PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • सिन्धुपाल्चोक ६ किलो बस दुर्घटनाका कारण : चालकसँग कतारको लाइसेन्स! सडकको अवस्था जोखिमपूर्ण

    सिन्धुपाल्चोक ६ किलो बस दुर्घटनाका कारण : चालकसँग कतारको लाइसेन्स! सडकको अवस्था जोखिमपूर्ण

    काठमाडौं : सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटना चालकको कमजोरी र सडकको अवस्थाका कारण भएको छानबिन समितिले निष्कर्ष निकालेको छ। संघीय सडक सुपरिवेक्षण तथा अनुगगन कार्यालयका इन्जिनियर राजेन्द्रराज शर्माको संयोजनमा गठन भएको समितिले उक्त निष्कर्ष निकालेको हो। सोमबार समितिले प्रतिवेदन भौतिक मन्त्रालयमा बुझाएको छ। सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडकखण्डमा पर्ने ६ किलोमा गत मंसिर २९ गते बा ४ ख ४४६८ को…

    विस्तृतमा पढ्नुस्

  • सुरुङ मार्गको युगोन्मुख नेपाल, प्राथमिकतामा पाँच : एउटामा थालियो काम, १३ वटाको सम्भाव्यता अध्ययन हुँदै

    सुरुङ मार्गको युगोन्मुख नेपाल, प्राथमिकतामा पाँच : एउटामा थालियो काम, १३ वटाको सम्भाव्यता अध्ययन हुँदै

    काठमाडौं : पहाडी बाटो भएकाले सडक यातायात सहज बनाउन सुरुङ मार्ग सधैं चर्चामा रहने गर्छ नेपालमा। सडक सञ्जाल छोटो र सहज बनाउन सुरुङ मार्गको महत्व धेरै भए पनि यसका लागि लागत भने चर्कै लाग्छ। त्यसैले धेरैजसो आयोजनाहरु काजमै सीमित रहँदै आएका छन्। तर, यतिखेर भने सुरुङ बनाउने विषय कागजबाट यथार्थमै परिणत हुनसक्ने केही आधारहरु तयार भएका छन्। अर्थात् देश सडक…

    विस्तृतमा पढ्नुस्

  • 'माघ १५ पछि काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न पर्दैन' : पत्याउनुहुन्छ?

    'माघ १५ पछि काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न पर्दैन' : पत्याउनुहुन्छ?

    काठमाडौं : तपाईँले पछिल्लो समय काठमाडौंको सडकको अवस्था कस्तो अनुभव गर्नु भएको छ? केही स्थानहरुलाई छाड्ने हो भने धेरै ठाउँमा कालोपत्रे भएको पक्कै देख्नु भएको होला। त्यसको असर सडकमा उड्ने धुलो पनि कम हुन थालेको अनुभव पनि गरेको हुनुपर्छ। आखिर कसरी भयो त यस्तो? 'टास्क फोर्स' नै गठन गरेर खाल्डाखुल्डी पुर्न सुरू गरिएसँगै उपत्यकाका सडकहरू सुधार आएको हो।  उपत्यकाका अधिकांश सडकहरूमा धमाधम…

    विस्तृतमा पढ्नुस्

  • सवारी चालक अनुमतिपत्र परीक्षामा झन् कडाइ, अब बाटोमा कुदाएको हेरेर मात्र लाइसेन्स दिइने

    सवारी चालक अनुमतिपत्र परीक्षामा झन् कडाइ, अब बाटोमा कुदाएको हेरेर मात्र लाइसेन्स दिइने

    काठमाडौँः ठूला सवारीसाधनका लागि दिइने सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक दुवै परीक्षा परिवर्तन हुने भएको छ। संघीय सवारी तथा यातायात व्यवस्था ऐनमा नै ठूला सवारीसाधन संचालनका लागि लिइने लाइसेन्सको परीक्षा परिवर्तन गर्न प्रस्ताव गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए। उनका अनुसार, सार्वजनिक सवारीसाधनका चालकका लागि लक्षित गरेर यो नियम ल्याउन लागिएको हो। संघीय ऐनका विषयमा छलफल…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं-तराई मधेश द्रुतमार्ग निर्माणमा यसरी खट्दै सेना, २५ फोटोमा हेर्नुस्

    काठमाडौं-तराई मधेश द्रुतमार्ग निर्माणमा यसरी खट्दै सेना, २५ फोटोमा हेर्नुस्

    काठमाडौं : नेपाली सेनाको व्यवस्थापकीय जिम्मेवारीमा निर्माण भइरहेको काठमाडौं-तराइ/मधेश द्रुतमार्ग समयमा सक्ने भन्दै तीव्र काम भइरहेको छ।  आयोजनाको मुख्य तीन संरचना रहेका छन्, पुल, सुरूङमार्ग र सडक।  ७२.५ किलोमिटर कुल लम्बाइमध्ये ५५ किमी सडक पर्दछ भने करिब २० किमि पुल र ६ किमि टनेल पर्दछ।  सडकको ८० प्रतिशत काम सकिएको सेनाले जनाएको छ। ५५ किमिमध्ये करिब ३० किमि डिजाइन लेभलको काम भइसकेको छ। बाँकी खण्डमा पनि काम धमाधाम…

    विस्तृतमा पढ्नुस्

  • चीनसँग जोड्ने रेलको कुरो कहाँ पुग्यो? आउँदै २३ सदस्यीय चिनियाँ टोली

    चीनसँग जोड्ने रेलको कुरो कहाँ पुग्यो? आउँदै २३ सदस्यीय चिनियाँ टोली

    काठमाडौं : नेपाल चीन जोड्ने केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता (फिजिविलिटी) अध्ययन अघि बढाउने विषयमा वार्ता गर्न चिनियाँ टोली आगामी साता काठमाडौं आउने भएको छ। रेल विभागका अनुसार सोमबार २३ सदस्यीय चिनियाँ टोली काठमाडौं आईपुग्ने छ। मंगलबार केरुङ काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढाउने विषयमा द्वीपक्षीय छलफल हुनेछ। छलफलले सम्भाव्यता अध्ययन कहिलेबाट सुरु गर्ने, कसको लगानी कति हुने, कसरी गर्ने भन्ने लगायतका…

    विस्तृतमा पढ्नुस्

  • रेल चलाउन भारतको अनौठो प्रस्ताव : चालकदेखि सुरक्षा गार्डसमेत भारतीय नै राख्नुपर्ने!

    रेल चलाउन भारतको अनौठो प्रस्ताव : चालकदेखि सुरक्षा गार्डसमेत भारतीय नै राख्नुपर्ने!

    काठमाडौं : निर्माणाधीन जयनगर जनकपुर रेलमार्ग संचालनका लागि भारतले विशेष शर्तसहितको प्रस्ताव अघि सारेको छ। यो शर्तमा रेल संचालनका लागि चालकदेखि सुरक्षामा खटिने पालेसम्म भारतीयलाई राख्नुपर्ने उल्लेख छ। दुई वर्षसम्म चालकदेखि सुरक्षाकर्मीसम्म राख्नुपर्ने र त्यसवापत नेपालले रकम उपलब्ध गराउनुपर्ने उसको प्रस्ताव छ। कोंकर्ण रेल्वे कम्पनीले रेल विभागलाई रेलसँगै आवश्यक प्राविधिकदेखि पालेसम्म सबै खालको जनशक्ति उपलब्ध गराउने प्रस्ताव पठाएको रेल विभागका…

    विस्तृतमा पढ्नुस्

  • ४८ प्रतिशत काम सकिएको मध्यपहाडी लोकमार्ग सीमा निर्धारणले रोकिने अवस्थामा

    ४८ प्रतिशत काम सकिएको मध्यपहाडी लोकमार्ग सीमा निर्धारणले रोकिने अवस्थामा

    काठमाडौंः सरकारले राष्ट्रिय प्राथमिकताका साथ अघि बढाएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सडक सीमा निर्धारण भने हुन सकेको छैन। राजमार्ग घोषणा गरिएको भए पनि अहिलेसम्म सडक सीमा निर्धारण नहुँदा विभिन्न स्थानमा समस्या आउन थालेका छन्। स्पष्ट नीतिगत व्यवस्था नभइ आयोजनाको काम सुरु गरिएकाले भविष्यमा समेत ठूलो समस्या आउन सक्ने मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर नारायण पौडेलले जानकारी दिए। उनका अनुसार, अहिले स्थानीयले उपलब्ध…

    विस्तृतमा पढ्नुस्

  • खोकना - बुढानीलकण्ठ मेट्रो रेलको डिपिआर बन्दै, धुलिखेल - नागढुंगा रुटमा ड्रइङ सुरु

    खोकना - बुढानीलकण्ठ मेट्रो रेलको डिपिआर बन्दै, धुलिखेल - नागढुंगा रुटमा ड्रइङ सुरु

    काठमाडौं : खोकनादेखि बुढानीलकण्ठसम्म मेट्रो रेल निर्माण गरिने भएको छ। चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाहलाई लक्षित गर्दै खोकनादेखि बुढानिलकण्ठ रुटमा मेट्रो रेल विकास गर्न लागिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। उनका अनुसार आगामी डेढ वर्षभित्रमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार हुनेछ। डिपिआर तयार हुनासाथ निर्माणमा तत्कालै जाने विभागको योजना छ। महाराजगंजदेखि सातदोबाटो १२ किलोमिटर खण्डको फिजिविलिटी(सम्भाव्यता) अध्ययन गरिसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • फास्ट ट्र्याकको पुलको ठेक्का फटाफट गर्ने सेनाको तयारी

    फास्ट ट्र्याकको पुलको ठेक्का फटाफट गर्ने सेनाको तयारी

    काठमाडौं :  महत्वकांक्षी र बहुचर्चित फास्ट ट्र्याकको निर्माणलाई गति दिन नेपाली सेनाले आयोजनामा पर्ने पुलहरुको ठेक्का निकाल्ने अन्तिम तयारी गरेको छ। नेपाली सेनाका सहायकरथी विज्ञानदेव पाण्डेले तयारी पूरा भइसकेकाले एक/दुई दिनमै पुल निर्माणको टेण्डर निकाल्न लागिएको जानकारी दिए। उनका अनुसार, नेपाली निर्माण व्यवसायीले निर्माण गर्न सक्ने पुलहरुको ठेक्का निकाल्न लागिएको हो। द्रुतमार्ग आयोजनाको नेपाली र विदेशी कम्पनीहरुले निर्माण गर्ने पुलहरु…

    विस्तृतमा पढ्नुस्

  • नागढुंगा-सिस्नेखोला सुरुङमार्ग तीन वर्षमै बनाउने जापानी कम्पनीको दाबी, मोटरसाइकल र ट्यांकर चलाउन नपाइने

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग तीन वर्षमै बनाउने जापानी कम्पनीको दाबी, मोटरसाइकल र ट्यांकर चलाउन नपाइने

    काठमाडौं : नेपालको पहिलो सुरुङमार्ग नागढुंगा-सिस्नेखोला निर्माणको जिम्मा पाएको जापानी कम्‍पनीले सम्झौता अवधिभन्दा आठ महिनाअघि नै सुरुङमार्ग बनाइ सक्ने दाबी गरेको छ। सुरुङमार्गको निर्माण अवधि ४२ महिना भए पनि जापानी कम्पनी हाज्मा/आन्दो कर्पोरेशनले ३६ महिनामा नै बनाइ सक्ने प्रतिबद्धता जनाएको भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जानकारी दिए। उनका अनुसार निर्माण अवधिभन्दा अगावै पूरा गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने…

    विस्तृतमा पढ्नुस्

  • के मयुरको प्वाँख झर्न थालेको हो ? यातायात सिन्डिकेट खारेज गराउन उत्प्रेरक बनेको कम्पनीको ओरालो यात्रा

    के मयुरको प्वाँख झर्न थालेको हो ? यातायात सिन्डिकेट खारेज गराउन उत्प्रेरक बनेको कम्पनीको ओरालो यात्रा

    काठमाडौं : सिन्डिकेट खारेज गर्न सरकारलाई सहयोग गरेर लोकप्रिय बनेको मयुर यातायात आफैँ धरापमा परेको छ। यतिखेर मयुर यातायातका बसहरु बिक्रीमा छन्।  कम्पनी निरन्तर घाटामा गएका कारण लगानीकर्ताहरुबीच विवाद सुरु भएपछि बस बेच्न लागिएको हो। कम्पनीका एक व्यवसायीले बस बेचेर विवाद निकाल्ने लगानीकर्ताहरुको शेयर रकम फिर्ता गर्न लागिएको जानकारी दिए। उनका अनुसार व्यवस्थापनको कमजोरीका कारण कम्पनी घाटामा गएको भन्दै व्यवसायीहरुले…

    विस्तृतमा पढ्नुस्

  • विश्व बैंकको लगानीमा यस्तो बन्नेछ नागढुङ्गा - मुग्लिन सडक : के अहिलेको जामबाट मिल्ला त मुक्ति?

    विश्व बैंकको लगानीमा यस्तो बन्नेछ नागढुङ्गा - मुग्लिन सडक : के अहिलेको जामबाट मिल्ला त मुक्ति?

    काठमाडौं : नागढुङ्गा मुग्लिन सडकखण्ड आगामी जनवरीदेखि विस्तार थाल्ने गरी गृहकार्य सुरु भएको छ। डिसेम्बरसम्ममा सबै प्रक्रिया सकेर जनवरीबाट काम थाल्ने योजनाका साथ काम भइरहेको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। उनका अनुसार ऋण र ठेक्का दुवै सम्झौता एकै पटक गर्ने तयारी छ। महाशाखाले आगामी महिना टेण्डर निकाल्ने छ। विश्व बैंकसँग पनि ऋण सम्झौताको प्रक्रिया पनि सँगसँगै…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति सी’को नेपाल भ्रमणः ठूला पूर्वाधारमा चीनले किन देखाएन चासो?

    राष्ट्रपति सी’को नेपाल भ्रमणः ठूला पूर्वाधारमा चीनले किन देखाएन चासो?

    काठमाडौँः चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणमा लागि नेपालले तयार पारेको ठूला पूर्वाधार परियोजनामा सम्झौता हुन सकेन। नेपालले टोखा-छहरे सुरुङमार्ग, अरनिको राजमार्ग स्तरोन्नति, लेगुवाघाट-किमाथांका सडक निर्माणका लागि चीनलाई बनाइदिन भन्दै प्रस्ताव तयार पारेको थियो। अझ केरुङ-काठमाडौं रेलमार्ग निर्माणको मोडालिटी नै तयार पार्ने पक्षमा नेपाल थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले सीको भ्रमणअघि पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा रेलमार्ग निर्माणको मोडालिटी तय हुने जानकारी दिएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची खानेपानी र सिनो हाइड्रोबीच सुरुङमार्ग फिनिसिङ गर्ने सहमति, एक वर्षमा काम पुरा गरिने

    मेलम्ची खानेपानी र सिनो हाइड्रोबीच सुरुङमार्ग फिनिसिङ गर्ने सहमति, एक वर्षमा काम पुरा गरिने

    काठमाडौं: मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गर्ने जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ। आइतवार मेलम्ची खानेपानी आयोजना र सिनो हाइड्रो कर्पोरसनबीच बाँकी काम गर्ने सम्झौता भएको हो। सम्झौतापत्रमा आयोजनाका तर्फबाट मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्री र कम्पनीका तर्फबाट  वाङ हुवाले हस्ताक्षर  गरेका छन्। सम्झौता भएको एक महिनाभित्र कम्पनीले काम शुरु गरी सक्नुपर्नेछ। आयोजनाले २८ दिनमा काम…

    विस्तृतमा पढ्नुस्

  • कम्पनी मोडलमा सञ्चालनमा आएका ठूला बसको संकटः कुनै बन्द, कुनैलाई बैंकको किस्ता तिर्न समेत मुस्किल

    कम्पनी मोडलमा सञ्चालनमा आएका ठूला बसको संकटः कुनै बन्द, कुनैलाई बैंकको किस्ता तिर्न समेत मुस्किल

    काठमाडौँः ०७० सालमा साझा यातायातको पुर्नजन्म भयो। साझा यातायातको उपत्यकामा पुर्नजन्मसँगै सार्वजनिक यातायातमा यू-टर्न समेत भयो। साना (माइक्रोबस) बाट आजित भएका उपभोक्ताका लागि साझाको ठूलो बसले आकर्षित गर्‍यो। साझाले ठूला बस सञ्चालनमा ल्याएसँगै निजी कम्पनी दर्ता भए। र, ठूला सुविधासम्पन्न बसहरु भित्र्याउन थाले। तत्कालीन अर्थमन्त्री डा.रामशरण महतको कम्पनी मोडलमा दर्ता भएर ४० सिटभन्दा माथिका बस चलाउनेलाई ८० प्रतिशत राजस्व छुट दिने…

    विस्तृतमा पढ्नुस्

  • मुग्लिनबाट पोखरासम्मै चार लेन सडक! ठेक्काको तयारी अन्तिम चरणमा

    मुग्लिनबाट पोखरासम्मै चार लेन सडक! ठेक्काको तयारी अन्तिम चरणमा

    काठमाडौं : पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै मुग्लिन-पोखरा सडक चार लेन बनाउने भएको छ। मुग्लिनदेखि पोखरासम्मै चार लेनको सडक निर्माण गर्न लागिएको भए पनि पहिलो चरणमा आँबुखैरेनीबाट पोखरा खण्ड निर्माण हुनेछ भने दोस्रो चरणमा मुग्लिन- आँबुखैरेनी खण्ड विस्तार हुनेछ।  आयोजनाका अनुसार मुग्लिनदेखि आँबुखैरेनी सडक खण्डमा मर्स्याङदीको पावर हाउस पर्छ। त्यहाँको भौगोलिक बनोट अत्यन्त जटिल भएकोले त्यहाँ सडकको विकल्प खोजिने…

    विस्तृतमा पढ्नुस्

  • दुई महिनापछि सुरु हुँदै नागढुङगा-नौविसे सुरूङमार्गको निर्माण, आगामी साता ठेक्का सम्झौता

    दुई महिनापछि सुरु हुँदै नागढुङगा-नौविसे सुरूङमार्गको निर्माण, आगामी साता ठेक्का सम्झौता

    काठमाडौं : बहुचर्तित नागढुङगा-नौविसे सुरूङमार्ग दुई महिनापछि मात्रै निर्माण सुरु हुने भएको छ। गत असारमै शिलान्यास गरेर निर्माण सुरु गर्ने लक्ष्य राखिएको भएपनि पाँच महिना ढिला गरी निर्माण थाल्न लागिएको हो।  आगामी साता ठेक्का सम्झौता गर्ने र नोभेम्वरबाट काम सुरु गर्ने योजनाका साथ काम भैरहेको नागढुङगा-नौविसे सुरुङमार्ग आयोजना प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए।  उनका अनुसार गत साता जापानी टोलीसँग आयोजना सम्वन्धमा…

    विस्तृतमा पढ्नुस्

  • पुरानो बसपार्क कब्जा प्रकरण: आकाशे पुल मात्र बनाएका भेटवालको महानगर कनेक्सन

    पुरानो बसपार्क कब्जा प्रकरण: आकाशे पुल मात्र बनाएका भेटवालको महानगर कनेक्सन

    काठमाडौं: काठमाडौंमा आकाशे पुल निर्माण गरेका ठेकेदार मनोज भेटवालले पुरानो बसपार्कमा महानगरपालिकाको व्यावसायिक भवन निर्माण गर्ने ठेक्कासँगै ३० वर्ष सञ्चालनको अनुमति पाए। केही आकाशे पुल निर्माण गरेकै भरमा ५ वर्षअघि भेटवालले काठमाडौंको केन्द्रमा रहेको बसपार्कमा महानगरको बहुतले व्यावसायिक भवन निर्माण र सञ्चालनको ठेक्का कसरी हात पारे त? भेटवालले काठमाडौं महानगरपालिकाका उच्च तहका कर्मचारीसँगको साँठगाँठकै कारण व्यावसायिक भवन बनाउने ठेक्कासँगै भवनलाई…

    विस्तृतमा पढ्नुस्

  • कान्ति लोकपथको लगानी, बालुवामा पानी

    कान्ति लोकपथको लगानी, बालुवामा पानी

    काठमाडौं : ७५ प्रतिशत काम सकिएको कान्ति लोकपथमा गरिएको लगानी खेर जाने भएको छ। भौगर्भिक अवस्थाको अध्ययन नगरी सडक निर्माण गरिएकाले लगानी खेर जाने अवस्था आएको प्राविधिकहरुले बताएका छन्। हेटौंडाबाट राजधानी जोड्ने यो सडकमा साढे दुई अर्ब लगानी गरिएको छ। करिव ९० किलोमीटरको यो सडक राजधानी जोड्ने छोटो दूरीको सडकको रुपमा लिइएको छ। 'वर्खाको समयमा सडक संचालन हुन सक्दैन्। यो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell