PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • यी ६ नेपाली खेलाडी, जो पहिलोपटक नामिवियामा खेल्दैछन्

    यी ६ नेपाली खेलाडी, जो पहिलोपटक नामिवियामा खेल्दैछन्

    काठमाडौं: आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू खेल्न नेपाली टोली नामिविया पुगिसकेको छ। नेपालले सोमबार अभ्यास समेत गरेको प्रशिक्षक जगत टमाटाले जानकारी दिएका थिए। नेपाली टोली दोस्रोपटक नामिविया पुगेको हो। यसअघि सन् २०१५ मा पनि नेपाल डिभिजन टू खेल्न नै नामिविया पुगेको थियो। त्यसपटक खेलेका कप्तान पारस खड्कासहित ८ खेलाडी यसपटक पनि नेपाली टोलीमा यथावत छन्। अन्तिम १४ सदस्यीय नेपाली टोलीमा रहेका…

    विस्तृतमा पढ्नुस्

  • डिभिजन टू : नेपाली क्रिकेट टोली नामिवियामा, के भन्छन् प्रशिक्षक टमाटा?

    डिभिजन टू : नेपाली क्रिकेट टोली नामिवियामा, के भन्छन् प्रशिक्षक टमाटा?

    काठमाडौं: आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) डिभिजन टू खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार नामिविया पुगेको छ। डिभिजन टू अघि एक साता भन्दा बढी समयको युएई टुर सकाएर नेपाली टोली अफ्रिकन राष्ट्र पुगेको हो। नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले युएई भ्रमण राम्रो भएको बताए। 'तयारीका हिसावले भ्रमण राम्रो भयो।' नेपालले युएई टुरमा त्यहाँको युएई ए टोलीसँग ३ अभ्यास खेल…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा अब स्पोर्ट्स टुरिजमको विकास गर्नुपर्छ : टंक आङबुहाङ

    नेपालमा अब स्पोर्ट्स टुरिजमको विकास गर्नुपर्छ : टंक आङबुहाङ

    काठमाडौं : नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष टंक आङबुहाङ लिम्बुले अब नेपालमा स्पोर्ट्स टुरिजमको विकास गर्नुपर्ने बताएका छन्। नेकपा माओवादी केन्द्रबाट ताप्लेजुङ प्रदेश सभा 'ख' को सदस्यमा निर्वाचित आङबुहाङले नेपालको अर्थतन्त्रको ३५ प्रतिशत रेमिटेन्सबाट भित्रिने गरेको बताउँदै स्पोर्ट्स टुरिजमबाट पनि उक्त लाभ लिन सकिने पहिलोपोस्टलाई बताए। 'स्पोर्ट्स टुरिजामको माध्यमबाट पनि हामी ३०/३५ प्रतिशत रेमिट्यान्स भित्र्याउन सक्छौँ।' उनले देश अब संघीयतामा गइसकेको…

    विस्तृतमा पढ्नुस्

  • क्यानसामु जुन सम्मको डेडलाइन : निलम्बन फुकुवा कि क्यान नै खारेज?

    क्यानसामु जुन सम्मको डेडलाइन : निलम्बन फुकुवा कि क्यान नै खारेज?

    काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले भनेअनुसार भएको भए नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान)को निलम्वन सन् २०१७ को जुनमै फुकुवा हुने थियो। तर, नेपाली क्रिकेट स्टेक होल्डरबीच सहमति हुन नसकेर विवाद कायमै रहँदा २०७३ वैशाख यता क्यान निलम्बन यथावत छ। यसबीचमा आइसीसीका पदाधिकारी बारम्बार नेपाल आए। तर पनि नेपाली क्रिकेटको विवाद समाधान गर्न सकेनन्। समस्या जहीँको तहीँ…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछाने अर्थात् ‘लिटिल च्याम्प’

    सन्दीप लामिछाने अर्थात् ‘लिटिल च्याम्प’

    काठमाडौं : माइकल क्लार्क र सन्दीप लामिछाने, अनी पुबुदु दासानायके। यी तीनबीच के सम्बन्ध छ अब भनिरहनु नपर्ला। पुबुदुले सन्दीपको प्रतिभा चिने, क्लार्कले सन्दीपको प्रतिभालाई खेर जान दिएनन्, अझै तिखारे। अनि अहिलेको बाटोसम्म ल्याइपुर्‍याउन सहयोग गरे। शेन वार्न अर्को छुटाउन नहुने नाम। जोसँग सन्दीपको तुलना हुन्छ, उमेरका कारण होइन खेलका कारण। सन्दीपको बलिङ स्टाइल वार्नको जस्तै छ भनेर विश्वका मिडियाले तुलना…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल अक्सनअघि सन्दीपको दिल्लीमा ट्रायल, यसकारण घटनालाई राखियो गुपचुप

    आइपीएल अक्सनअघि सन्दीपको दिल्लीमा ट्रायल, यसकारण घटनालाई राखियो गुपचुप

    काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा छनोट हुने पहिलो खेलाडी बनेसँगै नेपाली लेग स्पिनर सन्दीप लामिछानेको चर्चा बढ्दै गएको छ।  सोमबार भएको अक्सनमा सन्दीपलाई दिल्ली डेयरडेभिल्सले बेस प्राइस २० लाख भारुमा किनेको हो। आइपीएलको ११ औँ संस्करणको लागि सुरुवातमा दर्ता गरेको खेलाडीको नाम सार्वजनिक गर्दा उक्त लिस्टमा सन्दीपको नाम थिएन। तर, दोस्रो चरणमा अक्सनमा पर्ने खेलाडीको लिस्ट तयार पार्दा नेपालका…

    विस्तृतमा पढ्नुस्

  • डीपिएल-२ को टिम र रणनीतिक खेलाडी घोषणा

    डीपिएल-२ को टिम र रणनीतिक खेलाडी घोषणा

    काठमाडौं : आगामी चैतमा आयोजना हुने तय भएको धनगढी प्रिमियर लिग (डीपिएल-२) मा पनि ६ टोलीको सहभागिता हुने निश्चित भएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार पत्रकार सम्मेलन गर्दै सहभागि ६ टिम, टिम सञ्चालक र रणनीतिक खेलाडीको घोषणा गरेको हो। यसअघि सहभागि टोलीको संख्या बढ्न सक्ने बताएपनि अन्तत: ६ टोलीकै सहभागिता हुने भएको हो। दोस्रो संस्करणमा पनि पहिलो संस्करण खेलेका…

    विस्तृतमा पढ्नुस्

  • नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङ आइ लिग क्लब मिनेर्भा पञ्जावमा आवद्ध

    नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङ आइ लिग क्लब मिनेर्भा पञ्जावमा आवद्ध

    काठमाडौं : नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङले व्यासासयिक फुटबल करियरमा नयाँ फड्को मारेका छन्। यसअघि माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबबाट खेलेका किरण भारतको टप फुटबल लिग आइ लिग क्लब मिनेर्भा पञ्जावमा आबद्ध भएका छन्। चन्डिगढ बेस्ड क्लब मिनेर्भाले मंगलवार आफ्नो अफिसियल ट्वीटरमार्फत् किरण बाँकी सिजनका लागि आबद्ध भएको जनाएको छ।   Deal done ✅ Join us in welcoming Kiran Chemjong for…

    विस्तृतमा पढ्नुस्

  • लालपुर्जा : निर्देशक नै अलमलिन्छन् भने फिल्म कस्तो हुन्छ? (समीक्षा) 

    लालपुर्जा : निर्देशक नै अलमलिन्छन् भने फिल्म कस्तो हुन्छ? (समीक्षा) 

    गोविन्दराज नेपाल - जग्गा भागबण्डाको निहुँमा दुई दाजुभाइको झगडा नेपाली समाजको जिवन्त कथा हो। जिवन्त कथालाई पर्दामा उतार्दा धेरैखाले ट्रिटमेन्ट आवश्यक पर्छ किनकि दर्शकले पटकथा, अभिनय, प्रस्तुति सबैतिर ध्यान लगाएर हेरिरहेका हुन्छन्। विषयवस्तु आफ्नै वरपरको भएपछि दर्शकको अपेक्षा केही बढी नै हुन्छ। फिल्म 'लालपुर्जा'ले सौतेनी दाजुभाइ ओम नरसिंह (विपिन कार्की), तान्त्रिक (सौगाल मल्ल) बीच हुने जग्गा विवादको कथा भन्छ।  जब…

    विस्तृतमा पढ्नुस्

  • नेपाली भलिबलमा कीर्तिमानी सम्झौता, ७ प्रदेश सम्मिलित महिला/पुरुष राष्ट्रिय प्रतियोगिता हुने

    नेपाली भलिबलमा कीर्तिमानी सम्झौता, ७ प्रदेश सम्मिलित महिला/पुरुष राष्ट्रिय प्रतियोगिता हुने

    काठमाडौं : भलिबललाई ग्रासरुट लेभलबाटै विकास गर्ने उदेश्यले नेपाल भलिबल संघ (एनभिए) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) बीच महिला र पुरुषको राष्ट्रिय प्रतियोगिता गर्ने गरी कीर्तिमानी सम्झौता भएको छ। आइतबार एफएनसिसिआई र एनभिएबीच ३ वर्षको लागि वार्षिक १ करोड २० लाखको सम्झौता भएको हो। सम्झौतापत्रमा एनभिएका तर्फबाट अध्यक्ष मनोरन्जन रमण शर्मा र एफएनसिसिआईको तर्फबाट उपाध्यक्ष उमेशलाल श्रेष्ठले हस्ताक्षर गरे।…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछानेको नाम आइपीएल अक्सन लिस्टमा

    सन्दीप लामिछानेको नाम आइपीएल अक्सन लिस्टमा

    काठमाडौं : नेपालका युवा स्पीनर सन्दीप लामिछानेको नाम इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सन ड्राफ्टमा समावेश भएको छ। ११औँ संस्करणको आइपीएलको लागि शनिवार सार्वजनिक गरिएको ५७८ खेलाडीको लिस्टमा सन्दीपमा नाम पनि टाएको आइपीएलको अफिसियल साइटमा उल्लेख छ। यसअघि आइपीएलको अक्सनका लागि रजिस्टर भएका खेलाडीको देशका नाम सार्वजनिक गर्दा त्यहाँ नेपालको नाम थिएन। सन्दीपको नाम समावेश भएपछि नेपाली क्रिकेटप्रेमीको उत्साह बढेको छ।…

    विस्तृतमा पढ्नुस्

  • महिला भलिबलको कोसेढुंगा : ढोरपाटन डबल लिग भलिबल

    महिला भलिबलको कोसेढुंगा : ढोरपाटन डबल लिग भलिबल

    काठमाडौं : १३औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप आजबाट गंगबुस्थित ढोरपाटन भलिबल ट्रनिङ सेन्टरमा सुरु भएको छ। आज भन्दा झण्डै १४ वर्ष अघि बागलुङका केही साथीहरुसँग मिलेर सुरु गरेको प्रतियोगिताले अहिले राष्ट्रिय स्तरमा ठूलो चर्चा कमाएको छ। त्यसमा दंग छन् ढोरपाटन स्पोर्ट्स क्लबका अध्यक्ष मनबिर छन्त्याल। प्रतियोगिताको १२ संस्करण सफलता पूर्वक पूरा गरिसक्दा धेरै उतारचढाव आए। २०६१ सालमा पहिलो पटक आयोजना…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेट टिमको ब्याटिङ कन्सलट्यान्ट भारतीय प्रशिक्षक सुलक्षण कुलकर्णी शनिबार आउने

    नेपाली क्रिकेट टिमको ब्याटिङ कन्सलट्यान्ट भारतीय प्रशिक्षक सुलक्षण कुलकर्णी शनिबार आउने

    काठमाडौं : नामिवियामा अर्को महिना हुने आइसीसी वर्ल्ड क्रिकेट लिग डब्लुसिएल डिभिजन टू का लागि नेपालको ब्याटिङ कन्सलट्यान्टका रुपमा भारतीय प्रशिक्षक सुलक्षण कुलकर्णी आउँदैछन्। सुलक्षण पर्सी शनिबार नेपाल आउने नेपाली टोलीका हेड कोच जगत टमाटाले पहिलोपोस्टलाई बताए। नेपालले ब्याटिङ कन्सलट्यान्टका लागि अर्का भारतीय प्रशिक्षक मोन्टी देसाईलाई ल्याउन चाहेपनि क्राइटेरिया नमिलेको र आइसीसीले पनि देसाई बाहेक अरु नै प्रशिक्षकको नाम पठाएपछि…

    विस्तृतमा पढ्नुस्

  • नेत्रहीन विश्वकप क्रिकेट टोली : जाँदा रेलमा फर्कदा प्लेनमा

    नेत्रहीन विश्वकप क्रिकेट टोली : जाँदा रेलमा फर्कदा प्लेनमा

    काठमाडौं: पहिलो पटक नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट खेलिरहेको नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टोलीले आज डिफेण्डिङ च्याम्पियन भारतसँग खेलिरहेको छ। यसअघि दुई पटक टी-२० विश्वकप क्रिकेट खेलेपछि एकदिवसीयमा नेपालको यो पहिलो सहभागिता हो। पाकिस्तान र युएईमा संयुक्त रुपमा सञ्चालन भइरहेको पाँचौँ संस्करणको यस विश्वकपमा कूल ६ टोलीको सहभागिता छ र बाँकी ५ टोली नेपालभन्दा अनुभवी समेत छन्। यसअघि पाकिस्तानमा भएको आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • पुरानै फर्मुला, नयाँ नाम : 'मिस्टर झोले' 

    पुरानै फर्मुला, नयाँ नाम : 'मिस्टर झोले' 

    गाउँले परिवेश, एक युवतीसँग दुई केटाको प्रेम, विवाहको पारिवारिक चर्चा, कथित माथिल्लो र तल्लो जातबीचको मित्रता, दु:ख, गुनासो, पीडा पोख्ने भट्टी, सहरबाट गाउँ पस्ने 'गुण्डा', एउटा रमाइलो गीत, हास्यव्यङ्ग्य। फिल्मको यस्तै परिवेशहरु सुन्दा लाग्छ यो सन् २०१३ र २०१५ मा सार्वजनिक 'कबड्डी' वा 'कबड्डी कबड्डी'को कुरा हो। तर शुक्रबार सार्वजनिक फिल्म 'मिस्टर झोले' हेर्दा पनि ठ्याक्कै त्यही परिवेश र शैली…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेटको भविष्य जोडिएको डिभिजन टू, प्रशिक्षक र कप्तान भन्छन 'लक्ष्य शीर्ष दुई'

    नेपाली क्रिकेटको भविष्य जोडिएको डिभिजन टू, प्रशिक्षक र कप्तान भन्छन 'लक्ष्य शीर्ष  दुई'

    काठमाडौं: मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको पोजेटिभिटी मान्ने हो भने नेपाली आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) डिभिजन टू'को शीर्ष दुई स्थानमा रहन्छ। नेपाल टप टू'मा रहेर वान डे वर्ल्ड कपको क्वालिफायरमा छनोट हुनुपर्छ र हुन्छ भन्ने उनीहरुको तर्क पनि हो। आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप डिभिजन टू अर्को महिना नामिवियामा सुरु हुँदैछ र त्यसका लागि नेपालले मंगबारदेखि…

    विस्तृतमा पढ्नुस्

  • डिभिजन टू को लागि के छ नेपालको तयारी? यस्तो छ प्रशिक्षक टमाटाको भनाई

    डिभिजन टू को लागि के छ नेपालको तयारी? यस्तो छ प्रशिक्षक टमाटाको भनाई

    काठमाडौं : अर्को महिना नामिवियामा हुने आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) डिभिजन टू को लागि नेपालले मंगलबारदेखि तयारी सुरु गरेको छ। प्रारम्भिक चरणमा छनोट भएका २१ खेलाडी लिएर प्रशिक्षक जगत टमाटा तयारीमा लागेका हुन्। डब्लुसिएलको बटम ४ मा रहेपछि नेपालसहित केन्या, युएई र नामिविया डिभिजन टू मा घटुवा भएका हुन्। यी चारहसित डिभिजन थ्री बाट बढुवा भएका ओमान र क्यानाडा सम्मिलित…

    विस्तृतमा पढ्नुस्

  • १४ महिनापछि फुटबलमा फर्कियो थ्री स्टार, पहिलेको भन्दा अझै राम्रो खेल्ने लक्ष्य

    १४ महिनापछि फुटबलमा फर्कियो थ्री स्टार, पहिलेको भन्दा अझै राम्रो खेल्ने लक्ष्य

    काठमाडौं : ए डिभिजन क्लब रुस्लान थ्री स्टारले १४ महिनापछि फुटबलमा पुनरागमन गर्दै भोलीदेखि सुरु हुने सुदूरपश्चिम खप्तड गोल्डकपमा सहभागिता जनाउने भएको छ। बिहीबार क्लबले खप्तड गोल्डकपमका सहभागि हुने जानकारी गराउँदै टिमलाई बिदाई समेत गरेको छ। विक्रम लामाको कप्तानीमा रहेको १९ खेलाडीसहित २५ सदस्यीय टोलीलाई क्लबले शुभकामनासहित बिदाई गरेको हो। गत वर्ष सेप्टेम्वरमा भारतको गुहावटीमा भएको बोर्डोलोइ ट्रफी खेलेयता थ्री स्टार कुनै…

    विस्तृतमा पढ्नुस्

  • इपीएलको ११ कीर्तिमान

    इपीएलको ११ कीर्तिमान

    काठमाडौं : नेपाली क्रिकेट इतिहासमै सबैभन्दा ठूलो डोमेस्टिक प्रतियाेगिता एभरेष्ट प्रिमियर लिग हिजोबाट सकिएको छ। फाइनलमा पारस खड्काको कप्तानीमा विराटनगर वारियर्सले शरद भेषावकरको भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै उपाधि जित्यो। निकै रोमाञ्चक फाइनल प्रतियोगिताकै गेम अफ दी टुर्नानामेन्ट बन्यो। नेपालको डोमेस्टिक क्रिकेट टुर्नामेन्टमा पहिलो पटक मैदानमै साइड स्कृन राखेर उपस्थित दर्शकदलाई समेत स्कृनमा खेल प्रत्यक्ष देखाइएको थियो। त्यही स्कृनबाट…

    विस्तृतमा पढ्नुस्

  • आज हुँदैछ इपीएलको फाइनल : गत वर्षका ६ च्याम्पियन प्लेअर खेल्दै

    आज हुँदैछ इपीएलको फाइनल : गत वर्षका ६ च्याम्पियन प्लेअर खेल्दै

    काठमाडौं : एभरष्ट प्रिमियर लिग (इपीएल)को दोस्रो संस्करणको फाइनल खेल आज हुँदैछ। उपाधिका लागि राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्स र शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडिएटर्स भिड्दैछन्। कीर्तिपुरस्थित टीयू मैदानमा हुने फाइनलको विजेताले नगद २१ लाख र ट्रफी हात पार्नेछन्। ६ कर्पोरेट हाउसको नामबाट ६ टिम पहिलो संस्करणको इपीएल भएको थियो। यसपटक अक्सनबाट खेलाडी लिलामी, मार्क्यु प्लेअर र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell