PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • पहिचानका पक्षमा पाँच दिनदेखि प्रदर्शन गर्दै जातीय संगठन, दर्जन फोटो

    पहिचानका पक्षमा पाँच दिनदेखि प्रदर्शन गर्दै जातीय संगठन, दर्जन फोटो

    काठमाडौं: नौ जातीय संगठनले विभिन्न माग राखी काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गर्दै आएको छ। जेठ १२ देखि प्रदर्शनमा उत्रेका उनीहरुले प्रदेशको नामाकरण पहिचानका आधारमा हुनुपर्ने माग राखेका छन्। त्यस्तै सहभागीले सांसद रेशम चौधरीलाई रिहा गर्न मागसमेत गरेको छ। ७ प्रदेश मान्दैनौ भन्दै उनीहरुले पहिचानवादीसँग राज्यले गोलमेच सम्मेलन गर्नुपर्ने मागसमेत गरेको छ। 

    विस्तृतमा पढ्नुस्

  • घाइतेलाई अस्पताल लैजाँदै प्रहरी, पाँच फोटोमा हेर्नुस्

    घाइतेलाई अस्पताल लैजाँदै प्रहरी, पाँच फोटोमा हेर्नुस्

    काठमाडौं: घट्टेकुलोमा विस्फोटमा परी घाइते भएका एक जनालाई वीर अस्पतालको ट्रमा सेन्टरमा ल्याइएको छ। प्रहरीले घटना लगत्तै घाइतेलाई अस्पतालमा ल्याएको हो। घट्टेकुलो विस्फोटमा परी एक जनाको मृत्यु भइसकेको छ।

    विस्तृतमा पढ्नुस्

  • हरेक पटक पहिलो पटक फूले झै लाग्ने यो फूल

    हरेक पटक पहिलो पटक फूले झै लाग्ने यो फूल

    हरेक वर्ष फूल्ने यो फूलले कसलाई आकर्षित नगर्ला। संसारभर फैलिएको यो फूलको नाम ज्याकारान्डा मिमोसिफोलिया। प्याजी रङमा काठमाडौंका सडक किनारामा यो फूलले बेग्लै रौनक ल्याउँछ। खुलेको आकाश अनि फूलेको फूल, सुन्दरतामा जो सुकै पनि रमाउँछ।  त्यसैले पनि हो, हरेक सिजनमा ज्याकारान्डाका तस्बिर मिडियाभरी छाउँछ। हरेक वर्ष उस्तैगरी फूले पनि पहिलो पटक झै मिडियामा यसका दृश्यहरु देखिनु कसैकसैलाई अनौठो पनि लाग्ला। तर,…

    विस्तृतमा पढ्नुस्

  • मजदूर दिवसमा निस्कियो र्‍याली

    मजदूर दिवसमा निस्कियो र्‍याली

    काठमाडौं : आज मे 1 अर्थात् मजदूर दिवस। सरकारले सार्वजनिक विदाको घोषणा गरे पनि मजदूरहरु आज सडकमा विभिन्न संगठनको ब्यानर लिएर उत्रिए। विभिन्न राजनीतिक दलसँग सम्वद्ध ट्रेड युनियनहरुको आह्वानमा जुलुस निस्किएको थियो।

    विस्तृतमा पढ्नुस्

  • टेकोले धानेको भक्तपुरको भित्री बस्ती, हेर्नुस् फोटोमा

    टेकोले धानेको भक्तपुरको भित्री बस्ती, हेर्नुस् फोटोमा

    २०७२ साल वैशाख १२ गतेको भूकम्पले भक्तपुरमा पनि हजारौँ घरमा क्षति पुग्यो। भक्तपुरको भित्री नेवार बस्तीका अधिकांश घर ढले। भूकम्पपछि पुनर्निर्माणको काम भक्तपुरमा भइरहेको छ। सम्पदा पुनर्निर्माणको काम करिब ७० प्रतिशत सकिएको छ। तर, भूकम्प गएको चार वर्ष पुग्दा समेत भक्तपुरको भित्री बस्तीका घरको अवस्था भने उस्तै छ। सरकारले दिने अनुदान अपुग भएको तथा आन्तरिक र पारिवारिक समस्याका कारण घर…

    विस्तृतमा पढ्नुस्

  • धारो जिवित हुन बल्लबल्ल पानी, जब पानी आउँछ अनि लाग्छ यस्तो भिड

    धारो जिवित हुन बल्लबल्ल पानी, जब पानी आउँछ अनि लाग्छ यस्तो भिड

    भक्तपुर टौमढीमा रहेको पाँच तले मन्दिर अगाडिको पुरानो धारो। यो परम्परागत धारोमा सधैं पानी आउँदैन। जुन दिन पानी आउँछ त्यो दिन यसरी नै भिड लाग्छ। जुन दिन यहाँको धारोमा पानी आउँछ बढीमा ३ घन्टासम्म मात्र आउँछ। त्यसैले मानिसहरुको चर्को भिड लाग्छ यहाँ। यहाँबाट आउने पानी पिउन योग्य छ या छैन थाहा छैन तर मानिसहरु पिउनकै लागि प्रयोग गरिरहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • बालाजु बाइसधारामा स्नान गर्नेको भीड, दर्जन फोटोमा हेर्नुस्

    बालाजु बाइसधारामा स्नान गर्नेको भीड, दर्जन फोटोमा हेर्नुस्

    काठमाडौं: काठमाडौंको बालाजुस्थित बाइसधारामा पुगेर तामाङहरुले स्नान गरेका छन्। चैत पूर्णिमाको अवसरमा उनीहरुले आज बालाजु पुगेर स्नान गरेका हुन्।  तामाङहरुले चैत पूर्णेको अघिल्लो दिन हिजो दिवंगत पितृहरुको स्मरणमा बौद्धमा बत्ती बालेका थिए। आज बाइसधारामा स्नान गरी स्वयम्भू महाचैत्यमा गई श्रद्धालु भक्तजनले पितृको सम्झनामा बत्ती बाल्ने गर्छन्।  

    विस्तृतमा पढ्नुस्

  • बौद्धमा पितृलाई न्हाङसल: भोलि बाइसधारामा स्नान अनि स्वयम्भुमा समापन

    बौद्धमा पितृलाई न्हाङसल: भोलि बाइसधारामा स्नान अनि स्वयम्भुमा समापन

    काठमाडौं: काठमाडौंको बौद्धमा आज विशेषगरी तामाङहरुले आफ्नो पितृलाई स्मरण गर्दै न्हाङसल(बत्ती) बालेका छन्। पितृलाई पूजा गर्न बौद्ध परिसरमा आज बिहानैबाट भींड लागेको थियो। तामाङहरुले चैत पूर्णेको अघिल्लो दिन दिवंगत पितृहरुको स्मरणमा बत्ती बाल्ने गर्छन्। भोलि बालाजु बाइसधारामा स्नान गरी स्वयम्भू महाचैत्यमा गई श्रद्धालु भक्तजनले पितृको सम्झनामा बत्ती बाल्ने गर्छन्। 

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारको सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेकाहरुमाथि प्रहरीको धरपकड, फोटोमा हेर्नुस्

    बालुवाटारको सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेकाहरुमाथि प्रहरीको धरपकड, फोटोमा हेर्नुस्

    काठमाडौं: बालुवाटारको सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपालीका अध्यक्ष उज्ज्वल थापसहित १७ जना नेताहरु पक्राउ परेका छन्। सार्वजनिक जग्गा मिलेमतोमा बेचिएको सार्वजनिक भएपछि सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलसमेत मुछिएका छन्। सार्वजनिक जग्गा फिर्ताको मागसहित विवेकशील नेपालीका नेताहरु आज नेपाली झण्डा लिएर बालुवाटार पुगेका थिए। 

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा यःसिं ठड्याइयो, ५५ हाते लामो य:सिंमा सेल्फी लिने प्रतिस्पर्धा

    भक्तपुरमा यःसिं ठड्याइयो, ५५ हाते लामो य:सिंमा सेल्फी लिने प्रतिस्पर्धा

    भक्तपुर : भक्तपुरको प्रसिद्ध बिस्का जात्रा अन्तर्गत चौथो दिन आज ल्योसिङखलमा यःसिं ठड्याइएको छ। भरैवनाथको प्रतीकका रुपमा तान्त्रिक विधिले पूजा गरेर अष्टमात्रिकाको प्रतीकका रुपमा ८ वटा डोरीले तानेर य:सिं ठड्याइएको हो। य:सिं ठड्याइएपछि युवाहरुबीच य:सिंमा चढेर सेल्फी लिने प्रतिस्पर्धा नै भएको थियो। सेल्फी लिन पुगेकाहरुलाई स्थानीयहरुको विरोधको सामना गर्नुपरेको थियो। लिच्छवीहरुले किराँतहरुलाई पराजित गर्दै नेपालमण्डल विजयी गरेपछि य:सिं उठाएर जात्रा गर्ने…

    विस्तृतमा पढ्नुस्

  • हिन्दुराष्ट्र पुन:स्थापना माग्दै धर्ना बसेका राप्रपा कार्याकर्तामाथि प्रहरीको लाठी, २० फोटोमा हेर्नुस्

    हिन्दुराष्ट्र पुन:स्थापना माग्दै धर्ना बसेका राप्रपा कार्याकर्तामाथि प्रहरीको लाठी, २० फोटोमा हेर्नुस्

    काठमाडौं: कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का कार्याकर्ता र प्रहरीबीच आज काठमाडौंको प्रदर्शनीमार्गमा झडप भएको छ। हिन्दु राष्ट्र पुन:स्थापनालगायतका माग राखी दबाव धर्ना आयोजना गरेको थियो। सोही धर्नाका क्रममा प्रहरीले भिड तितरवितर पार्न खोज्दा झडप भएको छ।

    विस्तृतमा पढ्नुस्

  • देजमोको सम्मेलन बीचमै पानीले बिथोलेपछि, फोटोमा हेर्नुस्

    देजमोको सम्मेलन बीचमै पानीले बिथोलेपछि, फोटोमा हेर्नुस्

    देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) प्रथम राष्ट्रिय सम्मेलन भृकुटीमण्डपमा आजबाट शुरु भएको छ। कार्यक्रमको निर्धारित समयकै बेला पानी परेपछि कार्यक्रममा सहभागी हुन आइपुगेकाहरु तितरवितर भएका थिए। केही बेरमै पानी रहेपछि कार्यक्रम शुरु भएको थियो।

    विस्तृतमा पढ्नुस्

  • सरकारी डाक्टरले आन्दोलन थालेपछि बिरामीको बेहाल, हेर्नुस् १५ फोटोमा

    सरकारी डाक्टरले आन्दोलन थालेपछि बिरामीको बेहाल, हेर्नुस् १५ फोटोमा

    सरकारी चिकित्सकहरुको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालमा बिरामीहरु मर्कामा परेका छन्। कर्मचारी समायोजन विधेयकविरुद्ध विगत तीन दिनदेखि आन्दोलनरत चिकित्सकहरुका कारण उपचार गराउन अस्पताल पुगेका बिरामीहरु उपचार नगरी फर्कन बाध्य भएका छन्। गएको चार महिनामा चिकित्सकहरुको यो तेस्रो पटकको आन्दोलन हो। सरकारले सहमति गरे पनि कार्यन्वयन नगरेको भन्दै उनीहरु पटक पटक आन्दोलन गरिरहेका छन्। यो पटक उनीहरुले आन्दोलनको पहिलो चरणमै  आकस्मिक बाहेकका…

    विस्तृतमा पढ्नुस्

  • ढिलो न्याय दिनु न्याय नदिनु सरह हो : राष्ट्रपति भण्डारी

    ढिलो न्याय दिनु न्याय नदिनु सरह हो : राष्ट्रपति भण्डारी

    काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले ढिलो न्याय दिनु न्याय नदिनु सरह भएको बताएकी छिन्। आज न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उक्त भनाई राखेकी हुन्।   'ढिलो न्याय दिनु न्याय नदिनु सरह हो। न्याय नपाए गोर्खा जानु भन्ने जनबोली आजको सन्दर्भमा उत्तिकै सामयिक छ। न्यायमा ढिलाई नगरौं,' राष्ट्रपति भण्डारीले भनिन्।   नेपालको न्यायपालिका एक स्वतन्त्र सक्षम, र निष्पक्ष रहेको…

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थीले दीप प्रज्वलन गर्दै दिए बारा पर्साको घटनामा मृत्यु भएकालाई श्रद्धाञ्जली

    विद्यार्थीले दीप प्रज्वलन गर्दै दिए बारा पर्साको घटनामा मृत्यु भएकालाई श्रद्धाञ्जली

    बारा पर्साको हावाहुरीमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली दिँदै विद्यार्थीले दीप प्रज्वलन गरेका छन्। काठमाडौंको नयाँ बानेश्वरमा विद्यार्थीहरुले मैनबत्ती बाली मृतकको चिर शान्तिको कामना गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • हिन्दु राष्ट्र माग्दै राप्रपाले शुरु गर्‍यो हस्ताक्षर अभियान

    हिन्दु राष्ट्र माग्दै राप्रपाले शुरु गर्‍यो हस्ताक्षर अभियान

    काठमाडौं: कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनःस्थापना माग्दै हस्ताक्षर संकलन अभियान शुरु गरेको छ। राप्रपा अध्यक्ष कमल थापा अभियान शुरु गर्न मकवानपुर पुगेका थिए। काठमाडौंमा भने वसन्तपुरमा राप्रपाका उपाध्यक्ष एवं जनसंघर्ष संयोजक बुद्धिमान तामाङले अभियानको थालनी गरे। ७७ वटै जिल्लामा आज अभियान सञ्चालन भएको राप्रपाले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • २१ वर्षदेखि असनमा हार्मोनियम बनाउँदै बालकृष्ण,  'संगीतमा रुचि राख्ने बढ्दा व्यवसाय फस्टायो'

    २१ वर्षदेखि असनमा हार्मोनियम बनाउँदै बालकृष्ण,  'संगीतमा रुचि राख्ने बढ्दा व्यवसाय फस्टायो'

    बालकृष्ण साह २१ वर्षदेखि असनमा हार्मोनियम बनाउने काम गर्दै आएका छन्। तराईमा उनका हजुरबाले सुरु गरेको हार्मोनियनको कामलाई उनका बुबा ठाका साहले निरन्तरता दिए। २०२८ सालमा उनका बुबा ठाका काठमाडौं आएका थिए। उनैले यहाँ हार्मोनियमको व्यवसाय सुरु गरे। साहलाई हार्मोनियन बनाउने तालिम उनका बुबा र दाजु रुप नारायण साहले दिएका थिए। हार्मोनियम बनाउने क्रममा उनी हार्मोनियम बजाउन समेत पोख्त भए।…

    विस्तृतमा पढ्नुस्

  • कला नगरी पाटनमा संस्कृति महोत्सव शुरु, १५ फोटोमा हेर्नुस्

    कला नगरी पाटनमा संस्कृति महोत्सव शुरु, १५ फोटोमा हेर्नुस्

    ललितपुरको पाटन दरबार क्षेत्रमा आजबाट ‘कला तथा संस्कृति महोत्सव’शुरु भएको छ। ५ दिनसम्म चल्ने महोत्सवमा ललितपुरको कला, संस्कृति झल्कने खालका विभिन्न हस्तकलाका सामग्रीहरु राखिएका छन्।  विश्व कला परिषदले ललितपुरको पाटन दरबार क्षेत्रलाई ‘कला नगरी’को रुपमा घोषणा गरेको स्मरणमा हरेक वर्ष पाटन दरबार क्षेत्रमा कला तथा संस्कृति महोत्सव आयोजना गर्न शुरु गरिएको हो।  महोत्सव उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • खाई पाई आएको भत्ता खोसेको भन्दै हरिहरभवनबाट बानेश्वर पुगे इन्जिनियरहरु, हेर्नुस् फोटोमा

    खाई पाई आएको भत्ता खोसेको भन्दै हरिहरभवनबाट बानेश्वर पुगे इन्जिनियरहरु, हेर्नुस् फोटोमा

    काठमाडौं: पुनर्निमाण प्राविधिकहरुले आफूहरुले खाईपाई आएको भत्ता खोसेको भन्दै प्रदर्शन गरेका छन्। राष्ट्रिय पुनर्निमाण प्राधिकरण: प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिको आयोजनामा गरिएको दबाव र्‍यालीमा सहभागी उनीहरु ललितपुरको हरिहरभवनबाट नयाँ बानेश्वरसम्म पुगेका थिए। माइतीघर पुगेर सभामा परिणत भएका उनीहरुले इन्जिनियर र प्राविधिकहरु सुविधा कटौतिको तीब्र विरोध गर्दै बीमा, सुरक्षा र स्थायित्वको मागसमेत गरे।

    विस्तृतमा पढ्नुस्

  • भृकुटीमण्डप फूल महोत्सव, हेर्नुस् १६ फोटो

    भृकुटीमण्डप फूल महोत्सव, हेर्नुस् १६ फोटो

    काठमाडौँको भृकुटीमण्डपमा शुक्रबारबाट २२औँ ‘फ्लोरा एक्स्पो–२०७५’ शुरु भएको छ। भोलिसम्म चल्ने एक्स्पो 'फ्लोराकल्चर एसोसिएसन नेपाल (फ्यान)’ले आयोजना गरेको हो।  महोत्सवमा विभिन्न फूल तथा बेर्ना कक्ष रहेका छन्। 

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell