भएकी छिन्। फिल्म 'ट्युबलाईट'मा उनले रोमान्टिका जानराको गीत गाउने बलिउड हंगामाले जनाएको छ। उनले यसअघि सुल्तान फिल्मका लागि 'बेबीको बेस पसन्द है' को पुन: उत्पादित संस्करण गाएकी थिइन्। उनको स्वर संगीतसँग मिलेकै कारण उनले गीत गाउने भएको संगीतकारले जनाएका छन्। गीतको ट्युन भने फाइनल नभएका…
चितागोङ : शेख कमाल इन्टरनेशनल क्लब कप–२०१७ को समूह चरणको दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब अफगानिस्तानको शाहिन आस्मायीसँग पराजित भएको छ। चितगोङस्थित एमए अजिज रंगशालामा भएको खेलमा कप्तान अमिरुद्दिन सारिफीले ह्या६रिक गरेपछि मनाङ ३-१ ले परिजत भएको हो। आस्मायीका लागि सारिफीले ३८ औं, ६५ औं र ७६ औं मिनेटमा गोल गरे। मनाङका लागि ७२ औं मिनेटमा सब्सिच्युट खेलाडीविमल बस्नेतले १…
काठमाडौं : गृह मन्त्रालयले सशस्त्र प्रहरीका १४ डिआइजीको सरुवा निकालेको छ। बुधबारनै प्रहरीको २० डिआइजीको सरुवा निकालेको गृहले बेलुका सशस्त्रको समेत सरुवा निकालेको हो। सिंहबहादुर श्रेष्ठ सशस्त्र प्रमुख भएपछिको यो पहिलो सरुवा हो। उनको कार्यकालको पहिलो सरुवानै विवादमा तानियो। प्रहरी सरुवामा ठुलो गुनासो नदेखिए पनि सशस्त्र सरुवामा राजनीतिक सम्बन्धको आधारमा काखापाखा गर्दै कसैलाई दोहोर्याएर कमाण्ड दिएको कसैलाई थन्क्याउने काम भएको भन्दै…
काठमाडौं : अम्याचर गल्फर तेन्जिङ छिरिङले सुर्य नेपाल सेन्ट्रल ओपन गल्फको तेस्रो दिन पनि एकल अग्रता कायमै राखेका छन्। सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गत गोकर्ण गल्फ क्लबमा सोमबारदेखि सुरु वर्षको चौथो प्रतियोगिताको तेस्रो दिन छिरिङले दोस्रो स्थानमा रहेका रवी खड्कामाथि ८ स्ट्रोकको अग्रता बनाएका छन्। तेस्रो दिन २ अण्डर ७० स्कोर गरेका नेशनल टीमको सदस्यसमेत रहेका छिरिङले कूल १०…
काठमाडौँ : निर्वाचन आयोगले सरकारसँग बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनका लागि आफ्नो आवश्यकताको लिस्ट दिएको छ। आयोगले सरकारलाई निर्देशन दिदैँ आफ्ना आवश्यकताहरुबारे प्रष्ट्याएको हो। सुरक्षा, निर्वाचन सामग्री देखि ढुवानी र सञ्चार माध्यमको प्रचारसम्मका विषयमा निर्देशन दिएको हो। यस्तो आयोगले बुझाएको आवश्यकताको लिस्ट- १. निर्वाचनको सन्दर्भमा आयोगबाट भएका निर्णय र अन्तर्गतको कार्यालयबाट भएका पत्राचारलाई नेपाल सरकारका सम्पूर्ण निकाय, सार्वजनिक…
काठमाडौं : फोनबाट एक करोड फिरौती रकम माग गर्ने युबकलाई प्रहरीले पक्राउ गरेको छ । धादिङ, जिवनपुरका ३२ वार्षिय विदुर पौडेललाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलिले पक्राउ गरेको हो । पौडेलले मुकुल फाईनान्स लिमिटेडका सञ्चालकसंग ठूलो रकम असुल गर्न विभिन्न व्यक्तिको नामबाट सिमकार्ड निकाली फोन र एसएमएस गरेर धम्क्याएका थिए। उनले डर देखाएर. एक करोड रकम माग गरेको प्रहरीले जानकारी…
काठमाडौं : सरकारले स्थानीय तहको निर्वाचनमा सेना परिचालनको तयारी गर्दै विशेष सुरक्षा योजनाको गृहकार्य अगाडि बढाएको छ। सरकारले आगामी बैशाख ३१ गते स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेपछि गृह मन्त्रालयले मंगलबार गृह अन्तर्गतको नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग बैठक गरेको थियो। सो बैठकमा मधेसमा शुरु भएको आन्दोलन मुख्य चुनौती रहेको विश्लेषण गर्दै नेत्रविक्रम चन्द विप्लव समुह र…
मनिला : फिलिपिन्समा बिदा मनाउन गइरहेका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा क्याम्पस तहका १३ जना विद्यार्थी र एक जना चालकसहित १४ जनाको सोमबार मृत्यु भएको छ। पहाडी क्षेत्रमा विद्युत गृहमा ठक्कर खाएर भएको दुर्घटनामा अन्य झन्डै ४० जना घाइते भएका छन्। मनिलामा रहेको एक निजी विद्यालयको सो बसमा ५० जना किशोरकिशोरी रहेका थिए। चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको क्षेत्रीय प्रहरी…
काठमाडौँ : सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा वरिष्ठ पत्रकार गोविन्द रोकालाई चार वर्षका लागि नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले रोकालाई नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए। माओवादीले सञ्चालन गरेको जनयुद्धमा युद्ध पत्रकारको भूमिका निर्वाह गर्नुभएका रोका शान्ति प्रक्रिया सुरु भएपछि नेपाल एफएममा समाचार प्रमुख भएर काम गरेका थिए। विसं २०५४ सालदेखि…
काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (माओवादी)ले स्थानीय तह निर्वाचन घोषणाप्रति आपत्ति जनाएको छ। संसदीय व्यवस्था जनयुद्धको मर्म विपरित भएको भन्दै उसले चुनावको भ्रममा नपर्न जनतालाई आह्वान गरेको छ। पार्टीले विज्ञप्ति जारी गर्दै निर्वाचनको भ्रममा नपर्न जनतालाई अपिल समेत गरेको छ। जनसत्ता सञ्चालन नै पार्टीको निश्कर्ष भएकाले चुनावको औचित्य नभएको विप्लव नेतृत्वको माओवादीको ठहर छ। सरकारले सोमबार…
काठमाडौं : सर्वोच्च प्रशासनको प्राविधिक त्रृटिका कारण आइतबार स्थगित आइजीपी सिफारिस प्रकरणको रिट निवेदनमा सर्वोच्चमा आजबाट बहस सुरु हुँदैछ । आइतबार अधिवक्ता कपिलदेव ढकालका तर्फबाट परेको पुरक निवेदन पेशी सूचीमा नपरेपछि सुनुवाई स्थगित भएको थियो। सरकारी वकिलका तर्फबाट पनि सवै पक्षलाई मुद्दाको म्याद तामेल हुन नसकेको भन्दै असन्तुष्टि जनाइएको थियो। आइतबार न्यायाधीशद्धय हरिकष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको सयुक्त इजलासमा पेशी…
काठमाडौं : सरकारले विजनेश दिन नसकेका कारण स्थगित व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ। तीन साताको स्थगनपछि बैठक आज बस्न लागेको हो। दिउँसो १ बजे बैठक बोलाइएको छ। मन्त्रिपरिषद्को सोमबारको निर्णय अनुसार आजबाट संसदमा विचाराधीन रहेको संविधान संशोधन विधेयकमाथि संसद्मा सैदान्तिक छलफलल सुरु हुनेछ। सैदान्तिक छलफलका लागि संशोधन प्रक्रियामा असन्तुष्ट रहेको नेकपा एमालेले पनि सकरात्मक संकेत दिएको छ। एमालेले निर्वाचनको मिति…
काठमाडौं : सरकारले स्थानीय तह निर्वाचन मिति तोके लगत्तै गृह मन्त्रालय निर्वाचन सुरक्षाको रणनीति बनाउन जुटेको छ। बैशाख ३१ गते तोकिएको निर्वाचनका र मधेसी मोर्चाको आन्दोलनका लागि तत्काल सुरक्षाा तयारीका लागी गृह सुरक्षा रणनीति बनाउन जुटेको हो। निर्वाचन विशेष सुरक्षाा योजना बनाउन गृहमा अहिले नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग गृहका अधिकारी छलफलमा छन्। गृह प्रवक्ता बालकृष्ण पन्थीले…
थियो वाल्कोटले आर्सनलको लागि करियरको सयौं गोल पुरा गरेको दिन आर्सनल एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको प्रिक्वाटरफाइनलमा प्रिमियर लिग क्लब आर्सनलले सटन युनाइटेडलाई २-० ले हरायो। आर्सनलको जितमा लुकास पेरेज र वाल्कोटले १/१ गोल गरे। पेरेजले २६ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। ५५ औं मिनेटमा वाल्कोटले लण्डन क्लबको अग्रता दोब्बर पारे। आर्सनलले अब क्वाटरफाइनलमा…
काठमाडौं : न्युयोर्कस्थित टेक्नोलोजी कम्पनी फ्युज मेसिन्सले नेपाली विद्यार्थीलाई २५ लाख मूल्य बराबरको आर्टिफिसियल इन्टेलिजेन्स छात्रवृत्ति प्रदान गर्ने भएको छ। २०१७ देखि सुरु हुने यस छात्रवृति कार्यक्रम एक वर्षसम्म लागू हुने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा छ। नेपाली सफ्टवेर इन्जिनियरलाई आर्टिफिसियल इन्टेलिजेन्स, न्याचुरल ल्याङ्गवेज प्रोसेसिङि र मेसिन लर्निङ्गजस्ता प्रविधिमा दक्ष बनाउन यो कार्यक्रम ल्याइएको कम्पनीले जानकारी दिएको छ। …