PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

  • राजाको श्रीपेच सार्वजनिकपछि प्रम ओलीले भने : हलीको गोरु धपाउने लौरो संग्रहालयमा कहाँ बस्छ?

    राजाको श्रीपेच सार्वजनिकपछि प्रम ओलीले भने : हलीको गोरु धपाउने लौरो संग्रहालयमा कहाँ बस्छ?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो नारायणहिटीमा रहेको पूर्व राजाको श्रीपेच सार्वजनिक गरेका छन्। १० वर्षअघि पूर्व राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार संग्रहालयलाई हस्तान्तरण गरेको श्रीपेच र राजदण्ड आजबाट प्रदर्शनीमा राखिएको हो। त्यसको प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका हुन्। श्रीपेचसँगै राजदण्ड, कायरालगायत १२ वटा वस्तु आजबाट प्रदर्शनीमा राखिएको पुरातत्व विभागका प्रमुख भेषनारायण दाहालले जानकारी दिए। श्रीपेच सार्वजनिक भएसँगै नारायणहिटी…

    विस्तृतमा पढ्नुस्

  • हामी जादूगर हो र, स्याट्ट गर्दा कहिले अण्डा कहिले रुमाल आए जस्तै विकास गर्न : प्रम ओली

    हामी जादूगर हो र, स्याट्ट गर्दा कहिले अण्डा कहिले रुमाल आए जस्तै विकास गर्न : प्रम ओली

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विकास जादूगरी शैलीबाट नभई योजनाबद्ध तरिकाले मात्र हुने बताएका छन्।  राष्ट्रिय सभागृहमा आयोजित अवतरण पुस्तक विमोचन समारोहमा प्रमुख अतिथिका रुपमा रहेका प्रधानमन्त्री ओलीले आफ्नो चिरपरिचित ठट्यौलो शैलीमा भने,  'समाजमा जादू देखाउन खोजेको होइन। विकास गर्न खोजेको हो। हामी जादुगर होइन जादूगरले जस्तो अलमल्याउन। स्याट्ट गर्दा कहिले अन्डा, कहिले रुमाल आउने।' उनले सरकार विस्तारै विकासको काममा…

    विस्तृतमा पढ्नुस्

  • बम हानेर लुकेर हिँडेको भन्दै प्रचण्डले गरे विप्लवको आलोचना, ‘हामीले त खुलेआम भनेरै गर्‍यौँ'

    बम हानेर लुकेर हिँडेको भन्दै प्रचण्डले गरे विप्लवको आलोचना, ‘हामीले त खुलेआम भनेरै गर्‍यौँ'

    काठमाडौँ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नै पूर्व पार्टी माओवादीबाट अलग भएका नेत्रविक्रम चन्द ‘विप्लव’ लाई नामै नलिई उनको कार्यशैलीको आलोचना गरेका छन्।  राष्ट्रिय सभागृहमा आयोजित अवतरण पुस्तक विमोचन समारोहमा अतिथिका रुपमा निम्त्याइएका प्रचण्डले आफूहरुले सशस्त्र युद्ध गर्दाको परिस्थिति स्मरण गरे।  आफूहरुले ४० बूँदे माग बुझाएर खुलेआम जनतालाई भनेर जनयुद्ध सुरु गरेको बताउँदै विप्लवको नामै नलिई उनले भने, ‘यहाँ कतिपयले…

    विस्तृतमा पढ्नुस्

  • माधवकुमार नेपालप्रति प्रम ओलीको 'सफ्ट' अट्याक

    माधवकुमार नेपालप्रति प्रम ओलीको 'सफ्ट' अट्याक

    काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (ने क पा) अध्यक्ष केपी शर्मा ओली आफ्ना पार्टीका वरिष्ठ नेता माधव नेपालप्रति व्यंग्य गर्दै 'चित्त नबुझेको कुरा लयात्मक ढंगले व्यक्त गरेको' बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर आज स्वदेश फर्केका प्रधानमन्त्री ओलीले नेपालप्रति लक्षित गर्दै कवि मनले चित्त नबुझेको कुरा व्यक्त गर्नु ठूलो कुरो नभएको बताएका हुन्। नेकपाकै नेता नेपालले प्रतिनिधिसभामा…

    विस्तृतमा पढ्नुस्

  • सभापतिको शक्ति बढाएर 'टिम कांग्रेस' अर्जेन्टिना बनिरहने कि फ्रान्सको लयमा फर्कने?

    सभापतिको शक्ति बढाएर 'टिम कांग्रेस' अर्जेन्टिना बनिरहने कि फ्रान्सको लयमा फर्कने?

    टिम अर्जेन्टिना रसिया विश्वकपमा सबैभन्दा धेरै रुचाइएको टोली थियो। धेरैजसो नेपाली नेता अभिनेताको फेभरेट सूचीमा समेत अटेको थियो यो टिम। किनकि अर्जेन्टिनासँग मेस्सी थियो। उनै मेस्सीको जादुले मोहित भएकाहरू अर्जेन्टिनाले विश्वकप जित्ने दाबी गरिरहेका थिए। तर, अनुमान विपरीत टप १६ बाट नै घर फर्कनुपर्‍यो अर्जेन्टिना। टिम फ्रान्स खासै चर्चामा थिएन। किनकि फाट्टफुट्ट खेलेका युवा खेलाडीको समूह थियो त्यहाँ। फेरि युरो…

    विस्तृतमा पढ्नुस्

  • शक्ति थप्दै कांग्रेस सभापति : यस्ता छन् प्रस्तावित 'पावर'

    शक्ति थप्दै कांग्रेस सभापति : यस्ता छन् प्रस्तावित 'पावर'

    काठमाडौं : नेपाली कांग्रेसले सोमवार देशभर छलफलका लागि लैजान  विधान संशोधनको प्रारम्भिक मस्यौदा तयार पारेको छ। केन्द्रीय विधान संशोधान मस्यौदा समितिले तयार पारेको मस्यौदा हिजोदेखि छलफल शुरु भएको छ। शनिवारसम्म सात प्रदेशका १२ स्थानमा छलफल चल्नेछ।   प्रदेश १, ३ र कर्णालीमामा हिजैबाट छलफल सुरु भइसकेको छ भने अन्य प्रदेशमा आजबाट छलफल शुरु भएको छ।   अन्तिम मस्यौदा छलफलका लागि केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • किताब विमोचनमा किन राजनीतिक कुरा गर्न रोके चिरञ्जीवी वाग्लेले?

    किताब विमोचनमा किन राजनीतिक कुरा गर्न रोके चिरञ्जीवी वाग्लेले?

    काठमाडौं: शनिवार नेपाली कांग्रेसका नेता चिरञ्जीवी वाग्लेका दुई कृति विमोचन भयो।  काठमाडौंको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्व उपसभापति प्रकाशमान सिंह र गोपालमान श्रेष्ठलगायत नेताहरूले संयुक्त रूपमा विमोचन गरे। आफ्नो कृति विमोचनपछि काँग्रेस नेतासमेत रहेका वाग्लेले कांग्रेस हार्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको सुझाव दिए। आफ्नो जेलजीवनको स्मरण गर्दै वाग्लेले भने, कांग्रेसको ग्राउन्ड छ, आधार छ। त्यसैले अहिले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसी कर्मचारी संगठनको कार्यक्रममा कम्युनिष्ट सरकारविरुद्ध तरबार चलाउनेदेखि सरकार ढाल्नेसम्मका चेतावनी

    कांग्रेसी कर्मचारी संगठनको कार्यक्रममा कम्युनिष्ट सरकारविरुद्ध तरबार चलाउनेदेखि सरकार ढाल्नेसम्मका चेतावनी

    काठमाडौं : हरेक भदौ १९ मा झैं आज पनि नेपाली कांग्रेस निकट निजामती कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियनले स्थापना दिवस मनायो। काठमाडौंको नयाँ बानेश्वरस्थित बानेश्वर बैङ्क्वेटमा आज दिउँसो भएको कार्यक्रममा कांग्रेसका कर्मचारीले आफ्नै नेतृत्वले नहेरेको गुनासोदेखि वर्तमान सरकारविरुद्ध चेतावनी दिनसम्म भ्याए। एक बजेका लागि निर्धारण गरिएको कार्यक्रम प्रमुख अतिथि एवं कांग्रेस सभापति शेरबहादुर देउवा ढिला गरी आइपुगेकाले साढे एक…

    विस्तृतमा पढ्नुस्

  • निशानलाई बुवा गणेशले दिए जल, हजुरबुवाले दागबत्ती

    निशानलाई बुवा गणेशले दिए जल, हजुरबुवाले दागबत्ती

    काठमाडौं : पशुपति आर्यघाट आइपुग्नासाथ गणेश खड्का ढलिहाले, बेहोस जस्तै। सँगै रहेका दुई जनाले उनको ज्यान थेगे। मलेसियाबाट दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा आइपुगेका उनी ३ बजे पशुपति आर्यघाट आइपुगेका थिए। निलो ट्र्याक सुट र कालो क्याप लगाएका गणेश अपहरणपछि मारिएको छोराको अनुहार देख्दा ढल्न सक्ने पूर्वानुमानकै कारण दुईजनाले छाडेका थिएनन्। उनलाई सोझै सोझै ब्रम्हनाल पुर्‍याइयो। ब्रम्हनालको छड्के ढुंगामा ११…

    विस्तृतमा पढ्नुस्

  • 'इन्काउन्टर'मा मारिएका गोपालकी आमा छिन्डोमाको प्रश्न : किन मार्‍यो  छोरालाई?

    'इन्काउन्टर'मा मारिएका गोपालकी आमा छिन्डोमाको प्रश्न : किन मार्‍यो  छोरालाई?

    छिन्डोमा तामाङ - हाम्रो घर सिन्धुपाल्चोकको मासखर्क हो। बाह्रबिसे बजारबाट पाँच घन्टा उकालो चढेपछि पुगिन्छ। सोमवार हामी बारीमा कोदो गोड्दै थियौं। सबैले गोपालको खबर सुनाए, साढे ५ बजेतिर। पत्यार लाग्ने कुरै थिएन। छोरो मरेको खबरले केही गर्न सकिँन।  चार छोरामध्येकै जेठो, घरको आडभरोसा। भाइबहिनीलाई पढाउनुपर्छ भनेर खर्च पठाइरहन्थ्यो। हाम्रो खेती किसानीमै दिन बित्छ। कमाइ गर्ने अरु बाटो छैन। त्यसैले गोपालले दु:ख…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै नेतृत्वमा मेडिकल कलेज थपिँदा समस्या आएको कांग्रेसद्वारा स्वीकार, भन्यो : त्यही भएर माथेमा आयोग र विधेयक ल्यायौं

    आफ्नै नेतृत्वमा मेडिकल कलेज थपिँदा समस्या आएको कांग्रेसद्वारा स्वीकार, भन्यो : त्यही भएर माथेमा आयोग र विधेयक ल्यायौं

    काठमाडौं : नेपाली कांग्रेसले आफ्नै नेतृत्वकालमा दुईबाट दुई दर्जन मेडिकल कलेज स्थापना भएको स्वीकार्दै संख्यासँगै समस्यासमेत बढेको जनाएको छ। ‘कांग्रेसकै नेतृत्वकालमा दुईबाट दुई दर्जन मेडिकल कलेज पुगेका हुन्। संख्या बढेपछि समस्या पनि बढे,’ नेपाली कांग्रेसले आज आफ्नै कारण समस्या सिर्जना भएको स्वीकार्दै समाधानको पहल पनि आफैँले गरेको जनाउँदै भनेको छ, ‘समाधानका लागि डाक्टर केसीको माग सुनुवाई गर्दै माथेमा कार्यदल कांग्रेसले…

    विस्तृतमा पढ्नुस्

  • पहिलो चरणमा आँसु, दोस्रो चरणमा हाँस्दै राजीनामा, फोटोमा हेर्नुस कानुन मन्त्री तामाङको राजीनामाको क्षण

    पहिलो चरणमा आँसु, दोस्रो चरणमा हाँस्दै राजीनामा, फोटोमा हेर्नुस कानुन मन्त्री तामाङको राजीनामाको क्षण

    काठमाडौं: कानुनमन्त्री शेरबहादुर तामाङले मंगलबार दिउँसो कानुन मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरे। विवादास्पद अभिव्यक्ति दिएका तामाङले राजीनामा घोषणाका लागि आयोजना गरिएको कार्यक्रम झन्डै एक घन्टा ढिला शुरु भयो। आफ्नी जीवनसंगीनी उषाकला राईसँगै उपस्थित भएका कानुन मन्त्री तामाङले शुरुमा आफ्नो कार्यकालमा भएका कानुन मन्त्रालयका प्रगति विवरण सुनाए। प्रगति विवरण सुनाइसकेपछि उनी भावुक बने। आँशु झार्दै उषाकलातिर हेरे। र, सम्हालिए। त्यसको केहीबेरमै…

    विस्तृतमा पढ्नुस्

  • गोविन्द केसीका पक्षमा एक हुन आग्रह गर्दै देउवाले भने : माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ

    गोविन्द केसीका पक्षमा एक हुन आग्रह गर्दै देउवाले भने : माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ

    ललितपुर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीको माग जायज भएको उल्लेख गर्दै उनको माग पुरा गराउन कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका छन्। ३६ औं वीपी स्मृति दिवसका अवसरमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित सभालाई सम्बोधन गर्दै सभापति देउवाले केसीको माग पुरा नभएसम्म कांग्रेसले आन्दोलन जारी राख्ने र यही नै वीपीप्रतिको सम्मान हुने बताए। 'डा गोविन्द केसीको माग जायज…

    विस्तृतमा पढ्नुस्

  • दम्भको श्रीपेच लगाएर लोकतान्त्रिक गणतन्त्रको नेतृत्व हुन सक्दैन : नेपाली कांग्रेस

    दम्भको श्रीपेच लगाएर लोकतान्त्रिक गणतन्त्रको नेतृत्व हुन सक्दैन : नेपाली कांग्रेस

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार स्वेच्छाचारी बन्दै गएको आरोप लगाएको छ। सरकारका पछिल्ला गतिविधिलाई लिएर आज कांग्रेसले गरेको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘दम्भको श्रीपेच लगाएर लोकतान्त्रिक गणतन्त्रको नेतृत्व हुन सक्दैन ।’ सरकारविरुद्ध १३ बुँदै आरोप लगाउँदै कांग्रेसले भनेको छ – द्वन्द्वका लागि सरकारले प्रतिपक्षीलाई खुला आमन्त्रण गरेको छ।  हिजोमात्रै मन्त्रिपरिषदले अघिल्लो सरकारले गरेका नियुक्ति…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडा भेलाबाट देउवालाई राहत, पौडेलसँग बिच्किए सिटौला र प्रकाशमान, किन कमजोर पौडेल पक्ष?

    हेटौंडा भेलाबाट देउवालाई राहत, पौडेलसँग बिच्किए सिटौला र प्रकाशमान, किन कमजोर पौडेल पक्ष?

    हेटौंडा : जिल्ला - जिल्लाका सभापतिको 'फिडब्याक' लिन आयोजना गरिएको भनिए पनि नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलाको मुख्य उद्देश्य पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गर्नु थियो। पौडेल पक्षधरका सभापतिहरुको बाहुल्य रहेको हुनाले उनीहरुले हेटौंडामा देउवालाई र्‍याख‍र्‍याख्ती पार्ने योजना बनाएका थिए। ७५ जिल्ला सभापतिमध्ये ३२ सभापतिमात्र देउवा पक्षका थिए। यसैले पनि पौडेल पक्ष ढुक्का थियो, जिल्ला सभापतिहरुले देउवाको जमेर आलोचना…

    विस्तृतमा पढ्नुस्

  • कुनै पनि हालतमा कांग्रेसलाई नम्बर एक बनाउनुपर्छ, जाली काम गर्नेलाई महाभियोग : देउवा

    कुनै पनि हालतमा कांग्रेसलाई नम्बर एक बनाउनुपर्छ, जाली काम गर्नेलाई महाभियोग : देउवा

    हेटौंडा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई कुनै पनि हालतमा नम्बर एक बनाउनुपर्ने बताएका छन्। जिल्ला सभापतिहरुको भेला समापन कार्यक्रमलाई मकवानपुरको हेटौंडामा सम्बोधन गर्दै सभापति देउवाले यसका लागि आजैबाट अहोरात्र खट्ने प्रतिबद्धतासमते जाहेर गरे। 'कुनै पनि हालतमा पार्टीलाई नम्बर वान बनाउनुपर्छ। बहुमत पुग्नेगरी पुरानै अवस्थामा लानुपर्छ। यसका लागि साथीहरु पनि लाग्नुपर्‍यो। म पनि आजैबाट लाग्छु,' देउवाले भने। देशभरका साथीहरुले…

    विस्तृतमा पढ्नुस्

  • सरकारको विरोधमा कांग्रेस जिल्ला सभापतिहरुको १९ बुँदे हेटौंडा घोषणापत्र 

    सरकारको विरोधमा कांग्रेस जिल्ला सभापतिहरुको १९ बुँदे हेटौंडा घोषणापत्र 

    हेटौंडा : नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलामा हेटौंडा घोषणापत्र पेश भएको छ। काभ्रे जिल्लाका सभापति मधु आचार्यले १९ बुँदे घोषणपत्र सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेका हुन्।  भेलामा पेश भएको घोषणापत्रमा सरकारका पछिल्ला गतिविधिलाई राज्य आतंकको संज्ञा दिँदै विरोध गरिएको छ। यस्तै, सरकार लम्पसारवाद र सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाइएको छ। घोषणापत्रमा सरकार संघीयताविरोधी भएको पनि आरोप लगाइएको छ।  कांग्रेस जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सभापति भेलामा घोषणापत्र पेसः सरकार लम्पसारवाद र सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप

    कांग्रेस सभापति भेलामा घोषणापत्र पेसः सरकार लम्पसारवाद र सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप

    हेटौ‌ंडाः नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलामा हेटौंडा घोषणापत्र पेस भएको छ। काभ्रे जिल्लाका सभापति मधु आचार्यले घोषणापत्र पेस गरेका हुन्। घोषणापत्र सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ। घोषणापत्र जारी गर्दै सभापति भेला आज समापन हुँदैछ। १९ बुँदे घोषणापत्र भेलामा पेस भएको हो।  भेलामा पेस भएको घोषणापत्रमा सरकारका पछिल्ला गतिविधिलाई आतंकका संज्ञा दिँदै विरोध गरिएको छ। यस्तै, सरकार लम्पसारवाद र सर्वसत्तावादतर्फ उन्मुख…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस जिल्ला सभापतिहरुको 'फिडब्याक'को दस्तावेज 'हेटौंडा घोषणापत्र' आउँदै, प्रस्तावका रुपमा मात्र लगिने

    कांग्रेस जिल्ला सभापतिहरुको 'फिडब्याक'को दस्तावेज 'हेटौंडा घोषणापत्र' आउँदै, प्रस्तावका रुपमा मात्र लगिने

    हेटौंडा: मंगलबार दिउँसोबाट मकवानपुरको हेटौंडामा जारी नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला आज हेटौंडा घोषणापत्र जारी गर्दै सकिने भएको छ। बुधबारबाट सुरु बन्दसत्रमा जिल्ला सभापतिहरुको रायलाई समेटेर हेटौंडा घोषणापत्र तयार भइसकेको छ। घोषणापत्रमा सरकारप्रति कांग्रेसले हेर्नु दृष्टिकोण, बदलिएको संरचना अनुसार विधान परिमार्जन र संगठन कसरी सुदृढ गर्ने भन्ने विषय समावेश भएका छन्। यी विषय केन्द्रीय समितिमा प्रस्तावका रुपमा लगिने तयारी कांग्रेसको…

    विस्तृतमा पढ्नुस्

  • 'कांग्रेस हारको आरोपप्रत्यारोप खेल हारेपछि गोलकिपर र स्ट्राइकरले एकले अर्कालाई आलोचना गरेजस्तो'

    'कांग्रेस हारको आरोपप्रत्यारोप खेल हारेपछि गोलकिपर र स्ट्राइकरले एकले अर्कालाई आलोचना गरेजस्तो'

    हेटौंडा : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस जिल्ला सभापतिहरुले पार्टीको वर्तमान अवस्थाबारे आफ्नो धारणा राख्नेक्रम जारी रहेको जानकारी दिएका छन्। आज मकवानपुरको हेटौंडामा जारी जिल्ला सभापतिहरुको भेलाको बन्दसत्रबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस हारको दोष एकले अर्कालाई दिनु फुटबलमा हार व्यहोरेपछि गोल किपर र स्ट्राइकरबीचको आरोपप्रत्यारोप जस्तै भएको बताएका छन्। तीन विषयमा छलफल भइरहेको जानकारी गराउँदै प्रवक्ता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell