चकाचौंध मुम्बई। त्यही मुम्बईको मध्य सहरमा हुर्किएकी एक निडर केटी मृदुला (जोली) राजभण्डारी। बिहान साढे ६ बजेदेखि साढे दश बजेसम्म कलेज हुन्थ्यो कलेजबाट फर्किएपछि जोली पुग्थिन्, सिधै नरिमन पोइन्टको पाँचतारे होटेल ओबरोय। १५ वर्षकै उमेरदेखि ओबरोय पुग्नु उनको दैनिकी बनिसकेको थियो। ओबरोयभित्रै जोलीका बुवा मथुरादास श्रेष्ठको ह्याण्डीक्राफ्ट पसल ‘नेपाली आर्टस्’ थियो। जोली पाँचतारे होटलको झिलिमिली हेर्दै हुर्किइन्। दुई बहिनी र…
यतिबेला म जिरो माइलमा छु। जिरो माइल अर्थात् गन्तब्यको अन्त्य। यहाँ लेखक तथा प्राध्यापक डा. सञ्जीव उप्रेती परिवारसँग बस्छन्। मानिस जीवनभर यात्रा गर्छ तर उसको फर्किने गन्तब्य घर नै हो। त्यसैले पनि यो घरको नाम 'जिरो माइल' राखिएको होला। रातभरको ठूलो पानीले मालीगाउँ हाइट पखालिएर सुकिलो छ। जिरो माइलको गेट खोल्नेबित्तिकै भिजेको दुबोको बासना चल्यो। फराकिलो आँगन र रुख विरुवाले…
नेपालगन्ज : २४ वर्षका रमेश रैदास कारकाँदोको मिलिजुली टोलमा बस्छन्। ७ कक्षासम्म पढेर उनले स्कुल जान छोडिदिए र साहुको ट्र्याक्टर चलाउन थाले। अहिले पनि उनका धेरै साथीहरु काम खोज्दै भारत गएका छन्। कोही अरबी देशमा पनि छन्। रमेशलाई भने आफ्नै टोल रमाइलो लाग्न थालेको छ। किन त? 'हाम्रो नेपालगन्ज अहिले त धेरै राम्रो भैसक्यो नि!,' उनले उत्साहित हुँदै भने, 'म…
म सानो छँदा तीजमा मेरी हजुरामाको हात समाएर उहाँको माइती पूर्वी चितवनको भण्डारा जाने गर्थेँ। दर खाने दिन मेरी हजुरामाकी ९० वर्ष पार गरिसकेकी बुढी हजुर आमाले चुलोमा आफैं पसेर सबैका लागि खाना पकाउनुहुन्थ्यो। फलामको सानो ढुंग्रोले फु फु गर्दै चुलोमा आगो बाल्नुहुन्थ्यो। भान्छा घ्यू हालेको भात र चिचिन्डाको तरकारीले मगमगाउँथ्यो। बाक्लो दही मालभोग केरा मध्यरातमा सबैलाई दिनुहुन्थ्यो, बुढी हजुरामाले।…
काठमाडौं : पैतृक सम्पत्ति हस्तान्तरणका क्रममा 'ठूलै दर'मा कर लिने नीतिगत तयारी गरेपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडा विवादमा तानिँदैछन्। बलियो सरकारका बलिया अर्थमन्त्री बनेका खतिवडाले मुलुकको आर्थिक तस्बिरमा तात्विक परिवर्तन ल्याउन नसकिरहेकै अवस्थामा आर्थिक-सामाजिक क्षेत्रलाई नै तरङ्गित बनाउनेगरी सम्पत्ति पुस्तान्तरमा 'कडा कर'को तयारी थालेका हुन्। टेक्नोक्र्याट अर्थमन्त्री खतिवडाले पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने बारे ‘कोर ग्रुप’सँग प्रारम्भिक तहको छलफल गरिसकेका…
भावना शर्मा - झरीको गीत सुन्दै जब यो शहर टेकेँ अचानक खस्यो शिरमाथि बैजनी फूल यसलाई म के मानौं तिम्रो प्रेम वा ईश्वरको आशिष! ... कुममा लत्रिएको झोलाभित्र खुइलिएको खाम थियो धमिलो सम्झनामा तिम्रै ठेगाना बादलभित्र गुटमुटिएको बाफजस्तै जुनको छातीमा टाँसिएको दागजस्तै म भन्न सक्दिन कहिलेदेखि तिमीलाई मुटुमा टाँसेर हिँडिरहेछु तिमी भन्न सक्छौ? आकाशको सीमाना कहाँसम्म छ.... ... फूलकै सिरानी…
बुधवार बिहान तेह्रथुमको आकाश बादलले ढाकेको थियो। जब पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहितको टोली हेलिकोप्टरबाट आठराइ गाउँपालिकाको चुहानडाँडामा ओर्लियो, सिमसिम पानी पर्न थाल्यो। आठराइको वडा नम्बर ६ मा पर्ने थुम्की डाँडामा विमानस्थल बनाउने चर्चा चलेको धेरै भइसकेको थियो। हेलिप्याड बनिसकेको त्यही स्थानमा विमानस्थल बनाउन सके आफ्नो ठाउँले विकासको फड्को मार्ने सपना स्थानीयले देखेका थिए। प्रस्तावित विमानस्थल निर्माण क्षेत्र…
भावना शर्मा - माग्नु छ तिमीसँग दुईचार घाउ घिनैघिनले पुरिदिनु छ तिम्रा मनका खाल्डाहरु आउ आज केही सम्झौता गरौं एक अर्कालाई बेस्सरी घृणा गरौं ...................... निन्द्रा टुट्दा अचानक आकाशबाट मन परेको तारा हराउनु घाम ओइलिँदा अचानक आकाशबाट मनपरेको रंग बिलाउनु खुशी बेरिएको पुरानो डायरीबाट फुत्त खस्दा सुकेको पात तिम्रो आँखाको डिलबाट खसेको आँशु छ्या! कति नसुहाउँदो.... अंगालेर मुटुको घाउ आउ…
भावना शर्मा - म सानो छँदाको कुरा यस्तै चिसो याममा हजुरआमाहरु हुल बाँधेर नारायणी जान्थे हुल बाँधेरै आमाहरु देवघाट जान्थे मेरी हजुरआमा मलाई पनि लान्थिन् चोबलेर निकाल्थिन् चिसो पानीमा बगरमा बालुवाको ढिस्को बनाउँदै बाल्न लाउँथिन् दियो 'यहाँ निधार टेके भाग्य बलियो हुन्छ!' मैले सयौं पटक त्यस्तै गरेकी छु हजुरआमाले भने झैं त्यो ढिस्को पूजेर भाग्य बलियो (?) बनाएकी छु नजाने कति…
ओ बाज कसम खान्या हो धनगढीमा रेलै आका दिन म त धरान जान्या हो........ गीतमा भनेजस्तो रेलै कुरेर बसेकी भए १९ वर्षकी गीतान्जली गौतम कहिले सुर्खेतबाट झापा पुग्थिन् थाहा छैन। तर दुई महिना अघि बस चढेरै उनी फुत्त झापा पुगिन्। सुर्खेतबाट झापा पुग्नु जो कसैका लागि सामान्य यात्रा मात्र होला। तर गीतान्जलीका हकमा यो ठाउँ फेर्नु मात्र थिएन जीवन नै…
गोरो बर्ण, सुन्दर अनुहार, पातलो र अग्लो जिउडाल अनि बोल्ड पर्सनालिटी। कर्पोरेट वर्ल्डमा रितु सिंह बैद्य इन्टरप्रेनरका रुपमा मात्र होइन ब्युटी क्विनका रुपमा पनि चिनिन्छिन्। नेपालमा टोयोटा ब्राण्डका गाडीहरुको एकमात्र आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिकी म्यानेजिङ डाइरेक्टर रितु एक जमानाकी मिस इण्डिया हुन्। सन् १९९१ मा मिस इण्डिया वर्ल्डको ताज जितेकी रितु सौन्दर्यको दुनियाँलाई छोडेर कर्पोरेट क्षेत्रमा पसिन्। भारतको…
अखबार चियाउँछ ढोकामुनिको चरबाट हजुर टपक्क टिप्नुहुन्छ ऐय्या! कस्तरी निमोठेको घाँटीमै अखबारको गुनासो कहिल्यै पुग्दैन हजुरको कानसम्म एयरफोन लाएर सुनिरहनुहुन्छ ‘फेरि अर्को बलात्कार.... अपराधी फेला परेनन्....’ घण्टैपिच्छेका बुलेटिन दोहोर्याइरहनुहुन्छ आज मैले पनि खबर पठाएकी छु पल्टाउनुस् त अखबार! +++ भान्सामा उम्लिरहेछ सुकमेल चिया लसक लसक लस्किनुहुन्छ बगैँचातिर कपको घुमेको बिँडमा चोर औंला घुसार्नुअघि कलिला दुबोमाथि नाङ्गो पैताला दलिरहनुहुन्छ सँधै त…
चकाचौंध मुम्बई। त्यही मुम्बईको मध्य शहरमा हुर्किएकी एक निडर केटी मृदुला (जोली) राजभण्डारी। बिहान साढे ६ बजेदेखि साढे दश बजेसम्म कलेज हुन्थ्यो। कलेजबाट फर्किएपछि जोली पुग्थिन्, सिधै नरिमन पोइन्टको पाँचतारे होटल ओबरोय। १५ वर्षकै उमेरदेखि ओबरोय पुग्नु उनको दैनिकी बनिसकेको थियो। ओवरोयभित्रै जोलीका बुवा मथुरादास श्रेष्ठको ह्याण्डीक्राफ्ट पसल ‘नेपाली आर्टस्’ थियो। जोली पाँचतारे होटलको झिलिमिली हेर्दै हुर्किइन्। दुई बहिनी र…
रोन्डा ब्रायनको ‘दि सेक्रेट’ पढेपछि विश्वचर्चित टेलिभिजन प्रस्तोता ओप्रा विन्फ्रीले भनेकी थिइन् जुन सन्देश म २१ वर्षदेखि आफ्नो प्रस्तुतीबाट समाजलाई दिन चाहिरहेकी थिएँ, यसमा त्यहि छ अर्थात् त्यहि ‘अप्टिमिज्म’ त्यहि ‘इम्पावरमेन्ट’, आफ्नै इच्छा शक्तिले जुनसुकै परिस्थितिलाई पनि बदल्न सकिन्छ भन्ने दृढविश्वास। अष्ट्रेलियाकी लेखक रोन्डाले ‘दि सेक्रेट’मा दावी गरेकी छिन् इच्छाशक्ति र आत्मविश्वासले संसार बदल्न सकिन्छ। तपाईं कुनै कुराको चाहाना…
घरको भान्छाको धुँवा जाने प्वालमा केही दिन अघिसम्म रुपी चराको गुँड थियो। एकजोडी रुपीले मिलेर स-साना झिक्रा र मसिना सिन्का बोक्दै लैजाँदै गुँड बनाइरहेको बडो रमाइलोसँग हेर्थेँ म। कहिलेकाहीँ ठीक त्यसकै तल रहेको बेसिनमा फोहोर पारिदिँदा भने रिस उठ्थ्यो। ओबानो भात राखेर नजिकै भुईंमा एउटा प्लेट राखिदिन थालेकी थिएँ। केही पछि च्याउँच्याउँ चिउँचिउँ सुनिन थाल्यो गुँडमा। रुपीको बच्चा जन्मिएछ। आमा…
त्यो दिन काम बिशेषले काठमाडौंको गणबहाल पुगेकी थिइन् सीमा गोल्छा। गणबहालको माछाबजारमा रहेको सरकारी स्कुलबाट साना नानीहरु निस्कदै थिए। विद्यालयको कमजोर भौतिक संरचना र अनि त्यहाँ पढ्न पुगेका कमजोर आर्थिक पृष्ठभूमिका विद्यार्थीहरु देख्दा उनलाई कता कता नमज्जा लाग्यो। फर्केर आफ्नै अफिस सामसुङ प्लाजा आइपुगिन्। अफिसमा सबै स्टाफ महिला नै राखेकी सीमा सोचमग्न भइन्– पढाइलाई अघि बढाउन सके के थाहा…
आँखामा पट्टी बाँधेकाहरु जुरुक्क उठ्छन् र चिच्याउँछन् म धृतराष्ट्रको दास हुँ! पर पहाडमा ठोक्किएर सुइय्यऽऽऽऽऽ बतास फर्किएको तिमीले सुनेनौं? ............ महाराजले नदेखेको चहक मैले हेर्नु किन? छाँया ओढेर मलाई मस्त सुत्न देउ बगिरहेको पानी बिथोलेर बस्ती पस्ने खोलाको बाटो फेर्नु छैन किनकि महाराजले यो सब देख्नुहुन्न! ................ प्रभुले टेक्न नभ्याएको जमीनमा मैले कसरी फूल रोप्नु? उनैले चङ्गा नउडाएको आकाशमा बाज…
वर्षदिन अघिको कुरा उनी अर्थात् गरिष्मा अग्रवाल परिवारसँग एकान्तकुनाको इटालियन रेष्टुरेन्ट ‘पियानो बि’मा खाना खान पुगिन्। भर्खर भर्खर बिहे गरेर नेपाल भित्रिएकी उनकालागि नेपाली रहनसहन र परिवेश नौलो नै थियो। त्यसमाथि नयाँ बुहारीले परिवारसँग घुलमिल हुनका लागि सबैजना सँगै बसेर खानुजत्तिको रमाइलो अरु नहुने उनले ठहर गरिन्। आइतबारको दिन सबै रमाइलो गर्न ‘पियानो बि’ पुगे। गेटमा पुग्दामात्र थाहा भयो रेष्टुरेन्ट…