PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • बिग थ्री भनिएका बैंक पनि ब्याज बढाउने होडमा

    बिग थ्री भनिएका बैंक पनि ब्याज बढाउने होडमा

    काठमाडौं : साना बैंकहरुले निक्षेप खोस्न थालेपछि 'बिग थ्री' बैंक पनि प्रतिस्पर्धामा उत्रिएका छन्। हिमालयन र नबिल बैंकले निक्षेपको ब्याज एकै पटक ३ प्रतिशत बिन्दुले बढाएर १३ प्रतिशत पुर्याइसकेका छन्। नेपाल इन्भेष्टमेन्ट बैंकले आज निर्णय गरेर भोलिबाट बढाउन तयारी गरेको स्रोतले बतायो। प्रकाशित ब्याज १३ प्रतिशत पुग्नुको अर्थ बैंकहरुले साढे १३ प्रतिशतसम्म ब्याज दिन पाउनु हो।   बैंकर्स संघले तीन…

    विस्तृतमा पढ्नुस्

  • 'बैंकमा चेक जम्मा गर्न पनि अब तीन पुस्ते विवरण चाहिने, लागू हुँदै नयाँ व्यवस्था'

    'बैंकमा चेक जम्मा गर्न पनि अब तीन पुस्ते विवरण चाहिने, लागू हुँदै नयाँ व्यवस्था'

    काठमाडौँः अहिले नै बैंकमा गएर चेक साट्न वा जम्मा गर्न झण्झटिलो छ। सरल र सहज बैंकिङको विपरीत सम्पत्ति शुद्धीकरण (एन्टी मनी लाउन्ड्रिङ) का कारण एकपछि अर्को व्यवस्था थपिन थालेका छन्। केही वर्षअघि 'नो योर कस्टुमर' (केवार्इसी) कार्यान्वयनपछि राष्ट्र बैंकले 'गोएएमएल' सफ्टवेयर जोड्न सबै बैंकलार्इ निर्देशन दिएको छ। यो सफ्टवेयर कार्यान्वयनमा आएपछि बैंकले चेक जम्मा गर्न जानेसँग पनि सबै विवरण माग…

    विस्तृतमा पढ्नुस्

  • कमल ज्ञवालीको 'राइज एन्ड फल' : शक्तिको उन्मादले ढल्यो साम्राज्य

    कमल ज्ञवालीको 'राइज एन्ड फल' : शक्तिको उन्मादले ढल्यो साम्राज्य

    'कमलजी तपाईसँग अर्जेन्ट कुरा गर्नु छ, तर फोनमा होइन।' साँझका बेलामा फोन आएकोले कमल ज्ञवालीले भोली विहानै भेट्ने जवाफ फर्काए। भोलिपल्ट चक्रपथको कफी पसलमा फोन गर्ने व्यक्ति र कमलबीच भेट भयो।  भेट्नु अघिनै फोन गर्ने व्यक्तिले आत्तिदै भनेका थिए-‘तपाईलाई पक्राउ गर्ने अन्तिम तयारी भइरहेको छ। तपाईले ऋण तिरे केही समस्या सल्टिन्छ।‘ कमललार्इ भेटेर गोप्य सूचना दिने अरु कोही नभएर नेपाल…

    विस्तृतमा पढ्नुस्

  • १६ अर्ब ऋणका लागि यसरी भयो डिल, एनएमबीको स्ट्र्याटेजीले गर्‍यो काम

    १६ अर्ब ऋणका लागि यसरी भयो डिल, एनएमबीको स्ट्र्याटेजीले गर्‍यो काम

    काठमाडौं : तीन वर्षअघि एउटा नेपाली समूहले अहिलेसम्मकै ठूलो सिमेन्ट उद्योगको स्थापनाको गृहकार्य थाल्यो। विदेशी संयुक्त लगानीमा उद्योग स्थापनाको पहल सुरु भयो। विदेशी पार्टनर थियो- चिनियाँ कम्पनी होङसी समूह। तीन वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेको बेला ३६ अर्ब लगानीमा नेपालको शिवम समूह र चीनको होङसी ग्रुपको संयुक्त लगानीमा सिमेन्ट स्थापनाको सहमति बन्यो। उत्पादनमूलक क्षेत्रमा अहिलेसम्मकै ठूलो लगानी…

    विस्तृतमा पढ्नुस्

  • ब्याज नघटाउने बैंकलाई लाभांशमा कस्ने राष्ट्रबैंकको तयारी

    ब्याज नघटाउने बैंकलाई लाभांशमा कस्ने राष्ट्रबैंकको तयारी

    काठमाडौं : नेपाल राष्ट्र बैंकले प्रणालीमा पर्याप्त लगानी योग्य पूँजी (तरलता) छाड्दा पनि ब्याज दर नघटेकोमा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाल आश्चर्यमा परेका छन् । अनिवार्य तरलता अनुपात (सिआरआर), वैधानिक तरलता अनुपात (एसएलआर) घटाएर गभर्नरले पुनर्कर्जाको रकम पनि बढाइदिएका छन्।बोलकबोलवाला निक्षेपको ब्याज धेरै नबढोस् भनेर त्यसमा पनि ब्याज दरको सीमा तोकिएको छ। कर्जामा लिन र निक्षेपमा दिने ब्याजको अन्तर…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँमै कानुन विपरीत नेपालीलार्इ दुवर्इको घर बेच्दै

    काठमाडौँमै कानुन विपरीत नेपालीलार्इ दुवर्इको घर बेच्दै

    काठमाडौँ: दरवारमार्गस्थित पाँचतारे होटल डेला अन्नपूर्णको 'ब्याकेट हल' मा तीन दिनदेखि घरजग्गा मेला भइरहेको छ। तपार्इँलार्इ लाग्ला घरजग्गा मेला नेपालको भइरहेको छ। तर होइन दुवर्इको अपार्टमेन्ट र इन्डिभिज्युल होम(भिल्ला)बिक्रीका लागि मेला लागिरहेको छ। आज(आइतबार)सम्म चल्ने यो मेलामा आयोजकको दाबी छ-‘सयौंले अपार्टमेन्ट र भिल्ला बुकिङ गरिसकेका छन्।‘ उनका अनुसार दुवर्इमा बस्न र लगानीका लागि किन्ने बढी छन्। डम्याक कम्पनीको एकोया अक्सिजन…

    विस्तृतमा पढ्नुस्

  • ऋणको ब्याज घटाउने रणनीतिसहित जारी भयो मौद्रिक नीति

    ऋणको ब्याज घटाउने रणनीतिसहित जारी भयो मौद्रिक नीति

    काठमाडौं : नेपाल राष्ट्र बैंकले लगानीका स्रोतहरुको थप सुनिश्चितता गर्दै ऋणको ब्याज दर घटाउन पहल गरेको छ। गभर्नर डा. चिरञ्जीवी नेपालले ऋणको ब्याज दर घटाउन सहयोग पुग्ने गरी बुधवार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका छन्। राष्ट्र बैंकले आगामी आर्थिक वर्षभित्रै निक्षेपमा दिने र ऋणमा लिने ब्याजको अन्तर (स्प्रेड दर) पाँच प्रतिशतबाट साढे चार प्रतिशतमा झारेर ऋणको ब्याज दर…

    विस्तृतमा पढ्नुस्

  • टेक्नोक्र्याट अर्थमन्त्रीको बजेट : निजी क्षेत्रलार्इ पाखा लगाएर समृद्धिको सपना

    टेक्नोक्र्याट अर्थमन्त्रीको बजेट : निजी क्षेत्रलार्इ पाखा लगाएर समृद्धिको सपना

    काठमाडौं : अर्थतन्त्रको आकार ८ प्रतिशतले बढाएर मूल्यवृद्धि साढे ६ प्रतिशतभित्रै कायम गर्ने अर्थमन्त्रीको नीति जति विरोधाभाषपूर्ण छ, निजी क्षेत्रलाई पाखा लगाएर सरकारी स्रोतबाटै उच्च आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य उति नै महत्वकांक्षी छ।   संघीय संसदको दुबै सदनमा मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले साना उद्यमी र सहकारीलाई च्याप्ने नीति बुलन्द रुपमा उठाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ओली सरकारको आर्थिक मार्गचित्र : चुनावी प्रतिवद्धता एकतिर नीति तथा कार्यक्रम अर्कातिर

    ओली सरकारको आर्थिक मार्गचित्र : चुनावी प्रतिवद्धता एकतिर नीति तथा कार्यक्रम अर्कातिर

    काठमाडौं : चुनावी घोषणापत्रका दर्जनौं महत्वकांक्षी योजनाहरुलाई पन्छाउँदै चुनिन्दा केही बुँदा टिपेर सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।  कार्यक्रमको सुरुवातमै ‘सरकार लोकप्रियताका लागि होइन, समृद्धिका लागि काम गर्छ’ भनेर चुनावी घोषणापत्रमा गरिएका बाचालाई पन्छाइएको छ।  आगामी पाँच वर्षमा प्रति व्यक्ति आय १ हजार ४ डलरको दोब्बर बनाउने योजनाका साथै आर्थिक वृद्धिदर १० प्रतिशत हाराहारी हुने लक्ष्य…

    विस्तृतमा पढ्नुस्

  • समृद्धिको कुरा गर्ने अर्थमन्त्री निजी क्षेत्रसँग टाढिँदै: खतिवडाको 'एरोगेन्ट' छविले व्यवसायी सशंकित

    समृद्धिको कुरा गर्ने अर्थमन्त्री निजी क्षेत्रसँग टाढिँदै: खतिवडाको 'एरोगेन्ट' छविले व्यवसायी सशंकित

    काठमाडौं: रतन टाटा सस्तो दरको कार उत्पादन गर्न चाहन्थे। त्यसका लागि उनले पश्चिम बंगालमा नानो कारको प्लान्ट लगाउन आवश्यक सहुलियतका लागि त्यहाँको सरकारसँग माग गरे। पश्चिम बंगाल सरकार र अन्य राजनीतिक दलले रतन टाटालाई प्लान्ट लगाउन सहुलियत दिनुको साटो अड्को थाप्ने काम मात्र गर्न थाले।   रतन टाटा निरास भइसकेका थिए। गुजरातका मूख्य मन्त्री नरेन्द्र मोदीले रतन टाटा र उनको…

    विस्तृतमा पढ्नुस्

  • नयाँ सरकार बनेपछि कहाँ हरायो हजार र पाँच सयका नोट? १८ अर्बका नोट बैँकिङ प्रणालीबाहिर

    नयाँ सरकार बनेपछि कहाँ हरायो हजार र पाँच सयका नोट? १८ अर्बका नोट बैँकिङ प्रणालीबाहिर

    काठमाडौ : केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठनपछि बैंकिङ प्रणाली बाहिरै पैसा 'होल्ड' गर्ने क्रम बढेको छ। प्रणाली बाहिर पैसा होल्ड हुन थालेपछि पछिल्लो एक महिनामा राष्ट्र बैंकले १८ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बैंकहरुलाई उपलब्ध गराइसकेको छ। ओली प्रधानमन्त्री हुँदा बैंक तथा वित्तीय संस्था र सर्वसाधारणको हातमा गरी कूल चार खर्ब ५७ अर्ब रुपैयाँ बराबरको नोटहरु चलनचल्तीमा थिए। ती…

    विस्तृतमा पढ्नुस्

  • बलिया प्रतिस्पर्धीलार्इ पाखा लगाउँदै युवराज खतिवडा अर्थमन्त्री बन्ने निश्चित

    बलिया प्रतिस्पर्धीलार्इ पाखा लगाउँदै युवराज खतिवडा अर्थमन्त्री बन्ने निश्चित

    काठमाडौं: बलियो नियमनसहित कतिपय क्षेत्रमा राज्यको हस्तक्षेपकारी नीति हुनु पर्छ भन्ने मान्यता राख्ने डा. युवराज खतिवडा अर्थमन्त्री बन्ने भएका छन्।‘अर्थमन्त्रीमा डा युवराज खतिवडा बनाउने टुंगो लागेको छ’प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमालले बिजमाण्डूसँग भने।खतिवडालार्इ सपथका लागि तयारी अवस्थामा रहन जानकारी दिइसकिएको छ। अर्थमन्त्रीमा एमाले महासचिव इश्वर पोखरेललाई नियुक्त गर्ने लगभग पक्कापक्की भएको अवस्थामा अर्थतन्त्र धेरै चुनौती रहेकोले खतिवडा प्रधानमन्त्री केपी ओलीको…

    विस्तृतमा पढ्नुस्

  • जाँदाजाँदै अर्थतन्त्र 'डुवाउने' खेलमा देउवा

    जाँदाजाँदै अर्थतन्त्र 'डुवाउने' खेलमा देउवा

    काठमाडौं : एनसेलको लाभांश फुकुवा गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशलाई उल्ट्याउन (भ्याकेट)मा जाने ठूला करदाता कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा महान्यायाधिवक्ता कार्यालयको प्रयास प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबले रोकिएको छ।    पुस ९ गते न्यायाधीशद्वय ओमप्रकाश मिश्र तथा केदारप्रसाद चालिसेको इजलासले एनसेललाई लाभांश लैजान नदिँदा अपूरणीय क्षति पुग्ने भन्दै पुस ३ गते डम्बरबहादुर शाहीको एकल इजलासले दिएको अन्तरिम आदेशलाई…

    विस्तृतमा पढ्नुस्

  • श्रीमान्, न्यायको गजुर ढले, जिम्मा कसले लिन्छ?

    श्रीमान्, न्यायको गजुर ढले, जिम्मा कसले लिन्छ?

    लोकतान्त्रिक विधिलाई स्थापित गर्दै विकासको दिशामा हिँडेको देश महान नेताहरुले होइन, संस्थाहरुले चलाइरहेका हुन्छन्। नेता त आउँछन्, जान्छन्। संस्थाहरुले आफ्नो दायित्व गम्भीरतापूर्वक निर्वाह गरेकै कारण लोकतान्त्रिक मूल्यमान्यता सहित देश विकास हुन्छ, जनता खुशी हुन्छन्, आफूलाई सुरक्षित ठान्छन्। यसको एउटै शर्त हो – संस्थाहरु भने मर्यादाभित्र बसेर बसेर आफ्नो भूमिका निर्वाह गर्न तयार हुनुपर्छ। त्यहाँ बस्ने ब्यक्तिहरु उच्च नैतिक चरित्रको हुनुपर्छ। …

    विस्तृतमा पढ्नुस्

  • जाँदाजाँदै फूलबारी रिसोर्टको ऋण मिनाह गर्न देउवाको दवाव

    जाँदाजाँदै फूलबारी रिसोर्टको ऋण मिनाह गर्न देउवाको दवाव

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कालो सूचीमा रहेका व्यवसायी पीयुषबहादुर अमात्यको फूलबारी रिर्सोटका लागि लिएको ऋणको ब्याज मिनाहाका लागि दबाब दिएका छन्। नेपाल बैंकको नेतृत्वमा चार संस्थाको ऋण तथा ब्याज गरी १ सय ९६ करोड रुपैयाँ पुगेको छ। देउवाको दबाबपछि बैंकहरुले आफूले दिनसक्ने सहुलियत सहित अमात्यलार्इ बोलाएर छलफल समेत गरिसकेका छन्। बैंकहरुले १९६ करोडबाट १८७ करोड…

    विस्तृतमा पढ्नुस्

  • विदेशी अवार्डका नाममा बैंकको रकम दूरुपयोग 'श्रीमतीको सपिङ पनि बैंककै पैसामा'

    विदेशी अवार्डका नाममा बैंकको रकम दूरुपयोग 'श्रीमतीको सपिङ पनि बैंककै पैसामा'

    काठमाडौं: नेपाल राष्ट्र बैंकले 'बैंक अफ दि इयर'जस्ता विदेशी अवार्ड लिन बैंकहरुलाई कडाइ गर्ने भएको छ। पुरस्कार लिन जाँदा उल्लेख्य खर्च हुन थालेपछि राष्ट्र बैंकले अवार्डमा कडाइ गर्ने भएको हो। कडाइ गर्नेबारे राष्ट्र बैंकको नियमन समितिले निर्णय गरिसकेको छ। सञ्चालक समितिले पारित गरेपछि निर्देशन कार्यान्वयनमा आउने छ। राष्ट्र बैंक उच्च स्रोतका अनुसार, पछिल्लो समयमा वाणिज्य बैंकहरुले विदेशी पुरस्कार लिने क्रम बढिरहेको…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा एक खर्बको पूर्वाधार बैंक खोल्न चीनको प्रस्ताव, 'राष्ट्रपति सिको भ्रमणताका सम्झौता गर्ने'

    नेपालमा एक खर्बको पूर्वाधार बैंक खोल्न चीनको प्रस्ताव, 'राष्ट्रपति सिको भ्रमणताका सम्झौता गर्ने'

    काठमाडौं: नेपालमा पूर्वाधार विकास बैंक खोल्न चीनले पठाएको प्रस्तावमा नेपाल राष्ट्र बैंकले १२ बुँदामा आफ्नो राय दिएको छ। अर्थ मन्त्रालयलाई चीनले एक खर्ब रुपैयाँको पूर्वाधार विकास बैंक खोल्ने प्रस्ताव पठाएपछि अर्थले नेपालमा के कस्तो व्यवस्था छ भनेर राष्ट्र बैंकसँग सुझाव मागेको थियो। राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको लाइसेन्सिङ खुला गरेको दुई साता नबित्दै चीनले प्रस्ताव पठाएको थियो। चीनले एक खर्बको…

    विस्तृतमा पढ्नुस्

  • चीन चाहन्छ नेपालमा एक खर्बको बैंक खडा होस्

    काठमाडौं: नेपालमा पूर्वाधार विकास बैंक खोल्न चीनले पठाएको प्रस्तावमा नेपाल राष्ट्र बैंकले १२ बुँदामा आफ्नो राय दिएको छ। अर्थ मन्त्रालयलाई चीनले एक खर्ब रुपैयाँको पूर्वाधार विकास बैंक खोल्ने प्रस्ताव पठाएपछि अर्थले नेपालमा के कस्तो व्यवस्था छ भनेर राष्ट्र बैंकसँग सुझाव मागेको थियो। राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको लाइसेन्सिङ खुला गरेको दुई साता नबित्दै चीनले प्रस्ताव पठाएको थियो। चीनले एक खर्बको…

    विस्तृतमा पढ्नुस्

  • एनसेलले लाभांश लैजाने भएपछि बैंकहरुमा खैलाबैला, कसले कति ब्याजमा कति रकम मागे?

    एनसेलले लाभांश लैजाने भएपछि बैंकहरुमा खैलाबैला, कसले कति ब्याजमा कति रकम मागे?

    काठमाडौं : एनसेलले लाभांश बापतको रकम लग्ने जानकारी गराएपछि बैंकहरुले महँगो ब्याज कबुलेर पैसा उठाउन थालेका छन्। एनसेलको खाता रहेको नबिल बैंकले १३.०२ प्रतिशतमा साढे २ अर्ब रुपैयाँ उठाउने प्रस्ताव नेपाल टेलिकमलाई गरेको छ। सर्वोच्च अदालतले एनसेललाई लाभांश लैजाने बाटो खोलिदिएपछि ठूलो रकम बोकेर बसेको नबिल बैंक आत्तिएको हो। एनसेलले चार आर्थिक वर्षको लाभांश लैजान बाँकी छ। यसअघि २०६८/६९ को…

    विस्तृतमा पढ्नुस्

  • नलसिंहगाड आयोजना : २७ करोडको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो सबैलाई सफाइ

    नलसिंहगाड आयोजना : २७ करोडको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो सबैलाई सफाइ

    काठमाडौं : नलसिङ गाड जलविद्युत विकास समितिका कार्यकारी निर्देशक मोतिबहादुर कुँवरसहित ६ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा मंगलबार विशेष अदालतले सफाइ दिएको छ।    विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीका साथै चण्डीराज ढकाल र नारायण पोखरेलको बेन्चले कुँवरसहित तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, तत्कालीन लेखा अधिकृत आनन्दप्रसाद चापागाईँ, उर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्त, विद्युत विकास विभागका तत्कालीन कानून अधिकृत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell