काठमाडौः ‘मैले श्रीमतीको हत्या गरेर आएको छु। मलाई पक्राउ गर्नुहोस्।‘ मंगलबार मध्याह्न गौशालास्थित महानगरीय प्रहरी वृत्तमा निन्याउरो अनुहारका एक युवकले यसो भनेपछि खैलाबैला मच्चियो। केही समयदेखि यत्तिकै अलमल अलमल गरिरहेका ती युवकलाई देखेपछि ड्युटीमा रहेका एक प्रहरीले उनलाई सोधेका थिए, के काम होला? त्यसैको जवाफमा श्रीमती मारेर आएको जवाफ दिएपछि ड्युटीमा रहेका प्रहरी नै अलमलमा परे। सुरुमा त प्रहरीले…
काठमाडौं : काठमाडौंको रानीबारीमा नेपाल प्रहरीले सञ्चालन गरेको प्रहरी विद्यालयमा एक विद्यार्थीको शव फेला परेको छ। महानगरीय प्रहरीले सञ्चालन गरेको रानीवारी विद्यालयमा बुधवार दिउँसो सोही विद्यालयमा अध्ययनरत करिब १४ वर्षीय कुन्दन थापाको शव फेला परेको हो। महानगरीय आयुक्त कार्यालयले भने कुन्दनले विद्यालको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेको दाबी गरेको छ। विद्यालय प्रशासनले आफूहरुलाई बालकले हाम फालेर आत्महत्या गरेको जानकारी दिएको आयुक्त…
काठमाडौँ : मधेशकेन्द्रित दलको असहयोगका कारण स्थानीय निर्वाचनको कार्यक्रम सबैभन्दा बढी प्रभावित भएको प्रदेश नम्बर २ मा म्यादी प्रहरीको लागि भने उल्लेखनीय रुपमा आवेदन परेका छन्। राजनीतिक दलको सहमति र सिफारिसमा प्रदेशको मतदान केन्द्र निर्धारण भएपछि मतदान केन्द्रबारे निर्णय गर्ने आयोग त्यही सिफारिस नहुँदा समस्यामा परेको हो। यसले मतदाता सूचीदेखि परिचयपत्र छपाइमा समेत समस्या भइरहेको छ। सुरक्षा योजनाको हिसाबले पनि महत्वका…
काठमाडौँ : जाजरकोट- डोल्पा सडकखण्डमा मंगलबार इभनिङ वाक गरेर घर फर्कँदै गरेका नेपाली कांग्रेसका युवा नेता रवीन्द्र शाहलाई ढुंगाले हानेर हत्या गरी शव साढे तीन सय मिटर तल भीरमा फ्याँकियो। हत्याबारे अनुसन्धान गर्न हिजै राति प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। अज्ञात समूहले शाहलाई ढुंगा हान्दा उनीसँगै रहेका जाजरकोटकै भीम खत्री, किरण थापा र हिटलर सिंह राठौरलाई पक्राउ परेका हुन्।…
काठमाडौं : पटकपटक रोकिँदै आएको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव आज जारी छ। मतदान हुनुअघि असन्तुष्ट विद्यार्थीको समूहले बिहानैदेखि नाराबाजी सहित प्रदर्शन गरेका थिए। प्रहरीले भिडलाई नियन्त्रण गरेकै बीच पेट्रोल बम प्रहार भएको थियो। त्यति खेर बुथमा मतदान जारी थियो। प्रदर्शनकारीलाई प्रहरीले लखेटेपछि क्याम्पस परिसरको अवसथा अहिले सामान्य छ। प्रहरीको कडा सुरक्षा निगरानीका साथ क्याम्पसभित्रका…
काठमाडौः ‘मैले श्रीमतीको हत्या गरेर आएको छु। मलाई पक्राउ गर्नुहोस्।‘ मंगलबार मध्याह्न गौशालास्थित महानगरीय प्रहरी वृत्तमा निन्याउरो अनुहारका एक युवकले यसो भनेपछि खैलाबैला मच्चियो। केही समयदेखि यत्तिकै अलमल अलमल गरिरहेका ती युवकलाई देखेपछि ड्युटीमा रहेका एक प्रहरीले उनलाई सोधेका थिए, के काम होला? त्यसैको जवाफमा श्रीमती मारेर आएको जवाफ दिएपछि ड्युटीमा रहेका प्रहरी नै अलमलमा परे। सुरुमा त प्रहरीले…
काठमाडौः नेपाल प्रहरीले विशिष्ट व्यक्ति (भिआइपी)को सुरक्षाका लागि अमेरिकाबाट विशेष तालिमप्राप्त कुकुर ल्याएको छ। अमेरिकी सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बेल्जियम सेफर्डका दुई वटा र डच सेफर्ड प्रजातिको दुई वटा कुकुर दिएको हो। यी कुकुर गएको फागुन ७ गते नेपाल आइसकेका छन्। बेल्जियम सेफर्डका प्रजातिको कुकुर नेपालमा नै पहिलो पटक ल्याइएको केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रका डिएसपी डा.…
काठमाडौं : व्यवसायीको अपहरण र युवतीको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुरका २४ वर्षीय किशोर गिरी र २७ वर्षीय सरोज घोरासैनी रहेका छन्। २५ वर्षीय युवती धादिङकी राधिका श्रेष्ठकी प्रेमी प्रकाश लामिछाने भने फरार छन्। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले बुधबार दुईलाई पक्राउ गरेको हो। श्रेष्ठको हत्या गरी गिरी भारत छिरेका थिए। सामाजिक सञ्जालको…
काठमाडौँ : फागुन २० गते शुक्रबार नगरकोट नजिकैको बागेश्वरीस्थित मुहानपोखरीमा खाल्डोमा गाडिएको अवस्थामा एक युवतीको शव भेटियो। दुवै हात पछाडि लगेर बाँधिएको, मुखमा टेप लगाइएको अनि खुट्टासमेत बाँधिएको। शव भेटिँदासम्म शरीर सडेर गल्न थालिसकेको थियो। कालो टिसर्ट र पाइन्ट लगाएकी युवतीलाई सुरुमा न स्थानीय बासिन्दाले चिने, न प्रहरीले नै हराएको भनी परेका उजुरीका आधारमा पहिचान गर्न सक्यो। अनुसन्धानका क्रममा जब…
काठमाडौं : नक्कली एटिएम कार्ड प्रयोग गरी एटिएम बुथबाट रकम झिक्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले राजधानीका विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा केवलबहादुर जबरा, अभिषेक पाण्डे, सुरेक केसी, अनुज नकर्मी, रोशन महर्जन लगायत छन्। उनीहरुले नबिल बैंकको एटिएम बुथबाट अहिलेसम्म करोडौं रकम झिकेको प्रहरीको भनाइ छ। यसरी झिकेको…
काठमाडौं : विभिन्न बैंकका डेविट, क्रेडिट, प्रिपेड लगायतका कार्डको कीर्ते गरी स्वाइप मेसिनबाट पैसा झिक्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले राजधानीका विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा ललितपुरका ३१ वर्षीय केवलबहादुर जबरा, ३१ वर्षीय अभिषेक पाण्डे, काठमाडौंका ३४ वर्षीय सुरेश केसी, ३० वर्षीय अनुज नकर्मी, २३ वर्षीय…
काठमाडौँ : नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णय सर्वोच्चले बदर गरेपछि डिआइजी नवराज सिलवालले आफ्नो जित भएको प्रतिक्रिया दिएका छन्। फैसलालगत्तै पहिलोपोस्टसँग कुरा गर्दै सिलवालले अदालतले कार्यसम्पादन मूल्याङ्कनमा आफू एक नम्बरमा रहेको उल्लेख गर्दै न्याय दिएको बताए। उनले भने, 'मेरो जित भएको छ।' मन्त्रिपरिषद्को फागुन १ गते बिहान बसेको बैठकले चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। त्यसको केही…
काठमाडौं : केही बेरअघि पेट्रोल बम प्रहार भए पनि रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान जारी छ। सर्वोच्च अदातलको आदेशपछि निर्वाचनको मतदान प्रक्रिया सुरु भएको केही बेरमै पेट्रोल बम प्रहार भएको थियो। प्रदर्शनकारी विद्यार्थीहरुलाई प्रहरीले लखेटेपछि अवस्था अहिले सामान्य छ। चुनाव रोक्न माग गर्दै विभिन्न विद्यार्थी संगठन सम्मितलित संयुक्त विद्यार्थी संगठनले बिहानैदेखि क्याम्पसबाहिर प्रदर्शन जारी राखेको…
काठमाडौँ : नेपाल प्रहरीका महानिरीक्षक नियुक्ति विवादसम्बन्धी मुद्दामा सवमबार पनि निर्णय भएन। सोमबार बहस सकिएपछि निर्णय सुनुवाई मंगलबारका लागि सरेको छ। सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझाउन राष्ट्रपति कार्यालय जानु पर्ने भएकाले फैसला सरेको थियो। फैसला अघि थाहा पाउनुस् घटनाक्रम : सर्वोच्चको सक्रियता माघ २८ गते – अधिवक्ता कपिलदेव ढकालद्वारा जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त नगर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…
काठमाडौँ : स्थानीय तह निर्वाचनको लागि गृह मन्त्रालयले बनाएको सुरक्षा रणनीति पूर्ण नभएको भन्दै निर्वाचन आयोगले असन्तुष्टि जनाएको छ। आयोगले गृह मन्त्रालयलाई सुझावसहित अन्तिम सुरक्षा रणनीति बनाउन निर्देशन दिएको छ। गृहले शुक्रबार सुरक्षा रणनीतिको अन्तिम खाका आयोगसमक्ष प्रस्तुत गरेको थियो। सरकारले निर्वाचन मिति घोषणा गरेको भोलिपल्टदेखि नै चारै सुरक्षा निकायले बैठक बसेर निर्वाचन सुरक्षा रणनीति बनाएको थियो। निर्वाचन आयोगका आयुक्त…
काठमाडौः स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा सरकारको अनुमति लिएर राखिएका हातहतियार निर्वाचन अवधिभरका लागि सुरक्षा चुनौति बन्ने देखेपछि फिर्ता माग्न थालिएको छ। यस्ता हातहतियारको निर्वाचन अवधिमा दुरुपयोग हुने शंका बढेपछि सम्बन्धित जिल्ला प्रशासनले हतियार बुझाउन भनेको हो। बिहीबार मात्र जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै लाइसेन्स प्राप्त व्यक्तिहरुलाई हतियार बुझाउन भनेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक सिडिओ प्रेमप्रसाद…
काठमाडौँ : स्थानीय तह निर्वाचनको लागी गृह मन्त्रालयले आज सुरक्षा रणनीतिको टुङगो लगाउँदैछ । सरकार निर्वाचन मिति घोषणा गरे लगतै चारै सुरक्षा निकायको बैठक वसेर निर्वाचन सुरक्षा बनाउन जुटेको थियो । निर्वाचन विशेष सुरक्षा रणनीति बनाउन गृह मन्त्रालयमा शुक्रबार नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग गृहका अधिकारी अन्तिम छलफलपछि सुरक्षा रणनीतिको टुंगो लगाउन लागेको निर्वाचन आयुक्त सुधीरकुमार शाहले…
काठमाडौँ : ३३ केजी सुन काण्डमा पक्राउ परेका निलम्बित एसएसपी श्याम खत्री धरौटीमा छुटेका छन्। शुक्रबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीलाई २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो। त्यसैगरी यो मुद्दामा पक्राउ परेका अन्य चार जना मनोज श्रेष्ठ, सपन श्रेष्ठ, राजेश शाक्य र सुनील श्रेष्ठ एक-एक लाख धरौटीमा छुटेका छन्। उनीहरु विरुद्ध संगठित अपराधको मुद्दा दायर…
काठमाडौँ : बालाजुमा बस्दै आएका भुपेन्द्र राई आफ्नो भाइले दुबईबाट पठाइदिएको आइफोन सेभेन पाउँदा दङ्ग थिए। तर, दुर्भाग्य। बोकेको पहिलो दिनमै उनको आइफोन हरायो। गर्ने के? नेपालमा किन्दा लाख रुपैयाँभन्दा बढी पर्ने आइफोन हराएको भन्दै उनले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिए। प्रहरीले उजुरी त लियो तर मोबाइल भने खोजिदिएन। ‘हेर्नु न मेरो हराएको नम्बरमा फोनको रिङ त जान्छ, प्रहरीले खोज्दै…
काठमाडौं : काठमाडौंको चुच्चेपाटीस्थित ताराचौरमा बस्दै आएका भूकम्पपीडितको अस्थायी टहरा प्रशासनले मंगलबार हटाएको छ। २०७१ वैशाख १२ को विनाशकारी भूकम्पपछि यहाँ करिब दुई सय परिवार बस्दै आएका थिए। सरकारले उनीहरुलाई आफ्नै ठाउँमा पुनर्वासका लागि राहत रकम दिइसकिएकाले टहरा हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख हिमनाथ दवाडीले बताए। 'चुच्चेपाटीमा पीडितभन्दा गैरपीडित बढी भए, संख्या बढ्दै जाँदा अभद्र गतिवधि बढेकाले टहरा…