PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • सर्पदंशको औषधि नेपालमै बन्ने, वार्षिक १ अर्बको औषधि विदेश निर्यात गर्ने लक्ष्य

    सर्पदंशको औषधि नेपालमै बन्ने, वार्षिक १ अर्बको औषधि विदेश निर्यात गर्ने लक्ष्य

    काठमाडौँ :   निजी क्षेत्रको सक्रियतामा नेपालमै  पहिलोपटक सर्पदंशको औषधि उत्पादन हुने भएको छ। एन्टि स्नेक भेनम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ  कम्पनीले सरकारसँग औषधि उत्पादन गर्न इजाजत लिइसकेको बताएको छ। कम्पनीका अध्यक्ष लक्ष्मीप्रसाद फुयाँलले औषधि उत्पादन गर्नका लागि कानुनी बाटो खुलेको बताए। तीन वर्षअघि स्थापना भएपनि कानुनी झन्झटको कारण अहिलेसम्म काम गर्न नसकेको उनले उल्लेख गरे। उनले भने, ‘सरकारबाट इजाजत पाइसकेका छौँ। भवन…

    विस्तृतमा पढ्नुस्

  • गोविन्द केसीको अल्टिमेटम : सात दिनभित्र अध्यादेश प्रमाणीकरण नगरे आमरण अनशन

    गोविन्द केसीको अल्टिमेटम : सात दिनभित्र अध्यादेश प्रमाणीकरण नगरे आमरण अनशन

    काठमाडौँ :  डा. गोविन्द केसीले सात दिनभित्र चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण नभए पुनः आमरण अनशन सुरु गर्ने चेतावनी दिएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा आज पत्रकार सम्मेलन गरी केसीले राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण नभएको भन्दै आमरण अनशनका लागि सात दिनको अल्टिमेटम दिएका हुन्। केसीको माग सम्बोधन गर्न भन्दै सरकारले चिकित्सा शिक्षा अध्यादेश पारित गरेको दुई साता बितिसक्दा पनि राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण…

    विस्तृतमा पढ्नुस्

  • डा केसीले फैसला देखाउँदै  भने, ‘यी  आठ वटा फैसलाले अदालत माफियाको इसारामा चलेको पुष्टी गर्छ’

    डा केसीले फैसला देखाउँदै  भने, ‘यी  आठ वटा फैसलाले अदालत माफियाको इसारामा चलेको पुष्टी गर्छ’

    काठमाडौँ :  चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर संघर्ष गरिरहेका डाक्टर गोविन्द केसीले न्यायपालिकाको भ्रष्टाचार विरुद्ध लड्ने बताएका छन्। व्यवस्थापिका र कार्यपालिका जस्तै न्यायपालिका पनि माफियाको इसारामा चलेको हुनाले अबको लडाईँ न्यायपालिकाको नेतृत्व विरुद्ध हुने केसीले बताएका हुन्। चार वर्षभित्रमा मेडिकल कलेजको विवाद सम्वन्धमा सर्वोच्चले दिएको फैसला देखाउँदै केसीले अदालत माफियाको इसारामा चलेको प्रमाणित भएको बताएका छन्। डा केसीले  चार वर्षमा…

    विस्तृतमा पढ्नुस्

  • तीतो तथ्य : जेल पर्ने सबै अपराधी हुँदैनन्

    तीतो तथ्य : जेल पर्ने सबै अपराधी हुँदैनन्

    बीस वर्षअघि (सन् १९९७ मार्च ३) नेपाली नागरिक गोविन्द मैनाली जापानको जेलमा परे। उनलाई आरोप थियो - जापानी महिलाको बलात्कार गरी हत्या। मैनाली जेल परेको १५ वर्षपछि (सन् २०१२ जुन १५) उनी निर्दोष सावित भए। अनि नेपाल फर्के। उक्त घटनाले संसारभरको मिडियाहरुको ध्यान तान्यो।  त्यो घटनाले धेरै नेपालीले मात्र होइन विदेशीहरुले पनि बुझे – जेल पर्न अपराध नै गर्नुपर्दैन या…

    विस्तृतमा पढ्नुस्

  • आयोगको निर्णय असंवैधानिक, मेरो उम्मेदवारी कायमै छ : गोविन्दराज जोशी

    आयोगको निर्णय असंवैधानिक, मेरो उम्मेदवारी कायमै छ : गोविन्दराज जोशी

    काठमाडौं :  नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले आफ्नो उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको जानकारी नदिएको बताएका छन्। पहिलोपोष्टसँग कुरा गर्दै जोशीले आयोगको निर्णय असंवैधानिक भएको बताएका हुन्।  उम्मेदवारहरुलाई बोलाएर आफ्नो प्रतिरक्षा गर्न दिइनुपर्ने कानुनी व्यवस्था भएपनि आफूलाई कुरा राख्न नदिएको जोशीले बताए।  ‘आयोगले मेरो नाम हटाएको सुनेको छु। मलाई जानकारी नदिएको र म विरुद्धको उजुरीमा मलाई प्रतिरक्षा गर्न मौका दिइएन, मेरो…

    विस्तृतमा पढ्नुस्

  • उपचार पत्ता नलागेको एउटा ‘खतरनाक’ रोग जुन ‘मेडिकल साइन्टिस्ट’हरुको टाउको दुखाइ बन्दैछ 

    उपचार पत्ता नलागेको एउटा ‘खतरनाक’ रोग जुन ‘मेडिकल साइन्टिस्ट’हरुको टाउको दुखाइ बन्दैछ 

    काठमाडौँ : बालकोटकी ५५ वर्षकी सीता थापामा अचम्मको स्वाभाव देखिन थालेको छ। उनलाई आफ्नो नाम याद छैन। आफ्नै आफन्तहरुलाई समेत चिन्दिनन्। दैनिक सामान हराउँछिन्। पैसाको कारोबार बिर्सिन्छिन्। अनावश्यक भड्किने स्वाभावको कारण दिनहुँ जसो झगडा पर्छ। तर, आफूमा समस्या भएको उनलाई थाहा छैन। कसैले भन्दियो भने त्यसैसँग झगडा गर्न पुग्छिन्। उनको परिवार चिन्तित छ। धेरै अस्पताल धाएपछि बल्ल रोग पत्ता लाग्यो,…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर केसीले भने, ‘अबको लडाईँ माफियाको इशारामा चलेको सर्वोच्च अदालत विरुद्ध’

    डाक्टर केसीले भने, ‘अबको लडाईँ माफियाको इशारामा चलेको सर्वोच्च अदालत विरुद्ध’

    काठमाडौँ : चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर संघर्ष गरिरहेका डाक्टर गोविन्द केसीले न्यायपालिका क्षेत्रको भ्रष्टाचारविरुद्ध लड्ने बताएका छन्। व्यवस्थापिका र कार्यपालिका जस्तै न्यायपालिका पनि माफियाको इसारामा चलेको हुनाले अबको लडाईँ न्यापालिकाको नेतृत्व विरुद्ध हुने डा. केसीले बताएका हुन्।   सर्वोच्च अदालतले नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि डाक्टर केसीले पहिलोपोस्टसँग…

    विस्तृतमा पढ्नुस्

  • रन्जुको सफलताबाट हौसिएर काठमाडौँको चुनावी मैदानमा होमिएका अर्का युवा उम्मेदवार

    रन्जुको सफलताबाट हौसिएर काठमाडौँको चुनावी मैदानमा होमिएका अर्का युवा उम्मेदवार

    काठमाडौँ : मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभाको निर्वाचनका लागि मुख्य दलहरुले उम्मेदवार नै फाइनल गर्न सकिरहेका छैनन्, २८ वर्षीय मिलन पाण्डे भने प्रचारमा उत्रिसके।  विवेकशील साझा पार्टीबाट काठमाडौँ क्षेत्र नं ९ का उम्मेदवार मिलनको आफ्नै व्यापार-व्यवसाय छ। सोही कारण राजनीतिमा समय दिन सजिलो भएको उनी बताउँछन्।  ३० वर्ष नपुग्दै उम्मेदवार बनेपछि अहिले मिलनलाई अपरिपक्व भन्नेहरु धेरै छन्।…

    विस्तृतमा पढ्नुस्

  • त्रिशुली बस दुर्घटना:  घाइते दुर्गानन्द भन्छन 'तीव्र गतिकै कारण दुर्घटना भयो'

    त्रिशुली बस दुर्घटना:  घाइते दुर्गानन्द भन्छन 'तीव्र गतिकै कारण दुर्घटना भयो'

    काठमाडौँ: राष्ट्रिय ट्रमा सेन्टरमा सप्तरीका दुर्गानन्द चौधरी र उनका छोरा अविशेक उपचाररत छन्। त्रिशुलीमा बस खसेर घाइते भएका उनीहरुलाई शनिबार नै एम्बुलेन्समार्फत काठमाडौँ ल्याइएको हो। दुर्गानन्दको टाउकोमा चोट लागेको छ। हात क्षत-विक्षत भएको छ। देब्रे खुट्टामा ब्यान्डेज बाँधिएको छ। शरीरका सबै अंग सिसाले कोरेको छ। छोरा अविशेकको अवस्था उस्तै नाजुक छ। रवि बोल्न समेत सक्दैनन्। दुर्गानन्द घटना सम्झने स्थितिमा छैनन्। त्यो…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा दश वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, सरकारले पारित गर्‍यो अध्यादेश

    उपत्यकामा दश वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, सरकारले पारित गर्‍यो अध्यादेश

    काठमाडौँ : सरकारले डा. गोविन्द केसीको माग सम्बोधन गर्न भन्दै चिकित्सा शिक्षा अध्यादेश पारित गरेको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष आग्रह गर्ने निर्णय गरेको हो। राष्ट्रपतिबाट अध्यादेश जारीपछि कार्यान्वयनमा आउनेछ। डा. गोविन्द केसीको सुझाव र माथेमा प्रतिवेदनमा आधारित रहेर सरकारले अध्यादेश पारित गरेको सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए। पारित अध्यादेश अनुसार अब उपत्यकामा…

    विस्तृतमा पढ्नुस्

  • तिहारमा खानपान : के खाने? कसरी खाने?

    तिहारमा खानपान : के खाने? कसरी खाने?

    तिहारमा बन्ने अधिकांश परिकारहरुमा चिल्लो र गुलियोको मात्रा धेरै हुन्छ। चिकित्सकहरुका अनुसार गुलियो र चिल्लो धेरै रोगीहरुको लागि हानिकारक हुन्छ। निरोगी मानिसलाई पनि गुलियो र चिल्लो पदार्थ भएका खानेकुराहरुले फाइदा गर्दैन। मुटुरोग विशेषज्ञ यादवदेव भट्टका अनुसार चिल्लो तथा गुलियोले खानेकुराहरुले कोलेस्ट्रोल बढाउने मात्र हैन, रक्तचाप, मधुमेह र अम्लपित्त आदिको वृद्धि गर्छ। त्यसैले तिहारमा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस्…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीको स्वास्थ्य बिग्रदो: वार्तामा सहमति भएन, अनशन जारी रहने

    डा. केसीको स्वास्थ्य बिग्रदो: वार्तामा सहमति भएन, अनशन जारी रहने

    काठमाडौँ: अनशनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारी टोलीबीचको तेस्रो पटकको वार्ता पनि बिनानिश्कर्ष टुंगिएको छ। सोमबार रातिसम्म दुबै पक्षबीच छलफल भए पनि सहमति नभएको केसी पक्षका वार्ता टोली सदस्य अभिषेक राज सिंहले बताए। सिंहले दोस्रो वार्तामा भएका सहमति पनि सरकारी पक्षले नमानेपछि तेस्रो वार्ता विनानिश्कर्ष टुंगिएको बताए। सिंहले भने, ‘सरकारी वार्ता टोलीले डाक्टर केसीका सातवटै मागमा सहमति जनाउन नसकिने…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीको अवस्था बिग्रँदै, विवादका कारण आज वार्ता हुनै सकेन

    डा. केसीको अवस्था बिग्रँदै, विवादका कारण आज वार्ता हुनै सकेन

    काठमाडौँ : अनसनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारी टोली बीच आज हुने भनिएको वार्ता विवादका कारण यो समाचार तयार पार्दा साँझ ५ बजेसम्म बस्न सकेको छैन। दुबै टोलीले आफ्नै ठाउँमा वार्ता बस्नुपर्ने अडान राखेपछि वार्ता हुन नसकेको हो। सरकारी टोलीका वार्ता सदस्य डिल्ली रिमाल सिंहदरबारमा दिउँसो २ बजे वार्ता बस्ने भनेपनि डा केसी पक्षका टोली नआएपछि वार्ता बस्न नसकेको…

    विस्तृतमा पढ्नुस्

  • संसदको कार्यसूचीमै परेन चिकित्सा शिक्षा विधेयक 

    संसदको कार्यसूचीमै परेन चिकित्सा शिक्षा विधेयक 

    काठमाडौं :  दलहरुबीच सहमति नजुट्दा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३’ पास नहुने भएको छ। ' सभामुख ओनसरी घर्तीले डाकेको बैठकमा प्रमुख दलका शीर्ष नेताबीच सहमति  नजुटेपछि विधेयक संसदको कार्यसूचीबाट नै बाहिरिएको छ।  सभामुख घर्तीले हिजो विधेयक पारित गर्न डाकेको बैठकमा नेकपा एमालेले असहमति जनाएको थियो। आजको बैठक पनि विना निष्कर्ष टुंगिएको थियो। नयाँ सम्बन्धन, शिक्षण शुल्क र चिकित्सा शिक्षा आयोगजस्ता महत्वपूर्ण…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको चुनावी मैदानमा ३० वर्षमुनिका ३ नेता 

    काठमाडौंको चुनावी मैदानमा ३० वर्षमुनिका ३ नेता 

    २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा २५ वर्षीय युवा चुनावी मैदानमा उत्रिएका थिए। काठमाडौं क्षेत्र नम्बर ८ बाट कुकुर चुनाव चिह्न लिएर।   चार वर्षअघि उनी सबैभन्दा कम उमेरका उम्मेदवार थिए। त्यतिबेला उनलाई थोरैले मात्र नोटिस गरे। भोट पनि कम आयो। अहिले तिनै युवा काठमाडौं क्षेत्र नं ८ बाट फेरि चुनावी मैदानमा उत्रिएका छन्। विवेकशील साझा पार्टीका तर्फबाट। उनी…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सा विधेयक : संसदको आयु सकिनै लाग्दा एमालेको अवरोध, सभामुखलाई विशेषाधिकार प्रयोग गर्न डा.केसीको आग्रह

    चिकित्सा विधेयक : संसदको आयु सकिनै लाग्दा एमालेको अवरोध, सभामुखलाई विशेषाधिकार प्रयोग गर्न डा.केसीको आग्रह

    काठमाडौँ : राजनीतिक किचलोको कारण ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३’ पास हुनेमा शंका उत्पन्न भएको छ। शुक्रबार मध्यरातबाट व्यवस्थापिका संसदको आयु सकिन लागेको र विधेयक पास गर्न एमाले सांसदले सहमति नदिएको कारण विधेयक पास हुने सम्भावना टर्दै गएको हो।  नयाँ सम्बन्धन, शिक्षण शुल्क र चिकित्सा शिक्षा आयोगजस्ता महत्वपूर्ण विषययमा एमाले सांसद विपक्षमा उभिएपछि विधेयक संसदमा पेश गरी पारित गर्न नसकिएको कानुनमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • २५ सयको बीमा गर्दा अब ५० हजारसम्मको स्वास्थ्य उपचार नि:शुल्क

    २५ सयको बीमा गर्दा अब ५० हजारसम्मको स्वास्थ्य उपचार नि:शुल्क

    काठमाडौं: अब वार्षिक दुई हजार पाँचसय प्रिमियम तिरेपछि ५० हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार नि:शुल्क हुने भएको छ। व्यवस्थापिका संसदले स्वास्थ्य बीमा विधेयक पारित गर्दै यस्तो व्यवस्था गरेको हो। विधेयक प्रमाणीकरणपछि चरणबद्ध रुपमा कार्यान्वयनमा आउनेछ। अहिले आठ जिल्लामा स्वास्थ्‍यमा बीमा कार्यक्रम लागू छ। स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले परिमार्जनसहित विधेयक पारित भएको बताएका छन्। पोखरेलले पहिलोपोस्टसँग भने, ‘विधेयकमा धेरै परिमार्जन भएको छ।  विपन्न…

    विस्तृतमा पढ्नुस्

  • डा. केसी र सरकारबीच विवादित चिकित्सा विधेयकमा सहमति

    डा. केसी र सरकारबीच विवादित चिकित्सा विधेयकमा सहमति

    काठमाडौं : चिकित्सा क्षेत्रको सुधारको माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच प्रतिवेदनको मर्मअनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने सहमति भएको छ।  यसका लागि मंगलबार डा. केसी पक्ष, कानुन मन्त्रालयका प्रतिनिधि र शिक्षामन्त्रीबीच छलफल भएको थियो।    स्रोतका अनुसार संसदमा नेकपा एमालेले विधेयकमा विरोध नजनाए भोली नै डा. केसीको माग बमोजिम विधेयक पास हुनेछ।  डा. केसीका अन्य…

    विस्तृतमा पढ्नुस्

  • गर्भपतन गर्नेमा २० वर्षभन्दा कम उमेरका किशोरी धेरै

    गर्भपतन गर्नेमा २० वर्षभन्दा कम उमेरका किशोरी धेरै

    काठमाडौं : जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकअनुसार काठमाडाैंमा गर्भपतन गर्नेमा २० वर्षभन्दा कम उमेरका किशोरीहरु बढी देखिएका छन्। आर्थिक वर्ष २०७१/७२ मा गर्भपतन गराउने १३ हजार ७ सय ५७ महिलामध्ये तीन हजार ४ हजार ५८ जना २० वर्षमुनिका किशोरी थिए। जुन कुल संख्याको २५ प्रतिशत हो। त्यसैगरी २०७२/७३ मा १५ हजार ३ सय ६ जनाले गर्भपतन गराएका थिए। जुन कुल संख्याको…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षमै ८ गुणाले बढे काठमाडौंमा एचआइभी संक्रमित, यस्तो छ तथ्यांक

    दुई वर्षमै ८ गुणाले बढे काठमाडौंमा एचआइभी संक्रमित, यस्तो छ तथ्यांक

    काठमाडौं :  पछिलो समयमा राजधानीमा एचआईभी-एड्स संक्रमितको संख्या बढेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकमा विगतका वर्षभन्दा यो वर्ष एड्स संक्रमितको संख्या बढेको देखिएको हो। आर्थिक वर्ष २०७१/७२ मा १४ हजार ८ सय ६३ जनाले एइआइभी परीक्षण गराएकोमा ५३ जनामा मात्र एड्स देखिएको थियो। त्यसैगरी आर्थिक वर्ष ७२/७३ मा १६ हजार  २ सय २२ जनाले परीक्षण गराउँदा ४३१ जनामा यो राेग देखिएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell