काठमाडौं : व्यवसायीसँग मिलेर विद्युत चोरी गराएको आरोपमा प्रहरीले नेपाल विद्युत प्राधिकरणका १२ कर्मचारी र ४ जना व्यवसायीलाई पक्राउ गरेको छ। मिटर बिगारेर ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो। महाशाखा अधिकारीका अनुसार पक्राउ पर्नेमा हाल बहालवाला र पूर्व दुबै प्रकृतिका कर्मचारी छन्। विद्युतको खपतअनुसारको रकम संकलन नभएपछि कर्मचारी र केही ग्राहकविच मिलेमतो भएको हुनसक्ने आशंकामा प्राधिकरणले…
काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ देशभर लोडसेडिङ हटाउन लागि परेका छन्। उनैको प्रयासमा केही महिनादेखि उपत्यकाभित्र लोडेसेडिङ छैन। तर, घट्दो लोडेसेडिङ केहीका लागि गम्भीर टाउको दुखाइको विषय बनेको खुलेको छ। घिसिङले हटाएको लोडसेडिङलाई फेरि बल्झाएर अन्धकार बनाउन केही गिरोह लागेको खुल्न आएको हो। र, त्यसमा अगुवाइ गरेका छन् प्राधिकरणकै केही कर्मचारीले। महानगरीय प्रहरी अपराध महाशाखाले आइतवार…
काठमाडौं : नेकपा एमालेको भ्रातृ संगठन युवा संघ रुपन्देहीका जिल्ला अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्या छानबिनका लागि दिइएको १५ दिन गुज्रेर अर्को १५ दिन थप गर्दा पनि हत्याराको पहिचान हुन सकेको छैन। तिवारीको हत्या घटनाबारे गृह मन्त्रालयले गत पुस ५ गते छानबिन समिति बनाएको थियो। नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माको संयोजकत्वमा गठित छानबिन समितिले १५ दिनमा अनुसन्धान पूरा नगरेपछि १५ दिन…
काठमाडौँ : अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने गृह मन्त्रालयमा तानिएका छन्। त्रिभुवन विमानस्थलबाट गत पुस २१ गते ३३ केजी सुन बाहिरिएपछि उनलाई अनुसन्धानको लागि गृहले आजदेखि मन्त्रालयमा नै हाजिर हुने गरी बोलाएको हो। उनको ठाउँमा गृह मन्त्रालयले गंगाराम गेलाललाई महानिर्देशक बनाएर विभाग पठाएको छ। गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले भने आफू केही दिनदेखि विदामा बसेकाले यस बारे आफूलाई जानकारी नभएको…
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै भएको ३३ किलो सुन तस्करीमा नेपाल प्रहरीका एसएसपी श्याम खत्री प्रहरी प्रधान कार्यालय तानिएका छन्। अनुसन्धानमा सुन तस्करीमा संलग्नसँग खत्रीको सम्पर्क देखिएपछि अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले उनलाई हेडक्वाटर तानेको हो। आइतबार खत्रीलाई प्रहरी प्रधान कार्यालय बोलाइएको हो। ३३ केजी अवैध सुन त्रिभुवन विमानस्थलबाट बाहिरिएको घटनालाई लिएर उनलाई विभागीय प्रक्रिया अनुसार प्रधान कार्यालयको प्रशासन…
काठमाडौँ : नेपाल फिल्म ‘छक्कापन्जा’ को पाइरेसी गरेको आरोप लागेका २३ वर्षीय युवक कृष्ण सुवेदी बिहीबार झुन्डिएको अवस्थामा फेला परे। यो घटनाले नेपाली सञ्चार माध्यममा महत्वका साथ स्थान पायो। सुवेदीको घटना सेलाउन नपाउँदै शनिवार र्यापर यम बुद्ध लन्डनस्थित आफू बस्दै आएको घरमा झुन्डिएको अवस्थामा फेला परेको समाचार आयो। लगातार केही दिनदेखि बढिरहेको आत्महत्याको समाचारले पनि पछिल्ला केही वर्षमा नेपालमा आत्महत्या…
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन पक्राउ परेको घटना सेलाउन नपाउँदै काठमाडौंको बालाजुबाट १५ किलो सुनसहित एक जना पक्राउ परेका छन्। शुक्रबार राति रसुवाबाट काठमाडौंका लागि छुटेको ना १ ज ४९६४ नम्बरको टाटा सुमोमा तस्करी गरेको सुन ल्याइएको सूचनाका आधारमा खोजी गर्दा सो परिमाणको सुन भेटिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा चालक भक्तपुर सूर्यविनायकका ३० वर्षीय रवीन्द्र भुजेल रहेका…
काठमाडौं : करिब ४ करोड ४० लाख अवैध विदेशी मुद्रासहित आज बिहान तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई महिला र एक पुरुष छन्। काठमाडौंको नागढुंगाबाट रसुवाको केरुङ जान लागेको अवस्थामा स्करर्पियो गाडीमा ती चिनियाँ पक्राउ परेका हुन्। सो रकम उनीहरुले चीन लैजाने तयारी गरेको बुझिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनालले बताए। ती नागरिकको साथबाट…
काठमाडौं : ३३ केजी सुन तस्करीमा सहयोग गरेको भन्दै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार विमानस्थलका भन्सार अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो। सिआइबीको टोलीले मंगलबार बेलुका मात्र काभ्रेको पनौतीबाट दुई जनालाई पक्राउ गरेको थियो। भन्सार विभागका कर्मचारीको मिलोमतो हुन सक्ने भन्दै विभागले बिहीबार नै…
काठमाडौं : गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएसँगै अहिले चौतर्फी रुपमा विमानस्थलको सुरक्षासंयन्त्रमाथि प्रश्न उठेको छ। यतिका परिमाणमा तस्करले सुन छिराउँदा पनि विमानस्थल भन्सारका कर्मचारी के हेरेर बसेका थिए? धेरैका मनमा यही प्रश्न उब्जिएको छ। विमानस्थलभित्र रहेका एक्स रे मेसिनले नै पत्ता नलगाउने गरी तस्करले के प्रविधि अपनाउने गरेका छन् त? भन्सार विभागका प्रमुख शिशिर…
काठमाडौं : सिन्धुपाल्चोक सिन्धुकोटका २६ बर्षिय गोपीकृष्ण खतिवडालाई जासुस हुने खुब रहर थियो। यसका लागि राष्ट्रिय अनुसन्धान विभागमा काम गर्ने रहर थियो । विभागमा भर्ना खुलेको चाल पाएपछि उनले आवेदन फारम भरेर बुझाए । लिखित परिक्षा समेत दिए । तर उनको नाम निस्किएन । जासुस बन्ने सपना तुहिदा निरास भए। यहीबीच खतिवडाको भेट भयो विनोदराज घिमिरेसंग । घिमिरेसँग उनले आफ्नो…
काठमाडौं : पुस १८ गते सोमबार। कार्यालयको कामको सिलसिलामा जिल्ला भू-संरक्षण कार्यालय स्याङ्जाका प्रमुख कमलप्रसाद गौतम घरबाट काठमाडौं निस्कने तयारीमा थिए। कति दिनको काम, कहिले फर्कने लगायत सामान्य चासो परिवारबाट त हुने नै भयो। परिवार र नजिकका आफन्तहरुलाई उनले कार्यालयको विभागीय कामले काठमाडौं जानुपर्ने भएको र केही दिनमै फर्कने जवाफ दिए। कार्यालयीय कामले निस्कनुपर्ने बाध्यतालाई परिवारले पनि बुझे। केही…
काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विमानस्थलबाट नियमित सुन तस्करी भइरहेको बताएका छन्। 'बिहीबार बरामद भएको ३३ केजी सुनको परिमाण हेर्दा निरन्तर तस्कर गरिरहेका छन् भन्ने पुष्टि हुन्छ,' अर्यालले भने, 'भरिया पक्राउ पर्छन् खलनायकहरु भने पर्दापछाडिबाट नै खेल खेलिरहेका छन्।' सुन पक्राउ गरेपछि प्रहरीलाई नै अनुसन्धान गर्न दिनुपर्ने र त्यसका लागि प्रहरी सक्षम रहेको उनले बताए। सुन…
काठमाडौं : देशभर दैनिक ५० देखि ६० केजी सुनको माग छ अहिले। तर राष्ट्र बैँकले विभिन्न १६ वटा वाणिज्य बैँकमार्फत दैनिक १५ केजी मात्र पठाउँछ। १५ केजी सुन पठाइए पनि कहीँ कतै सुनको अभाव देखिँदैन। ६० केजी सुनको मागलाई १५ केजी आपूर्तिले कसरी धानेको छ त? यसको एउटै जवाफ हो, तस्करीको सुनले। *** विदेशबाट ५० ग्राम सुन ल्याउन…
काठमाडौँ : पर्साको बिजवनिया गाविसको गढैया टोल हिजो एकाएक आतंकित भयो। काठमाडौँबाट गएको स्पेसल ब्युरोसहित पर्सा प्रहरीको टिमले 'गिरी बाबा' उर्फ बृजकिशोर गिरीलाई नियन्त्रमा लिन ६ राउन्ड गोली चलाउनु पर्यो। गिरी बाबा ससुरालीमा लुकेर बसेका थिए। उनी लुकेको ठाउँ पत्ता लगाएर नियन्त्रणमा लिन खोज्दा प्रतिकार भएपछि प्रहरीले गोली चलाएको हो। गोली उनको घुँडामा लाग्यो र उनी सिकिस्त भए। *** गएको…
काठमाडौँ : ओखलढुंगाका सांसद रामहरी खतिवडाले आफ्नो चरित्र हत्या गर्ने काम गरिएको आरोप लगाएका छन्। पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवलमानसिंह गुरुङको १४ लाख पर्ने महँगो घडी आफ्नो गोजीमा परेको खबर मिडियामा सार्वजनिक भएपछि विषयलाई स्पष्ट पार्न आज बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन्। 'एक पल्ट गोली हानेर मारेको भए बरु मरेको मर्यै हुन्थ्यो तर मलाई…
काठमाडौं : युवासंघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। खुकुरी प्रहार गरी फरार भएका १९ वर्षीय लक्ष्मण मल्ललाई काठमाडौं आएको बेला पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुरेन्द्र काफ्लेले काठमाडौँमा लुकिछिपी बसिरहेको अवस्थामा विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको जानकारी दिए। पुस १४ गते बाँके कोहलपुरमा बुढाथोकीमाथि खुकुरी…
काठमाडौँ : रातो नम्बरबाट फोन आउने, उठाउने बित्तिकै मरिहाल्ने। फलानो जिल्लामा कति जना त मरिसके। केही दिनदेखि यस्तो हल्ला नेपालमा फैलिरहेको छ। फेसबुकलगायतका सामाजिक सञ्जालमा फैलिएको यस्तो हल्लाले आतंककै रुप लिएपछि प्रहरीले अनुसन्धान शुरु गर्यो। अनुसन्धानमा अफवाह फैलाउन गायिका प्राशना पाण्डे र गायक दीपक बराइली संलग्न देखिएपछि बुधबार दुबैलाई प्रहरीले पक्राउ गर्यो । ब्युरोेले पक्राउ गरेर महाराजगञ्जमा रहेको कार्यालयमा उनीहरुलाई…
काठमाडौं : व्यवस्थापिका संसदभित्रै सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले मुखबाट खैनी झिकेर फालेको समाचारको खण्डन गर्दै त्यो खैनी नभई 'दालचिनी' भएको दाबी गरेका छन्। आज रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै कांग्रेसका नेता समेत रहेका मन्त्री केसीले संसदभित्रको गतिविधि कसरी यसरी बाहिर आयो भन्दै आश्चर्य समेत जनाए। 'तीन-चार दिनदेखि मेरो स्वास्थ्य ठिक थिएन। त्यही भएर दालचिनी खाइरहेको थिएँ, सर्कियो'…
काठमाडौँ : गएको बिहीबार ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर बाहिरिएपछि पक्राउ पर्यो। सर्वसाधारणले ल्याउने थोरै परिमाणको सुनमा पनि प्रतिबन्ध लगाइए पनि यो घटनाले सेटिङ मिलाएर कसरी ठूलो परिमाणमा अवैध सुन भित्रिरहेको छ भन्ने प्रमाण खुला भएको थियो। यही विषयमा छलफल गर्न व्यवस्थापिका संसदको अर्थ समितिले मंगलबार बिहान साढे १० बजे सिंहदरवारमा बैठक राखेको थियो। बैठकमा अर्थमन्त्री,…