काठमाडौँ : हिमालयन टाइगर अर्थात् भरतबहादुर बिसुराल। रिङमा उनी अरुलाई पछार्छन्। तर चुनावी मैदानमा भने उनी पटक पटक अरुबाट पछारिएका छन्। २०४६ सालको आन्दोलनपछि बहुदलीय व्यवस्था पुनर्स्थापना भयो। उनले पनि आम निर्वाचनमा पार्टी खोले, न्वारन गरे- कन्जर्भेटिभ पार्टी। लमजुङ क्षेत्र नम्बर १ र २, ललितपुर ३ र काठमाडौं ३ गरी चार ठाउँमा उम्मेद्वारी दिए उनले। त्यतिबेला उनी भरतबहादुर बिसुराल नामले…
काठमाडौंः प्रहरीले करिव चार करोड नेपाली रुपैयाँ बरावरको विदेशी मुद्रासहित छ जना चिनिया नागरिकलाई पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बुधबार बिहान काठमाडौंबाट रसुवाको केरुङ जाँदै गरेको माइक्रोवस नागढुङगामा चेक जाँच गर्दा विदेशी मद्रासहित चिनिया नागरिकलाई लपक्राउ गरेको महाशाखा एसपी प्रकाशजंग कार्कीले जानकारी दिए। उनले भने,‘विदेशी मुद्रासहित छ जना पक्राउ गरेका छौं डलर कति छ गन्दै छौं।’ उनीहरुका…
काठमाडौं : राजा ज्ञानेन्द्र शाहको शासनकालमा काठमाडौं महानगरपालिकाको मेयर बनिसकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजाराम श्रेष्ठ गणतन्त्र नेपालको महानगरमा भने एक पद तल झरेर उपमेयर बन्ने दौडधुपमा छन्। २०३६ सालमा विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा लागेका हुन् उनी। स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र राप्रपाको राजनीतिक प्रेमबाट जन्मिएका 'एकल उम्मेदवार'का रुपमा यिनी चर्चित छन्। चर्चा यसकारण पनि छ कि काठमाडौंमा यिनकै…
काठमाडौं : एक साताअघि साँझ सवा सात बजे नयाँ शक्ति नेपालको तर्फबाट नागार्जुन नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार दिएका मदन गिरी एकाएक सम्पर्क बिहीन भए। हराउनुअघि गिरीले आफ्नो मोबाइलबाट एउटै म्यासेज ८ जनालाई गरेका थिए - 'मलाई चार जनाले अपहरण गरेर बानेश्वरतिर लगेका छन्।' उनको यो म्यासेज आएपछि मोबाइल अफ भयो। गिरी सम्पर्क बिहीन। लगत्तै नयाँ शक्ति नेपालले…
काठमाडौं : गुन्डा नाइके चक्रे मिलनलाई प्रहरीले पक्राउ गरेको छ। दुई दिनअघि आइतबार दीपक मनाङ्गेलाई पक्रिँदै काठमाडौंको चुनावी वातावरण सुरक्षित बनाउन अग्रसर देखिएको नेपाल प्रहरीले आज महाराजगञ्जबाट चक्रे मिलनलाई समातेको हो। प्रहरी स्रोतका अनुसार उपप्रधानमन्त्री विजयकुमार गच्छदारको नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य तथा चर्चित गुण्डा नाइके गणेश लामा पनि प्रहरीको निगरानीमा छन्। कुनै पनि समय उनी प्रहरीको नियन्त्रणमा पर्न सक्छन्।…
ललितपुर : मोबाइलमा घन्टी बज्यो। हतार हतार गोजीमा भएको मोबाइल निकालेर हेर्दा म्यासेज आएको रहेछ। म्यासेज एक अपरिचित युवकको। म्यासेजमा थियो - 'हामीलाई ठूला सपना नदेखाउनुहोला, कुनै मेगा सिटी र रेल होइन, आधारभूत पूर्वधारहरु खानेपानी, सडक र शान्त शहर भए पुग्छ।' त्यतिखेर ललितपुर महानगरपालिमा नेकपा एमालेबाट मेयर उम्मेद्वारी दिएका हरिकृष्ण व्यञ्जनकार च्यासलका जनतालाई महत्वकांक्षी सपना बाँडिरहेका थिए। 'मेगा सिट बनाउँछु,…
काठमाडौँ : प्रहरीले गुन्डा नाइके दीपक मनाङ्गेलाई पक्राउ गरेको छ। मनाङ्गेलाई आज साँझ ठमेल क्षेत्रबाट पक्राउ गरेको पुष्टि काठमाडौँ प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले गरे। चुनावलक्षित सुरक्षा योजना अन्तर्गत १६० जना गुन्डा नाइकेहरुलाई प्रहरीले पक्राउ गर्ने सूचीमा राखेको थियो। तीमध्ये ६० भन्दा बढी बी, सी ग्रेडका गुन्डाहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ। बाँकीलाई पनि नियन्त्रणमा लिने र निगरानी गर्ने कार्य…
ललितपुर : 'हसिनाजी चाँडै यहाँ आउनुपर्योद। तपाईँलाई उपमेयरको उम्मेदवार बनाइँदै छ।' अप्रत्यासित रुपमा मोबाइलमा सुनिएको बोली अपरिचित वा जिस्क्याउनेखाले थिएन। फोन गरेकी थिइन् – पम्फा भुषालले। नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्पा भुषालले फोन गर्दा उनी घरमै थिइन्। एकछिन त अक्कमक्क नै परिन्। अप्रत्यासित कल विश्वसनीय नै थियो। केही दिनअघि उनलाई पार्टीले उपमेयरको टिकट नदिने निर्णय गरिसकेको थियो। उनको भागको उपमेयरको…
काठमाडौं : 'तपाईँले सम्पर्क गरेको मोबाइल व्यस्त छ।' लगातार १५ मिनेट दिक्दार लाग्दो यस्तै आवाज रिपिटपछि उनको मोबाइलमा घन्टी लाग्यो। फोन उठ्यो पनि। तपाईँसित कुराकानी गर्नुछ, भेट्नु पर्यो। 'आज म एकदमै व्यस्त छु। एक बजे तिर जिल्ला पार्टी कार्यालय आउनुभयो भने भेट हुन्छ।' टेलिफोनको नेटवर्कमार्फत् जोडिए नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार विद्यासुन्दर शाक्य। स्थान पुतलीसडक। एमाले जिल्ला पार्टी कार्यालय।…
ललितपुर : मतदाता सूचीमा नै नरहेकी मञ्जु शाक्यलाई माला लगाएर उम्मेदवारी दर्ता गर्न पुगेका नेकपा माओवादी केन्द्रले उनको माला हसिना शाक्यको गलामा लगाइदिएका छन्। पम्फा भुषालसहित ललितपुर महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दर्ता गर्न जाँदा मञ्जुको नाम भोटर लिस्टमा नै भेटिएन। निर्वाचन कार्यालयका कर्मचारीले उनको नाम पटक पटक खोजे पनि भेटेनन्। निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएलगत्तै माओवादी केन्द्रले उनको टिकेट अर्की…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव फिर्ता लिन सत्तारुढ गठबन्धनलाई आग्रह गरेका छन्। पार्टीको घोषणापत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै ओलीले भने, ‘प्रधानन्यायाधीय कार्कीलाई बदनाम गराउने काम भयो, यो बदनियतपूर्ण छ। यो हामीलाई मान्य हुँदैन। सरकार नचाहिने बाटोमा हिँडेर तनाव ल्यायो। यो न्यायालयमाथिको ठाडो हस्तक्षेप हो।’ ग्राण्ड डिजाइनमा शक्ति केन्द्र धाउँदै हिँडेका देउवा र प्रचण्डलाई सर्वोच्चको…
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठको दोस्रो साता अगाडि नै स्थानीय तहको दुवै चरणको निर्वाचन गर्न सरकारलाई आग्रह गरेका छन्। अध्यक्ष ओलीले जेठ १५ मा नै बटेज आउनु पर्ने र त्यो भन्दा अगाडि निर्वाचन सम्पन भइसक्नु पर्ने बताएका हुन्। पार्टीको घोषणापत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बजेट अगाडी र पछाडि गरी दुई चरणमा निर्वाचन…
काठमाडौ : सत्तारुढ दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएको केही बेरमा नै डिआइजी नवराज सिलवालले अस्पतालबाट डिस्चार्ज लिएका छन्। डिआइजी सिलवाल साँझ ५ बजे ललितपुरस्थित बिएण्डबी अस्पतालबाट एकाएक हराएका थिए भने उनी बाहिरिएको केहीबेर पछि उनका भाइ मधुसुधन सिलवालले अस्पताल पुगेर डिस्चार्ज लिएको पहिलोपोस्टलाई अस्पतालका एक कर्मचारीले जानकारी दिए। ती कर्मचारीले भने 'सिलवाल सर साँझ पाँच बजे बाहिरिनुभएको…
काठमाडौं : सर्वस्वसहित जन्मकैद सजाय सुनाइएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेललाई एकसातादेखि प्रहरीले खोजी गरे पनि अझै पक्राउ गर्न सकेको छैन। प्रहरी प्रधान कार्यलय नक्सालले मातहतका सबै प्रहरी कार्यलयमा ढुङ्गेललाई पक्राउ गर्ने निर्देशन दिइसकेको छ। फरार रहेका ढुङ्गेल १५ दिनअघि मात्र ओखलढुङगा पुगेका थिए। उनी केही समय गाउँमै बसेका थिए। त्यतिखेर जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गालाई उनलाई पक्राउ गर्ने कुनै आदेश…
काठमाडौँ : सर्वोच्च अदालते अदालतबाट भएका फैसला वा निर्णयादेशले ठहर गरेका विषयमा सरकारका कुनै पनि निकायबाट छानबिन गर्ने, कुनै तथ्यलाई अन्यथा ठहर गर्ने कार्य गैरकानुनी र आपत्तिजनक हुने बताएको छ। डिआइजी नवराज सिलवालले दायर गरेको रिटमा मंगलबार सुनुवाई गर्दै न्यायाधीश जगदिश शर्मा पौडेल, तेजबहादुर केसी र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासले भनेको छ, ‘२०७३ चैत ८ मा जारी भएको रिट आदेशद्वारा…
काठमाडौं : बैशाख ३१ गतेको आसन्न स्थानीय तह निर्वाचनका लागि व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने २७ राजनीतिक दलले चुनाव चिन्ह पाएका छन्। तर, दलीय हैसियत नपाएका स्वतन्त्र रुपमा चुनावमा जाने दलले चुनाव चिन्ह के पाउने अझै टुंगो लागेको छैन। निर्वाचन आयोगले सार्वजनिक गरेको चुनावी कार्यतालिका अनुसार वैशाख १६ गतको उम्मेद्वार मनोनयन प्रक्रियापछि मात्र ती दलहरुले चुनाव चिन्ह पाउनेछन्। संसदमा प्रतिनिधित्व गरी…
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी राष्ट्र भारतको पाँच दिने राजकीय भ्रमणका लागि भोलि सोमबार त्यसतर्फ प्रस्थान गर्दैछिन्। राष्ट्रपतिको राजकीय भ्रमणको लागि गृह मन्त्रालयले सार्वजनिक विदा दिन मन्त्रिपरिषद् सचिवालयमा प्रस्ताव पठाएको छ। तर मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नुपर्ने भएकाले विदा दिने कि नदिने भन्ने विषयमा भने यो समाचार तयार पार्दासम्म निर्णय भइसकेको छैन। गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले भ्रमणको दिन विदा…
काठमाडौँ : विक्रम संवत् २०७३ मा विविध अपराधका घटना देशमा भए। ती मध्ये चर्चित १० घटनालाई यहाँ समेटेका छौँ। १. मनिषा हत्याकाण्ड जेठ १३ गते एउटा समाचारले सबैको ध्यान तान्यो। नेपाली फुटबल स्ट्राइकर विमल घर्तिमगरकी बहिनी मनीषाको रहस्यमय मृत्यु। प्रहरी घटनास्थल पुग्दा मनिषाको टाउकोदेखि कम्मरसम्म पलङमा थियो भने नजिकै राखिएको टि टेवलमा उनको खुट्टा थियो। कोठामा रहेको पङ्खाको तार चुँडिएको…
काठमाडौं : काठमाडौंको गौरीघाटमा रहेको दिव्या पार्टी प्यालेसमा गोली चलेको छ। पार्टी प्यालेस भित्र रहेको ‘जिम हाउस’मा गोली चलेको हो। तीन राउण्ड गोली चल्दा केही व्यक्ति घाइते भएका छन्। जोरपाटीस्थित मेडिकल कलेजमा लगिएको छ । घटनास्थलमा प्रहरी भर्खरै पुगेको छ। घटनाको कारण र विस्तृत विवरण आउन बाँकी छ।
काठमाडौं : काठमाडौंको गौरीघाटमा डन दाबा लामामाथि गोली प्रहार भएको छ। गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’मा लामामाथि गोली प्रहार भएको हो। गोली प्रहारबाट उनी घाइते भएका छन्। लामा नयाँ बस्तीमा बस्दै आएका थिए। लामालाई उपचारका लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा लगिएको छ। उनलाई कोखमा गोली लागेको छ। घटनास्थलमा प्रहरी भर्खरै पुगेको छ। महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी छविलाल जोशीले…