हेटौंडा : वाग्मती प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतवार प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा सार्वजनिक गरेका हुन्। नीति तथा कार्यक्रमले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ। वाग्मती प्रदेशलाई शिक्षाको हबको रुपमा विकास गर्दै लैजाने नीति तथा कार्यक्रममा उल्लेख छ। प्रादेशिक शिक्षा नीति तथा एकीकृत…
काठमाडौं : संघीय संसदको संसदीय सुनुवाइ समिति गठन भएको छ। संसदीय सुनुवाइ समितिमा प्रतिनिधि सभाबाट नेपाली कांग्रेसबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहेका छन्। त्यसैगरी नेकपा एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ र ईश्वरी जीएम सदस्य रहेका छन्। माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपति शम्शेर जबरा र…
काठमाडौं : काठमाडौं उपत्यकाभित्र प्रयोग हुने लागु औषध खैरो हिरोइन भारतबाट झापा हुँदै काठमाडौं आइपुग्ने गरेको देखिएको छ। लागु औषध नियन्त्रण व्यूरोको टोलीले आइतवार लागु औषध कारोबारमा संलग्न ६ जनालाई सार्वजनिक गरेको छ। उनीहरुले भारतबाट ल्याएर काठमाडौंमा प्रयोगकर्तालाई दिने गरेको खुलेको छ। व्यूरोको टोलीले दुई भारतीय नागरिकलाई समेत पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत पश्चिम बङ्गाल दार्जिलिङ घर भएका २२ वर्षीय शिव…
क्रिकेटको लामो इतिहासमा महेन्द्रसिंह धोनीले खेलेका ठूला प्रतियोगिताका सबैजसो ट्रफी जित्न सफल भए। आइतवार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा उनले एउटा अर्को र सायद अन्तिम प्रयास गर्नेछन् : इण्डियन प्रिमियर लिग (आईपीएल) ट्रफीका लागि। आइतवार हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्स र धोनीको कप्तानीमा रहेको चेन्नइ सुपर किंग्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। गुजरात लगातार दोस्रो ट्रफीको खोजीमा मैदान उत्रँदैछ। १६ खेलबाट ८५१ रन…
काठमाडौं : मन्त्रिपरिषद्ले टीकापुर घटनामा संलग्न भएको आरोपमा जेल जीवन बिताइरहेका रेशम चौधरीलाई आम माफीका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय गरेको छ। आइतवार बिहान सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले आम माफीका लागि सिफारिस गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए। शुक्रवार राष्ट्रपति पौडेलले चौधरीलाई सजायमाफी दिने गृहको प्रस्तावलाई 'कानुन अनुसार गर्नु' भन्दै गृह मन्त्रालयमै फिर्ता गरेका थिए। राष्ट्रपतिको…
भूमिराज पिठातोली- बझाङ : अहिले खप्तड ‘भू-स्वर्ग’को उपमाले चिनिन्छ। खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ। चिकित्सक पेसा छाडेर साधनाका लागि विसं १९८६ मा इलाम हुँदै नेपाल प्रवेश गरेका खप्तड बाबाले कालिञ्चोक, मुसिकोट र चन्दननाथमा १६ वर्ष बिताएपछि विसं २००३ मा ‘भू-स्वर्ग’ पुगे। आश्रम बनाउने मजदुर नभेटिएपछि फर्केर लोखाडा (बझाङको खप्तडछान्ना गाउँपालिका-३ खप्तडको फेदी) नजिकै स्थानीयको सहयोगमा…
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सांसदले संसदमा उठाएको शंकास्पद अनियमितताको विषय शीर्ष नेताको सहमतिमा रेकर्डबाट हटाउनु विडम्बनापूर्ण भएको बताएका छन्। आइतबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै डा कोइरालाले यस्तो धारणा राखेका हुन्। 'कस्तो बिडम्बना! संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियता सम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद…
बुटवल : गुल्मीमा घरायसी विवाद हुँदा बुबाले आफ्नै छोराको नाक काटिदिएका छन्। इस्मा गाउँपालिका-३ तोरी पाटाका ५६ वर्षीय दिल बहादुर सार्कीले हँसिया प्रहार गरेर ३२ वर्षीय छोरा बाबुराम सार्कीको नाक काटिदिएका हुन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानका अनुसार बाबुरामको नाकमा गहिरो चोट लागेको छ। घरायसी विषयमा विवाद बढ्दै जाँदा दिलबहादुरले हसिया प्रहार गरेको उनले बताए।…
हेटौंडा : वाग्मती प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आइतवार प्रस्तुत गरिने भएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतवार अपराह्न २ बजे बस्ने तय भएको प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन्। प्रदेशसभाको उक्त बैठकमा प्रदेश प्रमुखलाई धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव पनि पारित गरिने वाग्मती प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आर्थिक वर्षको…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका लागि तीब्र छलफल गरिरहेका छन्। प्रचण्डले आइतवार पूर्व प्रधानमन्त्री, दलका नेता तथा पूर्व परराष्ट्र मन्त्रीसँग भ्रमणबारे औपचारिक छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दिउँसो २ बजे सिंहदरबारमा छलफलको आयोजना गरिएको छ। यसअघि पनि प्रचण्डले आफ्नो भ्रमणबारे विभिन्न अनौपचारिक छलफल गरेका थिए। कस्तो छ भ्रमण तालिका? जेठ १७ गतेदेखि भ्रमणमा निस्कन लागेका…
काठमाडौं : आगलागीबाट गुल्मीमा तीन वर्षमा ११७ घरगोठ जलेर नष्ट भएका छन्। जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो तीन वर्ष अर्थात् आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म ५३ घर र ६४ गोठ जलेर नष्ट भएका हुन्। चालु आर्थिक वर्षको हालसम्म ११ घर र १९ गोठमा आगलागी भएको छ। गत आर्थिक वर्षमा ३१ घर र १५ गोठ एवं आर्थिक वर्ष २०७६/७७ मा ११…
विपक्षीको बहिष्कारबिच मोदीले उद्घाटन गरे नयाँ संसद भवन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद भवनको उद्घाटन गरेका छन्। आज बिहान विशेष पूजाबिच उनले नयाँ संसद भवनको उद्घाटन गरेका हुन्। मोदीलाई पूजारीहरुले नयाँ संसद भवनमा स्थापना गर्न ‘सेनगोल’ हस्तान्तरण गरेका थिए। पूजारीहरुले वैदिक मन्त्र उच्चारण गरिरहँदा सो ‘सेनगोल’ लाई मोदीले लोकसभाको चेम्बरमा प्रतिस्थापन गरेका छन्। त्यसक्रममा नयाँ संसद भवन परिसरमा ‘सर्व…
काठमाडौं : इलाम बजारमा सञ्चालित ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’को काम सम्पन्न भएको छ। आयोजना सम्पन्न भएसँगै केही समयअघिदेखि परीक्षणका रूपमा इलाम बजारमा खानेपानी वितरण हुँदै आएको थियो। काम सम्पन्न भए पनि सन् २०२४ सम्म निर्माण कम्पनीले नै यसको मर्मतसम्भारको काम गर्नुपर्ने जनाइएको छ। नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौता…
काठमाडौं : सरकारले सोमबार आर्थिक वर्ष २०८०-८१ को बजेट संसदमा प्रस्तुत गर्दैछ। सरकारले करिब साढे १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। आज भने अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०७९-८० को आर्थिक सर्वेक्षण पेश गर्ने भएका छन्। आज संघीय संसदको संयुक्त बैठक पछि दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ। बैठकमा अर्थमन्त्री महतले ‘आर्थिक वर्ष २०७९,८०’को आर्थिक सर्वेक्षण पेश…
काठमाडौं : आज संघीय संसदको संयुक्त बैठक बस्दैछ। बिहान ११ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बोलाइएको छ। आजको बैठकमा संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुव बहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बठै क र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधन सहितको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त…
काठमाडौं :आज बिहान देशभर पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी र मधेश प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र वाग्मती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी…
नेदरल्यान्ड्समा जलवायु परिवर्तन नियन्त्रणका लागि भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। शहरको मुख्य सडक बन्द हुने गरि हजारौं जलवायु अभियन्ताहरुले प्रदर्शन गरेका थिए। त्यसपछि प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाउन बल प्रयोग गरेकझ हो। ‘एक्टिन्क्सन रेबेलियन’ ले आयोजना गरेको प्रदर्शनमा अभिन्यन्ताहरु ‘फोसिल फ्यूल’मा दिइँदै आएको अनुदान रोक्न माग गर्दै ए१२ हाइवेमा भेला भएका थिए। त्यसपटि प्रहरीले अश्रुग्यास प्रयोग गरेर प्रदर्शनकारीलाई हटाउने प्रयास…
काठमाडौं : ताप्लेजुङमा शनिवार भएको आगलागीबाट एक घर जलेर नष्ट हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। फुङ्लिङ नगरपालिका-८ का पदमसुन्दर पालुंवाको घर जलेर नष्ट हुँदा भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल तरुण दलका पूर्व केन्द्रीय महामन्त्रीसमेत रहेका पालुंवाको कच्ची तीनतले घरमा आगो लाग्दा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, गरगहना, नगद ९० हजार रुपैयाँसहितका…
काठमाडौंः वार्षिक बजेट संघीय संसदमा पेश हुनुभन्दा दुई दिनअघि प्रतिनिधि सभाले नीति तथा कार्यक्रम पारित गरेको छ। शुक्रबार नै नीति कार्यक्रम पारितको कार्यसूची भए पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका कारण बैठक चल्न सकेको थिएन। बहुमतले सरकारो नीति तथा कार्यक्रम पारित भएको हो। शनिबार सर्वदलीय सहमतिपछि बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रममा उठेका प्रश्नको जवाफ दिएसँगै पारितको…
ललितपुर : मिस नेपाल २०२३ को ताज सृच्छा प्रधानले पहिरेकी छिन्। शनिवार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भएको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंकी २३ वर्षीया प्रधान मिस नेपाल वर्ल्ड घोषित भएकी हुन्। गतवर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज पहिर्यादिइन्। त्यसैगरी, 'मिस नेपाल अर्थ' दाङकी २६ वर्षीया रैना मजगैयाँले हात पारिन्। ललितपुरकी २५ वर्षीया प्रसिद्धि शाह 'मिस नेपाल इन्टरनेसनल' घोषित भइन्।…