काठमाडौँ : ट्राफिक प्रहरीले होलीको दिन नियम मिचेर सवारी चलाएका २ हजार १ सय ५१ जनालाई कारवाही गरेको छ। जसमा सबैभन्दा धेरै कागजपत्र नबोकेकोमा कारवाहीमा परेका छन्। कागजपत्र साथमा नबोकेका १ हजार २ सय ३० जना कारवाहीमा परेका हुन्। त्यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाएका ६० जना पनि कारवाहीमा परेका छन्। ट्राफिक प्रहरीले राजधानीका अधिकाशं मुख्य सडकमा चेकजाँच गरेको…
काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले राजधानीमा आज रोकिराखेको साझा बसमा आगजनी गरेका छन्। एअरपोर्ट–नयाँ बसपार्क रुटमा चल्ने बा ४ ख ५६४८ नम्बरको बसमा बालाजु बाइपास नजिकै आगजनी गरिएको हो। दिउँसो १ बजेतिर बसमा आगजनी गरिएको र घटनास्थलमा नेपाल कम्युनिस्ट पार्टीको बुकलेट र पम्प्लेट भेटिएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी सन्तोष तामाङले पहिलोपोस्टलाई जानकारी दिए। आगलागीबाट…
काठमाडौँ : पोखराकी रीता राईका श्रीमानको मृगौला फेल भयो। आफन्तहरुबाट मृगौलाको व्यवस्थापन गर्ने प्रयास असफल भएपछि निरास भएकी उनको भेट मृगौला तस्करसँग हुनपुग्यो। तस्करले उनलाई सहजै मृगौला मिलाइदिने आश्वासन दिए। उनले गाउँदेखि मन्त्रालयसम्म कसरी सेटिङ मिलाउने सुनाए। यो सबका लागि लाग्ने रकम सुनाए - ९० लाख। उनी निराश बनिन्। त्यसपछि पनि उनलाई मृगौला मिलाइदिन्छु भनेर धेरै दलाली गर्नेहरुले भेटे। तर…
काठमाडौँ : जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रमुख एसपी दिवश लोहनीले सोमबार राजविराजमा भएको झडपमा प्रहरीका तर्फबाट एक राउन्ड पनि गोली नचलाएको दावी गरेका छन्। सोमबार राति पहिलोपोस्टसँगको कुराकानीमा उनले प्रहरीबाट एउटा पनि गोली नचलेको र मृत्यु भएको बारेमा कुनै जानकारी नभएको बताए। उनले भने, ‘हामीसँगै सशस्त्र प्रहरी पनि थियो। सशस्त्रले गोली चलायो भने जान्दैनौँ, हाम्रो तर्फबाट गोली चलको छैन।' उनले…
काठमाडौं : सुन तस्करीमा पक्राउ परेका १२ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ। गएको पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाटै ३३ किलो अवैध सुन बाहिरिएपछि सुन तस्करीको सञ्जालबारे प्रहरीले अनुसन्धान थालेको थियो। सो क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल प्रहरीका एसएसपी श्याम खत्रीलाई समेत पक्राउ गरेको थियो। उनीसहित पक्राउ परेका अन्य ११ जनाको नाम आज सार्वजनिक गरिएको…
खोजी हाइप्रोफाइलको, भेटिए कामदार काठमाडौँ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २ महिना लगाएर गरेको सुन तस्करीको अनुसन्धानमा तस्करीको मुख्य योजनाकार कामदारको रुपमा दुबई पुगेका नेपाली देखिएको छ। त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुनको जालोमा उच्च तहसम्मको संलग्नताको आशंका गरिए पनि ब्युरोको अनुसन्धानमा १२ वर्ष अगाडि कामदारका रुपमा दुबई गएका काभ्रेका हरिशरण खड्का सो जालोको मुख्य नाइके भएको उल्लेख छ। खड्काको…
काठमाडौँ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २ महिना लगाएर गरेको सुन तस्करीको अनुसन्धानमा तस्करीको मुख्य योजनाकार कामदारको रुपमा दुबई पुगेका नेपाली देखिएको छ। त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुनको जालोमा उच्च तहसम्मको संलग्नताको आशंका गरिए पनि ब्युरोको अनुसन्धानमा १२ वर्ष अगाडि कामदारका रुपमा दुबई गएका काभ्रेका हरिशरण खड्का सो जालोको मुख्य नाइके भएको उल्लेख छ। खड्काको सम्पर्क जालो, दुबई…
काठमाडौं : काठमाडौंको स्वयम्भूबाट अपहरणमा परेका तीन जनालाई आज प्रहरीले उद्धार गरेको छ। गएको १९ गते अपहरणमा परेका मन दोर्जे तामाङ, विशाल तामाङ र आन्दुङ तामाङलाई महानगरीय अपराध अनुसन्धान महाशाखाबाट गएको टोलीले मुक्त गरेको हो। सो क्रममा अपहरणकारीहरुले सिक्सर पेस्तोलबाट प्रहरी टोलीमाथि नै गोली चलाएका थिए। प्रहरीले जवाफी प्रतिकारका क्रममा गोली चलाउँदा अपहरणकारी दुर्गा तामाङ घाइते भएका छन्। …
काठमाडौँ : ‘छोरा हाम्रो नियन्त्रणमा छ। तत्काल साढे ६ लाख रुपैयाँ लिएर स्वयम्भूमा आउनू’ नुवाकोट घर भई हाल बौद्धमा बस्दै आएका मनदोर्जे तामाङ, विशाल तामाङ र आङदोङ तामाङ बिहीबार राति सुत्न कोठामा नआउँदा घर परिवारलाई लागेको थियो - उनीहरु कुनै साथीकोमा बसे होलान्। हुन पनि अरु बेला पनि त उनीहरु खबरै नगरी साथीहरुकहाँ बस्ने गर्थे। तर शुक्रबार बिहानै एउटा अपरिचित…
काठमाडौं : आठ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन अहिले केही क्याम्पसमा सुरु भएर पनि नभएझैँ भएको छ। राजधानीका मुख्य चर्चामा रहेका क्याम्पसमा चुनाव रोकिएको छ। यसका कारण चहलपहल कम देखिएको छ। घोषित मितिमा नै निर्वाचन नहुनुमा विद्यार्थी संगठनको दम्भ र अडान नै रहेको छ। निर्वाचन नहुनुको दोष विद्यार्थी संगठनहरुले एकअर्कालाई थोपरेर पन्सिने प्रयास गरे पनि उनीहरु हरेकले चुनाव प्रभावित…
काठमाडौं : विवादमा कारण ठूला क्याम्पसमा ताला लागेका छन्। सामुदायिक र जिल्लाका क्याम्पसमा भएको निर्वाचनमा उत्रिकएका संगठनले आ-आफुले जितेको क्याम्पसको संख्या सार्वजनिक गरिरहेका छन्। अनेरास्वियुका प्रवक्ता आरसी लामिछाने अनुसार ८० क्याम्पसको नेतृत्व अनेरास्वियुले जितेको छ। नेपाल बिध्यार्थी संघका सह महामन्त्री प्रेमराज जोशीका अनुसार सार्वजनिक भएको परिणाम अनुसार संघले ७४ वटा क्याम्पसको सभापति जितेको छ। अखिल क्रान्तिकारी प्रचण्डका अध्यक्ष नरेन्द्र न्यौपानेको दावी…
काठमाडौं : तेस्रो पटक स्ववियु निर्वाचन कार्यतालिका परिवर्तन हुदाँ पनि विद्यार्थी संगठनबीको विवाद साम्य भइसकेको छैन। विवादित आंगिक क्याम्पसहरुमा भोलि बुधबार निर्वाचन नहुने भएको छ। देशभरका ६१ आंगिक क्याम्पसमध्ये ३७ क्याम्पसमा निर्वाचन नहुने भएको हो। ३७ वटा क्याम्पसहरुमा निर्वाचन उम्मेदवारी दर्तादेखि कुनै पनि प्रक्रिया अगाडि नबढेपछि निर्वाचन नहुने भएको हो। विद्यार्थी संगठनबीचको विवादकै कारण निर्वाचन नहुने स्ववियु निर्वाचन…
काठमाडौं : विवाद रहेका तीन दर्जन क्याम्पसमा फागुन १८ गते निर्वाचन नहुने भएको छ। तेस्रो पटक फेरिएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन कार्यतालिका अनुसार सोमबार बिहानसम्म मनोनयन दर्ता नभएका ती क्याम्परका तोकिएको मितिमा निर्वाचन नहुने भएको हो। विद्यार्थी संगठनको विवादकै कारणले अधिकांश क्याम्पसमा तनाव यथावत् छ। देशभरका ६१ आंगिक क्याम्पसमध्ये २५ वटा क्याम्पसमा मात्र उम्मेदवारी दर्ता गरिएको छ। विद्यार्थीको…
काठमाडौँ : युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या मनोज पुनले गराएको प्रहरीले दावी गरेको छ। तिवारी हत्याको दुई महिनापछि प्रहरीले पत्रकार सम्मेलन गरेर पुनः पुरानै दावी दोहोर्या एको हो। गएको पुस ४ गते गोली हानेर तिवारीको हत्या भएको थियो। दुई महिनापछि आइतबार भएको पत्रकार सम्मेलनमा प्रहरीले हत्यामा संलग्न रहेको थप आरोपीको नाम सार्वजनिक गर्यो। जिल्ला प्रहरी कार्यलय रुपन्देहीका…
काठमाडौँ : स्ववियु निर्वाचन कार्यतालिका अनुसार शनिबार साँझसम्म उम्मेदवार मनोनयन गरिसक्नु पर्ने भएपनि संगठनको विवादको कारणले तीन दर्जनभन्दा बढी क्याम्पसमा मनोनयन दर्ता हुन सकेको छैन। देशभरका ६१ आंगिक क्याम्पसहरु मध्ये २१ वटा क्याम्पसमा मात्र उम्मेदवारी दर्ता गरिएको छ। शनिवार उम्मेदवारी दर्ता गरिएका २१ वटा क्याम्पस मध्ये १२ वटामा नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीले निर्विरोध विजय हासिल गरेको छ। सिस्ने…
काठमाडौँ : तीन ठूला विद्यार्थी संगठनबीच आइतबार बिहान भएको सहमति अनुसार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ता गराइसक्नुपर्ने सहमति भएपनि राजधानीका केही क्याम्पसमा उम्मेदवारी दर्ता गराएनन्। महाराजगन्जस्थित नर्सिङ क्याम्पस, जनप्रशासन, महाराजगन्ज मेडिकल, कोटेश्वर बहुमुखी, जनप्रशासन लगायतमा उम्मेदवारी दर्ता गराए पनि नाम कहलिएका क्याम्पसमा उम्मेदवारी दर्ता भएको छैन। नेविसंघका सहमहामन्त्री प्रेम जेशीले ताला नखुलेको कारण दर्ता नगरेको बताए। कुन क्याम्पसमा को उम्मेदवार?…
काठमाडौं : संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गर्ने सरकारको औचित्य सकिएको भन्दै संघीय गठबन्धनले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ। शुक्रबार फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बसेको बैठक 'सरकारले धोका दिएको' भन्दै समर्थन फिर्ता लिने पक्षमा पुगेको हो। तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेशचन्द्र लालले मोर्चासँगको छलफलपछि सरकारको समर्थन फिर्ता लिने गठबन्धनले तयारी गरेको बताए। उपाध्यक्ष…
काठमाडौं : २०७३ फागुन १०, स्थानः व्यापारिक केन्द्र, न्यूरोड समयः दिउँसो २ बजे। 'म असई नारायण अनुसन्धानबाट आएको' एटिएमबाट भर्खर ४ लाख २७ हजार निकालेर हिँडिरेहका नारायण खनाल र विधान खनाल प्रहरीको नाम सुनेपछि रोकिए। ६ जना थिए। यसो हुलिया हेरे। कपाल पुलिसको झैँ थियो। 'तपाईँहरु हुन्डीको कारोबार गर्नुहुँदोरहेछ हामीलाई सूचना आएको छ, हिँड्नुस् हामीसँगै।' उनीहरुले आफू हुण्डी कारोबारी नभएको…
काठमाडौँ : मधेसी मोर्चाका कार्यकर्ताले नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम बसेको घर घेराउ गरेका छन्। मंगलबार राजनीतिक कार्यक्रमका लागि जनकपुर पुगेका गौतम जनकपुरको ब्रहमपुरीमा रहेको एमाले नेता रघुवीर महासेठको घरमा थिए। गौतम महासेठको घरमा रहेको चाल पाएपछि सरकारले स्थानीय निकायको निर्वाचन मिति घोषणाको विरोधमा मधेस आन्दोलन गरिरहेका मोर्चाका कार्यकर्ता घर बाहिर भेला भएका थिए। घेराउपछि उनी घरबाट बाहिर निस्कन सकेनन्। राजधानी…
काठमाडौं : संविधान संशोधन नगरी सरकारले निर्वाचनको मिति सार्वजनिक गरेकोमा विच्किदै आन्दोलनमा फर्किएको मधेशी मोर्चाले विरगंजको घण्टाघर चोकमा प्रर्दशन गरेको छ । सद्धभावना पार्टीको अगुवाइमा भएको विरोध प्रदर्शनको अगुवाई पार्टी अध्यक्ष राजेन्द्र महतोले गरेका थिए। विरोध कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाइएको छ । सद्धभावनाका महासचिव मनिष सुमनले घोषित कार्यक्रम अनुसार पार्टीले विरोध प्रदर्शन गरेको बताए। 'संविधान संशोधन नै…