PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • वर्ल्डकप क्वालिफायर : नेपाललाई अवसर र चुनौती

    वर्ल्डकप क्वालिफायर : नेपाललाई अवसर र चुनौती

    काठमाडौं : सन् २०१९ मा इंग्ल्याण्डमा हुने वान डे वर्ल्डकपको अन्तिम चरणको छनोटका रुपमा रहेको आइसीसी क्रिकेट वर्ल्ड कप क्वालिफायर-२०१८ आइतवारदेखि अफ्रिकन राष्ट्र जिम्बाबेमा सुरु हुँदैछ। आयोजक जिम्बाबेसहित टेष्ट मान्यता प्राप्त ४ टोली र अन्य ६ गरी कूल १० टोलीले प्रतिस्पर्धा गर्ने क्वालिफायरमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ। १० मध्ये २ टोली मात्र वर्ल्डकपमा छनोट हुने भएका कारण यस प्रतियोगिता नेपालका…

    विस्तृतमा पढ्नुस्

  • प्याडल नेपाललाई राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपको उपाधि

    प्याडल नेपाललाई राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपको उपाधि

    फिस्लिङ (चितवन) : पर्वतिय खेलकुद महोत्सवअन्तर्गत राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप-२०१८ मा प्याडल नेपाल ए टिम च्याम्पियन बनेको छ। स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभर गरी चार विधा समावेश च्याम्पियनसिपमा कूल ९१३ अंक जोड्दै प्याडल नेपाल ए ले उपाधि जितेको हो। यस्तै ८९५ अंक जोडेको फिस्लिङ दोस्रो तथा ७८६ अंकसहित नेपाल कायाक क्लब तेस्रो बन्यो।  विजेता टिम यही वर्ष अर्जेन्टिनामा…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फिल्ममा एउटा आशा : पञ्चेबाजा (समीक्षा)

    नेपाली फिल्ममा एउटा आशा : पञ्चेबाजा (समीक्षा)

    थिएटर हुँदै फिल्मको पर्दामा छाएका सौगात मल्ल पहिलो पटक थिएटर कलाकारको रुपमा देखिएका छन् फिल्म 'पञ्चेबाजा'मा।  'केटी जस्तो होस् तर पहिलो नजरमै प्रेम होस्'- भूपी बनेका सौगात मल्लले विवाहबारे आइलाग्ने हरेकलाई दिने जवाफ हो यो। उनले चाहेजस्तै पहिलो नजरमै प्रेममा पर्छन्। तर, समस्या के हुन्छ भने उनलाई मन परेकी युवती साथी रुद्रे (कर्मा)को श्रीमती (रुपा) हुन्छिन्। जसको भूमिका निर्वाह गरेकी…

    विस्तृतमा पढ्नुस्

  • जिम्वावे जानुअघि पारस खड्का भन्छन् : लक्ष्य सुपर सिक्स र वान डे स्ट्याटस

    जिम्वावे जानुअघि पारस खड्का भन्छन् : लक्ष्य सुपर सिक्स र वान डे स्ट्याटस

    काठमाडौं : मार्च ४ बाट जिम्वावेमा हुने आइसीसी क्रिकेट वर्ल्ड कप क्वालिफायर खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम शनिवार त्यसतर्फ प्रस्थान गर्दैछ। एक साताअघि नामिबियामा सम्पन्न डिभिजन टू को उपविजेता बन्दै नेपाल क्वालिफायरका लागि छनोट भएको थियो।   नेपालले लगातार दोस्रो पटक वान डे वर्ल्ड कप क्वालिफायर खेल्न लागेको हो। तर ४ वर्ष अघिको भन्दा अहिलेको अवस्था फरक छ।  कूल १०…

    विस्तृतमा पढ्नुस्

  • साढे सात : फरक प्रयोगमा असफल (फिल्म समीक्षा)

    साढे सात : फरक प्रयोगमा असफल (फिल्म समीक्षा)

    फिल्मले सामान्यतया पात्रहरुमार्फत लेखकको सोच, भावना र विचार अभिव्यक्त गर्छ। प्राय: कथा तथा पटकथा लेखकले फिल्मको मूख्य विषय के हो भन्ने बारे दर्शकलाई प्रष्ट पनि पार्ने गर्छन् ताकि दर्शक विषयमाथि आकर्षित होउन्। तर हलसम्म पुगेपछि दर्शक विषयसँगै प्रस्तुति, मेकिङ, सम्पादन लगायत अन्य पक्ष बारेपनि उत्तिकै सजग रहन्छन्।  शुक्रबार प्रदर्शनमा आएको फिल्म 'साढे सात' फोटो पत्रकारको कथा भनियो। फोटो पत्रकार जो…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेट टोली आज राति जिम्वावे जाँदै, शरद अमेरिकाबाटै पुग्ने

    नेपाली क्रिकेट टोली आज राति जिम्वावे जाँदै, शरद अमेरिकाबाटै पुग्ने

    काठमाडौं : मार्च ४ बाट जिम्वावेमा सुरु हुने आइसीसी वान डे वर्ल्ड कप क्वालिफायर खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोली जिम्वावे जाँदैछ। पारस खड्काको कप्तानीमा रहेको १५ खेलाडी र ६ अफिसियलसहितको नेपाली टोली अफ्रिकन राष्ट्र जिम्वावे जानेछन्। २० सदस्यी नेपाली टोली शनिवार बेलुका १०:४५ बजे फ्लाई दुबई मार्फत जिम्वावे जाने नेपाली टोलीका म्यानेजर रमन शिवाकोटीले जनाएका छन्। नेपाली टोली स्थानीय समयअनुसार आइतवार…

    विस्तृतमा पढ्नुस्

  • 'बर्थ डे'कै दिन प्रधान मन्त्रीको हातबाट क्रिकेटरलाई चार लाख, ३ लाखको चेक १ लाख नगद

    'बर्थ डे'कै दिन प्रधान मन्त्रीको हातबाट क्रिकेटरलाई चार लाख, ३ लाखको चेक १ लाख नगद

    काठमाडौं : प्रधान मन्त्री केपी शर्मा ओलीले वर्ल्ड कप क्वालिफायर प्रतियोगितामा छनोट भएको नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले दिने भनेको तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनकै दिन नेपाली टोलीलाई सरकारका तर्फबाट तीन लाखको चेक र मदन भण्डारी स्पोर्टस एकेडेमीका तर्फबाट एक लाख रुपैयाँ नगद हस्तान्तरण गरे। जन्मदिनकै कारण सरकारले घोषणा गरेअनुसारको पुरस्कार थाप्न पुगेका खेलाडीहरुले…

    विस्तृतमा पढ्नुस्

  • पारसलाई 'बर्थ डे केक' ख्वाउँदै ओलीले भने : हाम्रा खेलाडी सुपर, हाम्रो देशै सुपर

    पारसलाई 'बर्थ डे केक' ख्वाउँदै ओलीले भने : हाम्रा खेलाडी सुपर, हाम्रो देशै सुपर

    काठमाडौं : सरकारले पूर्व घोषित कार्यक्रम अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमलाई नगदसहित सम्मान गर्दै आइसीसी वान डे वर्ल्ड कप क्वालिफायर खेल्न जाने टोलीलाई बिदाइ गरेको छ। नामिबियामा भएको डिभिजन टू को उपविजेता बन्दै वर्ल्ड कप क्वालिफायरका लागि छनोट भएको नेपाली टोलीलाई गत सोमवार सम्मान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नगदसहित सम्मान गर्ने घोषणा गरेका थिए। सोही अनुरुप शुक्रवार ओलीले १४…

    विस्तृतमा पढ्नुस्

  • ओलीको जन्मदिनमा केकै केक : यसरी अस्तव्यस्त भयो बालुवाटार

    ओलीको जन्मदिनमा केकै केक : यसरी अस्तव्यस्त भयो बालुवाटार

    काठमाडौं : प्रधान मन्त्री केपी शर्मा ओलीको शुक्रवार ६७ औं जन्मदिन। मध्यरातमा पत्नी राधिका शाक्यसँगै केट काटेर जन्मदिन सेलिब्रेसन थालेका ओलीका लागि शुक्रवार दिनभर जन्मदिनमय बन्यो। प्रधानमन्त्रीले आज पटकपटक केक काटे।  बिहानै पार्टीबाट ल्याइएको सूर्य चिन्हले सजाइएको केक काटेर प्रम ओलीले पार्टी पङ्तिसँग जन्मदिन मनाए। त्यसपछि मदन भण्डारी स्पोर्ट्स एकेडेमीले ल्याएको फुटबल आकारको केक काटे।   ओलीका लागि शुक्रवार विशेष दिन…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्डकप क्वालिफायरः ह्याट्रिक गर्ने जिम्बावेदेखि टेष्ट मान्यताप्राप्त चार टोली, कस्तो रहला नेपालको यात्रा?

    वर्ल्डकप क्वालिफायरः ह्याट्रिक गर्ने जिम्बावेदेखि टेष्ट मान्यताप्राप्त चार टोली, कस्तो रहला नेपालको यात्रा?

    काठमाडौंः आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायर अर्को महिना जिम्बावेमा सुरु हुँदैछ। मार्च ४ देखि २५ तारिखसम्म सञ्चालन हुने क्वालिफायरमा आयोजक जिम्बावेसँगै कूल १० टोली प्रतिस्पर्धा गर्दैछन्। जसमध्ये फाइनल पुग्ने दुई टोली सन् २०१९ मा इंगल्याण्डमा हुने वान डे वर्ल्डकपमा छनोट हुनेछ। यो वर्ल्डकप क्वालिफायरको ११औँ संस्करण हो। जसमा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए'मा वेष्ट इन्डिज (दुई…

    विस्तृतमा पढ्नुस्

  • कुस्ती होइन, क्रिकेट खेल्न जाने हो, जितेर आउनुस् : प्रधानमन्त्री ओली

    कुस्ती होइन, क्रिकेट खेल्न जाने हो, जितेर आउनुस् : प्रधानमन्त्री ओली

    काठमाडौं : नामिबियामा सम्पन्न डिभिजन टू को उपविजेता बन्दै वर्ल्ड कप क्वालिफायरमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई नेपाल सरकारले सोमबार सम्मान गरेको छ। प्रधानमन्त्री ओलीले खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटारमा खादा लगाएर सम्मान गरेका हुन्। कप्तान पारस खड्कासहित दीलिप नाथ, दीपेन्द्र सिंह ऐरी, अनिलकुमार शाह र ललित भण्डारी तथा प्रशिक्षक जगत टमाटा, म्यानेजर रमन विशवाकोटी र फिजियो दिनेश भट्ट कार्यक्रममा उपस्थित…

    विस्तृतमा पढ्नुस्

  • नेपाललाई वर्ल्डकप क्वालिफायरमा छनोट गराएर फर्केपछि कप्तान र कोचले के भने?

    नेपाललाई वर्ल्डकप क्वालिफायरमा छनोट गराएर फर्केपछि कप्तान र कोचले के भने?

    काठमाडौं: नामिबियामा भएको डिभिजन टू को शीर्ष दुई स्थानमा रहदै अर्को महिना हुने वर्ल्डकप क्वालिफायरमा छनोट भएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली शनिबार राति आइपुगेको हो। नामिबियामा सम्पन्न डिभिजन टू मा नेपाल उपविजेता बनेको थियो। लिगमा शीर्ष भएको नेपाल फाइनलमा युएईसँग पराजित हुँदै उपविजेता बनेको हो। उपविजेता बनेपछि नेपालले अब मार्च ४ देखि जिम्बावेमा हुने वर्ल्ड कप क्वालिफायरमा समूह…

    विस्तृतमा पढ्नुस्

  • नामिबियामा पूरा भयो लक्ष्य, अब चुनौती जिम्वावेमा

    नामिबियामा पूरा भयो लक्ष्य, अब चुनौती जिम्वावेमा

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोली लिग जुन लक्ष्यका लागि नामिबिया गएको थियो, त्यसमा सफल भएको छ। आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको शीर्ष चारमा अटाउन नसकेपछि डिभिजन टू मा घटुवा भएको नेपाल डिभिजन टू को शीर्ष दुईमा पर्ने लक्ष्यका साथ नामिबिया पुगेको थियो। नेपालका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले नामिबिया जानुअघि शीर्ष दुईको लक्ष्य रहेको र त्यसको…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेट टोली अर्को साता जिम्वावे जाने

    नेपाली क्रिकेट टोली अर्को साता जिम्वावे जाने

    काठमाडौं : मार्च ४ देखि २५ सम्म हुने आइसीसी वान डे वर्ल्ड कप क्वालिफायरमा प्रतिस्पर्धा गर्न नेपाली टोली यही फेब्रुअरी २४ अर्थात् अर्को साता जिम्वावे जाने भएको छ। शनिवार नामिबियाबाट स्वेश फर्किएपछि नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले यो जानकारी दिएका हुन्। 'हामीले २४ तारिख जिम्वावे जाने प्रोग्राम बनाइसकेका छौँ। अब हामीसँग समय कम छ। २ दिन रेस्ट गरेपछि क्याम्प सुरु हुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • क्यानडाविरुद्ध जितका नायक करण केसी भन्छन् : नर्मल गेम खेले जिताउन सक्छु भन्ने कन्फिडेन्स थियो

    क्यानडाविरुद्ध जितका नायक करण केसी भन्छन् : नर्मल गेम खेले जिताउन सक्छु भन्ने कन्फिडेन्स थियो

    काठमाडौं : नामिबियामा सम्पन्न डिभिजन २ खेलेर नेपाली क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ। नेपालले नामिबियामा डिभिजन २ खेल्दा स्मरणीय खेल बनेको थियो क्यानडाविरुद्धको रोमाञ्चक खेल। यो खेलमा करण केसीले दशौँ नम्वरमा ब्याटिङ गर्दै नटआउट ४२ रन बनाएर नेपाललाई जित दिलाएका थिए। ४४ ओभरमा ९ विकेट गुमाइसकेको अवस्थामा करणले सन्दीप लामिछानेसँग दशौँ विकेटका लागि नटआउट ५१ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाएका थिए। शनिवार…

    विस्तृतमा पढ्नुस्

  • डिभिजन टू : क्यानडासँग महत्वपूर्ण खेल खेल्नुअघि के भन्छन् प्रशिक्षक टमाटा?

    डिभिजन टू : क्यानडासँग महत्वपूर्ण खेल खेल्नुअघि के भन्छन् प्रशिक्षक टमाटा?

    काठमाडौं : नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत राउण्ड रोविनको अन्तिम खेलमा नेपालले भोली बुधबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। यस खेलको विजेता अर्को महिना जिम्वावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट हुने भएकोले दुवै टोलीका यो खेल महत्वपूर्ण छ। ४ खेल खेलिसक्दा समान ३ जित र १ हारको नतिजा निकालेको नेपाल र क्यानडाको समान ६ अंक छ।…

    विस्तृतमा पढ्नुस्

  • डिभिजन टू : नेपाल आज केन्यासँग भिड्दै, के भन्छन् प्रशिक्षक टमाटा?

    डिभिजन टू : नेपाल आज केन्यासँग भिड्दै, के भन्छन् प्रशिक्षक टमाटा?

    काठमाडौं: नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज केन्यासँग खेल्दैछ। प्रतियोगितामा अहिलेसम्म ३ खेल खेल्दा २ जित हात पारेको नेपालको लागि शीर्ष दुईमा स्थान बनाउन आजको खेल महत्वपूर्ण छ। उता केन्याले भने खेलेको दुवै खेलमा पराजय ब्यहोरेको छ र शीर्ष दुईको सम्भावना कायम राख्नलाई आजको खेल जित्नैपर्ने दबाबमा छ। नेपाल र केन्याबीचको खेल नेपाली समय…

    विस्तृतमा पढ्नुस्

  • प्रोमो हेर्दाको मज्जालाई किरकिर बनाइदिने ‘कृ’ (फिल्म समीक्षा)

    प्रोमो हेर्दाको मज्जालाई किरकिर बनाइदिने ‘कृ’ (फिल्म समीक्षा)

    यो वर्षको सर्वाधिक प्रतिक्षित फिल्मको रुपमा चर्चामा ल्याइएको ‘कृ’ को पोस्टर र प्रोमो हेर्दा तपाईँलाई लाग्न सक्छ- अनमोल केसी कतै बलिउडको ‘क्रिश’ फिल्ममा जस्तो एक ‘सुपर हिरो’को भूमिकामा त छैनन्। फिल्म हेरेपछि थाहा हुन्छ, अनमोल ‘सुपर हिरो’ त हुन् तर प्रेमिकालाई समेत बचाउन नसके पनि सिक्सप्याक बडी देखाएर भिलेनलाई साउथ इन्डियन फिल्म स्टाइलमा डङ कि डङ कुटेर मार्ने।   फिल्मको…

    विस्तृतमा पढ्नुस्

  • नेपाल vs नमिबिया : प्लेअर्स टु वाच

    नेपाल vs नमिबिया : प्लेअर्स टु वाच

    काठमाडौं : वान डे वर्ल्ड कप पुग्ने एसोसिएट राष्ट्रका लागि बाटोको रुपमा रहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू आजबाट नामिबियामा सुरु हुँदैछ।  कूल ६ टोलीको सहभागिता रहेको यस प्रतियोगिताबाट शीर्ष दुई टोली अर्को महिना जिम्वावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरका लागि छनोट हुनेछन्। आज ३ खेल हुँदैछन्। जसमा नेपालले आयोजक नामिबियासँग खेल्दै डिभिजन टू को सुरुवात गर्दैछ। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • डिभिजन टू : भोलि नामिबियासँग पहिलो खेल खेल्दै नेपाल

    डिभिजन टू : भोलि नामिबियासँग पहिलो खेल खेल्दै नेपाल

    काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू बिहीवारबाट नामिवियामा सुरु हुँदैछ। पहिलो दिन ३ खेल हुनेछन्। नेपालले आफ्नो पहिलो खेल घरेलु टोली नामबियासँग खेल्दैछ। नेपाल र नामिबियाबीचको खेल डब्लुएपी मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ। युएईमा एक साता भन्दा बढि समयको भ्रमण पछि नेपाल आइतवार नामिबिया पुगेको थियो। नेपालले दुई दिन स्थानिय मैदानमा समेत प्राक्टिस गरेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell