काठमाडौं: मंगलबारको मन्त्रिपरिषद्को बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै यसको परकम्प बालुवाटारमा आएको छ। सरकारले गरेको निर्णय आधिकारिक रुपमा सार्वजनिक भोलि बिहीबार सिंहदरबारबाट हुने छ। यद्यपि यसलाई सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुष्टि गरेका छन् की विप्लवका गतिवधिमाथि नियन्त्रण लिने निर्णय गरेको छ। सरकारले गरेको यस निर्णयले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा…
काठमाडौं: डा सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच भएको ११ बुँदे सहमति विवादको घेरामा तानिएको छ। सहमतिलाई लिएर संसदमा दोहोरी चल्दै गर्दा संसदबाहिर पनि सहमतिको विरोध भइरहेको छ। सहमतिप्रति सत्तापक्षका नेताहरु नै विभाजित भएका छन्। उनीहरुले एकअर्कालाई ‘औषधी’ खानसमेत सुझाब दिइरहेका छन् भने अर्कोतर्फ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई राजनीति गर्ने अर्को विषय फेला परेका छ। विभक्त सत्तापक्ष…
रौतहट : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले प्रदेश २ मा जनसभा गर्दै आफ्नो उपस्थितिलाई प्रदेशमा दरिलो देखाएको छ। गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि दुई नं प्रदेशमा भएको पहिलो सभामा सत्तारुढ दल ने क पाका नेताहरुले मधेसकेन्द्रित दलहरुमाथि धावा बोले। ६ वटा प्रदेशमा सरकार चलाइरहेको ने क पाले प्रदेश २…
रौतहट: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी(राजपा), नेपाललाई सरकारविरुद्ध नलाग्न चेतावनी दिएका छन्। ने क पा प्रदेश २ कमिटीको आयोजनामा आज रौतहटको गरुडामा भएको आमसभामा प्रधानमन्त्री ओलीले उक्त चेतावनी दिएका हुन्। ने क पाका अध्यक्षसमेत रहेका ओलीले राजपालाई व्याङ्ग्य गर्दै जनतालाई फकाइ फुल्याइ एकपटक झुक्याएर भोट पाउँदैमा सरकारविरुद्ध नलाग्न चेतावनी दिएका हुन्। उनले प्रदेश २ मा अर्को पटक नम्बर…
रौतहट: नेपाल कम्युनिस्ट पार्टी(ने क पा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव नेपालले दुई पार्टी मिलेर बनेको नेकपालाई टक्कर दिने कुनै पार्टी नभएको दाबी गरेका छन्। आज रौतहटको गरुडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले देश बचाउने पार्टीसमेत ने क पा भएको बताए। नेपालले भने, 'परिवर्तनको सबै आन्दोलनको नेतृत्व कम्युनिस्ट पार्टीले गरेको हो। अरु पार्टी देश लुट्ने पार्टी हुन्। देश बचाउने…
रौतहट : रौतहटको गरुडामा हुने आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं ने क पाका अध्यक्ष केपी शर्मा ओली कार्यक्रमस्थल पुगेका छन्। ओलीसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन्। जेठ ३ गते एमाले र माओवादी केन्द्र बीच एकतापछि यो सभा पहिलो पटक हुन लागेको हो। कार्यक्रमस्थलमा यतिबेला भिड देखिएको छ।
रौतहट : ने क पा प्रदेश २ कमिटीको आयोजनामा शनिवार रौतहटको गरुडामा हुने आमसभामा प्रधानमन्त्री एवं ने क पाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन्। जेठ ३ गते एमाले र माओवादी केन्द्र बीच एकतापछि यो सभा पहिलो पटक हुन लागेको हो। जनसभाको तयारी अन्तिम चरणमा पुगेको शुक्रबार साँझ ने क पाका २ नं प्रदेश अध्यक्ष…
काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का लागि यो महिना शोकको महिना रह्यो। यसबीच ने क पाले पाकादेखि युवा नेतासम्म गुमायो। आज ने क पाको केन्द्रीय सचिवालयले भृकुटिमण्डपमा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी र ताप्लेजुङको पाथिभराबाट फर्कने क्रममा हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाउने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित मृतक सात जनाको स्मृतिमा श्रद्धाञ्जलीसभाको आयोजना गर्यो। श्रद्धाञ्जली सभामा…
काठमाडौं : नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट (नेकपा)ले आफूले चन्दा भन्दा पनि जनसत्ता सञ्चालन गरेवापत कर मागेको दाबी गर्दै आएको छ। पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले दुरसञ्चार सेवाप्रवाही कम्पनी एनसेलका टावरहरुमा क्षति पुर्याउँदै आएको देखिन्छ। नख्खुमा एनसेलको मुख्यालयको गेटमा बम विस्फोट गराउँदा एक जनाको ज्यान जानुका साथै दुई जना घाइते भएका थिए। विप्लवले यो घटनालाई 'नितान्त परिस्थितिजन्य भवितव्य, कारबाही दललाई…
काठमाडौं: नेपालको पहिलो कम्युनिस्ट अर्थमन्त्री भरतमोहन अधिकारीको अन्तेष्टि आज भएको छ। पशुपति आर्यघाटको एक नं. चिता जहाँ उनका सहोदर दाजु तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी र नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीलाई दागवत्ती दिइएको थियो, आज सोही चितामा राखेर अधिकारीलाई उनका तीन छोरीले दागबत्ती दिए। चार पटकसम्म मन्त्री र उपप्रधानमन्त्रीसमेत भइसकेका अधिकारी जीवनको उत्तरार्धमा नेपालको राजनीतिमा कमै सुनिए। राजनीतिक कार्यक्रममा भन्दा…
काठमाडौं: पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। आज उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झन्डा ओढाएर अधिकारीलाई सम्मान दिए। अधिकारीलाई एमाले नेता मदन भण्डारी र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई जलाइएको चितामा अन्त्यष्टि गरिएको छ। उनलाई तीन छोरीहरु लुना, लिमा र लिजाले दागबत्ती दिए। त्यस्तै गरी सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको छ। काठमाडौँ स्थित ह्याम्स…
काठमाडौं: मन्त्रिपरिषद्ले पूर्व उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीलाई राजकीय सम्मानकासाथ सलामी दिएर अन्त्यष्टि गर्ने निर्णय गरेको छ। आज बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए। 'भर्खरै बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको तर्फबाट स्थापित मान्यताकै आधारमा आर्यघाटमा सलामी दिने भएको छ,' मन्त्री पोखरेलले भने। काठमाडौँ स्थित ह्याम्स अस्पतालमा शनिवार राती ९ बजेर ३५ मिनेटमा उनको निधन भएको थियो। अन्तिम…
काठमाडौं: ताप्लेजुङमा बुधवार दिउसो हेलिकोप्टर दुर्घटनामा पर्यटन, नागरिक उड्ययन तथा संस्कृति मन्त्री रवीन्द्र अधिकारीको निधन भयो। सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने उनै अधिकारीको प्रस्तावमा कार्यक्रमहरु अगाडि बढेका थिए। यही कार्यक्रमलाई सफल बनाउन अधिकारी यसबीचमा लागिरहेका थिए। उनी आज विहीवार पर्यटन सम्बन्धी कार्यक्रममा सहभागी हुन लागि युरोप यात्रामा निस्किसकेका हुने थिए। विश्व पर्यटन संगठन (युएनडब्लुटीओ) को चौथो युरो–एसियन…
काठमाडौं: पर्यटन नागरिक उड्ड्यन तथा संस्कृति मन्त्री रविन्द्र अधिकारीको मंगलवार हेलिकोप्टर दुर्घटनामा परी निधन भयो। विद्यार्थी राजनीतिबाट नै लोकप्रियता हासिल गरेका अधिकारी पछिल्लो निर्वाचनमा ह्याट्रिक गर्ने नेता मध्य एक हुन्। २०२६ वैशाख २२ मा सालमा कास्कीको भरतपोखरी गाविसको जामुनाबोटमा इन्द्रप्रसाद अधिकारी र लक्ष्मी देवी अधिकारीका जेठा छोराका रुपमा जन्मिएका अधिकारी सानैदेखि राजनीतिमा सक्रिय थिए। प्रवेशिका परीक्षा उतीर्ण गर्ने बित्तिकै वन…
काठमाडौं: नेपालमा पश्चिमा शक्तिहरुको सक्रिता बढ्दै गएको छ। पछिल्लो सातामात्र नेपालमा केही उच्चस्तरीय भ्रमणहरु भए। जुन पश्चिमा मुलुकहरुका मन्त्री तथा उपमन्त्रीहरुको थियो। २०१९ को दोस्रो महिना सकिनै लाग्दा अष्ट्रियाकी परराष्ट्र मामिला मन्त्री कारिन केन्सल, बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यांकास्टर र अमेरिकी रक्षा उपराज्यमन्त्री डा जोय फ्लेटरले नेपालको भ्रमण गरे। अष्ट्रियाबाट नेपालको उच्चस्तरीय भ्रमण भएको यो २९ वर्षपछिको पहिलो थियो। बेलायती…
काठमाडौँ: पुलवामा आक्रमणपछि भारत पाकिस्तानबीच तनाव बढ्दै गएको छ। भारतले आजमात्र लाइन अफ कन्ट्रोल (एलओसी) पार गर्दै पाकिस्तानी भूमिमा बम खसालेको छ। पाकिस्तानविरुद्ध सर्जिकल स्ट्राइकमा उत्रिएको भारतीय वायु सेनाको विमानले मङ्गलवार बिहान पाकिस्तानी भूमिमा बम आक्रमण गरेको हो। अधिकारीहरूले पाकिस्तानको खाइबर पअतुनखवास्थित जैश ए मोहम्मदको क्याम्प रहेको क्षेत्रमा बम खसालेको दाबी गरेका छन्। बालाकोट,चकोथी र मुजफरवादमा रहेका लडाकुका अखडा ध्वस्त बनाइएको…
काठमाडौं : शुक्रवार साँझ नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशभर दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावर तथा बीटीएसहरुमा क्षति पुर्यारयो। नेकपाको स्थापनापछि नै एनसेल यसको निसानामा पर्दै आएको थियो। सोही क्रममा नेकपाले गराएको विस्फोटमा परी एक जनाको मृत्यु भयो भने दुई जना घाइते। एनसेलको मुख्यालयमा विस्फोट हुँदा लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो। घटनालगत्तै विस्फोट विप्लव नेतृत्वको…
काठमाडौं: अष्ट्रिया र नेपालबीच मन्त्रीस्तरीय द्वीपक्षीय वार्ता सम्पन्न भएको छ। नेपालको तीन दिने भ्रमणमा बिहीबार नेपाल आइपुगेकी अष्ट्रियाकी युरोप तथा परराष्ट्र मामिला मन्त्री कारिन किन्सल र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको प्रतिनिधि मण्डलबीच आज द्वीपक्षीय वार्ता सम्पन्न भएको हो। वार्ताका क्रममा दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पुर्याउने विषयमा छलफल भएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए। 'वार्ताका हामीहरुले द्वीपक्षीय सम्बन्धको समिक्षा…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को एकता सम्बन्धी बाँकी काम टुंग्याउन गठन भएको कार्यदलको विषयमा ने क पाको सचिवालयभित्रै विवाद भएको छ। विवादका कारण आज बसेको बैठक अनिर्णित भयो। आजको बैठकमा कार्यदलका तर्फबाट संयोजक तथा सचिवालय सदस्य रामबहादुर थापाले कार्यदलको समय थप गर्ने प्रस्ताव राखेका थिए। तर यस विषयमा सचिवालय सदस्यहरुबीच सहमति जुट्न सकेन। बैठकमा संयोजक थापासहित…
काठमाडौं: देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो)ले मेचिमहाकाली अभियान शुरु गरेको छ। आज एकैपटक चार स्थानबाट देजमोले अभियान शुरु गरेको हो। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को चुनावी मोर्चा देजमोले संघीय जनगणतन्त्रका लागि संघर्षको आधार तयार गर्न अभियान चालउन लागेको देजमोका अध्यक्ष तथा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले जानकारी दिए। आज एकैपटक काठमाडौं कञ्चनपुर, झापा र कास्कीबाट अभियान सुरु गरिएको हो।…