काठमाडौँ : नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले रुपन्देही जिल्लाका कार्यवहाक अध्यक्ष दुर्गा तिवारीको हत्याको कारण राजनितिक भएको दावी गरेका छन्। माेटरसाइकलमा आएका २ जनाले हानेकाे गाेली लागेर घाइते भएका तिवारीकाे उपचारकाेक्रममा देवदह मेडिकल कलेजमा निधन भएको थियाे। इटाभट्टा व्यवसायमा समेत संलग्न तिवारीमाथी ६ महिना अगाडि गोली हानेर हत्या प्रयास भएको र सो घटनामा संलग्न मनोज राना…
काठमाडौँ :युवा संघ नेपालका रुपन्देही जिल्लाका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्या अनुसन्धानका लागी काठमाडौंबाट विषेश टोली लुम्बिनी हिडेको छ। अञ्चल प्रहरी कार्यलय लुम्विनीका प्रमुख एसएसपी शेरबहादुर बस्नेतका अनुसार गम्भिर प्रकृतिको घटना भएकाले केन्द्रबाटै विशेष टोली मगाइएको हो। उनले टोलीबारे विस्तृत खुलाउन भने चाहेनन्। घटना गम्भिर रहेकाले अनुसन्धानमा सघाउन केन्द्रबाट टोली मागेको उनले बताए। कुनै जिल्लाले अनुसन्धानमा सहयोग मागे प्रहरी प्रधान…
काठमाडौं : सरकारसँगको सहमतिमा डा गोविन्द केसीले अनशन तोडे पनि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम डिन कार्यालयको अवस्था उस्तै देखियो। डाक्टर केसीको २३ दिन लामो १० औं अनसन तोडाउन सरकारले आइओएमका डिन केपी सिंहलाई राजिनामा गराएर जगदीश अग्रवाललाई नियुक्त गरेको थियो। सिंहको राजीनामा पनि केसीले अनसन टुंग्याए। तर आइओएमको समस्या टुंगिएको छैन। सरोकारवाला निकाय मौन छ। सिंहलाई हटाएर सरकारले …
काठमाडौं : राजधानीमा चोरी, लुटपाट, हत्या लगायतका जघन्य अपराधहरु केही वर्षयता घट्दै गएको प्रहरीले दाबी गरे पनि ठगीबाट लुटिने व्यक्तिको संख्या भने बढ्दै गएको देखिन्छ। महानगरीय अपराध अनुसन्धान महाशाखामा केही महिनायता ठगीका उजुरी बढ्दै गएका छन्। डेढ वर्षमा १२ सय १२ उजुरी ठगी अन्तर्गतका परेका छन्। आर्थिक वर्ष २०७१/७२ मा ४ सय ५ वटा मात्र ठगीका उजुरी दर्ता भएकोमा…
काठमाडौं :मलाई एकजनाले नराम्रो संगठग्यो, उजुरी दिनुपर्यो । महानगरीय अपराध अनुसन्धान महाशाखाको ठगी हेर्ने पिल्लर नम्वर ३ का प्रहरी अधिकारीले अगाडि हेरे । उजुरीकर्ता प्रहरी पोशाकमै थिए । उजुरी लिएर आएका ब्यक्ति थिए महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत असइ धनबहादुर थापा । उजुरी लिन वसेका प्रहरीको चासो बढ्यो । कसले ठग्यो ? नेपाल प्रहरीमा कार्यरत धनबहादुरको भेट जव जग्गा…
काठमाडौं : तोकिएको समयमै त्रिचन्द्र क्याम्पस पुगेका थिए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। पार्टीका प्रमुख तोकेको समयमा पुगेको आधा घन्टा कट्दा पनि कार्यक्रम सुरु भएन। सबैभन्दा ठूलो दलका प्रमुख र राजनीतिक डेडलकको यो अवस्थामा कार्यक्रम ढुकेर बस्दा तनावमा हुनु अनौठो थिएन। कार्यक्रम : नेपाल विद्यार्थी संघको सदस्यता वितरण स्थान : त्रिचन्द्र कलेज समय : तोकिएको बिहान ९ बजे मिति :…
काठमाडौं : जोरपाटीको नयाँबस्तीमा रहेको प्रहरी चौकीमाथि भएको आक्रमण घटनाबारे छानबिन गर्न महानगरीय प्रहरी कार्यालयले समिति गठन गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालको संयोजकत्वमा एसपी प्रधुम्न कार्की सहितको तीन जनाको समिति गठन गरेको महानगरीय प्रहरी कार्यालय प्रमुख एआइजी प्रतापसिंह थापाले जानकारी दिए। आइतबार ट्याक्सी चालक राजकुमार लामाको मृत्यु भएपछि आक्रोशित भएका उनका आफन्त र स्थानीयले चौकीभित्रै…
काठमाडौँ : आक्रोशित समूहले राजधानीकै एउटा प्रहरी चौकीमा आक्रमण गर्दै त्यहाँ रहेका सामान जलाएका छन्। समूहले नयाँ बस्तीमा रहेको महानगरीय प्रहरी वृत्त बाैद्द अन्तर्गतको चाैकीमा साढे ११ बजेतिर ढुंगामुढा गर्दै त्यहाँ रहेका मोटरसाइकलहरु जलाइदिएका हुन्। जलाइएका मोटरसाइकल मध्ये चार सरकारी र तीन निजी रहेको प्रहरीले बताएको छ। आगजनी गर्ने १३ जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी बृत बौद्धका प्रहरी…
काठमाडौं : बिहान ११:३० जति बजेको थियो । हामी ११ जना प्रहरी बिटभित्रै थियौं। कोही खाना पकाउँदै थिए, कोही सरसफाई गर्दै। ड्युटीमा खटिने समय बाँकी नै रहेकाले हतियार कोत कोठामै थियो। एक्कासी बिटको टिनको छाना बज्यो। कसैले ढुंगाले हाने झै लाग्यो। एकै छिनमा ग्वारग्वार्ती ढुंगा बर्सिन थाल्यो। लौ के भयो? हामी आत्तियौं। के गर्ने मेसो नै पाउन सकेनौं। बिटको झ्यालबाट…
काठमाडौं : देशका ७२ जिल्लामा ७३ कारागार छन्। तिनको क्षमता करिब १० हजार मात्रै हो। भूकम्पयता यो क्षमता खुम्चिपछि अहिले त्रिपालले धानेको छ। तर, विभिन्न अपराधमा कैद सजाय तोकिएका कैदीबन्दीको संख्या १८ हजारजति छ। झन्डै दोब्बर संख्याका कैदी कारागारमा कोचिनुपर्दा विभिन्न समस्याहरु देखिने गरेका छन्। कारागार व्यवस्थापन विभागका शाखा अधिकृत दीपक न्यौपानेका अनुसार प्रत्येक आर्थिक वर्षमा १ हजारभन्दा बढी…
काठमाडौं : साउदीबाट हिँडेका सञ्जय चौधरी त्रिभुवन विमानस्थलमा उत्रिए लगत्तै गौशालाको एक गेष्ट हाउसमा पुगे। गेष्ट हाउसमै रहेका एक ब्यक्तिसँग उनको चिनजान भयो। बाहिर डुलौँ भन्ने साथीको प्रस्ताव स्वीकार्दै उनी पिङ्गलास्थानको चौरमा पुगे। नवपरिचित मित्रले जुस निकाले। उनले बिना कुनै संकोच जुस खाए। त्यसपछि के भयो उनले पत्तो पाएनन्। आँखा खुल्दा उनी पिंगलास्थानको चौरमा एक्लै सुतिरहेका थिए। यताउता साथीलाई खोजे…
काठमाडौं : मोटरसाइकलबाट लुट्नेहरुको कथालाई पछ्याउँदै बनेको हिन्दी फिल्म धुममा झै 'कारोबार गर्ने' नेपालमा कम छैनन्। सिनेमामा जसरी हुइक्याउँदै मोटरसाइकल कुदाउने र लुट्ने डन त यहाँ छैनन् तर तिनको सिको गरेर खुद्रा लुट मच्चाउनेहरु नभएका होइनन्। प्रकाश सुनवार र उनको टीमको गेम बलिउडको फिल्म धुम झै लाग्छ। हरेक दिउँसो २ बजेपछि प्रकाश सुनवारको फिल्मी शैलीको कारोबार शुरु हुन्छ। आफ्ना…
काठमाडौं : श्रीमान रोजगारीको लागी विदेशमा। ३० वर्षकी शोभिता खड्का यता एक्लै। घर चलाउन ललितपुरमा रहेको हेरिटेज फेसन गार्मेन्टमा काम गर्छिन्। त्यहीँ भेट हुन्छ २० वर्षका राजु मोहमदसँग। विदेशमा रहेका श्रीमान् बेलाबखत नेपाल आइरहे पनि शोभिता सन्तुष्ट हुन सकेकी थिइनन्। सँगै काम गर्ने सिलसिलामा परिचित भएका मोहमदसँग उनी छिट्टै निकटबाट आत्मीय सम्बन्धमा पुग्छिन्। असोज ५ मा डेराबाट बाहिर निस्किएकी शोभिता…
ललितपुर : उनको बास्तविक नाम हो मनोजबहादुर सिह । तर उनी आफुलाई राज परिवारको सदस्य मनोजसिह ‘राजा’ को रुपमा परिचय दिन रुचाउँछन् । उनलाई धेरैले राजा कै रुपमा चिन्छन् । उनै राजा शनिवारबाट महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा छन् । हिरासत यात्राको कारण छ ठगी । सिह युवाहरुलाई ठगी गर्नकै लागि आफुलाई राजसि टाढबाढका साथ हिड्थे । उनले इमाडोलमा विदेश…
काठमाडौँ : सरकारले मंगलबार राति दर्ता गरेको संविधान संशोधन विधेयकमा प्रदेश ५ का ६ वटा पहाडी जिल्लालाई प्रदेश ४ मा सार्ने प्रस्तावपछि बुटवलमा दैनिक विरोधका कार्यक्रम भइरहेका छन्। अर्घाखाँचीमा घोषणा गरिएको अनिश्चितकालीन बन्द आज अपराह्न ३ बजेदेखि खुल्ने भएको छ भने पाल्पा र गुल्मीमा बन्द कायमै छ। रोल्पा र रुकुममा कुनै विरोध प्रदर्शन भएका छैनन् भने प्युठानमा विरोध प्रदर्शन भए…
काठमाडौँ : वैदेशिक रोजगारीको आवरणमा ठगी गरेको अभियोगमा पक्राउ परेका ईश्वरीप्रसाद पोखरेलविरुद्ध उजुरी बोकेर कार्यालय आएकी २३ वर्षीया सरिता (परिवर्तित नाम) को दुखेसो सुने लगत्तै महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी अधिकृत चनाखो भए। कसरी ? ‘डेढ वर्षदेखि यसले मलाई धम्क्याउँदै शारीरिक शोषण गर्यो, ठगीको पैसा निकाल्न मलाई नै प्रयोग गर्यो।’ इजरायल र दक्षिण कोरिया पठाउने भन्दै १ करोड बढी रकम…
काठमाडौं : भारतीय मूलकी मलेसियन नागरिक एलिक जोशेफले मास्टर्स डिग्री सकेको केही समय मात्र भएको थियो। डिग्री हात पारे पनि उनले भने जस्तो नोकरी कहिले पाइनन्। राम्रो रोजगारीको खोजीमा निराश बनेकी ३० वर्षीया एलिकको भेट हुन्छ- मलेसियाका प्रकास रोयसँग। रोयले एलिकलाई पैसा कमाउन भन्दै ब्राजिलको साओपाउलो पठाउँछन्। ब्राजिलमा एलिकको भेट तारा भन्ने व्यक्तिसँग हुन्छ। ताराले नै उनलाई कालो ब्याग…
काठमाडौँ : सरकारले मंगलबार राति संविधान संशोधन विधेयक दर्ता गराएको भोलिपल्टदेखि प्रदेश ४ मा सार्ने प्रस्ताव गरिएका तीन जिल्लामा भएको प्रदर्शन आज पनि जारी छ। राजधानीमा एमालेको युवा र विद्यार्थी भ्रातृ संगठनले आज बिहान विभिन्न कलेज अगाडि प्रदर्शन गरेका थिए। विधेयकमा हाल पाँच नम्बर प्रदेशमा रहेका ६ जिल्लालाई प्रदेश चारमा सार्ने प्रस्ताव गरिएको छ। के छ ती जिल्लाको स्थिति ?…
काठमाडौँ : सरकारले मंगलबार राति संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकमा प्रदेश ५ का ६ जिल्लालाई प्रदेश ४ मा सारिएको छ। सीमाङ्कन परिवर्तन गरिएका केही जिल्लाहरुमा आन्दोलन सुरु भएको छ भने केही जिल्लाको अवस्था सामान्य नै छ। रोल्पा र पाल्पाको अवस्था अहिले सामान्य नै छ। गुल्मी, प्युठान, अर्घाखाँचीमा भने बिहानैदेखि बजार, यातायात, शिक्षण संस्था बन्द गरेर विरोध गरिएको छ। कुन…
काठमाडौ : १ केजी ५ सय ग्राम कोकिनसहित पक्राउ परेका दुई जना विदेशी नागरिकलाई प्रहरीले बुधबार दिउँसो सार्वजनिक गरेको छ। सो कोकिनको मूल्य तीन करोड रुपैयाँ बराबरको भएको प्रहरीले जनाएको छ। भारतीय मूलकी मलेसियाली महिला ३० वर्षीया एलिक जोशेफ र मलेसियन नागरिक २८ वर्षका मेगेनथिरन राझालाई आज प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विशेष…