PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • ४४ दिने यात्रा ५० फोटोमा, प्रदर्शनी शुक्रबारसम्म

    ४४ दिने यात्रा ५० फोटोमा, प्रदर्शनी शुक्रबारसम्म

    फोटो पत्रकार नवीन बराल र रमेश भुसालले कर्णाली नदीको उद्मस्थल तिब्बतबाट नेपाल हुँदै भारतको गंगा संगमस्थलसम्म ४४ दिन यात्रा गर्दा खिचिएको फोटो बबरमहलस्थित नेपाल कला प्रदर्शनीमा राखिएको छ। यात्राको क्रममा खिचिएका ५० तस्विर गत शनिबारदेखि प्रदर्शनमा राखिएको हो। प्रदर्शनीको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका थिए। प्रदर्शनी शुक्रबारसम्म चल्नेछ।

    विस्तृतमा पढ्नुस्

  • काठको भिमसेन लिङ्ग काँधमा बोक्दै घुमाउँदै ब्रह्मायणीमा पखालेपछि सकियो भक्तपुरको होली

    काठको भिमसेन लिङ्ग काँधमा बोक्दै घुमाउँदै ब्रह्मायणीमा पखालेपछि सकियो भक्तपुरको होली

    भक्तपुर : होलीको राति करिब सात बजेतिर ज्याकेट र जिन्स प्यान्ट लगाएका एक युवक हाँस्दै काँधमा केही बोक्दै  भक्तपुरको दत्तात्रय मन्दिरअगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरबाट निस्किए। उनी थिए रविन्द्र लाछिमस्यु। काँधमा बोकेको काठको आकृति लिङ्ग जस्तो देखिन्थ्यो।  हजुर, यो भीमसेनको लिङ्गको प्रतीकका रुपमा रहेको काठको लिङ्ग थियो। त्यसलाई काँधमा बोकेर ब्रह्मायणी पुर्‍याई नदीमा पखालियो। पखालेपछि कपडाले छोपियो र पुनः मन्दिरमा लगेर राखेपछि…

    विस्तृतमा पढ्नुस्

  • पाटनमा पर्यटकदेखि विद्यार्थीसम्म रंगमा रत्तिँदै: दर्जन फोटोमा हेर्नुस् होलीको चहलपहल

    पाटनमा पर्यटकदेखि विद्यार्थीसम्म रंगमा रत्तिँदै: दर्जन फोटोमा हेर्नुस् होलीको चहलपहल

    भोलि होली। रंगको पर्वको रुपमा लिइने होलीको चहलपहल शुरु भइसकेको छ। होलीको पूर्वसन्ध्यामा पाटनमा पर्यटनदेखि विद्यार्थीसम्म होलीमा रत्तिँदै थिए।

    विस्तृतमा पढ्नुस्

  • आहा! हेर्नुस् जब राजधानीका सडकमा फूल मुस्कुराए, मख्ख नपर्ने को होला?

    आहा! हेर्नुस् जब राजधानीका सडकमा फूल मुस्कुराए, मख्ख नपर्ने को होला?

    काठमाडौं : राजधानीका सडकको बिजोगका कथाहरु धेरै देखियो। धुलो, अस्तव्यस्त ट्राफिक, बिग्रिएका सडक यहाँको स्थापित पहिचान नै हो। त्यही खराब अवस्थाभित्र पनि कहिलेकाही लोभलाग्दा दृश्यहरु भेटिन्छन्। सडक किनाराका यस्ता मनमोहक दृश्यले बटुवाको पनि थकाइ मेटिन्छ। उ टक्क अडिन्छ र कैद गर्छ दृश्य। दृश्य हो फूलका। राजधानीका सडक छेउ मुस्कुराइरहेका यी फूलहरुले पक्कै तपाईलाई आनन्दित तुल्याउँछ। हेर्नुस् फोटो :

    विस्तृतमा पढ्नुस्

  • हिन्दु राष्ट्रको अभियान बोकेको राप्रपाको सभाका हेर्नुस् दर्शनीय दृश्य

    हिन्दु राष्ट्रको अभियान बोकेको राप्रपाको सभाका हेर्नुस् दर्शनीय दृश्य

    काठमाडौं : हिन्दु राष्ट्र कायम हुनुपर्ने एजेन्डासहित मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न भएको छ। राजधानीको भृकुटी मण्डपमा आयोजित समापन समारोहपछि यो यात्रा पूरा भएको राप्रपाले घोषणा गरेको छ। ताप्लेजुङबाट सुरु भएको राप्रपाको यो यात्रालाई आज कलशयात्रासहितको सभाले विसर्जन गरेको हो। कार्यक्रममा देखिएका केही अवलोकनीय दृश्यहरुलाई रोजन श्रेष्ठले आफ्नो लेन्सबाट यसरी कैद गरेका छन् हेर्नुस् -

    विस्तृतमा पढ्नुस्

  • '११ बुँदे नौटंकी, अपराधजन्य सहमति' भन्दै सीके राउतसँग गरेको सहमतिको विरोधमा उत्रिएका मानव अधिकारवादी पक्राउ

    '११ बुँदे नौटंकी, अपराधजन्य सहमति' भन्दै सीके राउतसँग गरेको सहमतिको विरोधमा उत्रिएका मानव अधिकारवादी पक्राउ

    काठमाडौं: सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके  राउतबीच भएको सहमतिको विरोधमा सिहंदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न पुगेका मानव अधिकारवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ। मानव अधिकार तथा शान्ति समाजले दिउँसो १ बजे सिंहदरबार दक्षिण गेट अगाडि विरोध प्रदर्शन गरेका थिए। उनीहरुले '११ बुँदे नौटंकी, अपराधजन्य सहमति', 'नेपाल आमा जिन्दावाद', 'सर्वभौमसत्तामाथि प्रहार बन्द गर' जस्ता प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए।

    विस्तृतमा पढ्नुस्

  • बानेश्वरमा राहत शिक्षकहरुको धर्ना

    बानेश्वरमा राहत शिक्षकहरुको धर्ना

    काठमाडौं: राहत शिक्षकहरुले एक पटक आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने अवसर प्रदान गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरेका छन्। आज माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगी धर्नामा परिणत भएको थियो। राहत शिक्षकहरुले आन्तरिक प्रतिस्पर्धाबाट आफूहरुलाई स्थायी हुने व्यवस्था गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरेका हुन्। 

    विस्तृतमा पढ्नुस्

  • रानीपोखरी पुनर्निमाणका लागि खटिए कामदार, यसरी चल्दैछ सफाइ

    रानीपोखरी पुनर्निमाणका लागि खटिए कामदार, यसरी चल्दैछ सफाइ

    काठमाडौं: २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि पुनर्निमाणका लागि खाली गरिएको रानीपोखरी पुनर्निमाणको सुरसार बल्ल गरिएको छ।  सोमबारबाट रानीपोखरी निर्माणका लागि कामदार खटाइएको छ। उनीहरुले रानीपोखरी निर्माणस्थलमा रहेका झार जलाउनेदेखि लिएर फोहोर संकलन गर्ने काम गरिरहेका छन्। रानीपोखरी पुनर्निर्माणमा ४० जना कामदार खटिएका छन्। रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले आवश्यकताअनुसार कलिगढको पनि व्यवस्था गरिने बताए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रमुख कार्यकारी…

    विस्तृतमा पढ्नुस्

  • महाशिवरात्रि माहोल, पशुपतिमा बाबाहरुको चहलपहल, हेर्नुस् दर्जन अनुहार 

    महाशिवरात्रि माहोल, पशुपतिमा बाबाहरुको चहलपहल, हेर्नुस् दर्जन अनुहार 

    सोमबार महाशिवरात्रि। पशुपतिनाथको दर्शन गर्न विभिन्न स्थानदेखि साधुहरु धमाधम आइपुग्दैछन्। शिवरात्रिमा धुनी जगाउन साधुहरुले दाउराको जोहोसमेत गर्न थालेका छन्। आइतबार दिउँसो  उनीहरुमध्ये कोही फोटो खिचाउन व्यस्त थिए भने कोही भजनमा मस्त। पहिलोपोस्टका रोजन श्रेष्ठको लेन्सबाट कैद गरेका शिवरात्रि माहोल यस्तो देखियो: 

    विस्तृतमा पढ्नुस्

  • इँटा जिन्दगी! : इँटा पाके झै हेर्नुस् गुजाराको मेलोमेसो

    इँटा जिन्दगी! : इँटा पाके झै हेर्नुस् गुजाराको मेलोमेसो

    काठमाडौं उपत्यकामा सबैभन्दा धेरै विवादमा आइरहने उद्योगहरुमध्ये इटा उद्योग अग्रस्थानमा पर्छ। यसबाट निस्कने प्रदुषणको विषय सबैभन्दा धेरै उठ्न गर्छ। तर, इँटाको विस्थापनको विषय त्यति सजिलो पनि छैन। निर्माणका लागि अनिवार्य इँटा कुनै पनि नयाँ संरचनामा नभइ नहुने सामग्रीमा पर्छ। यसको व्यवसायिक पाटो एउटा पक्ष हो भने यसमा जोडिएर जीवन धान्नेहरुको पाटो अर्को हो। रोजन श्रेष्ठले यिनै इँटा भट्टामा काम गर्नेहरुको…

    विस्तृतमा पढ्नुस्

  • सात शवका लागि फूलले यसरी सजाइँदैछ टुँडिखेलमा 

    सात शवका लागि फूलले यसरी सजाइँदैछ टुँडिखेलमा 

    काठमाडौं : राजधानीको टुँडिखेलमा आज मध्यान्नदेखि नै नेपाली सेनाको सक्रियता एउटा फरक कामका लागि जारी थियो। टेबुलमाथि सेतो कपडा र ट्रकमा ल्याइएको माला। केही अनौठो लाग्ने यो दृश्य दुखद् घटनाप्रति समवेदना प्रकट गर्नका लागि थियो, सम्मानका लागि।  हिजो भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्रीसहित ७ जनाको शवका लागि बेग्ला बेग्लै ठाउँको तयारी भइरहेको थियो। उनीहरुको शव विमानस्थलबाट शिक्षण अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् सडकमा जेब्रा क्रसिङको अवशेष : पैदल यात्रु कति सुरक्षित?

    हेर्नुस् सडकमा जेब्रा क्रसिङको अवशेष : पैदल यात्रु कति सुरक्षित?

    राजधानीका सडक कसैका लागि पनि सुरक्षित लाग्दैनन् चाहे गाडीका लागि होस् या सर्वसाधारण नै। त्यसो त मुलुकको सबैभन्दा व्यस्त सडकमा पैदल यात्रीका लागि गतिलो व्यवस्था नै छैन। सडक पार गर्नुको जोखिम सबैभन्दा धेरै यहीँ छ। सडक पार गर्न ठाउँ ठाउँमा जेब्रा क्रसिङ त छ तर चिन्नै कठिन हुने अवस्थामा। सन् १९३० बाट विश्वमा आधुनिक जेब्रा क्रसिङको सुरुवात भएको पाइन्छ। बेलायतबाट…

    विस्तृतमा पढ्नुस्

  • सरकारी चिकित्सकद्वारा आकस्मिक बाहेकका सेवा बहिस्कार,प्रभाव न्यून

    सरकारी चिकित्सकद्वारा आकस्मिक बाहेकका सेवा बहिस्कार,प्रभाव न्यून

    काठमाडौं : सरकारी चिकित्सक संघले कर्मचारी समायोजन विधेयकको विरुद्ध गर्दै देशव्यापी रुपमा गरेको आन्दोलनको आंशिक प्रभाव परेको छ। संघले आजदेखि देशभरका सरकारी अस्पतालका आकस्मिक बाहेकका अन्य सेवा बहिस्कार गर्ने निर्णय गरेको थियो। तर सरकारी अस्पतालहरु वीर अस्पताल तथा ट्रामा सेन्टरमा आन्दोलनको प्रभाव परेको छैन्। सेवा लिन जाने सेवाग्राहीहरु उपचार नपाएर फर्कनु परेको अवस्था छैन्। देशभरका अन्य अस्पतालमा भने आंशिक प्रभाव परेको संघले जनाएको छ। हेर्नुस्…

    विस्तृतमा पढ्नुस्

  • आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेर सरकारी डाक्टर आन्दोलनमा

    आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेर सरकारी डाक्टर आन्दोलनमा

    काठमाडौः सरकारी चिकित्सक सङ्घ (गोदान) देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेर आन्दोलनमा उत्रिएका छन्। विभिन्न नारा लेखिएका पम्मपेल्ट बोकेर उनीहरू माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका छन्। सरकारले ल्याएको कर्मचारी समायोजन विधेयक विरुद्ध उनीहरूले आन्दोलन गर्दै आएका छन्। एक महिनाअघि सरकारले माग पूरा गर्ने सहमति गरे पनि कार्यन्वयन नगरेको भन्दै उनीहरूले फेरि आन्दोलन गरेका हुन्। सरकारले तत्काल माग पूरा नगरे…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटार पुगेर प्रधानमन्त्रीलाई माग बुझाएलगत्तै राप्रपाले बानेश्वरमा गर्‍यो प्रदर्शन, १५ फोटोमा हेर्नुस्

    बालुवाटार पुगेर प्रधानमन्त्रीलाई माग बुझाएलगत्तै राप्रपाले बानेश्वरमा गर्‍यो प्रदर्शन, १५ फोटोमा हेर्नुस्

    काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ। धर्मनिरपेक्षता खारेजीदेखि राजसंस्थासहितको गोलमेच सम्मेलनको २२ बुँदे माग आज बालुवाटार पुगी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएलगत्तै राप्रपा प्रदर्शनमा उत्रिएको हो। २२ बुँदे मागपत्र बुझाउन राप्रपा अध्यक्ष कमल थापासहितको टोली बालुवाटार पुगेका थिए। बालुवाटारबाट नयाँ बानेश्वर प्रदर्शनस्थल पुगे पार्टी अध्यक्ष थापा। प्रदर्शनमा राप्रपाले नैतिक तथा संस्कृत शिक्षालाई अनिवार्य गरियोस्, विभिन्न स्थानमा भएका…

    विस्तृतमा पढ्नुस्

  • विदा कटौती भए पनि टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस

    विदा कटौती भए पनि टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस

    काठमाडौं : परम्परागत रुपमा प्रजातन्त्र दिवसका दिन झै यसपटक सार्वजनिक विदा भएन। सरकारले प्रजातन्त्र दिवसको विदालाई कटौती गरे पनि औपचारिक कार्यक्रमलाई भने निरन्तरता दियो। २००७ साल फागुन ७ गते निरंकुश राणा शासनविरुद्ध प्रजा र राजाको सक्रियतामा प्रजातन्त्र स्थापना भएको थियो। राजा त्रिभुवनले प्रजातन्त्र घोषणा गरेको दिनलाई स्मरण गर्दै त्यसयताका हरेक वर्ष सरकारले विशेष कार्यक्रम गर्दै आएको छ। विदा कटौती भने…

    विस्तृतमा पढ्नुस्

  • 'चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं,' भन्दै विवेकशील साझाको माइतीघरमा प्रदर्शन

    'चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं,' भन्दै विवेकशील साझाको माइतीघरमा प्रदर्शन

    काठमाडौं: विवेकशील साझा पार्टीले आज माइतीघरमा प्रदर्शन गरेको छ। भष्ट्रचार सम्बन्धी घटनाहरुप्रति खबरदारी गर्दै विरोध प्रदर्शन गरेको पार्टीले जनाएको छ। पार्टीका कार्यकर्ताले  'चर्को स्वरमा बोलौ, भ्रष्टाचारीको पोल खोलौं' 'बोलौं साथी बोलौ, भ्रष्टाचारीको पोल खोलौं', 'समाजवाद नांगियो माफियातन्त्र झांगियो' जस्ता प्लेकार्ड लिएर प्रदर्शनमा उत्रिएका थिए।

    विस्तृतमा पढ्नुस्

  • शहरमा कुहिरो, दुर्लभ हुँदैछ दृश्य

    शहरमा कुहिरो, दुर्लभ हुँदैछ दृश्य

    बस्ती बाक्लिँदै गर्दा हुस्सु हराउँदैछ शहरबाट। हिउँदको आगमनसँगै सुरु हुने कुहिरो मुस्किलैले देखिन्छ शहरी क्षेत्रमा। भित्री शहरमा त जतिसुकै चिसोमा पनि यस्तो दृश्य दुर्लभ भइसकेको छ। कोर शहरबाट बाहिर अलिक खुला ठाउँमा पनि मौशम चिसिँदामात्र देखिन्छ। यही अवस्थालाई रोजन श्रेष्ठले क्यामरामा कैद गर्दा यस्तो देखियो :

    विस्तृतमा पढ्नुस्

  • रोजगार कार्यक्रम उद्घाटन गर्दै प्रम ओलीले भने: भैसी मर्ला र खाउँला भन्ने जीव भन्दैहोला, 'आज कुन दिन देख्नुपर्‍यो नि!'

    रोजगार कार्यक्रम उद्घाटन गर्दै प्रम ओलीले भने: भैसी मर्ला र खाउँला भन्ने जीव भन्दैहोला, 'आज कुन दिन देख्नुपर्‍यो नि!'

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले 'प्रधानमन्त्री रोजगार कार्यक्रम' उद्घाटन गर्दै नेपाली जनताले यही दिन देख्न चाहेको बताएका छन्।   बुधवार राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बहुमतको सरकारले नेपाली जनताले चाहेको काम पुरा गर्न थालेको बताए। केही तत्वले भने यस्तो दिन देख्न नचाहेको प्रधानमन्त्रीको आरोप थियो। ओलीले भने, 'एउटा भैसी हेरेर एउटा जीवले भन्छ, मरेदेखि खान्थे।…

    विस्तृतमा पढ्नुस्

  • अस्थायी शिक्षक आन्दोलनमा, दर्जन फोटोमा हेर्नुस्

    अस्थायी शिक्षक आन्दोलनमा, दर्जन फोटोमा हेर्नुस्

    काठमाडौं: अस्थायी तथा करार शिक्षक केन्द्रीय संघर्ष समितिले नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ। आइएलओ सन्धि कार्यान्यवनको माग गर्दै उनीहरुले प्रदर्शन गरेको हो।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell